Wednesday, October 17, 2007

‘हामी एक पटक फेरी अमेरिकालाई पुराना गल्तीहरु सच्याउन भन्दैछौँ ‘

बुशलाई चिनको धम्कि
दलाइ लामालाई सम्मान गर्न लागेपछि चीन सरकारले अमेरिकी राजदुत जर्ज बुसलाई धम्कि दिएको छ । चीनले दलाइ लामालाइृ अमेरिकाी राष्टपतिले नभेट्न र उसलाई सम्मान गनै कार्यक्रम पनि रद्द गर्न आग्रह गर्दै पत्र लेखेको छ । चिनले अमेरिकी राजदुतको ब्यक्तिगत भेटघाटमा समेत प्रतिबन्ध लगाउने गरि यो पहिलोपटक पत्र लेखेको हो । यो पत्रलाई चिनले बुसालाई दिएको धम्किको रप्मा दिएको छ ।

तिब्बतेली बौद्ध धर्मगुरु दलाई लामासँग भेटघाट गर्ने पूर्व निर्धारित योजनालाई रद्द गर्न चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशसँग आग्रह गरेको हो  साथै उसले तिब्बतेली धर्मगुरुको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई रोक्न पनि संयुक्त राज्य अमेरिकालाई भनेको हामीले यसअघि थुप्रै पटक अमेरिकी पक्षसँग यो कुरा राखिसकेका छौँ हामी एक पटक फेरी अमेरिकालाई पुराना गल्तीहरु सच्याउन धर्मगुरुका लागि तय गरिएका व्यवस्थाहरु रद्द गर्न भन्दैछौँ - चिनिया विदेश मन्त्रालयका प्रवक्ता लियू जियानचाओले भने

Posted by Diness Acharya in 07:30:40 | Permalink | No Comments »

Monday, October 8, 2007

झन्डै सम्बन्धविच्छेद गरेका क्लिन्टनले

सेक्सुअल अन्तक्रिर्या नगरेको कागजसमेत गराए

प्रेम, सेक्स र महिलाका मामिलामा उदार छवि बनाएका प;र्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले आफ्नी अर्की एक प्रेमिकास“ग एकाकार हुन श्रीमती हिलारीस“ग झन्डै सम्बन्धविच्छेद गरेको एक पुस्तकमा खुलाइएको छ । केहीअगाडि प्रकाशित ‘अ वुमन इन चार्ज’ मा क्लिन्टनले आफ्नी प्रेमिका मार्लिन जो जेन्किन्सस“ग सधै“का लागि साथ रहन सन् १९८९ मा हिलारीस“ग छुट्नि\ पूरा मानसिकता बनाएको बताइएको छ ।
पुस्तककी लेखिका कार्ल बर्नस्टेइनका अनुसार त्यतिबेलाकी उनकी प्रेमिका एउटा व्यापारिक निकायकी कार्यकारी निर्देशक थिइन् । मार्लिन जेन्किन्स नामकी ती सुन्दरीको बिलको जीवनमा यति ठूलो प्रभाव थियो कि उनी आफ्नी पत्नीलाई समेत पारपाचुके दिने मनोदशामा पुगेका थिए । सन् १९९२ मा ह्वाइटहाउस प्राप्तिका लागि चुनावमा जाने मनसायसमेत क्लिन्टनले जेन्किन्सकै सल्लाह, सुझाव र सिफारिसमा तय गरेको पुस्तकमा उल्लेख छ । तर, चुनावमा जान सम्बन्धविच्छेदले नकारात्मक असर गर्ने सल्लाह पनि बिललाई जेन्किन्सले दिएकी थिइन् । बिलले पनि त्यतिबेलाको राजनीतिक गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धविच्छेद गरिहाल्ने मनस्थिति बनाएनन् ।
ह्वाइटहाउसप्रतिको आकर्षा र प्रेमिकास“गको सम्भावित विच्छेदले बिल मानसिक रूपमा यति कमजोर साबित भएका थिए कि उनका चिफ स्टाफले उनलाई एउटा थेरापिस्टकहा“ नै लानुपरेको थियो । उनका चिफ स्टाफ बेट्सी राइटले क्लिन्टन र हिलारीलाई धेरै सम्झाए l श्रीमती क्लिन्टनले पछि आफ्नी मित्र डायना ब्लेयरलाई भनेकी थिइन्, ‘बिल राष्ट्रपति चुनिए वैवाहिक जीवन सुध्रला भन्ने मेरो अपेक्षा छ । मेरा पतिको सेक्सुअल विवशता ह्वाइटहासको चमकधमकले ओझेल पार्ला भन्ने मेरो अनुमान छ ।’

६ सय चालीस पृष्ठ लामो सो पुस्तकमा हिलारीकी सहयोगी बब बुरस्टिनले बिलको प्रेम-प्रकरणले उनकी पत्नीको राजनीतिक यात्रासमेत खतरामा परेको उल्लेख गरेकी छन् । सन् ९० को दशकका अन्तिम वर्षरूमा बिल फेरि अर्की प्रेमिका मोनिका लेविन्स्कीस“ग जोडिएपछि अमेरिकी स्वास्थ्य सेवाको पर्ुनर्संरचनाका लागि काम गरिरहेकी हिलारीले आप;नो सम्पर्ण् काम रद्द गरेकी थिइन् । ‘ती जति असल र सहृदयी मान्छे मैले अहिलेसम्म देखेकी छैन“ । असल हृदय उनको ठूलो कमजोरी हो,’ बुरस्टिनले हिलारीमाथि टिप्पणी गरेकी छिन् ।

ह्वाइटहाउसका लागि क्लिन्टन दम्पतीका सल्लाहकार मार्क काबियानीका अनुसार पति बिलको लगातारको प्रेम प्रकरणले उनी यति धेरै आत्तिएकी थिइन् कि सो स्थितिबाट मुक्त हुन जे गर्न पनि तयार देखिन्थिन् । त्यस्तै अर्को एक पुस्तक ‘हर वे’ का अनुसार बिलको चियो गर्न हिलारीले व्यक्तिगत जासुससमेत खटाएकी थिइन् । न्युयोर्क टाइम्सका रिपोर्टरद्वय जेफ गर्थ र डन मान नाटाले लेखेको सो पुस्तकमा बिलकी अर्की प्रेमिका जेनिफर फ्लावरलाई पूरै ध्वस्त नपारेसम्म आराम नगर्न आफूले नियुक्त गरेको जासुसलाई निर्देशन दिएकी थिइन् । यो घटना सन् १९९२ मा क्लिन्टन राष्ट्रपति चुनावमा लडिरह“दा घटेको थियो ।
एक पटक हिलारीले आफ्ना पतिका केही प्रेमिकालाई आफैंले भेटी ‘बिलस“ग सेक्सुअल अन्तक्रिर्या’ नगरेको कागजसमेत गराएको ‘हर वे’ पुस्तकमा उल्लेख छ । तर, श्रीमती क्लिन्टनको सिनेट कार्यालयले दुइटै पुस्तक ‘बकबास’ भएको प्रतिक्रिया दिएको छ । ‘पैसा कमाउने थुप्रै उपाय छन् नि धर्तीमा । जा“डभट्टी खोले, यसो व्यापार स्यापारमा हात हाले, कतै ठेक्कापट्टा गरे पनि पैसा कमाउन सकिन्छ नि । सेलेब्रिटीको मुखमा हिलो छ्यापेर आफू हिरो हुने चलन राम्रो होइन,’ उसले भनेको छ । एक दशक लगाएर तयार पारिएका पुस्तकका लेखकलाई कटाक्ष गर्दै हिलारीका चुनाव अभियानका प्रवक्ता होवार्ड ओल्फसनले डेली मेललाई भने, ‘तीन थान लेखक मिलेर एक दशक खट्दा गजबको पुस्तक छपाएछन्, विवेकहीन कुण्ठाको थैलो ।’

Posted by Diness Acharya in 16:00:50 | Permalink | No Comments »