Tuesday, February 19, 2008

चुट्किलामा प्रेम

पहिलो साथी : मेरी श्रीमती त र्स्वर्गकी अप्सरा ! दोस्रो साथी : तिमी भाग्यमानी रहेछौ, मेरो त अझै ज्युँदै छ ।
 ******
 डक्टरले रोगीकी पत्नीलाई अर्को कोठामा बोलाएर भने, ‘तपाईंको श्रीमान्को स्थिति नाजुक छ, बढी चिन्ता लिनु उहाँका लागि खतरा हुनसक्छ र ज्यान जान पनि सक्छ । तर, तपार्इंले मैले भनेअनुसार गर्नुभो भने उहाँ ठीक हुनुहुनेछ । उहा“को खानपिनको तालिका मिलाउनूस्, खानामा मनपर्ने कुरा खुवाउनूस्, तपाईंका समस्याहरू उहाँलाई नसुनाउनूस् र एउटी योग्य पत्नीको भूमिका निर्वाह गर्नूस् । मुख्य कुरा उहाँ चिन्तित हुने वातावरण नै नबाउनूस् ।’ घर फर्किने बेला बाटोमा रोगी : डक्टरले मेरोबारे के भन्दैथ्यो ? पत्नी : तपाइंको ज्यान जाने सम्भावना छ रे !
******
एउटा मान्छे साथीसँग : मेरो क्रेडिट कार्ड हिजो चोरी भो नि ! साथी : अनि बैंकलाई खबर गरिस् ? मान्छे : अहँ, गर्दा पनि गर्दिनँ । किनभने चोरले मेरी स्वास्नीलेभन्दा कम नै खर्च गरिरहेको छ ।
******
बिहेको पहिलो वर्ष, लोग्ने बोल्छ, स्वास्नी सुन्छे । बिहेको दोस्रो वर्ष, स्वास्नी बोल्छे लोग्ने सुन्छ । तेस्रो वर्ष, दुवै बोल्छन्, छिमेकी सुन्छन् ।
******
पति र पत्नीबीच लामो समयदेखि बोलचाल बन्द थियो । एकदिन प\mलाइटका लागि बिहान सबेरै उठ्नुपर्ने भएपछि पतिले एउटा कागज भान्साको टेबलमा छाडिदिए । जसमा लेखिएको थियो, ‘भोलि बिहान मेरो प\mलाइट छ, पाँच बजे उठाइदिनुहोला ।’ भोलिपल्ट पति ब्युँझे । तर, नौ बजिसकेको थियो । उनी मुर्मुरिँदै भान्सातिर गए । त्यहाँ पत्नीले छाडेको कागज थियो । त्यसमा लेखिएको थियो, ‘तपार्इंको प\mलाइट छ । पाँच बजिसक्यो, उठ्नूस् ।’
******
बिहान ब्युँझिनासाथ पत्नीले पतिलाई सुनाइन्, ‘आज मैले सपनामा तपाईंले भ्यालेन्टाइन्स डेको उपलक्ष्यमा गहना किनिदिएको देखेँ । के होला यसको अर्थ ? पतिले भने, ‘तिमीले भरे राति थाहा पाउनेछौ ।’ बेलुका पति घर फर्किए । उनले पत्नीलाई एउटा गिप\mट प्याक हातमा राखिदिए । पत्नीले खोलेर हेरिन् । त्यसमा एउटा किताब थियो, ‘सपनाका अर्थहरू ।’
******
निकै खुसी देखिएकी पत्नी घरभित्र प्रवेश गर्नेबित्तिकै पतिस“ग चिच्याइन्, ‘तपार्इं आपfनो लुगा झोलामा प्याक गर्नूस् । छिटो । मैले चिठ्ठा जिते“ ।’ पतिले उत्साहित हुँदै सोधे, ‘पातलो कपडा कि बाक्लो ?’ पत्नी : होइन होइन, सबै । मैले तपाईंलाई यो घरबाटै बिदाइ गर्न लागेकी हुँ ।
******
पतिले पत्नीसित भने : मलाई त्रि्रो आफन्तको चिन्ता लाग्दैन भनेर कसले भन्यो ? अरू त अरू, मलाई सासूसमेत आफ्नोभन्दा त्रि्रै नै बढी प्रिय लाग्छ ।
Posted by Diness Acharya at 14:36:21 | Permalink | No Comments »

Tuesday, January 1, 2008

‘द पार्टी अफ विमेन-पोल्याण्ड इज अ विमन’

‘हामी सुन्दर छौँ, नग्न र गर्वित पनि’
पोल्याण्डमा अहिले चुनावी माहौल छ । चुनावमा जना महिलाले चुनावी प्रचार सामग्रीमा नग्न फोटो छापिएपछि विवाद मुछिएको छ । पोलिस विमेन्स पार्टीका सात जना महिला उम्मेद्वारहरुले एउटा ठूलो विज्ञापन होर्डिङ बोर्डमा नग्न रुपमा फोटो खिचाएपछि तिनको विज्ञापन टाँसिएको छ र त्यो विज्ञापनले भन्छ- ‘द पार्टी अफ विमेन । पोल्याण्ड इज अ विमन ।’
यो पोष्टर शहरका मुख्य भागमा छाएपछि क्याथोलिक धर्मको प्रधानता रहेको यो देशमा निकै नै होहल्ला शुरु भएको छ । ‘डेली टेलिग्राफ’का अनुसार लेखिका मानुएला ग्रट्कोस्काले यसमा धेरै हल्ला मच्चाउनु पर्ने त्यस्तो कुनै कुरा नभएको बताएकी छिन् । ग्रट्कोस्का त्यस पार्टीकी संस्थापिका समेत हुन् । उनले भनिन्- ‘पोल्याण्डमा अहिलेसम्म बनाइएका पार्टी पुरुषले पुरुषका लागि मात्र बनाएका छन् । हाम्रो उद्देश्य चाहिँ महिलाहरुले महिलाका लागि पार्टी बनाउने हो ।’
‘अहिलेको होहल्ला चाहिँ सधैँ एकैनाशको काम गरिरहेका व्यक्तिहरुका लागि साँच्चिकै थ

प्पड हो’, उनले भनिन् । उनले थपिन्- “हामी सुन्दर छौँ, नग्न र गर्वित पनि । हामी सत्यतामा विश्वास गर्र्छौँ र गम्भीर पनि छौँ । हामी शरीरका मात्र सुन्दर छैनौँ, आत्माका पनि । यो विज्ञापनले अश्लीतालाई पुट दिइरहेको छैन । यसलाई यौनका रुपमा देख्नु भएन । हाम्रा अनुहार र भावभङ्गिमाले सेक्स अपिल गरिरहेको छैन । बरु यी तश्वीरले हामीमा भएको विद्वता, गर्व र चासो प्रतिविम्विन गरिरहेको छ ।’

‘यसमा हाम्रा ओठहरु खुला छैनन् l  न त आँखा मुदिएका छन् । यी चित्रले कहीँ कतै पनि यौनिकता झल्काएको छैन भने किन पुरुषहरुले यसमा हायतौबा मच्चाएका हुन् ? मलाई थाहा छैन’, उनले बताइन् । आउँदो २१ अक्टोबरमा सम्पन्न हुन गइरहेको यस चुनावमा यो पार्टीले संसद्को अनुहार देखाउन चाहिने पाँच प्रतिशत मत पनि नपाउने कुरा विभिन्न किसिमको अध्ययनबाट देखिएको छ । तर अध्यक्ष ग्रेट्कोस्का चाहिँ आफ्नो पार्टीलाई अन्यहरुको समर्थन दिन प्रतिदिन बढिरहेको बताइरहेका छन् । खासगरी, पोल्याण्डका बहुचर्चित महिलाहरुले यसलाई चुनावमा मत दिलाउन निकै ठूलो कसरत गरिरहेका छन् । 

Posted by Diness Acharya at 14:05:54 | Permalink | No Comments »

Monday, November 5, 2007

यौन सम्पर्कलाई सन्तुष्टिदायक बनाउन भाइब्रेटिङ बेड

सेक्स जीवनमा महिला पुरुष समान सहभागिता : भाइब्रेटिङ बेड
जापानका होटलले आफ्ना ग्राहकका लागि भाइब्रेटिङ वेड उपलब्ध गराउन थालेका छन् । जोडीका लागि अत्यन्त सुरक्षित र आरामदायी मानिने यस्ता होटलको संख्या जापानमा २५ हजारभन्दा बढी छ । काराओके मेसिन अर्थात भाइब्रेटिङ बेड भनिने ती वेडले जोडीको यौन सम्पर्कलाई बढी सुललित र सन्तुष्टिदायक बनाउने बताइन्छ ।
लामो विदाका लागि उपयुक्त मानिने त्यस्ता होटलको बाहिरी नाम सामान्य हुनछ तर भित्री सुविधा फकर हुने एक निर्देशक बताउँछन् ।’सामान्य र दैनिक बसोबासलगायत असामान्य आवस्यकता पनि हामीकहाँ पुरा हुनछन’ । असामान्य आवयकता भन्नाले भौतिक सुविधा बुझ्नुहोला जुनातो होटलका निर्देशक ताकुओची मिकिअबा भन्छन् । पारम्परिक सेक्स जीवनमा महिलाभन्दा पुरुष बढी सकृय हुने तर भाइब्रेटिङ बेडका कारण हुदैन । सहभागिता समान रहन्छ ।
Posted by Diness Acharya at 13:23:44 | Permalink | No Comments »

Wednesday, October 3, 2007

बच्चाको नाम @ (एट द रेट)

बेजिङl  आपुनो बच्चाका लागि अनौठो नाम खोज्ने क्रममा चिनियाँ दम्पतीले इमेलको @ (एट द रेटु)  चिह्न छानेका छन् । चिनियाँ सरकारी अधिकारीले बिहीबार परिचय नखुलेका दम्पतीले बच्चाको नाम एट द रेट (@) चिह्न राखेको खुलाएका छन् । चिनियाँ भाषामा अनौठो नाम खोज्ने चिनियाँ प्रवृत्तिको उदाहरणको रुपमा @ एट द रेट चिह्न नाम सार्वजनिक गरिएको थियो । 
अक्षर ‘एट’ को उच्चारण चिनियाँ भाषामा ‘उसलाई माया गरु जस्तो’ सुनिन्छ । सारा संसारले इमेल लेख्दा ‘एट द रेट’ @ चिह्नको प्रयोग गर्ने र चिनियाँ भाषामा उसलाई माया गर अर्थ लाग्ने भएकाले नाम राखिएको बच्चाका पिताले बताएको स्टेट लेंग्वेज कमिसनका उपाध्यक्षले पत्रकार सम्मेलनमा जानकारी गराए ।
Posted by Diness Acharya at 15:29:19 | Permalink | No Comments »

पतिलाई कुकुरको दिसा

 सम्बन्ध विच्छेद भएका आपुना पतिलाई कुकुरको दिसा खुवाएको एक महिलाले स्वीकार गरेकी छिन् । ४७ वर्षीय जिल मार्टिनले आपुनो गलत व्यवहार स्विकार्दै पूर्वपति डोनाल्ड मार्टिनको तरकारीमा कुकुरको गिलो दिसा राखिदिएको एक स्थानीय अदालतमा बताएकी हुन् ।

सुनवाइका क्रममा सुरक्षा वकिल टेरी गालानाघले सो मुद्दा हतास गृहलक्ष्मीहरुको कारुणिक कथा भएको बताए । यसअगाडि उनले तरकारीमा आस्रेनिक राखेको बताएकी थिइन् । तर पछाडि उनले आपुनो असली कर्तुत स्विकारेकी थिइन् ।

Posted by Diness Acharya at 14:46:35 | Permalink | No Comments »

Tuesday, October 2, 2007

हे ईश्वर मलाई पनि लैजाऊ

पाठेघर मिल्काइदिन पाए हाइसन्चो हुने थियो
यौनसम्पर्क गर्नुअगाडि केही चारा नभएकी जोय फलेचरलाई प्रथम यौनसम्पर्कपछाडि थाहा भयो- उनीभित्र केही कमजोरी छ किनकि सम्भोगरत रहँदा उनलाई असाध्यै पीडा भएको थियो । त्यसबखत उनी धेरै चिन्तित भइन । तर मित्र र परिवारका सदस्यले पहिलोपटक ्पीडा हुनु  सामान्य भएको बताएका थिए । तर जायका लागि यो अलिक फरक अनुभव थियो ।
चिकित्सकहरुको निरन्तर अनुसन्धानले पत्ता लगाएअनुसार उनको पाठेघर बच्चैदेखि विकसित भएन । ‘म कहिल्यै नछुने भइनँ’ जायले भनिन्- ‘तर डाक्टरहरु भन्थे व्यायाम बढी गर्ने व्यक्तिलाई यसो हुनु असामान्य नहुन सक्छ .’ उनी हक्कीकी खेलाडी हुन् ।
जाय अहिले २४ घण्टा मातृत्वबारे सोचिरहेकी छन् । बच्चा पाउने असमर्थताले उनलाई चिन्तित तुल्याएको छ । ‘मलाई लाग्छ यो ईश्वरले गर्ने दुष्कर्ममध्ये एक हो’ उनले आहत हुँदै भनिन् ‘मेरा कैयौं साथीहरु आमा बन्नु नपरोस् र पाठेघर मिल्काइदिन पाए हाइसन्चो हुने कुरा गर्थे तर वास्तविकता को पीडा के रहेछ मलाई महसुस भएको छु’ उनले थपिन् ।
दुई साताअगाडि मात्र डाक्टरले उनीसँग पाठेघर नरहेको बताएका थिए । उनकी आमाले अरु परीक्षण गर्नुपर्छ भन्दा त्यसले आफूलाई थप चोट पुर् याउने भन्दै उनले कुनै परीक्षण गराइनन् । उनको पहिचानलाई सुरक्षित गर्न अर्काे नाम दिइएकाले जायलाई अर्काे झट्का पनि लागेको छ । उनी समिलंगी रहिछन् । ‘हे ईश्वर, मलाई पनि आफूसँगै लैजाऊ उनले सुस्केरा हालिन् ।’ 
 
Posted by Diness Acharya at 14:51:00 | Permalink | No Comments »

Thursday, August 30, 2007

पूर्व पतिको लिङ्गमा आगो

रुसकी एक महिलाले आफ्ना पूर्व पतिको लिङ्गमा आगो लगाइदिएकी छिन् । ती पूर्व पतिले नाङ्गै टेलिभिजन हेरेर भोड्का खाएको रिसमा ती महिलाले उनको लिङ्गमा आगो लगाइदिएको रोयर्टसले जनाएको छ । ती पुरुषको लिङ्गमा सल्काइएको आगोका कारण उनको यौनजीवनमा केही फरक पार्छ कि भन्ने रोयर्टसको जिज्ञासामा चिकित्सकहरुले यसै भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।

तीन वर्षअघि नै यी दुवैको पारपाचुके भइसकेको भए पनि सानो फ्ल्याटमा यी दुवैले आफ्नो जीवन व्यतित गर्दै आइरहेका थिए । रुसमा घर या फ्ल्याट लिनु निकै महङ्गो भएका कारण महिला तथा पुरुषबीच फ्ल्याट साटासाट गर्नु नौलो कुरा मानिदैन । तीन वर्षको फ्ल्याट साटासाटको क्रममा निकै नै तँ तँ र म म भइसक्दा पनि उनीहरु छुट्टिएर जान सकेका थिएनन् । “ओहो, त्यो दुखाईको त कुरै नगर्नुस्” स्थानीय भोई देन पत्रिकालाई प्रतिक्रिया दिँदै लिङ्ग जलाइएका व्यक्तिले भने- “म नाङ्गो त थिएँ, अरु त्यस्तो उनलाई के गरेँ र यो उपहार पाएँ, हँ ?”
केही व्यक्तिहरुले ती पुरुष यौन असन्तुष्टीका कारण आफ्नी पूर्वपत्नीलाई यौनिक रुपमा भड्काउन चाहन्थे भनी बताएका छन् । तर त्यसलाई ती पूर्व पतिले अस्वीकार गरे ।

Posted by Diness Acharya at 09:44:23 | Permalink | No Comments »