आऔं मिलाऔ हातहरु
बर्मामा अहिसाका पुजारी बौद्धमार्गी भिक्ष्;हरुमाथि जुन्ता सरकारले गोल बसा्रइरहेको छ । नेपालभन्दा जनसख्याको हिसाबले दोब्बरभन्दा पनि ठुलो रहेको बर्माको तानाशाह सैनिक शाशनका बिरुद्ध हाम्रो सरकार कानमा तेल हालेर बसेको छ । कारण एउटै छ- एकजना एमाले पत्रकारको ‘गोप्य’ श्रीमतीलाई बर्माको राजदुत बनाउनु पो रहेछ ।
आज अक्टोबर ४ का दिन बिश्वभरका ब्लगरहरुले आफ्नो बिरोध स्वरुप एकदिन ब्लग पोस्टिङ बन्द गर्ने भएका छन । उमेशको माइसन्सारले यो सुचना दिएलगत्तै मेरो दिमागमा अर्को बिद्रोह उब्जियो । किन ब्लगपोस्टिङ नगर्ने ? यस्तो बेलामा त झन धेरै पोष्ट पो गर्नुपर्छ । कुनचाही ब्लगरको शैतानी दिमागमा आएको यो आइडियाले बर्मेली स्वतन्त्रता आन्दोलनलाई सहयोग होइन झन निरुत्साहित पो पार्दैछ ।
सानो देश भए पनि बर्मा सुचना प्रबधीको युगबाट निकै पर छ । सन १९८८ मा बर्मामा भएको स्वतन्त्रता सग्राममा ३ हजार मान्छे मारिए । जनताले चुनेको सरकारले शाशन चलाउन पाएन । उल्टो त्यही पार्टीका नेताहरु आजिवन कारावासमा गए । जुन नियति अद्यापी कायम छ । बर्माका जम्मा ३ हजार इमेल आइडी छन् । त्यहाका मान्छेहरुलाई बिदेश जान दिदैन । जसोतसो लन्डन पढ्न पुगेका एकजना बर्मेलीले ब्लग चलाएर आफ्नो देशको लोकतान्त्रिक आन्दोलनलाई सघाउदैछ । तर हामी आफ्नो देशमा आन्दोलन चल्दा सारा बिश्वभर- ‘लौ न तिमीहरुको साइटमा पनि लेखिदेओ न’ भन्नेहरु आज बिरोधको नाममा आफ्नो खुट्टामा बन्चरो हान्दैछौं ।
यो आन्दोलनप्रति मेरो पूर्ण समर्थन छ तर जुन पकि्रया अपनाइएको छ । त्यसको म बिरोध गर्छु । यो बिश्वभरका ब्लगरहरुका तर्फबाट भनिएको आन्दोलनमा मेरो सकारात्मक हस्तक्षेप वा बिद्रोह हो । बरु यसको साटो आजको एक दिन सारा बिश्वका ब्लगरहरुले बर्माको बिषयमा मात्र ब्लग लेख्ने र बर्मेली सरकारलाई दवाब दिन अन्तराष्ट्रिय समुदाय वा बिश्वभरका जनतालाई जागरुक गराउने हुन सक्थ्यो ।
त्यसैले यो सकारात्मक बिद्रोह स्वरुप आजको दिन म बर्माको बिषयमा मात्र ब्लग पोष्ट गर्ने घोषणा गर्दछु । यतिखेर हामी बिरोधको नाममा हात बाधेर बस्ने होइन कि झन पहिलेभन्दा बढी संघर्ष गर्नुपर्ने बेला आएको छ ।
बर्माको सैनिक शाशक थान श्वेको भव्य महलबाहिर जम्मा गरिएको २० हजार सैनिकले रातो लुगा अर्थात भिक्ष; पोशाकमा बाटो हिड्ने जो कोहिलाई समातेर जेल कोचेको घट्ना सामान्य हो । हिजोका दिनमा त्यसको परिमाण सानो थियो । हामीसम्म त्यो खबर अइपुग्थेन । आज ठुलो परिमाणमा मान्छेहरु पीडित छन् आन्दोलन चर्किएको छ । हामीलाई पनि त्यही आन्दोलनको एउटा पाटो बन्ने मौका प्राप्त भएको छ ।
२० बर्षदेखि बन्धक बनाइएकी जनताले चुनेको बर्माकl राष्ट्रपति आङ साङ सुकीलाई बरन्डामा निस्कन समेत बन्देज लगाइएको थियो । तर आन्दोलन चकिएको खबर पाएको दिन सुकि अचानक बाहिर निस्कीन । हजारौं भिक्ष्ा र सर्बसाधारणको जुलुसतिर हेरिन । उत्साहको हात हल्लाइन् । त्यतिखेर उनको आखाबाट बलिन्द्रधारा आशु बगिरहेको थियो । हेर्दा साधारण र भर्खरको अधबैशे लाग्ने नोबेल शान्ति पुरस्कार बिजेता ५९ बर्षिय सुकीको पक्षमा आम बर्मेली स्वतन्त्रताप्रेमीको पक्षमा र बिश्वब्यापी लोकतन्त्रको पक्षमा आवाज उठाऔं । आऔं मिलाऔ हातहरु l आऔं मिलाऔं कांधहरु l आऔ मिलाऔं स्वरहरु । कलमहरु र अक्षरहरु … !!!