Monday, August 20, 2007

गणतन्त्र र मेरी श्रीमती सँगै भित्रिए हुन्थ्यो

‘गृहस्थी महिलाहरुले पनि विवाह प्रस्ताव राखे’  

- पण्डित दीनबन्धु पोखरेल

बेलाबखत महिलाहरुसित नाम जोडिने स्व. पण्डित नारायणप्रसाद पोखरेलका छोरा तथा श्रीमद्भागवत वाचक पण्डित दीनबन्धु पोखरेल पिताजीलाई बद्नाम गराउन खोज्ने तत्वहरु आफूविरुद्ध पनि लाग्न सक्ने कुरामा चनाखो रहेको छन् । अविवाहित दीनबन्धु अस्वभाविक विवाह प्रस्तावका कारण हैरान छन् ।

पण्डित पोखरेललाई सबैभन्दा पहिले एक नायिकाले विवाह प्रस्ताव राखेकी थिइन् । पण्डितसित विवाहबन्धनमा बाँधिनका लागि जस्तै शर्त पनि मान्न ती नायिका तयार थिइन् । तर पण्डितले प्रस्ताव अस्वीकार गरिदिए । ‘कहाँको धार्मिक मान्छे कहाँको नायिका कुरै मिल्दैन’, उनले भने । त्यसमा पनि नेपाली नायिकाहरु चरित्रका मामिलामा बद्नाम हुँदै आएको सन्दर्भमा विवाह प्रस्ताव स्वीकार्नु आफ्नै घाँटीमा गलपासो सुर्किनुजस्तो भएको उनले महसूस गरे । ‘नाम भन्दिनँ रुपकी राम्री थिइन् तर मलाई रुपले मात्रै पुग्दैन पिताश्री र सिङ्गो खान्दानको प्रतिष्ठा राख्नुपर्ने चुनौति ममाथि छु’- उनले भने ।

नायिकाको विवाह प्रस्ताव अस्वीकार गरेलगत्तै पण्डितले शील र स्वभावले भरिपूर्ण युवतीहरु खोज्न थाले । ‘मलाई बिछट्टै राम्री लाग्ने तर विवाह गर्न नमान्ने वा अस्वभाविक शर्त राखिदिने’- आफूले मन पराएकी युवतीबारे पण्डितले बताए । पण्डिले एक युवती फेला पारेका थिए उनले अमेरिका लैजान्छु पनि भनेकी थिइन् । तर पण्डित स्थायी रुपमा अमेरिका बस्न चाहेनन् । अमेरिका जाने-नजाने त एउटा सामान्य सवाल थियो तर ती युवतीले यस्तो तनावपूर्ण प्रस्ताव राखिन् जसलाई उनले कदापि मान्न चाहेनन् । शर्त थियो- ‘भागवत वाचन गर्न छाडिदिनुपर्ने ।’ आधुनिक रहनसहन रुचाउने ती युवतीले यस्तो प्रस्ताव राख्नुको मुख्य कारण थियो साथीभाइले ‘पण्डित्नी’ भनिदेलान् भन्ने । ‘बाबु आमा र दाजु-भाइ सबै अमेरिकामा भएकाले नेपालमै बसेर कुनै इलम गर्न सकिने र आर्थिक रुपमा मजबुत बनाउने’ ती युवतीको प्रस्तावलाई भागवत वाचन त्याग्ने शर्तसित गाँस्दा मलाई अपराध गरेजस्तो लाग्यो अनि भैगो दुःख नगर्नुस् भनिदिएँ’- उनले भने ।

श्रीमद्भागवत वाचनबाट प्रभावित भएर उनीसित नजिकिन खोज्ने महिलाहरु उनलाई सबैभन्दा घातक लाग्छ । ‘एकै छिनमा टाँस्सिन खोज्ने महिला हुन् वा पुरुष दुबै ठीक हुँदैनन्’ भन्दै पण्डितले पिताश्रीकै ताल हुने भय आफूमा सधैं रहने बताए । कार्यक्रमबाट प्रभावित भएर नजिकिएकी स्त्रीलाई समाजले अनेक लााछना लगाउने र आफ्नो प्रतिष्ठा पनि गिर्ने उनले बताए । उनले प्रस्तुत गर्ने कार्यक्रमबाट प्रभावित भएर यौन प्रस्ताव राख्नेहरु पनि उत्तिकै छन् । उनले भने- ‘त्यस्तो बेला म दुईवटा कुरा हेर्छु एउटा मलाई बद्नाम गराउन कसैले षड्यन्त्र गरेको हुनसक्छ वा षड्यन्त्र नभएपनि प्रकारान्तरमा म भारी विकृतिमा जाकिने छु ।’ कार्यक्रमहरुबाट प्रभावित हुने महिलामध्ये आफ्नो भन्दा बढी उमेर भएकाहरुको संख्या बढी रहेको पनि उनले बताए । गृहस्थी महिलाहरुले विवाह प्रस्ताव नराखेका पनि हैनन् तर अर्काको घर बिगारेर आफ्नो घर बनाउनुलाई पण्डितले ‘पाप’ को संज्ञा दिएका छन् ।

महिलासितको सम्बन्धका विषयमा दीनबन्धुले आफ्नै पिताश्रीबाट धेरै कुरा सिकेको पनि बताए । ‘वास्तवमा भनिएजस्तो वा आरोप लगाइएजस्तो स्त्रीका मामिलामा उहाँ कमजोर होइन तर स्त्रीसम्बन्धी आरोप लाग्ने एउटा यस्तो अस्त्र रहेछ त्यसलाई परास्त गर्ने अर्को अस्त्र मुस्किलले भेटिन्छु’- उनले भने ।
 बुबाले कान्छी आमा मालतिसित विवाह गरेका कारण अहिले सिङ्गो परिवारले नै दुःख पाएको पनि उनले स्मरण गरे । पिताश्रीले पैत्रिक सम्पत्तिको रुपमा घट्टेकुलोमा जोडेको पाँचतल्ले घरको स्वामित्व आफूमा रहेकेl भन्दै कान्छी आमा मालतीले सो घरबाट आफूसहित ९७ वर्षीया हजुरबुबा आफ्नी आमा र बहिनीहरुलाई निकालिदिइन् । ‘बुबाले जोडेको घर काठमाडौंमा छ तर कान्छी आमा खराब भइदिनाले हामी डोरा गरेर बसेका छौं’- यो घटना विवाहपूर्व स्त्री चयनका लागि मननीय हुने उनको ठहर छ ।

पारिवारिक कारणले पनि २०६४ सालभित्र दीनबन्धुले विवाह गर्नै पर्ने भएको छ । बृद्ध आमाले खाना पकाइदिनुपर्ने लुगा धोइदिनुपर्ने र आफू रातदिन काममा हिँड्नुपर्नेबाट उनी हैरान छन् । ‘आमाकै सुखका लागि पनि मैले बिहे नगरी भाछैन’- उनले भने । ३० कात्तिकका दिन २६ पूरा भएर २७ वर्षमा लाग्ने दीनबन्धुले संविधानसभाको चुनाव सकिए पछि विवाह गर्ने सोच बनाए पनि बधु पाएका छैनन् । ‘सकेसम्म लोकतान्त्रिक गणतन्त्र र मेरी श्रीमती सँगैजस्तो भित्रिए हुन्थ्यो भन्ने लागेको छ तर दुवै कुरामा अन्यौल बढ्यो’- उनले भने ।

घाट-घाटका युवती देखिसकेका पण्डितले विवाहका लागि अध्ययनशील युवती उपयुक्त हुने ठहर गरेका छन् । युवतीमा उच्चवर्गीय दम्भ र उच्च महवाकांक्षुl हुन नहुने उनको प्राथमिकता हो । पण्डितसित विवाहका लागि प्रस्ताव राख्ने अधिकांश युवतीले थोरै पढेका र उच्चताको अहंकार पाल्नेहरु बढी भएका कारण उनले सुसंस्कृत परिवारकी र आफूले जत्तिकै पढेकी युवती हुनुपर्ने पनि बताए । ‘मैले विवाह गर्ने युवतीले मलाई पनि सही बाटोमा डो-र्याउनुपर्छ कुल खान्दानको पनि इज्जत राख्नुपर्छु’- उनले भने ।
उनको अर्को पनि शर्त छ धुमपान र मध्यपानबाट मुक्त युवती हुनुपर्ने । उनको सात पुस्ता मध्यपानबाट मुक्त छ । स्वयं दीनबन्धुले बिगत १३ वर्षदेखि मासु खान छाडेका छन् । उनको अम्मलीमा प्राकृतिक जडिबुटी जेठी मधु र सुकुमेल हो । ‘श्रीमतीसित अम्मलीकै विषयमा पनि कुरा मिलने भने त मज्जा हुँदैन त्यसैले यो कुराको छिनोफानो पहिल्यै गर्नुपर्छु’- दीनबन्धुले भने ।

- विश्वमणि सुवेदीबाट

 

Posted by Diness Acharya in 08:34:49 | Permalink | Comments (1) »

Sunday, August 19, 2007

दाह्री दार्शनिकसित एकछिन

कसैले पूँजीपति र कसैले अपराधी भएकाले लामो दाह्री पालेको भन्ठाने

- प्रकाश सिलवालबाट
बोकेदारी पाल्ने भियतनामी नेता होचिमिन्हले कुनै बेला आफ्नै दारीलाई व्यङ्ग्य गर्दै भनेका थिए- ‘दाह्रीले बनाउने भए बूढी बाख्री पनि दार्शनिक बन्थी’ माक्स्रवादी सौन्दर्यशास्त्रका नेपाली व्याख्याता एवं पूर्व प्राज्ञ गोविन्द भट्टले दारी-संवाद सुरु गरे, ‘मैले पनि आफूलाई दार्शनिक देखाउन दाह्री पालेको होइन ।’

झपक्क दारी पालेकै कारण भट्टले केही पटक अनावश्यक कटाक्षहरुको सामना पनि गर्नुपरेको छ । ुबुद्धिजीवीको एउटा गोष्ठीमा एकजना प्राध्यापकले मलाई अजंग दाह्री पाल्दैमा वा गेरुबस्त्र लगाउँदैमा कसैले आफूलाई दार्शनिक ठान्नू गलत हो भनेर व्यङ्ग्य गरेु भट्ट सम्झन्छन्, ‘अनि मैले दार्शनिक देखाउन दाह्री पालेको होइन यो त मेरो आदत हो भनेँ ।’

हुन पनि भट्टले दारी पाल्न थालेको लगभग पाँच दशक भइसकेछ । दाह्रीसँग गाँसिएका उनका धेरै स्मृति छन् । लखनउमा पढ्दै गर्दा आफ्नो दारीमाथि अरुका टिप्पणीको सेरोफेरोमा उनले एउटा निबन्ध नै लेखेका थिए ‘मेरो दाह्री’ शीर्षकमा । ‘निबन्ध प्राध्यापक कृष्ण खनालद्धारा सम्पादित ‘शक्ति’ पत्रिकामा छापिएको थियो l

भट्ट दारीमात्र होइन कपालका पनि शौखिन हुन् । उनको कपालले सधैंजसो कानको पौने भाग छोपेको हुन्छ । ‘म कपाल पनि तीन÷चार महिनामा मात्रै मिलाउँछु उनी भन्छन् ुयोचाहिँ आधा शौख र आधा अल्छीपन हो ।ु

झट्ट हेर्दा कुनै धर्मगुरु वा योगीजस्तै देखिने पूर्व प्राज्ञ भट्टको परिचयको अभिन्न अंग नै भइसकेको छ दाह्री । बटुवाहरु अडिएर हेर्छन् उनलाई । मान्छेको पहिलो नजर व्यक्तित्वमा पर्नु अस्वाभाविक पनि होइन । ुकसैले पूँजीपति भएर वा कसैले अपराधी भएकाले लामो दाह्री पालेको भन्ठानेको पनि पाएको छु भट्ट भन्छन् l
मित्रराष्ट्र चिनमा रहँदा पनि उनको दाह्रीप्रति आकर्षण त्यत्तिकै थियो । हरेक भ्रमणमा चिनियाहरुले आफ्नो अनुहारको आकर्षणबाट प्रभावित भएर नै सँगै बसेर तस्वीर खिचाएको उनको स्मरण छ । त्यस्तै लखनउमा अध्ययनरत छँदाको स्मृति पनि रोचक छ । लखनउ विश्वविद्यालयको पुस्तकालयको अवलोकन गर्न आएका बेलायतका पूर्व प्रधानमन्त्री लर्ड एटलेका आँखा पटकपटक भट्टतिर सोझिए । भट्टले मेसो पाइहाले एटले उनी होइन उनका दारीतिर आकर्षित छन् । एटले मुसुक्क हाँसे । ुत्यो हाँसोले मलाई एउटा निबन्ध नै लेख्न प्रेरित गर् योु उनी भन्छन् ुनिबन्ध लेख्न बसेपछि एटलेको मुस्कानभन्दा पर गाउँघरदेखि समाजसम्मबाट दाह्रीबारे प्राप्त टिप्पणी र अनुभव शब्दमा उत्रिए ।ु

भट्टको दारी सुरुमा परिवारकै लागि पनि रुचिकर थिएन । ुसुरु- सुरुमा श्रीमती र छोरीले पनि फोहोरी देखिन्छु भनेर दारी नपाल्न कर गरेु भट्ट भन्छन् ुअब चाँही उनीहरु पनि थाकिसकेका छन् ।ु

उनलाई दाह्रीप्रति कुनै अहंकार वा खेद छैन । त्यसो त दारी पाल्छु भन्ने कुनै योजना थिएन उनको । फेरि किन पालेको त  उनको जवाफ छ -ुपहिला त काट्न अल्छी लागेर र नभ्याएर नै हो । पछि मान्छेले यही रुपमा चिन्न थाले । त्यसपछि झन् काट्नै छाडिदिएँ ।ु

अब त उनको व्यक्तित्वको अभिन्न अंग नै भइसक्यो दारी । दारी घटाएर भट्टको व्यक्तिव्यको अनुमानसम्म गर्न सकिन्न । तैपनि कतिपयले किन दाह्री पालेको  भनेर सोध्न चाँही छाडेका छैनन् । कतिपयले केही नबोली हेर्छन् मात्रै । कतिपयले राम्रै लागेको प्रतिकि्रया दिन्छन् । ुमान्छेको उत्सुकता स्वाभाविकै होु भट्ट भन्छन् ुतर आफ्ना दारीबारे प्रतिकि्रया अलि सहज हुँदोरहेनछ ।ु

उनी प्राज्ञ हुनुभन्दा अघि धेरैजसो साहित्यिक कार्यक्रमको अतिथि बन्न पुग्नुमा केही प्रतिशत दाह्रीको पनि देन छ । नयाँ पुस्ता र ग्रामीण भेगका मानिसले उनको व्यक्तित्वलाई हेर्ने वित्तिकै बौद्धिक र शिखर व्यक्तिको रुपमा लिइहाल्छन् । त्यसो त उनको बौद्धिकता उनको व्यक्तित्वभन्दा कम छैन । उनी विचारक हुन् समालोचक हुन् । प्रगतिवादी समालोचनाका फाँटमा त्यतिखेर उनले हस्तक्षेप गरे जब यो क्षेत्र शून्यप्रायः थियो ।

त्यसो त पछिल्लो कालखन्डमा उनी विवादमा पनि परे । प्रगतिशील साहित्यकारहरुको एउटा पंक्ति नै उनको खुला आलोचनामा उत्रियो । प्रतिगमन आंशिक सच्चिएको भन्दै एमाले सरकारमा गएका बेला तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बनेका भट्ट शाहीकालमा पनि पदमै रहेकाले आलोचना भएको थियो । तर भट्ट आफैं भने शाहीकालको समर्थन गरेको आरोपसँग सहमत छैनन् । ुगल्ती के मात्रै हो भने बेलैमा सबै प्राज्ञबाट आन्दोलनका पक्षमा विज्ञप्ति प्रकाशन गर्न सकिएन ।ु उनको स्वीकारोक्ति छ-ु म नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन भन्ने मान्छे शाही शासनको समर्थन कसरी गर्न सक्थेँ ु

बेला - बेलामा दाह्रीलाई कैचीले काटेर सफा र छरितो राख्छन् भट्ट । पाली नै सकेपछि स्याहार त गर्नैपर् यो । समय कसरी गइरहेको छ उनी आफ्ना दारी हेरेर अनुमान गर्न सक्छन् । उनका केश र दाह्री फूलेको १० वर्ष भइसकेछ । सेतै फूलेका उनी चुरोट सल्काएर फुङ्ग धूवाँ उठाउँछन् । चुरोट उनको कमजोरी हो ।

दाह्री नपाल्नेहरुलाई उनको सुझाव पनि छ- ुया त सँधै पाल्नुस् या त दैनिक छरितो र चिल्लो बन्नोस् ।ु विकसित देशका मानिस र कलाकारितामा लागेकाहरु दिनको दूई पटकसम्म पनि दाह्री काट्छन् भन्छन् उनी । सौन्दर्यशास्त्री न हुन् सौन्दर्यको व्याख्या गर्ने नै भए । तर सबै नेपालीलाई सायद त्यसो गर्ने फूस्रद नहोला भन्छन् उनी ।

यी दाह्रीवाल चिन्तकले मन पराउने व्यक्तित्वचाहिँ धेरैजसोले दाह्री पालेनन् । ुम  होची मिन्ह माओत्सेतुङ्ग फिडेल काष्टो नेल्सन मण्डेलालाई विशेष मन पराउँछु भट्ट भन्छन् ुतर यी मध्ये होचीमिन्हमात्रै दारीमा देखिन्छन् त्यो पनि अलि बेग्लै बोकदारी ।ु 

ुदाह्री नपाल्नेले तीन÷चार दिन पाल्यो भने ऊ विरामी वा वैरागीजस्तो देखिन्छ ।ु भट्टको टिप्पणी छ ।  तर झ्याप्प दाह्री पाल्ने ६८ वर्षीय उनलाई भने अहिलेसम्म कुनै रोगले छोएको छैन । विहान व्यायाम र बेलुकी योग गर्ने भएकाले पनि होला आफ्नो शरीर र मन सन्तुलित रहेको वताउँछन् उनी । यो आरोग्यको स्रोत पनि  कतै दारी त होइन  प्रश्न नझर्दै यसपटक उनले हल्का आपत्ति प्रकट गरे - भो अब दाह्र्रीका कुरा मात्रै कति गर्नु ।

माक्स्रवादी लेखन्मा आलोचना गर्नेहरुका शब्दावली कडा  र सतही हुने गरेकोमा उनी चिन्तित छन् । तर आफ्नाबारेका आलोचनालाई सकारात्मक ठान्नुपर्ने उनको स्पष्टोक्ति छ । केही पाण्डुलिपीका भूमीका लेखन् र अन्य अध्ययनमा लागेका छन् उनी । जब उनी अध्ययनमा मग्न देखिन्छन् व्यक्तित्व यस्तो लाग्छ कुनै ऋषि चिन्तनमा मग्न छ । तर पछिल्ला दिनमा भट्ट सिर्जनामा यति पातला हुँदै गरेका छन् कि शुभेच्छुकहरुलाई चिन्ता छ कतै उनको व्यक्तित्वमात्रै पो बाँकी हुने हो कि  

 

Posted by Diness Acharya in 15:36:47 | Permalink | No Comments »

एउटा नेपालीको तिलस्मी सपनाका कुरा

यो एउटा तिलस्मी सपनाको कथा हो । एउटा मध्यमस्तरको नेपालीको छोरोको सपना एउटी दुलही दुइ ृ वटा बच्चा सानो चिटिक्क परेको घर गोठमा एउटा भैसी ओखतीमुलो अनि छोराछोरीलाई शिक्षा । उहिल्यै वीप कोइराला प्रधानमन्त्री छँदा १५ बर्ष मा सारा नेपालीलाई यस्तै हैसियतको बनाउने सपना पोखेका थिए गाउँभरी । तर सारा जनताले चुने पनि उनी डेढ बर्ष भन्दा बढी टिकेनन् राजाको कुदृष्टिको अगाडी ।

यतिखेर मैले प्रस्तुत गर्न लागेको तिलस्मी सपनाका धनी दुर्गम गाउको एउटा गरिबकै छोरा हो । मावली धनी थिए अनि उनी माइला साहुको नातिको ओहदा बोक्न भ्याए । नचाहदै जागिर खोसिनुको पीडामा उनले देश र जनतालाईतरिनसक्नुको गुन लगाएका छन् । प्रस्तुत छ उनै सपनाका धनी नेपालीको प्रतिनिधिपात्रको कथा ।

माहिला साहुका नातिसित

तत्कालीन पूर्व १ नम्बर हाल ओखलढुंंगा खोटाङ र सोलु मा नाम चलेका माहिला साहुका नाति यतिखेर चर्चामा छन् । विदेश भ्रमण गोष्ठी प्रवचन तालिम र रिसर्च प्रोजेक्टको अफर उनका लागि दिन दो गुना-रात चौ गुना बढ्दो छ । ुकालापानी हाम्रै होु भनेर सडकमा विद्यार्थीले नारा लगाइरहेको बेला उनले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाण देखाएर तीन सय वर्गकिमि परको लिम्पियाधुरासम्मको भूमि नेपालकै हो भनेर दाबी गरे । सारा नेपालीको मनको चाहनालाई प्रमाणका रुपमा बाहिर ल्याएपछि ५० वÈ्रअघि खालिखुट्टा हिँडेर काठमाडौं आएका बुद्धिनारायण श्रेष्ठ अवकाशप्राप्त बेकामे कर्मचारीबाट रातारात ुमिडिया सेलिबि्रटीु बने ।

२०१३ सालमा नौ दिन हिँडेर काठमाडौं आउँदा उनको सपना थियो ुसरकारी जागिर खाने ।ु उनले सपना´ै जागिरमा २७ वसन्त बिताए । तर अहिले सरकारी जागिरका दिन सम्´ँदा उनलाई समय खेर फालेजस्तो लाग्छ । ुजागिरपछिका वÈ्रले मलाई जागिरे जीवनप्रति यथेष्ट गुनासो गर्ने ठाउँ दिएको छु उनी भन्छन् ।

ुत्यतिखेरसम्म हामीले जुत्ता लगाउनसमेत जानेका थिएनौंु पाँच दशकअघि काठमाडौं आउँदाताकाको पुराना कुरा सम्´ँदै उनी भन्छन् ुकाठमाडौं त सपनाको सहर जस्तो लाग्थ्यो ।ु २००७ सालको क्रान्तिमा ओखलढुंगाका कांग्रेसले विद्रोह गरे । त्यसबेला राणा सैनिकले गोली चलायो । सोही घटनामा उनको पिताको मृत्यु भयो । त्यसपछि टुहुरा तर चलाख बुद्धिनारायणलाई मावली हजुरबुबा अर्थात् माहिला साहुले पढाएर ठूलो मान्छे बनाउने प्रण गरे ।

ओखलढुंगा बजारमा रहेको सगरमाथा जनता माविमा आठ कÔा पास गरेर काठमाडौं आएका बुद्धिनारायणले सिद्धार्थ विद्याश्रम हाल सिद्धार्थ वनस्थली मा एकैपटक १० कÔामा भर्ना पाए । २०१४ सालमा एसएलसी पास गरेका उनले त्रिचन्द्र कलेज हुँदै भूगोलमा डिग्रीसम्मको अध्ययन त्रिभुवन विश्वविद्यालयबाटै गरे ।

भारतको कोलकातास्थित पश्चिम बंगाल सर्भे इ_िन्स्टच्युटबाट नापी तालिम पाएका बुद्धिनारायणको जागिर महानिर्देशक पदमा पुगेपछि २०४९ सालको कर्मचारी आन्दोलनको चपेटामा खुस्कियो ।

ुजागिर खुस्किएपछि जीवन धान्ने निहुँमा नजानिँदो पाराले सीमा अनुसन्धानतर्फ लागिएछु बुद्धिनारायणले पछिल्लो सफलताको पेटारो खोले । निजामती कर्मचारीले अवकाश पाउने दुवै आधार ६० वÈ्र उमेरको हद र ३० वÈे्र सेवा अवधि नपुग्दै जागिर गुमाएका बुद्धिनारायण ´ापाको जंगे पिलर मिचिएको समाचार पत्रिकामा पढेपछि मन दुखाउँदै सीमा अनुसन्धानमा लागेका हुन् ।

पन्ध्र वÈ्रअघि सीमासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन जाँदा उनको मनमा नेपालको सिमानाबारे अध्ययन गर्ने हुटहुटी जाग्यो । काठमाडौंमा कालापानीको राजनीतिले सडक तातेको बेला उनले त्यसलाई चुनौतीका रुपमा लिए । तर समस्या अर्कै थियो आयोजकले दिएको लजिस्टिक स्पोन्सर सकिएको थियो भने लन्डनमा लामो समय बिताउने खर्च थिएन । उनले यो समस्या सुनाए त्यहाँका नेपलीलाई । त्यसपछि लन्डनमा नेपाली रेस्टुरेन्ट चलाएर बसेका तीनजना नेपालीले उनलाई सहयोग गरे । अमृत थापा विजय थापा र विमल राई नाम गरेका ती नेपाली युवाले लगाएको गुन उनी अहिले पनि स_िम्´रहन्छन् । उनीहरुकै रेस्टुरेन्टमा सित्तैमा खानु र बि्रटिस लाइबे्ररीको विशाल भवनको कोठा चाहर्नु उनको दैनिकी बनेको थियो त्यतिबेला ।

बि्रटिश लाइब्रेरीमा तीन साता बिताएपछिको एक साँ´ ुइन्डिया अफिस रेकर्ड सेक्सनु मा चहार्दै गर्दा उनले सारा नेपालीका लागि खुसीको पोको भेट्टाए । नक्सैनक्साले भरिएको कोठामा पुराना पोका-पन्तुरो खोतल्दै गर्दा भेटिएको एउटा पुरानो नक्सामा नेपालको सीमा नदी कालीनदीको उद्गम बिन्दु िटंकर भाज्याङ र लिपु लेकभन्दा निकै पर लिम्पियाधुरामा रहेको स्पष्ट देखियो । त्यो फेलापारेपछि उनको हात-खुट्टा खुसीले काँप्यो । ठूलै युद्ध जितेको महसुस गरे उनले । लाइब्रेरीको रिसेप्सनिस्टलाई आपुूले नेपाल भारतको सीमा विवादबारे अनुसन्धान गरिरहेको र तथ्य फेलापरेको बताएपछि उनले त्यहाँ फोटोकपी गर्ने र अन्य नक्सा अध्ययन गर्ने सुविधा पाए ।

त्यसैदिन हतार-हतार आपुू बस्ने रेस्टुरेन्ट फर्केर ुस्पोन्सरु मित्रलाई सो खबर सुनाउँदा उनीहरु खुसीले तीनबित्ता उपि्रुए । त्यसदिन उनी नेपालको भूमि बढाउन सकिने सपनामा रातभरि निदाउन सकेनन् ।

आपुूले भेट्टाएको सीमासम्बन्धी नक्साको थप आधिकारिकता खोज्न बुद्धिनारायणले अमेरिकाको लाइब्रेरी अफ कंग्रेस हावर्ड युनिभसर्िटी लाइब्रेरी पुसे कलेज अफ लाइब्रेरी र बेइजिङस्थित नेसनल लाइब्रेरी अफ चाइनामा धेरै दिन बिताए । रुस र जर्मनका लाइब्रेरीमा रहेको नक्सामा पनि कालापानी नेपालकै रहेको प्रमाण उनले भेटेका छन् । ुभारतमा बि्रटिस सरकार छँदा जंगबहादुर राणाले हातले बनाएको नक्सा पनि लन्डनको लाइबे्ररीमा छु उनी भन्छन् ुइस्ट इन्डिया कम्पनीले प्रमाणित गरेको सो नक्साकै आधारमा पनि हामी लिम्पियाधुरासम्मको भूमि दाबी गर्न सक्छौं ।ु

कालापानीमा भारतीय रजाइँ चल्नुमा राजा महेन्द्रको हात रहेको उनको पनि ठम्याइ छ । कालापानीमा भारतीय सेना बस्दा ऋिÈकेश शाह परराष्ट्रमन्त्री थिए । त्यो खबर उनले राजा महेन्द्रलाई दिएको भए पनि उनले वास्ता नगरेपछि अहिले समस्या आएको हो । बुद्धिनारायणका अनुसार त्यसबेला राजा महेन्द्रले ऋषिकेश शाहलाई ुआ भारतीय सेना बसे पनि बसोस् मैले भारतलाई धेरै चिढाइसकेँ अ&; कति चिढाउनु भनेर जवाफ दिएका थिए । सो प्रसंग निधन हुनु दुई वर्षअघि ऋषिकेशले बुद्धिनारायणलाई सुनाएका हुन् । ुतर महेन्द्रले भारतलाई कुनै लिखित कागज भने दिएका छैनन्ु उनी भन्छन् ुकागज भए त भारतले हामीलाई बोल्न नदिने गरी टेबलमा पछारिहाल्थ्यो नि i
कालापानी विवाद र बुद्धिनारायणकै चर्चा बेस्सरी चुलिएपछि २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विशेÈ मिटिङ राखेर उनलाई निम्त्याए । िसंहदरबारमा सबै मन्त्री र सचिवलाई राखेर उनले डेढ घन्टा लामो प्रवचन दिए । ुमन्त्रीहरुकै लहरमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सुशील कोइराला पनि त्यसबेला थिएु बुद्धिनारायण सम्´न्छन् ुउनले सीमाबारे धेरै चासो दिएका थिए तर उनकै पार्टीको सरकारले त्यसपछि वास्ता गरेन ।ु

त्यसपछिका दिनमा भारतले सीमा मिच्न केही हच्किएको अनुभव छ उनीसित । ुहामीले यति पनि नगरेको भए नेपालको सिमाना अहिलेभन्दा धेरै गुना बढी गुमिसक्ने थियोु उनको दाबी छ । इस्टइन्डिया कम्पनीसित सम्´ाैता हुँदा कालापानी आºनो रहेको दाबी गरिरहेको भारतले बुद्धिनारायणको प्रमाण देखेपछि मुख फेरेको छ ।

बुद्धिनारायणको सम्´नामा भारतीय अधिकारीले पनि त्यो नक्सा हेरेपछिका दिनमा कालापानीमाथि हाकाहाकी दाबी गर्न सकेका छैनन् । नेपालमा आन्दोलन चल्दा कालापानी भारतको हो भनेर रिपोर्टस्र क्लबमा कुर्लने तत्कालीन राजदूत केभी राजनले त्यसपछि ुइतिहास र दस्तावेजले जे भन्छ त्यही मान्न तयार छौंु भनेर बोले । नेपाल भ्रमणमा रहेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री आइ के गुजरालले पनि ुसंयुक्त सीमा प्राविधिकको टोलीको अध्ययन र ऐतिहासिक दस्तावेजले नेपालको भएको प्रमाणित गर् यो भने भारतीय सेना कालापानी छाड्न तयार रहेकोु बताएका थिए ।

आºनो अभियानले अन्तर्राष्ट्रिय चर्चा पाउँदा पनि नेपालले आºनो भूमि फिर्ता लिन राजनीतिक पहल नगरेकोमा उनी दुःखित छन् । ुबरु हरेक वÈ्र सीमा मिचिएको खबर आइरहेको छ । तर सरकारले कुनै अडान लिनसकेको छैनु उनले पुरानो कुरा सम्´ँदै भने ।

२०४८ सालमा भारतले सुस्ता मिचेको िवÈयमा नयाँदिल्लीमा सीमा-वार्ता भएको थियो । नेपाली टोलीको नेतृत्व उनैले गरेका थिए । नारायणी नदीको बहाव बदलिएपछि सुस्तामा नेपाली भूमि मिचिएको विषयमा बिबाद भयो । भारतले नारायणी नदीलाई सीमा मान्यो भने नेपाली टोलीले नदीको बहाव बदलिँदैमा सीमा नबदलिने र पुरानो नक्सालाई आधार मान्नुपर्ने अडान लियो । ुलामो विवादपछि लन्च ब्रेकमा म नेपालीदूतावास आएँ र तत्कालीन राजदूत चक्र बास्तोलालाई सबै बि्रफिङ गरेँु उनले स_िम्´ए ुबास्तोलाले नेपालमा परराष्ट मन्त्रालयमा फोन गरेर निर्देशन मागे तर यहाँको निर्देशनपछि हामी सबै निराश भयौं ।ु भारत रिसाउँछ भन्ने डरले ुत्यो एजेन्डा पछि मिलाउने गरी थाती राख्नु र अर्को एजेन्डामा मात्र छलफल गर्नुु भनेर निर्देशन दिएको उनी सुनाउँछन् ।

२७ वÈ्र सरकारी जागिरमा बिताउँदा एउटा लेखसम्म नलेखेका बुद्धिनारायणले जागिर खुस्केको इखमा तयार पारेको पुस्तकसँगै भेट्टाए अपत्यारिलो सफलता अर्थात् मदन पुरस्कार । आºनै खर्चमा छापेको चार सय ५६ पेज मोटो ुनेपालको सिमानाु बेच्न मदन पुस्तकालय गएका उनलाई त्यहाँ फारम भर्न लगाइएछ । तीनथान पुस्तक सित्तैमा दिनुपर् यो भनेर चुकचुकाउँदै फारम भरेका बुद्धिनारायणले चार महिनापछि नेपालको नोबेल पुरस्कार पाए । ुत्यसबेला म विदेश थिएँ साथीले घरमा फोन गरेछन् र टेलिफोनमा भ्वाइस रेकर्ड गराइएछु तीन दिनपछि पुरस्कारबारे थाहा पाएको प्रसंग सुनाउँदै उनी भन्छन् ुघरमा आएर फोन उठाउँदा त बधाईको रेकर्ड बेस्सरी थुपि्रएको रहेछ ।ु

ुअचम्मैसित पुरस्कार पाइयो साहित्यकारले मात्र यस्ता पुरस्कार पाउँछन् जस्तो लागेको थियोु बागबजारको भित्री गल्लीमा रहेको भूमिचित्र कम्पनीको छेउ कोठामा उनले भने ुमैले त्यो पुरस्कारको एक रुपैयाँ पनि मासेको छैन ।ु त्यो रकम उनले बैंकमा राखेका छन् र सोको ब्याजले ओखलढुंगास्थित आपुू पढेको स्कुलका विद्यार्थीलाई बसे्रनि छात्रवृत्ति दिइने गरिन्छ । उनले स्थापना गरेको छात्रवृत्तिको नाम नै ुसिमाना छात्रवृत्तिु छ जसको व्यवस्थापन काठमाडौंमा रहेको ओखलढुंगा समाज सेवा नामक संस्थाले गर्छ ।

उनी आपुूलाई सीमाविद् भनेकोमा मन पराउँदैनन् । ुम त सीमा अन्वेÈक मात्र हुँु उनी भन्छन् । ुनेपाल र चीनबीच पनि ३२ ठाउँमा सीमा विवाद थियो सगरमाथामा समेत चीनले दाबी गरेको सुनाउँदै उनी भन्छन् ुप्रधानमन्त्री बिपी कोइरालाले २०१७ सालमा चाउ एन लाईलाई कन्भिन्स गराएर बिबाद टुंग्याए । तर अहिले कुनै नेतामा त्यो राजनीतिक शक्ति देखिएन ।ु

यतिखेर उनी आपुूले कल्पना नै नगरेको मदन पुरस्कारको बिरासत थाम्न फेरि अर्को पुस्तक लेख्ने जमर्को गर्दैछन् । २५ वÈ्र नाघ्दा पनि नेपाल-भारत सीमा बिबाद सु_िल्´न नसकेकोबारे पुस्तक लेख्ने चाहना चाँडो पूरा होलाजस्तो चाहिँ छैन । भन्छन् ुकल्पना नै नगरेको भार बोकेको छु कार्यक्रममा बोलाइरहन्छन् लेख्नै भ्याइँदैन ।

 

Posted by Diness Acharya in 14:03:58 | Permalink | Comments (1) »