Friday, December 7, 2007

सबैभन्दा बढी पत्रकारको हत्या २००७ मा

समाचार सङ्कलनमा खटिएका कम्तीमा एक हजार २०० पत्रकारहरुको इहलीला समाप्त
सन् २००७ को वर्ष विश्वभर आफ्नो काममा खटिएका कम्तीमा १७१ जना पत्रकार तथा अन्य साचारकर्मीहरुको मृत्युसँगै साचार जगतका लागि सबैभन्दा रक्तपातपूर्ण रहन पुग्यो । सेनाले श्रीलङ्काको एक रेडियो स्टेसनमा गरेको हवाई हमला तीन सम्पादन कर्मचारीहरु मारिएपछि वर्ष पूरा हुन अझै एक महिना बाँकी हुँदा सन् २००६ को सबैभन्दा उच्च १६८ मृत्युलाई यो वर्षको आँकडाले उछिन्न पुगेको छ ।
यो त्रासदपूर्ण आँकडाले साचार जगतमा कार्यथलोमा सुरक्षा र कल्याणकारी कार्यक्रम तल्लो विन्दुमा रहेको दर्शाउँछ । आइएनएसआईको हताहत अभिलेख अनुसार जनवरी १ देखि नोभेम्बर २८ बीच ३५ मुलुकमा १४२ पत्रकार र चालक अनुवादक र प्राविधिज्ञजस्ता २९ सहयोगी कर्मचारीहरुको मृत्यु भएको छ । त्यसमध्ये साचार पेशाकै कारण निसाना बनेका पत्रकारहरुको सङ्ख्या अधिक छ । यसरी हत्या हुन पुगेका साचारकर्मीहरुको सङ्ख्या १२१ छ । दोहोरो मुठभेडमा वा अन्य छिटफुट हमलामा ज्यान गुम्नेहरुको सङ्ख्या १५ छ भने सडक र हवाई दुर्घटनामा मारिनेको सङ्ख्या ३४ छ । एक पत्रकारको मृत्युको कारण भने खुल्न सकेको छैन । पत्रकारहरुको हत्याका घटना भएका मुलुकहरुमध्ये फेरि पनि इराक अग्रपङ्क्तिमा देखा परेको छ जहाँ यो वर्ष ६४ पत्रकारको हत्या भएका छन् । इराक युद्ध सुरु भए यता इराकमा मारिने पत्रकारहरुको सङ्ख्या जम्माजम्मी २३५ पुगेको छ ।

इराकपछि दोस्रो नम्बरमा श्रीलङ्का छ जहाँ छ वटा हत्याका घटना भएका छन् । अफगानिस्तान मे_िक्सको भारत र फिलिपिन्स हरेक मुलुकमा पाँच-पाँचवटा हत्या भएका छन् । हैटी पाकिस्त्ाान र सोमालिया प्रत्येक मुलुकमा चार-चारवटा हत्याका घटना भएका छन् । साचार प्रतिष्ठान साचालनका लागि श्रीलङ्काको स्थिति अति नै खतरापूर्ण भएको पुष्टुई भएको छ । त्यहाँको वायु सेनाले उत्तरी वान्नी प्रान्तमा विद्रोही एलटिटिईको आधिकारिक रेडियो स्टेसन भ्वाइस अफ टाइगस्रमा बम खसाल्दा तीन सम्पादन कर्मचारीसहित नौ व्यक्तिको मृत्यु भयो । मारिने सबै सर्वसाधारण नागरिक थिए । जेनेभा महासन्धि मुताबिक युद्धग्रस्त क्षेत्रमा पत्रकारहरुलाई सर्वसाधारण नागरिकको रुपमा संरक्षण दिइनुपर्दछ र द्वन्द्वमा प्रत्यक्षतः सहभागी नहुने नागरिकहरुलाई जानाजानी निसाना बनाउनु युद्ध अपराध मानिन्छ ।
यो वर्ष समाचार सङ्कलनमा खटिएका पत्रकारहरुको मृत्यु बढी सङ्ख्यामा भएको मुलुकमा इराकपछि संयुक्त राज्य अमेरिका देखा परेको छ । यो सहस्राब्दीको प्रारम्भदेखि नै प्रत्येक वर्ष विश्वभर साचारकर्मीहरुको हत्याका घटनाहरु बढेर गइरहेका छन् । हरेक वर्ष अघिल्लो वर्षभन्दा खराब बन्दै गएको छ । पत्रकार र साचारकर्मीहरुको हत्या नगर्न र हत्यारालाई दण्डित नगर्ने प्रथा अन्त्य गर्न अन्तरराष्ट्रिय आह्वान हुँदाहुँदै पनि यसो भएको छ । विश्वका राष्ट्रहरु र अन्तरराष्ट्रिय समुदायले यी आह्वानहरुलाई व्यवहार उत्तार्न ढिलो भइसकेको छ ।
आइएनएसआईको हताहत आँकडाको विश्लेषणले सन् १९९६ देखि २००७ को मध्यसम्म विश्वभर समाचार सङ्कलनमा खटिएका कम्तीमा एक हजार २०० साचारकर्मीहरुको इहलीला समाप्त भएको देखाउँछ । यसमध्ये दुई तिहाईको हत्या गरिएको छ र १० वटा मृत्युमध्ये नौ वटामा दोषीमाथि कार्वाही गरिएको भेटिँदैन ।
Posted by Diness Acharya at 15:09:15 | Permalink | No Comments »

Sunday, August 26, 2007

बोलि फेरे प्रचण्डले

लौ हेर्नुस प्रचण्डको काइते बक्तब्य
मंसिरमा हुने संबिधानसभा निर्वाचनलाई पन्चायति चुनावको सज्ञा दिदै बैशाखमा सार्नुपर्ने बताएका माओवादी अध्यक्ष प्रचण्डले दुई दिनपछ आफ्नो भनाई फिर्ता लिएका छन् । नारामा मात्र संबिधानसभा चाहेको आरोप लागेपछि प्रचण्डले आज बिज्ञप्त जारी गर्दै चुनाव जसरी पनि हुनुपर्ने बताए । उनको काइते भाषा र शैली कस्तो छ तपाइ आफै हेर्नुस । मेरो इमेल dineshac@gmail.com मा आएको उनको बक्तब्य जस्ताको तस्तै:

नेपाल कम्युनिष्ट पार्टी माओवादी

केन्द्रीय समिित

प्रेस वक्तव्य

हालै केही संचार माध्यमहरुमा हाम्रो पार्टी ने.क.पा. माओवादी संविधानसभाको निर्वाचन आगामी मंसिर ६ गतेभन्दा पर सार्ने पक्षमा रहेको भन्ने आशयको समाचारहरु संम्प्रेषण भएकोप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । खासगरी जुन तŒवहरुले विभिन्न बहानाबाजी गरेर वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको सहमति विपरीत गत जेठमा नै हुनुपर्ने निर्वाचनलाई मंसिरमा धकेल्ने प्रयत्न गरेर अहिले पनि निर्वाचनका अत्यावश्यक पूर्वाधार निर्माण गर्न कुनै चासो देखाइरहेका छैनन् तिनै तŒवहरुले ुजो चोर उसैको ठूलो स्वरु को शैलीमा हाम्रो पार्टीलाई चुनाव पर सार्न चाहेको मनगढन्ते फत्तुर लगाएर जनसमुदायलाई भ्रमित पार्न बढी कसरत गरिरहेको देख्दा हामी निकै गंभीर र अचम्भित भएका छौं । एक अन्तकिर््रया कार्यक्रममा नितान्त भिन्न प्रसंगमा निर्वाचनको नाटक होइन वास्तविक संविधानसभाको निर्वाचनमा जोड दिन गरिएको तर्कलाई कुतर्कद्वारा निर्वाचन सार्न खोजेको प्रचारबाजी हुनुलाई हाम्रो पार्टीले खेदजनक प्रचार ठानेको छ । पार्टी केन्द्रीय कार्यालयको तर्फब्ााट हामी आम जनसमुदाय पार्टी कार्यकर्ता र समर्थक शुभचिन्तक सबैलाई त्यस्ता नियोजित दुष्प्रचारको भ्रममा नपर्न र संविधानसभा निर्वाचन यथाशिघ्र सुनिश्चित गर्न हालै पार्टीद्वारा प्रस्तुत २२-बुँदे पूर्वाधार निर्माणको निम्ति सबै मोर्चाहरुमा संघर्षको निम्ति तयारी गर्न हार्दिक आग्रह गर्दछौं ।
मिति ः- २०६४ भाद्र ०९

प्रचण्ड
अध्यक्ष
नेकपा माओवादी

Posted by Diness Acharya at 16:26:48 | Permalink | No Comments »

Thursday, August 16, 2007

यस्तो छ माओवादीको निर्णय

माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु आज बाहिर आएका छन । मेरो इमेल ठेगानामा पनि पठाइएको सो बक्तब्यको पूर्ण पाठ मैले यस पटक जताको तस्तै राखेको छु । यो जनताको ब्लगको पहिलो परिक्षण पोस्टिङ हो । केही दिनमा यस ब्लगको सुधारिएको रुप देख्नुहुनेछ । धन्यबाद । 

  यही २०६४ श्रावण १५ गतेदेखि ३० गतेसम्म विभिन्न चरणमा केन्द्रीय समितिका बैठकहरु सम्पन्न भएका छन् । केन्द्रीय समितिको विस्तारित बैठकमा लिइएको निर्णयहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भैसकेका छन् । अहिले यो प्रेस विज्ञप्तिमार्फत् विस्तारित बैठकपश्चात् सम्पन्न केन्द्रीय समितिको बैठकमा लिइएका निर्णयहरुलाई निम्न अनुसार सार्वजनिक गरिएको छ ।

१. माओवादी केन्द्रीय समितिको पाँचौं विस्तारित बैठकमा लिइएका निर्णयहरुको मर्म र भावनाअनुरुप अध्यक्ष क. प्रचण्डद्वारा नयाँ सांगठनिक संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भयो र आवश्यक छलफल थपघट तथा परिमार्जनसहित सो प्रस्ताव एकमतले पारित गरियो ।
२. सबै केन्द्रीय कमाण्ड र  क्षेत्रीय संगठन ब्यूरो भंग गर्ने निर्णय गरिएको छ ।
३. नयाँ केन्द्रीय ब्यूरोहरुको निर्माण गर्ने व्यवस्थाअनुरुप निम्न अनुसार केन्द्रीय ब्यूरोहरु बनाइएका छन्
 - अध्यक्ष क.प्रचण्डको इाचार्जसिपमा नन्दकिशोर पुन, जनार्दन शर्मा, प्रभाकर र चन्द्र खनाल (बलदेव) रहनु भएको केन्दीय सैन्य ब्यूरोको निर्माण गरिएको छ र वाइसीएले जिम्मा पनि यसै व्यूरोलाई दिइएको छ ।

 - रामबहादुर थापा क।बादल को इाचार्जसिपमा चन्द्रप्रसाद गजुरेलक (गौरव) पोष्टबहादुर बोगटी (दिवाकर) नेत्रविक्रम चन्द (विप्लव) टोपबहादुर रायमाझी (अनिल) र वर्षमान पुन (अनन्त) रहनु भएको केन्द्रीय संगठन ब्यूरोको निर्माण गरिएको छ । अनुगमन विभाग र अर्थ विभागको जिम्मेवारी पनि यसै व्यूरोलाई दिइएको छ ।
  - क.बाबुरामको इाचार्जसिपमा कृष्णबहादुर महरा, देव गुरु&, वर्षमान पुन (अनन्त), दीनानाथ शर्मा पम्फा भुषाल (विद्युत) र लोकेन्द्र विष्ट रहनु भएको केन्द्रीय मोर्चा ब्यूरोको निर्माण गरिएको छ । जातीय तथा क्षेत्रीय मोर्चा जनवर्गीय मोर्चा जनपरिषद जनआन्दोलनको परिचालनलगायतका कामहरुको जिम्मा यसै व्यूरोलाई दिइएको छ ।

 - क.गौरवको इाचार्जसिपमा चन्द्रमोहन सिग्देल (वसन्त) र राम कार्की (पार्थ) रहनु भएको अन्तराष्ट्रिय ब्यूरोको निर्माण गरिएको छ ।

 - मोहन बैद्यको इाचार्जसिपमा बाबुराम भट्टराई, नारायण शर्मा (कमलप्रसाद), जनार्दन शर्मा(प्रभाकर), र अग्नी सापकोटा (क.चन) रहनु भएको केन्द्रीय प्रचार प्रकाशन र प्रशिक्षण व्यूरोको निर्माण गरिएको छ ।

४ जातीय स्वायत्तताअनुरुप राज्यको पुनःसंरचनाको मान्यतामाथि ध्यान िदंदै तथा देशका विभिन्न भूभागहरुलाई समेट्न निम्न अनुसारका राज्य समितिहरुको गठन गरिएको छ ः

क- दार्चुला बैतडी डडेलधुरा बझाङ बाजुरा अछाम र डोटी जिल्लाहरुलाई समावेश गरी सेती-महाकाली राज्यसमिति निर्माण गरिएको छ र यो समितिको इाचार्ज कूलप्रसाद के.सी.(सोनाम) र सेक्रेटरी खगराज भट्ट (बिनोद) रहनु भएको छ ।

ख- दाङ बाँके बर्दिया कैलाली र काचनपुर जिल्लाहरुलाई समावेश गरी थारुवान राज्य समिति बनाइएको छ र यसको इाचार्ज शक्ति बस्नेत (सुरेश िसंह) तथा सेक्रेटरी रामचरण चौधरी (सागर) रहनु भएको छ ।

ग- हुम्ला जुम्ला मुगु कालीकोट डोल्पा जाजरकोट दैलेख र सुर्खेत जिल्लालाई समावेश गरी भेरी-कर्णाली राज्य समिति बनाइएको छ । यो समितिको इाचार्ज खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र सेक्रेटरी उद्धव रहनु भएको छ ।

घ- रुकुम रोल्पा सल्यान प्युठान अर्घाखाँची गुल्मी पाल्पा बाग्लु&, म्याग्दी र मुस्ताङ जिल्ला समावेश गरी मगरात राज्यसमिति बनाइएको छ । यो समितिको इाचार्ज हेमन्तप्रकाश ओली (सुर्दशन) र सेक्रेटरी सन्तोष बुढा मगर (सन्तोष) रहनु भएको छ ।

ङ- धौलागिरि अंचलको पर्वत र गण्डकी अंचलका सबै जिल्लाहरुलाई समावेश गरी तमुवान राज्य समिति बनाइएको छ । यो समितिको इाचार्ज हितराज पाण्डे (उत्तम) र सेक्रेटरीमा हरि अधिकारी (कुमार) रहनु भएको छ ।

च- चितवन मकवानपुर सिन्धुली रामेछाप दोलखा सिन्धुपाल्चोक काभ्रे रसुवा नुवाकोट र धािद& जिल्लालाई समावेश गरी ताम्बाशालिङ राज्यसमिति गठन गरिएको छ र यसको इाचार्ज अग्नी सापकोटा (कचन) तथा सेक्रेटरी हितबहादुर तामा& (शम्शेर) रहनु भएको छ ।

छ- काठमाडौं ललितपुर र भक्तपुर जिल्लाहरुलाई समावेश गरी नेवा राज्यसमिति बनाइएको छ र यसको इाचार्ज हितमान शाक्य (सुमन) सहइाचार्ज हिसिला यमि (राहुल) तथा सेक्रेटरी झक्कुप्रसाद सुवेदी (अधिकार) रहनु भएको छ ।

ज-  मिथिला भोजपुरा र अवध क्षेत्रका जिल्लाहरुलाई समेटी मधेश राज्यसमितिको निर्माण गरिएको छ र यो समितिको इाचार्जमा पोष्टबहादुर बोगटी  (दिवाकर) रहनु भएको छ l    साथै यो राज्य समितिलाई निम्न उपसमितिहरुमा विभाजित गरिएको छ ः

प्तरी सिराहा धनुषा महोत्तरी र सर्लाही जिल्लालाई समावेश गरी मिथिला उपसमिति बनाइएको छ । यो समितिको इाचार्ज मातृकाप्रसाद यादव र सेक्रेटरी महेन्द्र पासवान रहनु भएको छ ।

ड्डरौतहट बारा र पसा्र जिल्लाहरुलाई समावेश गरी भोजपुरा उपसमिति बनाइएको छ र यो उपसमितिको इाचार्ज हरिभक्त कंडेल (प्रतीक) तथा सेक्रेटरी प्रभु साह क।मुक्ति रहनु भएको छ ।

नवलपरासी रुपन्देही र कपिलवस्तु जिल्लाहरुलाई समावेश गरी अवध उप-समिति बनाइएको छ र यो उप-समितिमा इाचार्ज देवेन्द्र पौडेल (सुनिल) तथा सेक्रेटरी निर्मल रहनु भएको छ ।

 

झ- सोलु ओखलढुंगा उदयपुर खोटाङ भोजपुर र संखुवासभा जिल्लाहरुलाई समावेश गरी किराँत राज्य समितिको निर्माण गरिएको छ र यो समितिको इाचार्जमा गोपाल किराँती र सेक्रेटरीमा दिनेश शर्मा (सागर) रहनु भएको छ ।

 ताप्लेजुङ्ग पाँचथर इलाम तेह्रथुम र धनकुटा जिल्लाहरुलाई समावेश गरी लिम्बुवान राज्य समिति निर्माण गरिएको छ । सो समितिमा इाचार्ज राम कार्की र सेक्रेटरी आ; लिम्बु (प्रभात) रहनु भएको छ ।

ट- सुनसरी मोरंग र झापा जिल्लाहरुलाई समावेश गरी कोचिला राज्य समिति बनाइएको छ र यो समितिमा इाचार्ज हरिबोल गजुरेल (शीतल कुमार) तथा सेक्रेटरी क. अपार रहनु भएको छ ।

५, उपरोक्त राज्यहरुको व्यवस्थित र वैज्ञानिक भौगोलिक सिमाङ्कनका लागि देव प्रसाद गुरुङ्गको इाचार्जसिपमा मातृकाप्रसाद यादव, हितमान शाक्य,  लेखराज भट्ट र गोपाल किराँती रहनु भएको पाँच सदस्यीय राज्य पुनःसंरचना सुझाव आयेग गठन गरिएको छ । यो आयोगले आफ्नो प्रतिवेदन तीन महिनाभित्र केन्द्रीय कार्यालयमा बुझउनु पर्नेछ ।

६- सहमति कार्यान्वयन र संविधानसभाको निर्वाचन सुनिश्चित गर्नका लागि गणतन्त्र घोषणा समानुपातिक निर्वाचनलगायतका विषयहरुलाई लिएर योजनाबद्ध रुपमा आन्दोलन उठाउने निर्णय गरिएको छ ।

    अन्तमा वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको कुरामाथि प्रकाश पार्दै तथा पार्टी मोर्चा सहित सबै क्रान्तिको एउटै लक्ष्यप्रति एकताबद्ध भई अगाडि बढेमा नयाँ इतिहास रच्न समर्थ हुने उद्गार व्यक्त गर्दै अध्यक्ष क।प्रचण्डले बैठकको समापन गर्नुभयो । 

मिति ः-  ३१ श्रावण २०६४
 
                      प्रचण्ड

                     अध्यक्ष
 
        

Posted by Diness Acharya at 16:58:59 | Permalink | No Comments »