Tuesday, December 11, 2007

अमेरिकी जीवनमा इन्टरनेट

सबैभन्दा निकट साथि
तपाईको लागि इन्टरनेटको महत्व कत्तिको छ के तपाईको लागि इन्टरनेट सबैभन्दा निकट साथि अथवा साथि नभएको बेलामा बैकल्पीक साथि बन्न सक्छ तपाईको जीवनको बारेमा त त्यत्ति थाहा भएन तर अमेरिकीहरुको जीवनका इन्टरनेटको महहत्व एक असल मित्रको रहेको एक सर्वेक्षणले देखाएको छ । चार जना अमेरिकीमध्ये एक जनाको असल मित्र हो इन्टरनेट । निकट साथि नभएको अवस्थामा आफुलाई एक्लो भएको महसुस हुनवाट जोगिन होस् या नयां साथिको खोजिका लागि हो अमेरीकीहरुको पि्रय माध्ययम बनेको छ इन्टरनेट ।
सर्वेक्षणको नतिजाले साथिको खोजिका लागी सबैभन्दा उत्तम माध्ययम बनेको देखाएको छ । बुधवार सार्वजनिक भएको सर्वेक्षण इन्टरनेटको मानिसको दैनिक जिवनमा खेलेको भुमिकाको विषयमा केन्द्रित थियो । सर्वेक्षण जोग्वाइ इन्टरनेशनल र कम्युनिकेशन कन्सल्टेन्सले गरेको थियो । सर्वेक्षणमा २४ प्रतिशत अमेरीकीले इन्टरनेटले केही समय आफ्नो निकट साथिलाई समेत विस्थापन गर्ने गरेको अनुभव बाडेका छन् । यस्तो धारणा ब्यक्त गर्नेहरुमध्ये धेरै एक्ला थिए । ३१ प्रतिशतले साथिको अभावमा मात्र इन्टरनेट विकल्प रहेको बताए । यस्ता विचार ब्यक्त गर्नेहरुमा महिला र पुरुषको संख्या बराबर नै थियो । सर्वेक्षणकर्ताहरुका अनुसार यो सर्वेक्षणमा नौ हजार सात सय ४३ जनासंग अनलाइन सर्वेक्षण गरिएको थियो ।
युवाहरुका लागि इन्टरनेट मिल्ने नयां साथिको नै रहेछ । उनीहरुले इन्टरनेटलाई आफ्नो पि्रय नयाँ मित्रको रुपमा ब्याख्या गरेका छन् । चार जना अमेरिकीमध्ये एक जनाको माइस्पेस फेस बुक जस्ता सोसियल नेटवर्किग साइटमा ब्यक्तिगत विवरण रहेको सर्वेक्षणमा उल्लेख छ । यस्ता ब्यक्तिहरु १८ देखी २४ वर्ष उमेर समुहभित्रका छन् । कम्प्यूटर संसारको नेटवर्किगं भित्र छिरेकाहरुको राजनीतिक विचार पनि बुझिहालौ न हैन । सर्वेक्षणको नतिजा अनुसार यसरी साथिको रुपमा इन्टरनेटलाई ब्यख्या गर्नेहरुमा डेमोक्र्याटहरुको बाहुल्यता रहेको छ । उनीहरुको संख्या छ ३२ प्रतिशत । रिब्लीकन पनि हुँदै नभएका भने हैननै । उनीहरुको संख्या चै रहेछ २२ प्रतिशत ।
Posted by Diness Acharya at 13:42:04 | Permalink | No Comments »

Tuesday, November 6, 2007

सगरमाथामा कि्रकेट

पाचँ हजार एक सय चौरासी मिटर उचाईमा कि्रकेट मैदान
बेलायतको एक समुहले सर्वेच्च

शिखर सगरमाथामा कि्रकेट खेलेर  रेर्कड राख्ने भएकाछन् । ब्यवशाहिक र शिकारु १८ कि्रकेट खेलाडीको समुहले  सर्वेच्च स्थानमा कि्रकेट खेलको रेर्कड राख्न सगरमाथाको पाचँ हजार एक सय चौरासी मिटर उचाईमा कि्रकेट मैदान बनाएकाछन् । यो बेस क्याम्पबाट अलिकति मात्र तल छ ।
हिउँलाई सम्मयाएर पिच बनाइसकिएकोछ । सर्वच्च स्थानमा हुने कि्रकेट खेलमा एक टिममा छ खेलाडी रहनुका साथै पाचँ ओभरको एक पाली हुने ब्यवशाहिक कि्रकेटस्  एसोसियसनका प्रवता एन्डिउर बडले बताए । कि्रकेट बल धेरै तल खस्न भएकाले ४० कि्रकेट बल लगिएको पनि उनले बताए ।
यस समुहमा पाचँ जना बेलायतको ब्यवशाहिक टिमका खेलाडी छन् । खेलबाट  उनीहरुले कि्रकेट खेलाडीको

सहयोगार्थ  रकम सकंलन गर्ने बताएका छन् ।

Posted by Diness Acharya at 15:08:54 | Permalink | No Comments »

Monday, November 5, 2007

कर्णेल करुणा लण्डनमा समातिए

हत्याको बदला व्यवहारले दिइने
लिट्टेबाट फुटेको विद्रोही समूहका नेता कर्णेल करुणा शुक्रबार बिहान लण्डनमा समातिएका छन् । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मार्च २००४ मा लिट्टेबाट छुट्टिएपछि उनी माथि लिट्टेका नेता कार्यकर्ता विरुद्ध आक्रमण गरेको आरोप लाग्दै आएको छ ।
लिट्टे नेताले सरकारी षड्यन्त्रमा सामेल भई तमिलका कि्रयाकलाप ध्वस्त गर्न लागेको आरोप करुणा माथि लगाएका छन् । उनीहरुले सरकारले नै करुणालाई संरक्षण प्रदान गरेको र उनका वफादारलाई आफू विरुद्ध कारवाहीमा लगाएको आरोप लगाएका छन् l यसबीच तमिल विद्रोहीले आफ्ना दोस्रो वरियताका नेता मारिएकोमा सरकारसँग हत्याकेा वदला लिइ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एसपी थामलसेल्भनलाई श्रीलंकाली हवाइ सेनाले शुक्रबाट हत्या गरेको थियो ।
अहिले श्रीलंकामा विद्रोहीहरु कडा प्रतिकारमा उत्रनेभय व्याप्त छ । अल्पसंख्यक तमिलका लागि छुट्टै राज्यमाग गर्दै २५ वर्षदेखि सशस्त्र संघर्ष संचालन गर्दै आएका छन् । श्रीलंका सरकारले धमिलसेभनको मृत्यु सरकारी सेनाकेा उल्लेख्य विजय भएको दावी गरेको छ । विरलै मात्र मिडियlमा आउने लिट्टेको सुपि्रमो भेलुपिल्लाई प्रभाकरणले थमिलसेभन प्रति अन्तिम श्रद्धान्जली दिएका छन् । तमिलका प्रवक्ता रसिया इलान्थिरियनले हत्याको बदला शबदले नभै व्यवहारले दिइने बताएका छन् ।
तर उनीहरुले तत्कालै िहंसात्मक कारवाही सुरु नगर्ने बताएका छन् । ‘हामी आश्चर्यजनक ढंगले काम गर्ने छौं’, रसियाको भनाइ छ । एसपी धमिलसेतमन विद्रोहीका राजनीतिक प्रमुख थिए । विद्रोही स्रोतका अनुसार वरियताक्रममा उनी दोस्रो पंक्तिका नेता हुन् । आफ्नो प्रभाव क्षेत्रमा विद्रोहीले तीन दिने शोक मनाउँदैछन् । थमिलसेमनलगायत अन्य पाँच वम हमलामा मारिएका हुन् । एसपी थमिलसेमनको मत्यु विद्रोहीका अर्का प्रभावशाली प्रवक्ता एन्टोन वालािसंघमको मृत्युको एक वर्ष नपुग्दै भएको छ ।
श्रीलंकाली रक्षामन्त्री गोतावाया राजापाक्ने भन्छन् ुहामीले चाहने हो भने हामी उनीहरुलाई एक एक गर्दा सेल्टरबाट थुप्न सक्छौं । उनीहरु कहाँ वस्छन् हामीलाई थाहा छ । शुक्रबारै बिद्रोहीले धमिलसेल्भनको ठाउँमा उनीहरुका प्रहरी प्रमुख नादेसनलाई नियुक्त गरेका छन् । उनी प्रहरीको जिम्मेवारीमा यथावत रहनेछन् । विद्रोहीको वेभसाइट तामलनेटमा उल्लेख भएअनुसार बमबारी उनीहरुको उत्तरी पकड क्षेत्र कलिनोच्चीमा भएकेा थियो । गत हप्ता अनुराधापुरको विद्रोही आक्रमणमा चार श्रीलंकाली सिपाही मारिएपछि सेनाले सो कारवाही गरेको थियो । विद्रोहीले आक्रमण आठ जहाज ध्वस्त पारेका थिए ।
२५ वर्ष युद्धमा श्रीलंकामा झण्डै सत्तरी हजार व्यक्ति मारिइसकेका छन् ।
Posted by Diness Acharya at 13:11:51 | Permalink | No Comments »

Wednesday, October 3, 2007

हुने भयो बुसकी छोरीको बिहे

विवाहको मिति स्थान तय भइसकेको छैन 

राष्ट्रपति जर्जडब्लु बुसका दुई जुम्ल्याहा छोरीमध्ये एक जेना बुसको विवाह हुने भएको छ । जेनाको विवाह लामो समयसम्मका ब्वाइप्रुेन्ड हेनरी हेगरसँग हुने ह्वाइटहाउसले बिहीबार जनाएको छ । यी दुईको इन्गेजमेन्टु मेन्समा बुधबार भएको छ । 
हेनरी गेगर जोन र म्यागी हेगरका छोरा हुन्  हेगर पिता जोन हेगर रिपब्लिकन पार्टीका लागि भर्जिनिया राज्यका अध्यक्ष हुन् । २९ वर्षीय हेगर ह्वाइटहाउसा सहयोगी रहँदै आएका छन् । उनी बुसको दोस्रो कार्यकालको राष्ट्रपतीय निर्वाचनमा प्रचारप्रसारको काम गरेका थिए  । जेना र हेगर केही वर्षअघिदेखि प्रेमीप्रेमिका रुपमा रहेका छन् । हेगर बुसको पारिवारिक समारोहमा पनि सम्मिलित हुँदै आएका छन् । बेलायतका राजकुमार चाल्स्र र उनकी श्रीमती क्यामिलाको चाल्स्र र उनकी श्रीमती क्यामिलाको सम्मानमा २००५ नोभेम्बरमा आयोजना गरिएको रात्रिभोजमा हेगर र जेनासँगै थिए । हेगर युनिभसर्िटी अफ भर्जिनियामा एमबिए पढ्दैछन् । उनले स्नातक ओएक फरेस्ट विश्वविद्यालयबाट गरेका हुन् ।
प्रथम महिला लाउरा बुसको प्रेस प्रवक्ता स्याली म्याकडोनगका अनुसार विवाहको मिति स्थान तय भइसकेको छैन । २५ वर्षीय जेना अहिले शिक्षिकाको रुपमा काम गरिरहेकी छन् । उनी आपुनी आमा प्रथम महिला लाउरा बुससँग मिलेर बच्चाका लागि चित्र किताब निकाल्न जुटेकी छन् । किताब २००८ मा बजारमा आउने बताइएको छ । किताबबाट आएको पैसा दुई शैक्षिक कार्यक्रम ुटिच फर अमेरिका ‘द न्यु टिचर प्रोजेक्टु’लाई जाँदैछ l जेनाको आपुनै किताब ‘एन्नाज स्टोरी’ पनि चाँडै बजारमा आउँदैछ । एनाज स्टोरीमा एचआइभी लागेकी १७ वर्षीया आमाको कथा समेटिएको छ । यो कथा उनले युनिसेफमा काम गरेको अनुभवबाट लेखेकी हुन् ।
 

Posted by Diness Acharya at 15:17:52 | Permalink | No Comments »

Sunday, September 30, 2007

आत्मघाति जत्था जन्माउदै जोर्डनी गाँउ

जोर्डन भर्ति भएर इराकमा लड्दै

जोर्डनको राजधानी एमनको पिछडिएको गाउले जीवन कठिन छ । भविष्य अध्यारो देखिन्छ जतासुकै निराशा र दुखेसोहरु ब्याप्त छन् । तर यीनै निराशाहरु नै त्यहाँका अतिवादीहरुका लागि उर्वर भुमी साबित  भएको छ ।
बिश्वमा आतंक मच्चाइरहेको बिनलादेनको संगठन अल-काएदाका कतिपय ठुला नेताहरु यहि गाउँका धुले सडकमा हुर्किएका हुन् । इराकका सबसे खतरनाक बिद्रोही अबु मुसब अल-जार्कावी यही जोर्डनको गाउँमा बन्दुक चलाउन सिकेका हुन् ।
इराकमा रहेका विदेशी नागरिकलाइ बन्दी बनाएर हत्या गरेको र बम बिस्फोटन गराएको आरोप जारकावीमाथि लगाइएको छ । उनलाई अमेरिकी सैनिकले एक वर्ष अगाडि नै खतम पारिसके पनि  उनको बाटो पहिल्याउनेहरुको सख्या दिन प्रतिदिन बढिरहेको छ ।
पश्चिमी मुलुकसँग जिहाद धर्मयुद्ध लड्न अहिले नयु युवाहर भटाभट भर्ना गरिदैछ ।
एमनको यो नखुलेको गाउँमा जिहादका लागि बम बनाउन सिकिरहेका बिद्रोही आफ्नो परिचय दिन चाहदैनन् । ती धार्मिक योद्धाले इराकमा रहेर पश्चिमी राष्ट्रविरुद्ध जिहाद लड्नेछन् । जोर्डनको दुरदराजमा रहेको गाउमा भर्ति भएर इराकमा पुगि अमेरिकाबिरुद्ध युद्ध लड्न जानेमा १६\१७ वर्षका केटाहरु पनि छन् । उनीहरु आत्मघाती बम हमला लगाएत अनेकौं तरिकाले पश्चिमी मुलुकसित पौठेजोरी खेल्न तयार छन ।
१६ वर्षिय अब्दुल्लाह भर्खरै जिहादी समुहमा भर्ति भए । टेलिभिजन मार्फ्त अमेरिकी बेलायती सैनिकले इराकमा मुस्लिमलाई निर्दयी तरिकाले मारेको देख्दा निकै रिस उठ्छ र तिनिहरुलाई मारीदिउँ जस्तो लाग्छ अब्दुलाहलाइ । जसकारण उनलाई पनि जिहादी बन्न मन लागेको छ ।
ुमेरो आफन्त स्कुलबाट फर्किदा बेलायति सैनिकद्धारा मारिए । त्यसैले तिनिहरुलाई अरुको हत्या गर्न नदिन म भगवानको नाममा इराक गएर लड्छु र त्यही मर्न चाहन्छु ब्दुल्लाहले भने ।
अब्दुलाह जस्ता किशोरलाई जिहादी बन्न प्रेरित गर्ने एकतर्फी हिसावले बनाइएका भिडियो प्रयोग गरिन्छ । ती भिडियोमा अमेरिकी र बेलायती सैनिक बिरुद्ध गरिएका सफल आक्रमण र उनीहरुले गरेको कुकृत्यहरु समाविष्ट हुन्छन ।
अबु अब्दुल रहमान एक मुख्य जिहादी हुन् । उनी जिहादी समुहमा अब्दुला जस्ता नयाँ युवालाइ भर्ना लिने काम गर्छन । नयाँ मानिसलाई जिहादी समुहमा लाग्नको लागि मनाउन गारो नहुने रहमान बताउँछन् । रहमान पाचपटक जोर्डन जेहादी युवाको हुल लिएर इराक पुगिसकेका छन ।
ुमुस्लिमहरु मार्नको लागि कसैलाई मार्दैनन । अमेरिका र यसका समर्थक आफ्नो चिहान आफनो बनाउन इराक आएका  हुन् । उनले  चर्किदै भने । इराकबाट पस्चिमी सैनिक हटे पनि पस्चिमी बिरुद्ध जिहाद समाप्त नहुने रहमान बताउँछन् । 
जोर्डन सरकारले अतिवादीबिरुद्ध कडा सम्यन्त्र अपनाउदै आएको छ । दुई वर्ष अघि एमनको एक पाचँ तारे होटलमा बम बिस्फोट भएको थियो । भर्खरै मात्र इराक जान चाहाने १७ जिहादी जोर्डनीलाई अदालतले जेल सजायको फैसलाको सुनाएका थियो ।

Posted by Diness Acharya at 08:28:12 | Permalink | No Comments »