डा. हर्क गुरुङलाई सम्झिँदै
गुरुङलाई सम्झिँदै बालसखा चुरे दमाई
गएको असोजमा ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दर्ुघटनामा परेर निधन भएका भूगोलविद् डा. हर्क गुरुङको जन्मथलो लमजुङ, ङादीका बासिन्दाले गाउँमै उनको प्रथम पुण्यतिथि मनाए । ६ असोजमा एउटा कार्यक्रम गरेर गुरुङलाई यसरी सम्झिँदा उनका बालसखा, ७० वषर्ीय चुरे दमाई समाधिस्थल छेउ बसेर रोइरहेका थिए ।
चुरेका बाबु गाउँका ‘कटवाल‘ थिए भने हर्कका बाबु मुद्दामामिला छिनोफानो गर्ने ‘मुली‘ । हर्कलाई गाउँमा सबैले ‘ठूला‘ भनेर बोलाउँथे । चार वर्षो उमेरदेखिको मित्रता सम्झिँदै आँखाभरि आँसु लिएर चुरेले भने, “ठूलाबाबुको घर नजिकै थियो । बिहान उठ्नासाथ बज्यैले दिएको बासीभात र छ्याङ खाएर हामी बाख्रा चराउन जान्थ्यौँ ।“ हर्क र चुरे दिनभर खेल्ने, ठूलाबडाले शिकार खेलेको सिको गर्दै गुलेली बोकेर चरा मार्न जाने गर्दथे । “एकदिन हामीलाई छाडेर ठूला शहरतिर गयो, पछि त पढेर, संसार घुमेर राजा समानको मान्छे बनेर पो गाउँ फर्कियो !” ती दिन सम्झिँदै उनले भने ।
७२ वर्षघि लमजुङको ङादी, तराँचेमा जन्मिएका डा. हर्क गुरुङ -ठूला) नौ वर्षो उमेरमा जिल्लामा पाठशाला नभएकोले पाठशाला भएको ठाउँमा गएर पढ्छु भनी बाबुसँग जिद्दी गर्दै १२८ किलोमिटर हिँडेर सात दिनमा काठमाडौँ पुगेका थिए । काठमाडौँको दरबार स्कूल र भारतको देहरादून-जालन्धर, काठमाडौँकै त्रि-चन्द्र कलेज र भारतको पटना विश्वविद्यालयमा पढ्दै स्कटल्याण्डको एडिनबरा विश्वविद्यालयबाट पोखराको भौगोलिक र्सर्वेक्षणमा विद्यावारिधि गरेका गुरुङ नेपालका गाउँ-ठाउँको बढी माया गर्दथे । गाउँ आएका बेला आत्मीयता देखाउँदै घरैमा आएर बोलाउने, केही गर्न रुपैयाँ-पैसा समेत दिने गरेको सम्झँदै चुरे भन्छन्, “म त दमाइको छोरा भनेर अलिपर बस्न खोज्थेँ, तर उनी नै जातपात नभनी, घरैमा लिएर जान्थे र आफूसँगै बसाउँथे ! ढ्न नपाएर हामी लाटाको लाटै रहृयौँ, उनले अरूलाई पनि बाठा बनाए ।“
पढे लेखेर, देशविदेश गरेर ठूलो मान्छे बने पनि डा. गुरुङले आफ्नो गाउँ बिर्सर्ेे थिएनन् । बरोबर गाउँ आइरहने र गाउँमा विकास गर्न तथा शिक्षाको उज्यालो फैलाउन सधैँ केही न केही गरी नै रहन्थे । त्यसैले गाउँवासीहरूले उनको थलो ङादी, गुरुङ गाउँको ताक्लीचोकमा समाधिस्थल बनाए । गुरुङको तराँचेस्थित जन्मघर पहिरोले लगेपछि उनको परिवार नजिकैको ताक्लीचोकमा बसाइँ सरेको थियो ।
वाषिर्कीका अवसरमा स्थानीय बासिन्दा र विद्यार्थीहरूले गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको प्लेकार्ड र ब्यानर बोकेर जुलुस पर््रदर्शन गरे । उनीहरूले उनको परिवारलाई गुरुङ परम्पराअनुसार दुःख परेका बेला आफन्तजनले सहानुभूति र सौहार्दता जनाउन फूलमाला पहिर्याएर सगुन खुवाउँदै गरिने ‘स्याईस्याई‘ समेत गरेका थिए । कार्यक्रममा गुरुङका पत्नी सरोजा, छोरीहरू हिमालचुली र मनासलु, छोराहरू सगरमाथा र विकाससहित पूरै परिवार उपस्थित थियो । गाउँबाट १४ किलोमिटरको दूरीमा रहेका मनासलु -८,१२५ मिटर) र हिमालचुली -७,८९३ मिटर) को काखमा हर्ुर्किएका उनले आफ्नी दर्ुइ छोरीको नाम पनि यिनै हिमालका नामबाट राखेका थिए ।
वाषिर्कीमा डा. गुरुङका पोखरा, काठमाडौँ र विदेशदेखिका आफन्त एवं मित्रहरूको सहभागिता थियो । ६ भदौमा समाधिस्थलमा गुरुङ परम्परा अनुसार वाषिर्क कर्म गरिँदा उनका ८३ वषर्ीय जापानी साथी तात्सु कामारा श्रीमतीसहित उपस्थित थिए । हिमाल किताबले प्रकाशन गरेको गुरुङको मैले देखेको नेपाल भन्ने किताब पनि उनैले विमोचन गरे । किताबमा ४७ वर्षघि कामारा र उनकी श्रीमती नाओकोलाई लिएर पोखराबाट हिँड्दै गाउँ आइपुगेको कुरा पनि रोचक ढङ्गमा उल्लेख गरिएको छ । २७ वर्षघि अङ्ग्रेजीमा प्रकाशित भिन्येत्स अफ नेपाल को नेपाली संस्करणको रूपमा निस्किएको यो किताबको सम्पादन बसन्त थापाले गरेका हुन् । नेपालको भूगोल, जनसङ्ख्या, पर्वतारोहण, जनजाति, लाहुरे इतिहास आदिका ज्ञाता गुरुङले चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद् र प्रशासकका रूपमा समेत ख्याति कमाएका थिए । हिमाल एशोसिएशनका अध्यक्ष बसन्त थापा भन्छन्, “डा. गुरुङ देशकै नाडी छाम्ने डाक्टर हुनुहुन्थ्यो । नेपालको भूगोल, समाज, जातजाति र तिनका समस्या पहिल्याएर त्यसको उपचार गर्न अग्रसर रहनुहुन्थ्यो ।
डम्बरकृष्ण श्रेष्ठ, ङादी, लमजुङमा