Tuesday, October 9, 2007

डा. हर्क गुरुङलाई सम्झिँदै

गुरुङलाई सम्झिँदै बालसखा चुरे दमाई

गएको असोजमा ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दर्ुघटनामा परेर निधन भएका भूगोलविद् डा. हर्क गुरुङको जन्मथलो लमजुङ, ङादीका बासिन्दाले गाउँमै उनको प्रथम पुण्यतिथि मनाए  असोजमा एउटा कार्यक्रम गरेर गुरुङलाई यसरी सम्झिँदा उनका बालसखा, ७० वषर्ीय चुरे दमाई समाधिस्थल छेउ बसेर रोइरहेका थिए 

 चुरेका बाबु गाउँका कटवाल थिए भने हर्कका बाबु मुद्दामामिला छिनोफानो गर्ने मुली‘  हर्कलाई गाउँमा सबैले ठूला भनेर बोलाउँथे  चार वर्षो उमेरदेखिको मित्रता सम्झिँदै आँखाभरि आँसु लिएर चुरेले भने, “ठूलाबाबुको घर नजिकै थियो  बिहान उठ्नासाथ बज्यैले दिएको बासीभात छ्याङ खाएर हामी बाख्रा चराउन जान्थ्यौँ  हर्क चुरे दिनभर खेल्ने, ठूलाबडाले शिकार खेलेको सिको गर्दै गुलेली बोकेर चरा मार्न जाने गर्दथे  एकदिन हामीलाई छाडेर ठूला शहरतिर गयो, पछि पढेर, संसार घुमेर राजा समानको मान्छे बनेर पो गाउँ फर्कियो !” ती दिन सम्झिँदै उनले भने 

७२ वर्षघि लमजुङको ङादी, तराँचेमा जन्मिएका डा. हर्क गुरुङ -ठूला) नौ वर्षो उमेरमा जिल्लामा पाठशाला नभएकोले पाठशाला भएको ठाउँमा गएर पढ्छु भनी बाबुसँग जिद्दी गर्दै १२८ किलोमिटर हिँडेर सात दिनमा काठमाडौँ पुगेका थिए  काठमाडौँको दरबार स्कूल भारतको देहरादून-जालन्धर, काठमाडौँकै त्रि-चन्द्र कलेज भारतको पटना विश्वविद्यालयमा पढ्दै स्कटल्याण्डको एडिनबरा विश्वविद्यालयबाट पोखराको भौगोलिक र्सर्वेक्षणमा विद्यावारिधि गरेका गुरुङ नेपालका गाउँ-ठाउँको बढी माया गर्दथे  गाउँ आएका बेला आत्मीयता देखाउँदै घरैमा आएर बोलाउने, केही गर्न रुपैयाँ-पैसा समेत दिने गरेको सम्झँदै चुरे भन्छन्, “ दमाइको छोरा भनेर अलिपर बस्न खोज्थेँ, तर उनी नै जातपात नभनी, घरैमा लिएर जान्थे आफूसगै बसाउँथे ! ढ्न नपाएर हामी लाटाको लाटै रहृयौँ, उनले अरूलाई पनि बाठा बनाए 

पढे लेखेर, देशविदेश गरेर ठूलो मान्छे बने पनि डा. गुरुङले आफ्नो गाउँ बिर्सर्ेे थिएनन्  बरोबर गाउँ आइरहने गाउँमा विकास गर्न तथा शिक्षाको उज्यालो फैलाउन सधैँ केही केही गरी नै रहन्थे  त्यसैले गाउँवासीहरूले उनको थलो ङादी, गुरुङ गाउँको ताक्लीचोकमा समाधिस्थल बनाए  गुरुङको तराँचेस्थित जन्मघर पहिरोले लगेपछि उनको परिवार नजिकैको ताक्लीचोकमा बसाइँ सरेको थियो 

वाषिर्कीका अवसरमा स्थानीय बासिन्दा विद्यार्थीहरूले गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको प्लेकार्ड ब्यानर बोकेर जुलुस पर््रदर्शन गरे  उनीहरूले उनको परिवारलाई गुरुङ परम्पराअनुसार दुःख परेका बेला आफन्तजनले सहानुभूति सौहार्दता जनाउन फूलमाला पहिर्याएर सगुन खुवाउँदै गरिने स्याईस्याई समेत गरेका थिए  कार्यक्रममा गुरुङका पत्नी सरोजा, छोरीहरू हिमालचुली मनासलु, छोराहरू सगरमाथा विकाससहित पूरै परिवार उपस्थित थियो  गाउँबाट १४ किलोमिटरको दूरीमा रहेका मनासलु -,१२५ मिटर) हिमालचुली -,८९३ मिटर) को काखमा हर्ुर्किएका उनले आफ्नी दर्ुइ छोरीको नाम पनि यिनै हिमालका नामबाट राखेका थिए 

वाषिर्कीमा डा. गुरुङका पोखरा, काठमाडौँ विदेशदेखिका आफन एवं मित्रहरूको सहभागिता थियो  भदौमा समाधिस्थलमा गुरुङ परम्परा अनुसार वाषिर्क कर्म गरिँदा उनका ८३ वषर्ीय जापानी साथी तात्सु कामारा श्रीमतीसहित उपस्थित थिए  हिमाल किताबले प्रकाशन गरेको गुरुङको मैले देखेको नेपाल भन्ने किताब पनि उनैले विमोचन गरे  किताबमा ४७ वर्षघि कामारा उनकी श्रीमती नाओकोलाई लिएर पोखराबाट हिँड्दै गाउँ आइपुगेको कुरा पनि रोचक ढङ्गमा उल्लेख गरिएको  ।   २७ वर्षघि अङ्ग्रेजीमा प्रकाशित भिन्येत्स अफ नेपाल को नेपाली संस्करणको रूपमा निस्किएको यो किताबको सम्पादन बसन्त थापाले गरेका हुन्  नेपालक भूगोल, जनसङ्ख्या, पर्वतारोहण, जनजाति, लाहुरे इतिहास आदिका ज्ञाता गुरुङले चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद् प्रशासकका रूपमा समेत ख्याति कमाएका थिए  हिमाल एशोसिएशनका अध्यक्ष बसन्त थापा भन्छन्, “डा. गुरुङ देशकै नाडी छाम्ने डाक्टर हुनुहुन्थ्यो  नेपालको भूगोल, समाज, जातजाति तिनका समस्या पहिल्याएर त्यसको उपचार गर्न अग्रसर रहनुहुन्थ्यो 

डम्बरकृष्ण श्रेष्ठ, ङादी, लमजुङम

Posted by Diness Acharya at 17:01:49 | Permalink | No Comments »