Friday, October 5, 2007

मजदुर उचालेर मिडिया तह लगाउने ?

यसपाली राजधानीमा फेरी असोजमा नै हाडिगाउको जात्रा हेर्न पाइयो । त्यो जात्राको अधिकांश भाग तिनकुनेस्थित कान्तीपर कार्यालयमा भयो भने अन्तिम क्लाइमेक्सचाही नयाबजारस्थित माओवादीको अस्थायी हेडक्वार्टरमा । सबैले सुने कान्तिपुरमा मजदुरहरुले आन्दोलन गरे । हिजो राती सहमति भएको कुरा आयो । मैले ठाने मालिक र मजदुरहरु मिले होलान । तर हैन रहेछ । सहमतिको सम्झौतापत्रमा त माओवादी नेता र कान्तीपुरका मालिकबिचको हस्ताक्षर भएको रहेछ । त्यो नि रोहबरमा चानचुने मान्छे हैन । माओवादी हेडक्वार्टर अर्थात अध्यक्ष प्रचन्ड र शीर्ष नेता डा बाबुराम भट्टराई बसेछन ।
आच्या कसैले नबूझ्ने यो कस्तो काइदा हो । आन्दोलन गर्छ - कान्तीपुरका मजदुरले । नेता बनेर भाषण गर्न जान्छ -माओवादी सांसद शालिकराम जमरकटेल । अनि वार्ता हुन्छ कैलाश शिरोहिया र हेमराज ज्ञवालीसित प्रचन्ड र बाबुरामको ।
प्रचन्ड र बाबुरामलाई किनाराको साक्षी राखेर कान्तीपुरको आन्दोलन त फिर्ता भयो । तर कुटाइ खाएका जेल गएका आफ्नो गाडि तोडुाेडको पीडा भोगेका चार दिनसम्म पत्रिका बन्द भएको र मानसिक यातना भोगेकाहरु कसैको पनि माग भने पुरा भएनछ । यो कस्तो नाटक । मजदुरलाई उचालेर मिडियालाई कि लगाउने अनि भित्री सम्झौता भएपछि मजदुरलाई अलपत्र पार्ने सम्झौता त भयो आन्दोलन स्थगित पनि भयो । तर माग भने एउटै पुरा भएन रे । सम्झौता त अब २२ गते वार्ता गर्ने गरि पो भएको रहेछ । कस्तो लाजमर्दो । यत्रो हंगामाको के पारा हो यो मैले बुझिन पाठकबृन्द तपाइले बुझ्नुभयो भने कमेन्ट लेख्नुहोला ।

Posted by Diness Acharya at 17:22:26 | Permalink | No Comments »

Wednesday, September 5, 2007

Flashback photo of NC Democratic

Posted by Diness Acharya at 17:10:08 | Permalink | No Comments »

Friday, August 31, 2007

कति आयो डलर, कार्यकर्ता पाल्न ?

संबिधान सभाको चुनाव हुने नहुने ठेगान छैन । तर यही चुनावमा नाममा जागिर खाने डलर पचाउने र हिरो बन्ने क्रम बेस्सरी शुरु भएको छ । राजनीतिक दलहरुलाई पनि धेरै आइएनजिओले थुपै्र डलर कार्यकर्ता परिचालन र संबिधानसभा चुनावको माहोल तयार पार्न भनेर दिइसकेका छन रे ।
एनजिओहरु संबिधानसभाको पसल थापेर बसेका छन । ग्राहकको ओइरो छ । यतिखेर आठै दलका नेताहरु आइएनजिओले दिएको बजेटमा रिसोर्ट घुम्दै रामरमाइलो गर्नमा ब्यस्त छन । यस्तै एउटा कार्यक्रम भएको थियो मेरो जिल्ला नुवाकोटमा केही समय पहिले । नेपाली काग्रेस प्रजातान्त्रिक १ नम्बर क्षेत्रीय समितिको नाममा भएको सो गोष्ठिमा कति खर्च भयो मेरो सरोकारको विषय भएन । सहजकर्ताहरु त राम्रै खालका थिए रे । एडिइ नामक अमेरिकी आइएनजिओको प्रोजेक्टले सो रकम बेहोरेको थियो रे । ककनी स्थित स्काउटको रिसोर्टमा भएको सो कार्यक्रममा नुवाकोटका तान्त्रिक काग्रेसका कार्यकर्ताहरु थिए रे । महिला वर्गको पनि राम्रै सहभागिता भएको सो कार्यक्रममा राम्रै रमाइलो गरियो भनेर सुनाउदैथे केटाहरु ।
Posted by Diness Acharya at 14:29:18 | Permalink | No Comments »

Saturday, August 25, 2007

हुस्सुले ढाकेको पासाङको मार्ग

 The Name of Kathmandu Trishuli Road

आज त्रिशुलीबाट काठमाडौं आउँदा बाटोमा सारो गारो भयो । अस्ति जादाको पनि धेरै कुरा नगरौं त्यही पुरानो १८ सालमा बनेको थोत्रो र अति घुमाउरो बाटो । अहिले यसलाई पासाङ ल्हामु मार्ग नाम दिइएको छ । उही आबड खुबड र उही घुम्तिहरुमा बेस्सरी ठोक्किन आइपुग्ने माइक्रो र ठुला बसको प्रतिस्पर्धा ।
सिमसिमे झरीमा मोटरसाइकलमा काठमाडौ छिटो आइपुग्ने हतारेामा बेस्सरी हुइकिदा आज धेरै पटक गोसाइकुण्डका तीर्थयात्रुहरुसित झन्डै जुधिएन । गोस्इकुन्ड मेलाको अवसर पारेर गाडि रिजर्भ गर्दै धर्म गर्न जान लागेकाहरुले सबैजसो नयाँ डाइभर लगेका थिए । राजमार्गमा दौडिरहेका गाडि चालकहरु काठमाडौं त्रिशुलीको बाटोमा मुटु हत्केलामा राखेर कुदाउदा पनि हामीजस्तो हरेक मोडको नापो लिएकाहरुसित ठोक्किन आइपुग्थे ।
बेलकोटबाट माथितिर लागेपछि शुरु भएको सिमसिमे पानीको रफ्तार जति बढ्थ्यो हुस्सुको बाक्लो आबरणले बाटो देख्न मुश्किल पथ्र्यो । तस्बिरमा हेर्नुसन हुस्सुले ढाकेको नुवाकोटको डाडो l काठमाडौको हिमालय होटलमा पूर्व सांसद क्लबको कार्यक्रम भ्याउन हतारिएर काठमाडों आइपुगेको म यस बाटोमा कथाब्यथा अर्को कुनै दिन प्रस्तुत गर्नेछु । आजलाई यत्ति नै ।

 

Posted by Diness Acharya at 15:06:24 | Permalink | No Comments »