Monday, December 17, 2007

मेरो एक दिनको रामकहानी

लोकल कुखुराको मासु र घैयाको भात
शनिवार बिहानै सिन्धुपाल्चोकको चौतारा जाने निम्तो आयो । पिताजीो मित्र एवं सिन्धुपाल्चोकका काग्रेस नेता राजेन्द्र ताल्चाभडेलले फोन गरेर चौतारा जान बोलाए तर जान सकिन । कृतज्ञतापूर्वक उनको आग्रह नकार्ने धृष्टता गरेपछि आफ्नै गृह जिल्लाको एक गाउ जाने मेसोतर्फ लागियो । काग्रेस नेता डा प्रकाशशरण महतले अघिल्लो दिन नै नुवाकोट जानुपर्छ है भनेर फोन गरेका थिए । शनिवारको रमाइलो ककनीको घमाइलो वातावरणमा मनाइन्छ भनेर ुभैहाल्छु न जवाफ थियो मेरो । शुरुमा सात दलको बैठक र संसदको रिपोर्टिङ गर्नुछ भनेर इन्कार गर्दा डा महतले म पनि त जानुपर्छ नि चाडो फर्कने हो भन्ने जवाफ दिए । त्यसपछि जाने भइयो ।
त्यसदिन ककनीमा ३२ वटा पिकनिक टोलि पुगेछन । डाडैभरी पिकनिक खाने र नाचगान गर्नेको धुइरो । कान्तिपुर पब्लिकेशनदेखि चौघडा गाउको स्कुलसम्म । पिकनिक जाने थुप्रै निम्तो पाए पनि ककनीको डाडोबाट १० किलोमिटर ओर्लेर तामाङ गाउमा लोकल कुखुराको मासु र घैयाको भात खाने योजना बन्यो ।

मोटरसाइकलको कन्डिसन ठिक नभएकोले वाइपासमा तीन राउन्ड चिया खाएर दुइृ घन्टा गफिएपछि सवा नौ तिर उकालो लागियो । १४ ओटा मोटरसाइकल ३ वटा गाडिमा हामी ककनी पुग्यौ साथीहरु ककनीमा मुस्ताङ्गे कफि पिएर ओर्लने कुरा गर्दैथे । तर खालि पेट गइयो । चियाको भरमा लामो समय कुदेपछि नुवाकोटको थानापति चैजु घर भएका जुडो खेलमा नेपाल च्याम्पियन राजेन्द्र तामाङको घरमा कुखुराको मासु र भात खाइयो । स्थानिय नेताहरुको भाषण सुनियो । फर्केर आएपछि ककनीमा रमाइलो गरियो । ककनीमै काभ्रे पोष्टका सम्पादक प्रकाशक मित्र बिष्णु चौलागाइको फोन आयो- आज मेरो घरमा साथीहरु बोलाएको छु जसरी पनि आउनुपर्यो । नागार्जुन कट्न नपाउदै फेरी फोन आयो । त्यसपछी म सरासर चाबेल गए । काभ्रे पोष्टको पं्रकाशन तयारी हुदै थियो । अनलाइनमा केहीतिस च्याट गरियो रेड लेबलसित टाइम पास भयो ।
घर फर्कन लागेको थिए एभिन्युजका प्रेम बानिया र अर्का मित्र आए । नेपाली आज तक च्यानलझै ठान्ने उनीहरुको पारा पनि गज्जबकै । लामो समयको गफ र खुवाइपछि उनीहरु हिडे म आफ्नै सुरमा । त्यतिखेर मध्यरातको साढे १२ बजेको थियो । उनीहरु बानेश्वर जाने भनेर हिडेपछि अर्को लफडामा परेछन । एउटा मोटरसाइकलमा ३ जना आएको देखेर पुलिसले रोक्दा उसैले झापड भेटेछ । ‘उत्साही पत्रकारहरुको महान कार्य’ । त्यसपछि के चाहियो र - पुलिस भ्यान आयो, उनीहरुलाई कोच्यो अनि मोटरसाइकलको साचो पनि लिएर गयो ।
त्यसपछिका लफडा चाही अहिले नलेखौं । तपाइहरुलाई सुटुक्क मेल गर्छु नि ल बरु अहिलेलाई त्यस दिनको केही फोटोहरु राखेको छु हेर्नुस ।

Posted by Diness Acharya at 07:47:53 | Permalink | Comments (1) »

Tuesday, August 21, 2007

कि्रटिक्स साम्राज्यका बादशाह नेपाली पत्रकार

काठमाडौंका काग्रेसी पत्रकारको पारा

सुजाता र कृष्ण सिटौलाका विरासत थाम्नका लागि केही पत्रकारहरु पनि लागेछन् । यस्तै हल्ला चल्यो विगत तिन दिनदेखि । तीन दिन लामो प्रेस युनियन काठमाडौंको अधिबेशनमा सिटौलाले आफ्ना नजिकका पत्रकार एवं जिल्लावासी लिला खनाललाई उभ्याए रे । त्यसको बिरोधमा सुजाताका नजिकका पात्र मुकुन्द सुवेदी उठेछन् । उनीहरु दुईको प्रतिस्पर्धालाई सिटौला र सुजाताको प्रतिस्पर्धा मान्न थालियो ।

केही स्वघोषित ठुला पत्रकारहरु सर्बसम्मत बनाएर जस आफ्नो टाउकोमा थुपार्ने दाउमा लागे पनि त्यो सम्भव भएन र मंगलबार चुनाव भएरै छाडेछ । तीन दिनअघि दरखास्त हालेर आज चुनाव भयो । सुजाताको उमेदवारलाई सिटौलाको उमेदवारले हराइदियो भन्ने हल्ला चल्यो । म त सदस्य थिइनँ तर पनि साथीहरुको रमाइलो हेर्न गए । दिनभरी हल्ला-खल्ला गरेर बसियो । काग्रेस सरकार छँदा रेडियो नेपालको घटना र बिचारमा रहेका लिला खनाल अहिले राजधानीका सवाददाता छन भने मुकुन्द सुवेदी श्रम सम्बन्ध पत्रिका चलाउँछन रे । सुवेदीलाई मैले चिनेको यहि युनियनको सदस्य बनाउन मेरो कार्यालय आउँदा एक महिना अघि हो ।

उनहरुको तुलना नगरौं यहा तर यसाल प्रेस युनियनको चुनावमा देखिएको रौनकले मलाई भित्रभित्रै कुतकुति लगाएको छ । ४७८ मतदाता रे । काठमाडोंमा मात्र काग्रेसका पुगनपुग पाँचसय मतदाता रहेको भए प्रेस युनियनको आन्दोलनमा किन जम्मा पाँच जना मात्र  यो प्रश्न त्यसको नेतृत्व गर्ने मुरारी शर्मा र उनको रिमोट कन्टोल कुलचन्द्र वाग्ले दुवैसित छैन ।

युनियनले िसंह दरवार अगाडि जुलुस निकाल्न जादा ५ जनामात्र थिए उनीहरु सबै पक्राउ परे । त्यो हालतको युनियनको सदस्य काठमाडौंमा मात्र ५ सय  वा लोकतन्त्र  वा काग्रेसी राज  त्यो चुनावको भोटस्र लिस्टमा मात्र होइन कि उमेदवार लिस्टमा पनि झन्डै मन्डलेहरुको बहुमत पुगेको

शाही मन्त्री टंक ढकालका भाई अशोक ढकाल जो राजावादी राष्टियपथ साप्ताहिक चलाउँछन । उनी पनि केन्द्रीय पार्षदका उमेदवार । त्यसपछि अहिले सुस्त रहेको राजावादी राष्टिय पत्रकार महासंघका अधिकाश सदस्यहरु यसपाली प्रेस युनियनका सदस्य बनेछन् । धन्न कसो हत्याएनन उनीहरुले नै नेतृत्व । च्व च्व च्व ।

उमेदवार आफै बन्छन तर आर्शिवाद थाप्न नेताका घर-घर जान्छन् । मित्र लिला खनाल, कमलदेव भट्टराई लगायतका टोली गतसाता गोबिन्दराज जोशीको घरमा पुगेका रहेछन् । उनीहरु आर्शिवाद माग्न गए कि आर्थिक सहयोग माग्न त्यो चाही थाहा भएन । यस्तै यस्तै कुरा काटिदैथ्यो काम नपाएका पत्रकारहरु । कोही भन्दै थिए मुकुन्दले आफुलाई भोट हाल्नेजत सबैलाई एक एक हजारको नोट र मासु बियर टन्न खुवाउने भएको रे ।

तर नि यस बिचमा चलेको अन्तरद्धन्द्धले नेपालका पत्रकारहरु कतिसम्म परजिवी रहेछन भन्ने तथ्य चाही खुलाइदिएको छ । कतिसम्म भने गिरिजाप्रसादको नामलाई समेत कतिले विवादमा पारे त्यहा । कति हल्का टिप्पणी । एउटा जावो युनियनको जावो जिल्ला अधिबेशनमा गिरजाबाबुले इन्टेस्ट देखाए भनेर कसरी पत्याउनु । तर पनि नपाली पत्रकारहरुको कल्पनाशिलतालाई भने मान्नैपर्छ बा !

आखिर जे भए पनि कसै न कसैसित नाम जोडिदिने र आत्मरतीमा रमाउने संसारकै कि्रटिक्स साम्राज्यका बादशाह नेपाली पत्रकारहरुको यो योग्यतालाई बेस्सरी सलाम !!!

Posted by Diness Acharya at 12:43:14 | Permalink | No Comments »