सौन्दर्यशास्त्रको नयाँ मानक
-यज्ञश२०१८ साल तिरको दाङ । एउटा थारु वस्ती छ । वस्तीमा विभिन्न उमेरका थारु आदिवासीहरु देखिन्छन् । यीनमा आधा शरिरमात्र ढाक्ने लंगौटी लगाएका पुरुषदेखि पालैपालो कपडा खोलेर खोलामा हेलिने स्त्रिसम्म छन् । वस्तीमा मान्छे जति नै काला संगुरका पाठा र विरहरु पनि देखिन्छन् । वस्तीको छेउमा एउटा पक्की घर छ । वस्तीका मान्छेसँग न यीनको रंग मिल्छ न रुप र भाषा । तर यो पक्कि घरको केटो र झुपडीकी एउटी केटीको भने सुटुक्क मन मिल्छ । कसैले थाहै नपाई परालको टौवामुनि गोठमा बाधिएका भैसीका आखा अगाडि यीनको डेटिङ सुरु हुन्छ । एकैपटक थारु नेताकी यी किशोरीको शरिर अस्वभाविक तरिकाले बढ्न थालेपछि बल्ल पधेर्नीहरुले मेसो पाउँछन् । र यो मेसोसँगै पक्कि घरको लामो कपाल पालेको युवाले पनि डाडो काट्छ ।
काठमाडौं माउन्टेन फिल्म फेष्टिवलमा देखाइएको थारु भाषाको फिल्म ‘बुह्रान’को कथा हो यो । पछिल्ला केही बर्षदेखि बर्षेनी राजधानीमा हुँदै आएको महोत्वसवमा देखाइएका केही राम्रा फिल्ममा यो पनि सामेल थियो । दाङका युवा अजित लामिछानेले बनाएको यो फिल्म धेरै अर्थमा समाजिक देखियो । चल्तीका मुलधारका फिल्मको तुलनामा कुनै अर्कै प्रदेशको जस्तो लाग्ने यो फिल्ममा २०१८ सालतिरको एउटा सानो थारु वस्तीको पलायनको कथा भनिएको छ । तीस बर्षकी भाउजुसँग विवाह गर्ने तेह्र बर्षको फुच्चे देवरमात्र होइन फिल्ममा जमिन्दारका छोरी ज्वाई बोक्न पहाडमा डोली लिएर जाने वयस्क थारु पनि छन् । छोरालाई कमैया र छोरीलाई कमलरी पठाएर पैसा कमाउने सपना देख्ने बाबु पनि फिल्ममा छन् । र, छ जमिन्दारको ऋण र छोरीको शरिर एउटै रपुतारमा बढ्न थालेपछि बसाई सर्ने मुखियाको विजोगकको कथा ।
‘पाथेर पाचाली’ मा पनि एउटा परिवारको पलायनको कथा थियो । विश्वभर तहल्का मच्चाएको यो फिल्मको जस्तो कथा भन्ने निर्देशकको आपुनो शैली ‘बुह्रान’मा पाइदैन । तर उधारो लिएकै शैलीमा भएपनि यो फिल्म देशको एउटा कथा भन्छ । आपुनै पिता पुर्खाले ज्यान जोखिममा हालेर खेतीयोग्य बनाएको जमिनमा सय बर्ष नपुग्दै अर्कैलाई जमिन्दार थापना गर्नुपरेको थारु समाजको पीडाको गहिराईसम्म यो फिल्म पुग्दैन । राजनीतिक दृष्टिलाई पाखामा थन्काएको भएपनि फिल्मले कम्तिमा इतिहासको एउटा कालखण्डको एउटा जातिमाथिको शोषणको कथा भने अवश्य भन्छ ।यी दुई फिल्मको विपरित अर्को एउटा फिल्म पनि यसपाली माउन्टेन फिल्म फेष्टिवलमा देखाइयो । वर्तमान समयका केही प्रतिनिधी महिलाहरुले युद्धमा खेपेको पीडा र त्यसले जन्माएको साहसको कथा समेटीएको डकुमेन्ट्री ‘सारी सोल्जर’ महोत्सवको सबैभन्दा चर्चित फिल्म थियो । पचास बर्ष अगाडिको समाजको कथा ‘बुह्रान’को तुलनामा यो फिल्मको संवेदना बढी तिखो थियो । दश बर्षे जनयुद्धको उत्कर्षमा भिन्न-भिन्न स्थानमा बसेर युद्धको अनुभूति गरेका छ महिला पात्रको मनोदशा फिल्ममा कैद गरिएको छ । निकै लामो सयम लगाएर एक अमेरिकी महिलाले बनाएको यो फिल्मले जनयुद्धको राजनीतिक पाटोलाई सुन्दर ढंगले उजागर गर्दछ ।
पामुकको कवितामा वर्णन गरिएकी ‘सलक्क कपाल कोरेकी सहिद जन्माउने आइमाई’ जस्तै लाग्नेगरि कपाल कोरिरहेकी देवि सुनुवार असनको एउटा साँघुरो गल्लीको भुयालमा प्रकट हुन्छिन् । र सुरु हुन्छ उनको अनन्त दुखले भरिएको वेपत्ता छोरी खोज्ने पीडा यात्रा । उनका साथमा संवेदना बाँधिएका श्रीमान् र अधिवक्ता मन्दिरा शर्मा देखिन्छन् । सेनाले अपहरण गरेर हत्या गरेकी किशोरी मैना सुनावारकी आमा हुन् देवी । यीनका विषयमा कवि श्यामलले कवितासमेत लेखिसकेका छन् । छोरी हराएको खबरदेखि कंकाल पत्ता लाग्दासम्मको अध्यारा दिनको वर्णन फिल्ममा छ । टन्टलापुर घाममा पनि कसैका आखामा अध्यारोमात्र देख्छन् भन्ने उदाहरण देविका आखाले दिन्छन् । यीनका साथमा काठमाडौंकी अर्की एक युवति पनि फिल्ममा छन्- रजनी अधिकारी । सेनामा रहेका दाजुको युद्धमा मृत्यु भएपछि उनी शाही सेनाको पहिलो लटको महिला अफिसरको भर्तीमा लामबद्ध छिन् । ‘देशका लागि केही गर्ने’ जोशमा उनी बन्दुक समाउदै छिन् । र खरिपाटीमा ठड्याइएका डमी माओवादीलाई गोलीले उडाएर दाजुको बदला लिइरहेकी छिन् । यस्तै बन्दुक बोकेकी अर्की महिलाको कथा भने बेग्लै छ । कमला रोक्काबाट क. क्रान्तिमा रुपान्तिरित भएकी यी रोल्पाकी महिला अहिले देशकी सांसद् भइसकेकी छन् । तर ‘क्रान्तिकाल’ की कमलाको कथा बेग्लै छ । दुस्मनको घेरो तोड्दै अघि बढेका उनका सनसनीपूर्ण कथाले फिल्मलाई मोफसलतिर लैजान्छ ।
मोफसलको एउटा कुनो दैलेखको दुल्लुमा छिन् - कृष्णा शाह । राजाको सरकारको समर्थनमा गठन गरिएको पहिलो नागरिक समाज वा प्रतिकार समितिकी यी संयोजक राजाको सत्ता ढलिसक्दा पनि आशा मार्दिनन् । बरु भन्छिन्- ‘राजा विनाको सरकार र टाउको विनाको हात्तिजस्तो हुन्छु । जुलुस गर्न निस्किएका पार्टीका कार्यकर्तालाई उनी केरकार गर्छिन्- ‘यत्रो समय कहाँ हराएका थियौ अहिले एक्कासी जुलुस लगाउन सरम लाग्दैन, यता काठमाडौंमा दैनिक जुलुस गर्ने राम l’ (लेखक नया पत्रिकामा कार्यरत छन, प्रस्तुत लेख सोही पत्रिकामा प्रकाशित भैसकेको हो )
