Wednesday, July 16, 2008

माओवादीको वदलिँदो भारत नीति

भारतको आर्शिवाद महत्वपूर्ण
कमलदेव भट्टराई
संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल वनेको माओवादीले निर्वाचनलगत्तैदेखि बिदेशी शक्ति खासगरी भारतसँग सम्बन्ध सुधार्न भरपूर प्रयास अघि बढाएको छ । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको माओवादीले सरकार बनाउन तथा टिकाउन भारतको समर्थन अनिवार्य रहेको बुझेरै उसँग सम्बन्ध सुधार्न प्रयास गरिरहेको सहज बुझ्न सकिने कुरा हो । निर्वाचनको प्रारम्भीक परिणाम आउन सुरु हुनासाथ माओवादी अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपालका लागि भारतका तत्कालिन राजदुत शिवशंकर मुखर्जीसँग पटक पटक भेटेर भारतसँग बलियो सम्बन्ध बनाउने पार्टीको रणनीतिको खुलाशा गरेका थिए ।

नेपालको राजनीतिमा भारतको आर्शिवादको महत्वपूर्ण भूमिका इतिहासमा मात्र नभएर २०४८ सालदेखि २०६३ सम्मका सरकार संचालन तथा परिवर्तनहरुले पनि पुष्टि गरिसकेका छन् ।  राजनीतिको यो पाटोलाई राम्ररी बुझेर नै माओवादीले भारतसँग सम्बन्ध सुधार्न आफ्नो परम्परागत नीति परिवर्तन गर्न थालेको पछिल्ला घटनाहरुले स्पष्ट पारेका छन् । भारतको दैनिक पत्रिका ‘द हिन्दु’ सँगको पछिल्लो अन्तवार्तामा माओवादी अध्यक्ष प्रचण्डले भनेका छन,-”भारतको सहयोगविना  नेपालको स्थायित्व, प्रगती र आर्थिक विकास सम्भव छैन ।” अन्तवार्तामा प्रचण्डले भारतको तिब्रतर आर्थिक विकासबाट नेपालले फाइदा उठाउनुपर्ने धारणा पनि ब्यक्त गरेका छन्  । प्रचण्डको यो भनाइले २०५२ फागुन १ गते जनयुद्ध शुरु गर्नुअघि तत्कालिन सरकारसँग सन् १९५० को भारत र नेपालबीच सन्धी खारेज गर्नुपर्ने माग राखेको माओवादीको अडान परिवर्तन भएको स्पष्ट पार्छ । अहिले माओवादी नेताहरुले उक्त सन्धी खारेज गर्नुपर्ने माग गर्न छाडेका छन्, संशोधन गर्नुपर्ने मात्र बताउन थालेका छन् ।

चुनावबाट प्रमुख राजनीतिक दल बनेको माओवादीप्रति भारत पनि सकारात्मक नै देखिएको छ । भारतका पूर्व विदेशसचिव श्यामशरणले संचारमाध्यमहरुसँगको कुराकानीमा नेपाल र भारतकावीचको सन् १९५० को सन्धी पुनरावलोकन गर्ने सहमति नेपाल र भारतबीच सन् २००१ मा नै भईसकेको वताएका छन् र सन्धीबारे भारत सरकार र माओवादीबीच मतभेद नरहेको तथा नरहने स्पष्ट पारेका छन् । यस्तै, जनयुद्ध थाल्दा तथा जनयुद्धको क्रममा भारतसँगको खुला सिमा बन्द गर्नुपर्ने माग गर्ने माओवादी नेताहरुले अहिले आफ्नो भनाइ फेरीसकेका छन् । दुई देशबीचको सिमा ब्यवस्थित गर्नुपर्ने मात्र अहिले माओवादी नेताहरुको माग छ ।

त्यसो त, सात दल र माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ वुँदे समझदारीदेखि नै भारत-माओवादी सम्बन्ध सुध्रन थालेको हो । त्यस यता दुई पक्षबीच सम्बन्ध सुधार हुँदै गएको प्रमाण ‘सात पल्ट भारतिय दुतावास गयौं तर अन्तिम पटक एम्बुसमा पर्‍यौं’ भन्ने प्रचण्डको अभिब्यक्तिले पनि दिएको थियो । यसैगरी,  जनयुद्धका बेला सिमाना अतिक्रमणको कुरा चर्कोरुपमा उठाउने माओवादीले त्यसो गर्न छाड्नुले पनि भारत र उबीच सम्बन्ध सुध्रिदै गरेको संकेत दिन्छ । भारतसँग सम्बन्ध सुधार भए अमेरिका र पश्चिमा मुलुकहरु पनि आफू र आफ्नो सरकारलाई समर्थन गर्न वाध्य हुने निश्कर्षमा माओवादी रहेको बताइन्छ । नेपालसम्बन्धी सबै नीति भारतीय आँखाबाट अमेरिकाले तय गर्ने कुरा बुझेकैले माओवादीले त्यस्तो निश्कर्ष निकालेको बुझ्न गाह्रो छैन ।

Posted by Diness Acharya at 10:37:56 | Permalink | No Comments »

Tuesday, February 19, 2008

चुट्किलामा प्रेम

पहिलो साथी : मेरी श्रीमती त र्स्वर्गकी अप्सरा ! दोस्रो साथी : तिमी भाग्यमानी रहेछौ, मेरो त अझै ज्युँदै छ ।
 ******
 डक्टरले रोगीकी पत्नीलाई अर्को कोठामा बोलाएर भने, ‘तपाईंको श्रीमान्को स्थिति नाजुक छ, बढी चिन्ता लिनु उहाँका लागि खतरा हुनसक्छ र ज्यान जान पनि सक्छ । तर, तपार्इंले मैले भनेअनुसार गर्नुभो भने उहाँ ठीक हुनुहुनेछ । उहा“को खानपिनको तालिका मिलाउनूस्, खानामा मनपर्ने कुरा खुवाउनूस्, तपाईंका समस्याहरू उहाँलाई नसुनाउनूस् र एउटी योग्य पत्नीको भूमिका निर्वाह गर्नूस् । मुख्य कुरा उहाँ चिन्तित हुने वातावरण नै नबाउनूस् ।’ घर फर्किने बेला बाटोमा रोगी : डक्टरले मेरोबारे के भन्दैथ्यो ? पत्नी : तपाइंको ज्यान जाने सम्भावना छ रे !
******
एउटा मान्छे साथीसँग : मेरो क्रेडिट कार्ड हिजो चोरी भो नि ! साथी : अनि बैंकलाई खबर गरिस् ? मान्छे : अहँ, गर्दा पनि गर्दिनँ । किनभने चोरले मेरी स्वास्नीलेभन्दा कम नै खर्च गरिरहेको छ ।
******
बिहेको पहिलो वर्ष, लोग्ने बोल्छ, स्वास्नी सुन्छे । बिहेको दोस्रो वर्ष, स्वास्नी बोल्छे लोग्ने सुन्छ । तेस्रो वर्ष, दुवै बोल्छन्, छिमेकी सुन्छन् ।
******
पति र पत्नीबीच लामो समयदेखि बोलचाल बन्द थियो । एकदिन प\mलाइटका लागि बिहान सबेरै उठ्नुपर्ने भएपछि पतिले एउटा कागज भान्साको टेबलमा छाडिदिए । जसमा लेखिएको थियो, ‘भोलि बिहान मेरो प\mलाइट छ, पाँच बजे उठाइदिनुहोला ।’ भोलिपल्ट पति ब्युँझे । तर, नौ बजिसकेको थियो । उनी मुर्मुरिँदै भान्सातिर गए । त्यहाँ पत्नीले छाडेको कागज थियो । त्यसमा लेखिएको थियो, ‘तपार्इंको प\mलाइट छ । पाँच बजिसक्यो, उठ्नूस् ।’
******
बिहान ब्युँझिनासाथ पत्नीले पतिलाई सुनाइन्, ‘आज मैले सपनामा तपाईंले भ्यालेन्टाइन्स डेको उपलक्ष्यमा गहना किनिदिएको देखेँ । के होला यसको अर्थ ? पतिले भने, ‘तिमीले भरे राति थाहा पाउनेछौ ।’ बेलुका पति घर फर्किए । उनले पत्नीलाई एउटा गिप\mट प्याक हातमा राखिदिए । पत्नीले खोलेर हेरिन् । त्यसमा एउटा किताब थियो, ‘सपनाका अर्थहरू ।’
******
निकै खुसी देखिएकी पत्नी घरभित्र प्रवेश गर्नेबित्तिकै पतिस“ग चिच्याइन्, ‘तपार्इं आपfनो लुगा झोलामा प्याक गर्नूस् । छिटो । मैले चिठ्ठा जिते“ ।’ पतिले उत्साहित हुँदै सोधे, ‘पातलो कपडा कि बाक्लो ?’ पत्नी : होइन होइन, सबै । मैले तपाईंलाई यो घरबाटै बिदाइ गर्न लागेकी हुँ ।
******
पतिले पत्नीसित भने : मलाई त्रि्रो आफन्तको चिन्ता लाग्दैन भनेर कसले भन्यो ? अरू त अरू, मलाई सासूसमेत आफ्नोभन्दा त्रि्रै नै बढी प्रिय लाग्छ ।
Posted by Diness Acharya at 14:36:21 | Permalink | No Comments »

के-के मन पर्दैन माधव नेपाललाई

मार्क्सका दारीभित्र माधव नेपालको अनुहारको कल्पना
तपाईंलाई माधव नेपालका कुन-कुन कुरा मन पर्दैन ?’ तु“वालो लागेको एउटा चिसो अपराह्नमा एउटा चिसो संवादको सुरुवात यही चिसो प्रश्नबाट भयो । ‘मलाई…’ उनका हात जु“गातिर गए तर उनले ‘जु“गा’ भनेनन्, बरु अडिई-अडिई भने, ‘बेलाबखत झोक चल्छ, रिस उठेपछि चरममा पुग्छ । पछि फेरि अलि बढी रिसाएछु कि जस्तो लाग्छ । अनि म अलि अव्यावहारिक पनि छु ।’
‘कहा“ -’ मैले सोधें, ‘घरमा - पार्टर्ीी -’ ‘बाहिरभन्दा बढी घरमा ।’ भनिन्छ, मान्छेलाई खासमा उसका रुचिहरूले शासन गर्छन् । यसको अर्थ अरुचिहरूले पनि त शासन नै गर्छन् † माधव नेपाललाई शासन गर्ने ती अरुचि के होलान् - माधव नेपाल कहिल्यै दारीमा देखिएनन् । के उनलाई दारी मन पर्दैन - अनि उनी सधैं जुगा पाल्छन् । के उनलाई आफ्ना जुगासग कुनै गुनासो छैन ? ‘जु“गा त ठीकै छ जस्तो लाग्छ,’ उनका हात फेरि एकपटक जु“गामा गए, ‘दारी पनि मनै नपर्ने चाहि“ होइन । ०३८ सालतिर मेरो गजबको दारी थियो ।’ ‘मार्क्सको जस्तो -’ मैले मार्क्सका दारीभित्र माधव नेपालको अनुहारको कल्पना गरे“ । बसेर दास क्यापिटल लेखिरहेका दाह्रीवाल माधव नेपाल !
यसपटक उनी हा“से । शायद उनले पनि त्यस्तै केही सोचे कि † ‘त्यस्तो त के हुन्थ्यो † तर, तपाईंले भनेजस्तो अर्थोडक्स थिङ्किङ थियो एकताका, तर मेरो दारी मेरैजस्तो थियो । स्टालिनकट, लेलिनकट, मार्क्सकट दारीतिर म लागिन“ ।’ आफ्नो पोसाकमा भने त्यति सन्तुष्ट रहेनछन् उनी । ‘चेन्ज गरौं कि जस्तो लागेको छ । आज मात्र रघु पन्त भन्दै हुनुहुन्थ्यो- अलि टिपटप हुनुपथ्र्यो’ उनी केहीबेर फेसनप्रतिको आफ्नो अज्ञानतालाई सराप्नतिर लागे, ‘लुगाको सेटिङ मिलेन भन्छन् । थाहा छैन, मलाई केमा के म्याच गर्छ । फेरि यस मामिलामा म अलि लापरवाह छु ।’ मदन भण्डारीका उत्तराधिकारी भएर पनि उनी राम्रा वक्ता होइनन् । यो कमजोरी उनलाई कति बिझाउ“छ ?
‘हो, वक्तृत्वकलामा म सामान्य हु“,’ निर्विकार भावमा उनको जवाफ आयो, ‘कहिलेकाही“ राम्रै बोले“ जस्तो लाग्छ, कहिले रद्दी लाग्छ, कहिले कामचलाउ ।’ ‘अनि, कम्युनिस्टहरू । तिनका कुन-कुन कुरा मन पर्दैन, तपाईंलाई -’ ‘कि वर्ग धरातलै बिर्सने कि त ग्रन्थमा अडिने, अल्भिmने, टाक्सिने’ उनले भने, ‘उग्रसोच भएकाहरूमा सहिष्णुता र धर्ैयको अभाव छ, आफूलाई र्सवज्ञाता भन्ने प्रवृत्ति छ ।’ हामी उनको बैठक कोठामा छौं । मैले अचानक सोधे“, ‘यो सोफाको सेटिङ मिलेको छ -’ ‘टेबुलपोस बांगो छ,’ उनी दिल खोलेर हा“से, ‘चारैतिर साइज मिल्नुपर्ने, मिलेको छैन ।’ ‘यस कोठामा अरू के-के मिलेको छैन ?’ ‘मनमोहनको तस्बिर उता थियो, किला टुट्यो र यता राखियो । यही मिलेन l
‘कहिलेकाही“ श्रीमतीलाई सुझावसम्म दिन्छु,’ उनले भने, ‘आफू केही नगर्ने भएपछि यो भएन भनेर उपदेश दिन त गाह्रो हुन्छ नि ।’ म कपालतिर लागे“ । टोपी बढी लगाउने भएर ख्याल हुन्न कि, उनलाई ? जवाफ आयो, उनले कपाललाई त्यति महत्त्व दिएका छैनन् । ‘समय कहा“ छ - एक हप्तादेखि हर्ेर्दै छु, नङ बढिरहेको छ तर काट्न समय छैन,’ उनले बेलिबिस्तार लगाए, ‘बल्ल हिजो नेलकटर बोकेर गए“ अनि अफिस जा“दै गर्दा गाडीभित्र काटे“ ।’ तरकारीमा चाहि“ उनलाई मन नपर्ने केही रहेनछ । ‘लौका नि -’ मैले धराप थापे“ तर धराप फेल भयो । त्यो त सबैभन्दा बढी मनपर्दो रहेछ । ‘बरु मलाई मन नपर्ने चाउचाउ हो,’ उनको मुख बिग्रियो, ‘त्यो मलाई कत्ति मन पर्दैन ।’ कार्यकर्ताहरू हो † कृपया महासचिवलाई चाउचाउ नख्वाउनुहोला ।

‘अनि त्यो के रे…’ उनी सिलिङतिर फर्के, दिमागमा जोड लगाउ“दै । उनी केही सम्भ“mदै थिए । ‘पुरानो अचार क्या’ विचार-प्रशव समाप्त भयो, ‘हो, त्यो मलाई मन पर्दैन ।’ म फेरि पहिरनतिर फर्कें । सधैं र्सट-पाइन्टमा भेटिने उनलाई मन नपर्ने लुगा के होला - ‘त्यो इस्टकोट’ उनी हा“से, हामी पनि हा“स्यौं, ‘कहिलेकाही“ लगाउ“m कि जस्तो लाग्छ तर हरमा हाल्न मन लाग्दैन ।’ संगीतका पारखी न सही, प्रशंसक त रहेछन् उनी । तर, पपगीतको प्रसंग उठ्नेबित्तिकै उनी भड्किए, ‘सबभन्दा मन नपर्ने त्यही हो । बेकारको हिप्पी कल्चर । हिप्पी कल्चर अपनाएका मान्छेलाई पनि राम्रो मान्दिन“ म । कान छेडेको, आ“खा छेडेको, टालेको पाइन्ट लगाएको मान्छे भद्र होला जस्तो लाग्दै लाग्दैन ।’
नेताहरूमा भेटिने अहंकारी मपाईंपन मन पर्दैन भने उनले । अनि नेताहरू पनि मानिस हुन्, यिनले पनि परिवारस“ग समय दिनर्ुपर्छ, मनोरञ्जन चाहिन्छ, भोक लाग्छ भन्ने नसोच्नेहरूस“ग पनि उत्तिकै गुनासो छ उनलाई । ‘मैले १४/१५ औं बैठकमा प्रस्ताव नै राखे“- नेताहरूल्ााई पनि अब होलिडे दिनर्ुपर्छ- वर्षा कम्तीमा १५ दिन,’ उनले भने, ‘अझ मलाई त कम्तीमा एक महिना भनौं जस्तो लागेको थियो तर अलि बढी हुन्छ कि जस्तो लाग्यो ।’ भिडबिना नेताहरू के गर्लान् - ती सा“च्चै एक्लै एक महिना कतै हराउन सक्लान् - ‘किन सक्दैनन् -’ उनी अलि आवेशमा आए, ‘नेता मान्छे होइनन् - तिनले परिवारस“ग समय बिताउनुपर्दैन - तिनलाई अध्ययनका लागि समय चाहिन्न - कोठामा बसेर केही पढ्दै छु भने मान्छे झ्याप्प पस्छन् र ‘ए, तपाईं त फुसदिलो पो हुनुहु“दोरहेछ’ भन्छन् । के पढ्नु काम होइन ?’
यस मामिलामा एउटा ठूलो घाउ रहेछ, उनीस“ग- आफ्नी आमाको अन्तिम क्षणमा स“गै नभएको घाउ । ‘सन्तानमध्ये मलाई सबैभन्दा बढी माया गर्नुहुन्थ्यो, उहा“’ उनको स्वर भावुक हु“दै गयो, ‘उता उहा“को सास जा“दै थियो, म भने स्थायी कमिटी बैठकमा थिए“ । जीवनमा मलाई सबैभन्दा ठूलो थकथकी यही कुरामा छ ।’ पत्रकारका मन नपर्ने कुरा पनि धेरै छन्, उनलाई । ‘बोलेको भन्दा उल्टो छाप्छन्’ उनले भने, ‘फलानाले यस्तो भन्नुभयो तपाईंको के टिप्पणी छ भनेर सोध्छन् । अब फलानाले त्यो भनेको हो कि होइन, कसरी थाहा पाउने - अर्को कुरा, जतिखेर पनि फोन गरेर हैरान पार्छन् ।’
केही कार्यकर्ता ‘नेता पनि मान्छे हो, भोक लागेको होला, आराम चाहिन्छ’ भनेर सोच्दैनन् भन्छन् उनी । ‘कुनैकुनै ठाउ“मा त म आफैं भन्छु- भोक लागेर मर्न लागियो, कति जोताएको -’ उनी हा“से, ‘तर एकपटक वीरगन्जमा यति चिल्लो ख्वाए कि टिचिङमा आइसियुमा भर्ना हुनुपर्‍यो ।’ सानो काममा पनि पार्टर्ीीयानलबाट नआई सोझै महासचिव भेट्न आउने कार्यकर्ता पनि मन पर्दैनन्, उनलाई । सधैं छालाको जुत्ता लगाउने उनलाई स्पोर्टस् जुत्ता त्यति मन पर्दैनन् । ‘एकजोर त छ तर लगाइन्न ।’ ‘एउटा समय थियो- कपडाको जुत्ता मात्रै लगाइन्थ्यो । ओहो छालाको जुत्ता † भन्ने हुन्थ्यो तर आजकल स्पोर्टस् त्यति लगाइन्न,’ स्मृति र वर्तमानको घोल बनाउ“दै उनले भावी योजना सुनाए, ‘एकजोर स्पोर्टस् जुत्ता छ, त्यो लगाएर अब बिहानबिहान आधा घन्टा ब्याडमिन्टन खेल्ने
योजनामा छु ।’ ‘गिरिजाप्रसाद कति मन पर्छन् -’ ‘होइन, होइन’ उनी र्सतर्क भए, ‘व्यक्तिका बारेमा नजाऔं । कसैको पनि ।’ अब देउवा, ओली, वामदेव, प्रचण्ड कसैका बारेमा पनि सोध्नुको अर्थ थिएन । गाडीबारे उनका रुचि र अरुचि दुवै रहेनछन् । अब तीन सय ६० ड्रि्री फन्को मारेर अर्कै प्रश्न सोधियो, ‘कस्ता पुस्तक मन पर्दैनन् - माने, कुन विधाका -’ ‘साहित्यका अन्य विधाका तुलनामा कवितामा मेरो रुचि कम छ, त्यसपछि कथा,’ जवाफ आयो, ‘म जीवनी र इतिहास बढी मन पराउ“छु ।’ के उनले कविता लेखेनन् - ‘स्कुल पढ्दा केही कविता लेखियो तर पछि छोडियो । फेरि आजकल कतिखेर हुन्छ- पढाइलेखाइ -’ दिग्दार मानेझैं उनले भने, ‘आजकल पढ्ने भनेको बिरामी ह“ुदा, जेल पर्दा हो ।’
संसारकै इतिहासमा सबैभन्दा मन नपर्ने पात्रमा बोकासो, इदि अमिन, पिनोसेको नाम लिए उनले । ‘अनि के रे त्यो…’ केहीबेर सम्झेरै उनले अर्को नाम थपे, ‘मान्छेलाई ग्यास चेम्बरमा राखेर मार्ने …… हिटलर । त्यो क्रूर र नृशंस ।’ नेपालको इतिहासमा मन नपर्ने पात्रचाहि“ देशभक्तहरूलाई मार्ने जंगबहादुर, लम्पट राजाहरू राजेन्द्रविक्रम र सुरेन्द्रविक्रम रहेछन् । अनि मन नपरेको राजनीतिक निर्ण्र्ाााहि“ के होला - ‘०५४ सालको फागुनमा पार्टर्ीीवभाजनको सर्न्दर्भमा जोडिएका घटना’ उनको जवाफ थियो, ‘पार्टर्ीी बाध्यताहरूले गर्दा केही साथीलाई पार्टर्ीीट निष्कासनसम्म गर्नुपर्ने स्थिति आयो ।’ सबभन्दा मन नपर्ने प्रश्नचाहि“ अरूका बारेमा सोधिने व्यक्तिगत प्रश्न रहेछन्, उनलाई ।
पार्टीीुख्यालयको भवनको लोकेसन मिलेन भन्ने लाग्दो रहेछ, उनलाई । ‘उत्तर-दक्षिण लोकेसनमा हुनुपथ्र्यो र पर्ूव-पश्चिमतिरबाट उज्यालोको हिसाबले मूल ढोका हुनुपथ्र्यो,’ उनले भने । मौसममा मन पर्ने कुनै ‘अति’ छ कि उनलाई - अर्थात् मन नपर्ने मौसम - ‘मलाई कुनै अति मन पर्दैन । न अति गर्मी, न अति जाडो’
केही सम्झेझैं उनले भने, ‘मलाई मन पर्ने एउटै ‘अति’ छ ।’ ‘अपराधी छ भने त्यसलाई खुब कुटेको मन पर्छ तर मानवीयताको सीमा ननाघ्ने गरी । बलात्कारी, गरिबको बस्तीमा आगो लगाउने र राष्ट्रद्रोहीहरूलाई खूब कुट्नर्ुपर्छ ।’ नेपाली समाजका मन नपर्ने कुरामा छुवाछूत र सामन्ती ठालुपनको नाम लिए उनले । नेपाली समाजको सबैभन्दा ठूलो रोग अल्छी र अनुशासनहीन प्रवृत्ति हो भन्ने लाग्दो रहेछ उनलाई । ‘माओको मन नपर्ने कुरा के हो -’ ‘सांस्कृतिक क्रान्तिताका उहा“ले पार्टर्ीीमिटी प्रणालीलाई बेवास्ता गरेर, वर्षौं पुराना सहयोगीलाई अपमानित गर्दै जसरी रेड गार्ड उचाल्नुभयो, त्यो अति भयो । स्टालिनको व्यक्तिपूजाको विरोधी हुदाहुदै माओ आफैं त्यो प्रवृत्तिको सिकार हुनुभयो ।’ ‘अनि, लेनिनको ?’
‘कम उमेरमै देहावसान भयो, उहा“को ऊर्जाको सम्पर्ूण्ा प्रयोग हुन पाएन । तर, उहा“मा बढी आक्रामकता देखियो, स्टालिनका पालामा त्यो आक्रामकता असहिष्णुतामा परिणत भयो । रुसी समाजमा भाषणबाजहरूको वर्चस्व थियो, तीस“ग प्रतिस्पर्धा गर्न उहा“ले बेग्लै अभ्यास गर्नुभयो । चर्का र कडा शब्द लेनिनका विशेषता थिए ।’  ‘बाण जस्ता ?’ ‘एकदम । तर, उहा“स“ग लचकता पनि थियो ।’ ‘अनि मार्क्सको मन नपर्ने कुरा -’ ‘उहा“ बौद्धिक आलोचनामै केन्द्रित हुनुहुन्थ्यो । व्यक्तिगत तहमा कटु, तीतो भएजस्तो लाग्दैन ।’ अबको प्रश्न सबैभन्दा मन नपर्ने टेलिभिजन कार्यक्रमबारे थियो । ‘त्यो पोप -पप) संगीत छ नि, त्यो मन पर्दैन ।’ उनले भने । हरर सिनेमा मनपर्दो रहेनछ, उनलाई । ‘अन्धाकानुन जस्तो सिनेमा मन पर्छ मलाई , या मानवीय भावनामा आधारित ‘दोस्ती’ वा ‘तिसरी कसम’ ।’ उनले भने, ‘खासमा मलाई ऐतिहासिक विषयमा आधारित फिल्म मन पर्छ ।’
हास्यव्यंग्य मिसिएको कविता रमाइलो लाग्छ भन्ने उनले अर्थ न बर्थका कविता लेख्ने कविस“ग झि“जो लाग्ने बताए । ‘अनि आर्ट नि -’ प्रश्न भुइ“मा झर्दानझर्दै उनको जवाफ आयो, ‘यो बुझ्दै नबुझिने हुन्छ नि, अमूत कला । त्यसमा कति दिमाग खेलाउने -’ कार्टुुउनलाई रमाइलै लाग्छ, आफ्नै बारेमा बनेका पनि । ‘कहिलेकाही“ मजा लाग्छ, विषय समात्न सकेझैं लाग्छ,’ उनले भने, ‘तर बेलाबखतमा सही ढंगले प्रिजेन्ट गरिएन भन्ने लाग्छ ।’ फोटोग्राफीका भने सौखिन रहेछन् माधव नेपाल । भने, ‘फोटो खिच्ने र राख्ने सोख छ मेरो ।’ बेलाबखत आफ्नो फोटो नराम्रो छापे भनेर गुनासो गर्छन् उनी । ‘केही छन् पर्ूवाग्रही, जसले फोटोमा ममाथि पर्ूवाग्रह राखेका छन्,’ पीडाको पेटारो खोल्दै उनले भने, ‘मिल्दै-नमिलेको, आ“ मुख बाएको, जिंग्रिङ्ग परेको फोटो छाप्छन् मेरो । त्यो एक्स्िट्रम बायसनेस् हो ।’ पार्टरf मिटिङहरूमा मोबाइल बजेपछि झोक चल्दो रहेछ, उनको । ‘घन्टी बजेपछि म त बोल्दाबोल्दै रोकिदिन्छु,’ उनले भने, ‘मिटिङमा मन नपर्ने अर्को कुरा- लामालामा गन्थन । भाषणको कला प्रदर्शन गरेर लम्बेतान बनाउ“छन्, साथीहरू । विषय एकातिर छ, अर्कैतिर तन्काउ“छन् ।’ ‘यस घरमा के-के मन परेको छैन -’ ‘यो घर अलि मिलेको छैन । भर्‍याङ त झन् मिलेकै छैन, बीचमा बनाउन पाएको भए राम्रो हुन्थ्यो । सलाईको बट्टाजस्तो घर भयो, भन्छन्, कोही ।’
उनले विषयान्तर गरे, ‘अ“, तपाईंलाई भन्नुपर्ने । हिजो म र श्रीमती सोफासेट हर्ेन गयौं, बा“सबारीमा । वामदेव कमरेडले सिफारिस गर्नुभएको थियो । एकसेट सोफा ठीकठीकै लाग्यो र मूल्य सोधेको, एक लाख चालीस हजार रे † त्यस्तो सोफाले मेरो इज्जत बढ्छ - यो सोफा तीन हजार कि पा“च हजारमा किनेको, अहिले एक लाख ४० हजार रे † जा“दै गलत ठाउ“मा गइएछ ।’
मधेस आन्दोलनको देश टुक्रयाउने प्रवृत्ति मन परेको छैन, उनलाई । ‘त्यो विषाक्त र राष्ट्रघाती छ,’ उनी विशेषणमा उत्रे, ‘अनि, एउटा सेक्सनमा साम्प्रदायिक प्रवृत्ति छ, त्यो हानिकारक, हिंसात्मक र आपराधिक प्रवृत्ति हो ।’ माओवादीको कुरो एउटा, काम अर्को छ भन्छन्, उनी । ‘दोहोरो चरित्र, उपयोगितावाद, सैन्य-उन्माद, बन्दुक-मोह’ उनले भने, ‘आलोचनाहरूप्रति असहिष्णुता र अधिनायकवादी प्रवृत्ति ।’ कांग्रेस यथास्थितिवाद, एकाधिकारवाद, भ्रष्टाचारवादमा जकडिएको आरोप लगाए, उनले । ‘कांग्रेस कुनै पनि काम व्यवस्थित र योजनाबद्ध ढंगले गर्दैन,’ उनले भने, ‘आफ्ना निम्ति लोकतन्त्र, अरूका निम्ति उही दमनतन्त्र । दमनतन्त्र पनि नभनौं ल, एकाधिकारवादी । उनीहरू रहे लोकतन्त्र रे, नत्र छैन रे †’ साना वामपार्टf स-साना पसल थापेर आत्मकेन्द्रित समूह चलाइरहेको र तिनको मानसिकता गुटवादी भएको उनको विश्लेषण छ ।
‘श्रीमतीको मन नपर्ने कुरा के हो ?’ ‘घरझगडा गराउनुहुने भयो, तपाईंले,’ हा“स्दै उनले आग्रह गरे, ‘बरु, के मन पर्छ भन्ने सोध्नुस् न ।’ ‘के मन पर्छ त -’ ‘असाध्यै मिहिनेती, घर-व्यवहार सम्हाल्न सक्षम । नत्र, मेरो त बेहाल हुन्थ्यो ।’ ‘अब मन नपर्ने कुरा भन्नुस् न त । डिस्काउन्ट हुनुपर्‍यो नि ।’ ‘क्विक् रियाक्सन्, हाहाहा’ उनी हासे ।

Posted by Diness Acharya at 14:29:09 | Permalink | No Comments »

Thursday, January 17, 2008

राष्ट्रपति सार्कोजीको बिहे कहिले होला ?

सिसिलियाको पिंक कलरको मुटु आकारको औंठी ब्रुनीको औंलामा 
उनले दोस्री पत्नी सिसिलियासग सम्बन्धविच्छेद गरेको दुइ साता मात्र भयो । एक्लो बनेका frenchराष्ट्रपति निकोलस सार्काजीको पूवमोडल तथा गायिका कार्ला ब्रुनीसग भेट भयो । अनि राम्रैसग चिनजान भयो । दुवै प्रेमबन्धनमा बाधिए । बु्रनी र सार्काजीको बिहे कहिले होला ? यस अड्कलबाजीमा विश्वकै सञ्चारमाध्यम जुटेका छन् । राष्ट्रपति सार्काजी र उनकी वर्तमान प्रेमिका कार्ला ब्रुनीको बिहे हुने मिति पनि मिडियाले अड्कल गरेरै तोकेका छन्- फेब्रुअरी ९ ।
 पूवमोडल तथा गायिका कार्ला ब्रुनीलाई प्रेमी सार्काजीले औंठी उपहार दिएका छन् । आजभोलि ब्रुनीको औंलामा पिंक कलरको मुटु आकारको औंठी टल्किरहेको हुन्छ । ब्रुनीको जस्तै औंठी केही महिनाअघिसम्म पूवपत्नी सिसिलियाको औंलामा पनि सजिएको हुन्थ्यो । सिसिलियासग सम्बन्धविच्छेद भए पनि उनको प्रभाव सार्काजीमा परिरहने लेखक एभेस देर्राईले उल्लेख गरेका छन् । देर्राईले सिसिलियाको आत्मकथा लेखेका छन् । सम्बन्धविच्छेदका समयमा सिसिलियाले सार्काजीलाई गर्न हुने र नहुने कुराको एउटा लामो लिस्ट नै दिएकी थिइन् । विश्वास गर्न मिल्ने र नमिल्ने मानिसको लिस्ट पनि सिसिलियाले दिएकी थिइन् सार्काजीलाई ।
 अहिले सिसिलियासगको प्रेमको च्याप्टर ‘क्लोज’ गरेर सार्काजी नया रोमान्समा खुसी छन् । सन् १९६७ मा इटलीको टेरिनमा जन्मिएकी ब्रुनीको पर्वप्रेमीको ‘लिस्ट’ लामो छ । मिक ज्यागर, गिटारिस्ट तथा गायक एरिक क्ल्याटन र अमेरिकी व्यापारी डोनाल्ड ट्रपसग ब्रुनीको सम्बन्ध जोडिएको थियो । पूव fraन्सेली प्रधानमन्त्री लाउरेन्ट फाबियस पनि ब्रुनीका एकताकाका प्रेमीका रूपमा चिनिन्थे । १९७० को दशकमा रेड-ब्रिगेड आर्मीबाट बच्न बु्रनी परिवार france बसाइ सरेको थियो । टिनऐजदेखि नै ब्रुनीले विश्वका टप फेसन हाउसका लागि मोडलिङ गरिसकेकी थिइन् ।
धेरैजनासग प्रेमसम्बन्ध स्थापित गर्न सफल ब्रुनीका एक छोरा छ। लेखक जियन पवल एन्थोभेनसगै बसेको बेला ब्रुनीले उनकै छोरा राफेलसग ‘लभ अफेयर’ सुरु गरिन् । राफेल उनीभन्दा १० वर्षकान्छा थिए । दार्शनिक बर्नाड हेनरी लिभीकी छोरीसग राफेलले बिहे गरेपछि ब्रुनीसगको उनको सम्बन्ध ‘दि एन्ड’ भयो । तर, राफेलसगको सम्बन्धबाट बु्रनीले एउटा छोरा भने उपहारका रूपमा पाएकी छिन् । हिजोआज मिस्टर सार्कोजीसग हात समाएर डेटिङमा मस्त ब्रुनीले सोही छोरालाई पनि सगै लिएर गएका तस्बिर अखबारमा छाएका छन् ।
उता राफेलकी पत्नीको सन् २००४ मा प्रकाशित एक उपन्यासमा बु्रनीलाई मोहक मुस्कान दिएर अर्काको लोग्ने खोस्न माहिर महिला भएको आरोप अप्रत्यक्ष रूपमा लगाइएको छ । सार्काजीसगको रोमान्समा व्यस्त भए पनि ३९ वषीया ब्रुनीले अंग्रेजी गीतको एल्बम निकाल्ने भएकी छिन् । उनको यो पहिलो अंग्रेजी गीति एल्बम हुनेछ । २००२ मा उनको पहिलो एल्बम निस्किएको थियो । मिडियाले अनुमान गरेअनुसार उनीहरूको बिहे भएमा ब्रुनीको एल्बम १९ फेब्रुअरीमा निक्लनेछ ।
उनी अहिले मिडियाको केन्द्रमा रहेकी छिन् । उनीसगै मिडियाको केन्द्रमा रहेका छन् राष्ट्रपति सार्काजी । यी प्रेमी-प्रेमिकाका हरेक क्रियाकलापको चियोचर्चा आजभोलि खुबै हुन्छ । सगै हात समातेर इजिप्ट घुम्न गएका तस्बिरले विश्वभरि चर्चा पाए । गत अगस्ट महिनामा बु्रनीका ‘नो प्रोमिसेज’ (वाचाहरू होइनन्) शीषकको गीति एल्बम बजारमा आएको थियो । त्यतिबेला ब्रुनीले राष्ट्रपति सार्कोजीसग कुनै वाचा गर्न पाएकै थिइनन् । उनीहरूको भेट नै भएको थिएन । तर, यतिखेर भने उनले राष्ट्रपति-निवासमा एउटा कोठालाई भव्य संगीतमय बनाउन लगाइसकेकी छिन् । बु्रनीको ‘नो प्रोमिसेज’ ले युरोपमा गत वर्षराम्रो व्यापार गरेको थियो । नो प्रोमिसेज चार लाखप्रति बिक्री भएको थियो युरोपमा मात्रै । भारतको स्वतन्त्रता दिवसमा राष्ट्राध्यक्षका रूपमा आमन्त्रित सार्कोजी प्रेमिकासगै भारत आउने समाचारले नया“ दिल्लीमा हालैका दिनमा सञ्चारमाध्यमको ध्यान खिचेको छ ।
(एजेन्सीको सहयोगमा)
Posted by Diness Acharya at 15:35:11 | Permalink | No Comments »

Thursday, January 10, 2008

लिन्डसेसंग बिताएको क्षण

सुन्दर शरीर भएकाहरु कामुक हुँदारहेछन 
-अलेकजान्द्रो डि नुन्जियो
अभिनेत्री लिन्डसे लोहान गत हप्ता इटालीमा छँदा तीन पुरुषसँग टाँस्सिएकी थिइन् । तर तीन जनाबीच कसले बढी प्रभाव पार्ने भन्नेमा एकखालको प्रतिस्पर्धा जस्तै भयो । त्यो प्रतिस्पर्धामा जित्न म सफल भएँ । बिश्वकै चर्चित सुन्दरी लोहानले मलाई नै रोजेकोमा आफुलाई भाग्यमानी ठानेको छु । उनीसँग बिताएको क्षण म अझै बिस्रन सक्दिन । बेला बेलामा झस्किरहन्छु । त्यो समय साँचो थियो भन्ने मलाई अझै पत्यार लागेकॊ छैन । लिन्ड्से संग मेरो भेट इटालीको राजधानी रोमको कुनै नाइट पार्टीमा भएको थियो । रात छिप्पिदै गएपछि लोहानले मलाई नजिक आउन ईशारा गरिन् मेरो हात समाउदै र भनिन् ‘आइ एम लिन्ड्से लोहान ।’  भेट भएको दश सेकेन्ड पनि भएको थिएन । हत्तपत्त डिनरको प्रस्ताव राखिन् । त्यसपछि उनका अरु दुई साथीसँगै मलाई पनि दुई-चारवाट क्लबमा पुर्याईन । अल्कोहलकै कारण समस्याग्रस्त बनेकी भएपनि निर्धक्क रक्सी पिउन थालिन् । भोड्का पिउनु उनको शोख रहेछ ।
उनी साँच्चिकै राम्री छिन् उनको आकृति हेदा लाग्छ उनलाई बनाउन भगवान दिलोज्यान दिएर लागेका थिए । सामान्यतः लोहान बाहिरवाट देख्दा जति आकर्षक छिन् कपडाभित्र झन सुन्दर छिन जुन कुरा मलाई मात्र थाहा छ । म उनको सुन्दरताको बयान शब्दमा गर्ने सक्दिन । सुन्दर शरीर भएकाहरु कामुक हुन्छन् भन्ने मैले सुनेको थिए हो रहेछ । उनमा कामुकता पनि अथाह छ । हलिवुडका अन्य परीजस्तै उनले पनि ड्रगको लतबाट उम्किन चाहेको बताएकी थिइन् । मैले विस्तारै अनुमान लगाएँ जब उनी यौनिक रुपमा अतृप्त रहन्छिन् । तब ड्रग्सले उनलाई तृप्त गराउँछ ।
जे हुनु सबै हतारहतार भइरहेको थियो । उनी आँखामा आँखा जुधाएर चुम्बनको अनुमति माग्दै थिइन् । लोहान आधा संवाद संकेतमा गर्थिन् । विस्तारै उनले मलाई च्याप्प समातेर टाढा नजान आग्रह गर्दै गालामा चुम्बन गर्न थालिन् । एउटी अतृप्त र बयस्क युबतीले खाईलाग्दो पुरुषलाई एकान्तमा भेट्दा जे गर्छन उनी त्यही गरिरहेकी थिइन् । म भने लाजले भित्रभित्रै लल्याकलुलुक भएँ । उनी मात्तिँदै गइन् । त्यसपछि त हामी आपसमा चुम्बन साटासाटमै एकाध घण्टा बितायौं । उनमा थकाइको महसुस रत्तीभर थिएन । आफ्नो चर्तिकला जोसुकैले देखोस् उनलाई मतलब थिएन । उनी उत्तेजित हुदै गईन् । ‘साथी’ खोज्ने काम सकिएपछि उनले जतिसक्दो छिटो मलाई होटलको कुनै बन्द कोठामा पुर्याइन् । म विस्तराको सिरानपट्टी थिएँ उनी पुछारपट्टि । गफगाफ धेरैबेर हुनपाएन । ढोकामा चुकुल लाग्यो कि लागेन हामीले ध्यान दिएनौ ।
उनी धमाधम कपडा उतार्न थालिन् । उनको शरीरैभरि सुन्दर ट्याटु र चित्र कोरिएका रहेछन् । देब्रे नाडिमा एउटा अमुर्त ट्याटु खोपिएको छ दाहिनेमा चाहिँ श्वास फेर्दै गरु भन्ने लेखिएको थियो । उनले ठट्टा पनि गरिन् ‘मलाई देखेर सास फेर्न भुल्छौ कि भनेर तिमीलाई सम्झाउन लेखेको ।’ उनले टाटेपाटे पेन्टी लगाएकी थिइन् अनि ब्रा गाढा कालो थियो त्यो प्रुlन्समा बनेको रहेछ । हेर्दा हेर्दै ती बस्त्र उनका जिउवाट उत्रिए । एकछिनमै उनि निर्वस्त्र भईन् । मैले सोचेँ ‘उनी अति कमजोर केटी हुन् जोसुकैसँग जेसुकै बहानामा बाँधिन र फुत्किन सक्ने ।’ उनको मुहारमा सरम कत्ति थिएन धक पनि मानिन् । त्यो दृष्य सम्झदा यस्तो लँग्छ हामी वर्षौं पुराना श्रीमान्श्रीमती हौं । कपडा उतारेर पुरै नाङ्गीइसकेपछि उनी सिरकभित्र घुसि्रन् । म त अकमक्क भएँ ।
गजब त के भने सुश्री लिन्ड्से लोहान अनुभवी छिन् । उनी ताल र सुर मिलाएर शरीरबाट कपडा उतार्छिन् कम्मर मर्काउँछिन् अनि आँखा सन्काउँछिन् । उनी अति लचकदार छिन् अनि साहसिक पनि । नियमित प्रयासले मानिसलाई सफल बनाउँछ भन्ने मलाई उनैले सिकाएकी हुन् । कुन आसनमा कति आनन्द आउँछ भन्ने उनलाई ज्ञान छ । ढोका खोलेर जब हामी भित्र पस्यौं ढल्नुपूर्व उनको जिऊ कम्तिमा एकसय एक पटक मर्कियो यता फर्कियो उता टोलियो । उनले मेरो खूब प्रसंसा गरिन् । क्लबमा जाँदा मैले कुनै अम्मल नलिएको उनले देखेकी थिइन् । उनले मलाई ‘एउटा असल केटो भनेर फुक्र्याइन् । तर मैले त उनलाई तिमी यस्ती भनेर एक शब्द पनि खर्च गरिन ।
म स्तब्ध भएँ शुरुवात उनले नै गरिन् । उनी छिटी पनि रहिछन । मेरो एक कदम चल्न नपाउँदै उनी चार पाइला सारिसक्थिन् । मैले पनि आफ्नो कपडा उतार्नुपर्छ भन्ने सम्झिन मलाई निकैबेर लाग्यो । यत्तिका भइसकेपछि मलाई पनि हुतिहारा ठहरिनु थिएन । आखिर मैले पनि निर्वस्त्र हुनैपर्यो । अनि हामी प्रेममा लीन भयौं । त्यसपछि त हामी साधारण आममानिसको उचाइमा झर् यौं । उनीहरु जे गर्छन् हामीले नयाँ केही गरेनौं । उनी सेकेन्ड सेकेन्डको अन्तरमा गरम भइरहिन् । हामी बेगमा थियौं गति तीब्र थियो । हाम्रो रति कि्रडा त्यस्तै एकघण्टा जति चल्यो । समय आयो म ढलेँ । मेरो तागत हजम भइसक्यो भन्ने उनले पत्तो पाइहालिन् । अनि एक्कासी मलाई भित्तामा धकेलेर सिरक फालिन् । हामी सुत्नतिर लाग्यौं ।
Posted by Diness Acharya at 14:36:50 | Permalink | No Comments »

Tuesday, January 1, 2008

‘द पार्टी अफ विमेन-पोल्याण्ड इज अ विमन’

‘हामी सुन्दर छौँ, नग्न र गर्वित पनि’
पोल्याण्डमा अहिले चुनावी माहौल छ । चुनावमा जना महिलाले चुनावी प्रचार सामग्रीमा नग्न फोटो छापिएपछि विवाद मुछिएको छ । पोलिस विमेन्स पार्टीका सात जना महिला उम्मेद्वारहरुले एउटा ठूलो विज्ञापन होर्डिङ बोर्डमा नग्न रुपमा फोटो खिचाएपछि तिनको विज्ञापन टाँसिएको छ र त्यो विज्ञापनले भन्छ- ‘द पार्टी अफ विमेन । पोल्याण्ड इज अ विमन ।’
यो पोष्टर शहरका मुख्य भागमा छाएपछि क्याथोलिक धर्मको प्रधानता रहेको यो देशमा निकै नै होहल्ला शुरु भएको छ । ‘डेली टेलिग्राफ’का अनुसार लेखिका मानुएला ग्रट्कोस्काले यसमा धेरै हल्ला मच्चाउनु पर्ने त्यस्तो कुनै कुरा नभएको बताएकी छिन् । ग्रट्कोस्का त्यस पार्टीकी संस्थापिका समेत हुन् । उनले भनिन्- ‘पोल्याण्डमा अहिलेसम्म बनाइएका पार्टी पुरुषले पुरुषका लागि मात्र बनाएका छन् । हाम्रो उद्देश्य चाहिँ महिलाहरुले महिलाका लागि पार्टी बनाउने हो ।’
‘अहिलेको होहल्ला चाहिँ सधैँ एकैनाशको काम गरिरहेका व्यक्तिहरुका लागि साँच्चिकै थ

प्पड हो’, उनले भनिन् । उनले थपिन्- “हामी सुन्दर छौँ, नग्न र गर्वित पनि । हामी सत्यतामा विश्वास गर्र्छौँ र गम्भीर पनि छौँ । हामी शरीरका मात्र सुन्दर छैनौँ, आत्माका पनि । यो विज्ञापनले अश्लीतालाई पुट दिइरहेको छैन । यसलाई यौनका रुपमा देख्नु भएन । हाम्रा अनुहार र भावभङ्गिमाले सेक्स अपिल गरिरहेको छैन । बरु यी तश्वीरले हामीमा भएको विद्वता, गर्व र चासो प्रतिविम्विन गरिरहेको छ ।’

‘यसमा हाम्रा ओठहरु खुला छैनन् l  न त आँखा मुदिएका छन् । यी चित्रले कहीँ कतै पनि यौनिकता झल्काएको छैन भने किन पुरुषहरुले यसमा हायतौबा मच्चाएका हुन् ? मलाई थाहा छैन’, उनले बताइन् । आउँदो २१ अक्टोबरमा सम्पन्न हुन गइरहेको यस चुनावमा यो पार्टीले संसद्को अनुहार देखाउन चाहिने पाँच प्रतिशत मत पनि नपाउने कुरा विभिन्न किसिमको अध्ययनबाट देखिएको छ । तर अध्यक्ष ग्रेट्कोस्का चाहिँ आफ्नो पार्टीलाई अन्यहरुको समर्थन दिन प्रतिदिन बढिरहेको बताइरहेका छन् । खासगरी, पोल्याण्डका बहुचर्चित महिलाहरुले यसलाई चुनावमा मत दिलाउन निकै ठूलो कसरत गरिरहेका छन् । 

Posted by Diness Acharya at 14:05:54 | Permalink | No Comments »

Friday, December 28, 2007

मज्जा आएन केटीसितको सेक्सुअल रिलेसन

रसियामा भयो’ विदेशी महिलासित सारीरीक सम्बन्ध
नेपालमा समिलंगी अधिकारका लागि चर्चित नाम बनेका सुनिलबाबु पन्त पुरुषलाई नै बिवाह गर्ने उसैसित सेक्स गर्ने खुल्लम खुल्ला घोषणा गरेक ब्यक्ति हुन । यसै अभियानमा अन्तराष्टिय पुरस्कार समेत पाइसकेका पन्तले पहिलो पटक यस पंक्तिकारसित तीन जना महिलासित यौन सम्पर्क राखेको खुलाशा गरेका छन् । तर उनलाई मज्जा आएन रे केटीसितको सेक्सुअल रिलेसन । हाम्रा मित्र बालमुकुन्द नेपालले उनीसित गरेको भलाकुसारीमा उनले धेरै कुरा खोलेका छन् यस्तै यस्र्तै :
-
महिला र पुरुष बिचको विवाह सामान्य कुरा भयो । तर पुरुष र पुरुष अनि महिला र महिलाबिचको सम्बन्ध समाजले अझै पचाइसकेको छैन । अल्पसंख्यक यी मानिसका सम्बन्ध समाजका अन्यलाई भने रहस्यात्मक र कोतुहलताको विषयनै रहेको छ अहिले सम्म पनि । पुरुष समिलंगी (गे) सुनिलबाबु पन्तको अनुभवबाट केही बुझ्न् प्रयास गरौं न त ।
‘राम्रो विद्यार्थी भएकाले स्कुले जिवनमा शिक्षक साथिभाई सवैले माया गर्थे तर समिलंगी रहेको अनुभवनै भएन’, आफ्नो पुराना दिनमा फर्कर्दै प्रुेन्च कट दारी पालेका यी समिलंगीले भने ुएसएलसी पछि कलेज पिपल्स क्याम्पस पढ्दा पनि मैले यसबारे थाहा नै पाइन ।’ १८ बर्षको उमेरमा कलेज पढ्दा कुनै केटी संग रोमान्स पनि गरेनछन् गोरखा गाइखुरका यी समिलंगीले । ‘केटी साथिहरु त थिए तर रोमान्स भने भएन’ उनि भन्छन् ।
१९९२मा रसियामा कम्प्युटर पढ्न गएपछि ३५ बर्षेहाल सुनिलले गे लेस्बियन समुदाएको बारेमा थोरै जानकारी पाएछन्- ‘केटाहरुलाई छुँदा झसंग हुन्थे’, रसियामा बस्दाको अनुभव बताउँदै पन्तले भने- ‘लेस्बियन र गे को पनि कम्युनिटी हुँदो रहेछ भन्ने जानकारी त्यर्ही पाएँ ।’
कम्युनिटी र अल्पसंख्यको जानकारी पाएपनि आफ्नो बारेमा भने उनले अझै जानकारी पाएनछन् । त्यसो भए रसियन ठिटीहरु त पटाइयो होलानी ‘रसियन त हैन विदेशी केटी साथिहरु थिए मेरा गहिरो सम्बन्ध थियो ।’ रसियामा उनले विदेशी महिलाशंग सारीरीक सम्बन्ध पनि गांसेका रहेछन् । ‘छ बर्ष बस्दा दुई तीन महिला संग सम्बध भयो’ खुलासा गर्छन उनि । ‘पढ्न मलाई खुब मन पथ्र्यो बुद्ध दर्शन विज्ञानका जेनवादका किताब खुब पढ्थे’ रसियामा समिलंगी सम्बन्ध नराख्नुको कारण बताउँछन् उनि ‘पढेरै समय विताइन्थ्यो अनि त्यसतर्फ ध्याननै गएन ।’
त्यसो भए समान िलंगीसंग कहिले सम्पर्क राखेत उनले अध्ययनलाई नै निरन्तरता दिन जापान पुगेको थिए उनि । इन्टरनेटको ब्यापक प्रयोगबाट समिलंगी र त्यो समुदाएको बारेमा निकै जानकारी हासिल गरेको बताउँछन् उनि । ‘समान िलंगी संगको पहिलो शारीरीक सम्बन्धको अनुभव पनि त्यही भएको हो’ पहिलो अनुभव निरासाजनक रहेको बताउँदै उनले भने-’उनिहरु लामो समय सम्म सम्बन्ध राख्नु भन्दा पनि ‘सेक्सुका लागि मात्र नजिकंदा रहेछन्’ । त्यसले पनि मलाई दिक्क बनायो । ।
पहिलो सम्बन्ध सुखद नहुनुको कारण ज्ञानसमिलंगीबारेको कमि हुनसक्ने ठान्छन् उनि । जापान पछि सन् १९९९मा हङकङ पुग्दा उनले समिलंगी सम्बन्धको बारेमा पर्याप्त जानकारी पाएछन् । ‘रसियामा पढेको विषयकम्युटरलाई अझै अप डेट गरौं भनेर हङकङ गएको थिएँ त्यहाँ मैले समिलंगी सम्बन्धका बारेमा राम्ररी बुझें तर जापानमा जस्तै सेक्सकालागि मात्र सम्बन्ध राख्ने कुरा मलाई मन परेन’ पुरानो अनुभव बाँड्दै सुनिलले भने । त्यसपछि भारतमा स्वयंसेवाकालागि पुगेका पन्तले त्यहांबाटनै आफुलाई राम्ररी चिन्ने र हिडने नयाँ बाटो पहिल्याएछन् ।
‘भारतको उडिसामा सुपर साइक्लोन आएको थियो’ साइक्लोनले त्यहाँका मानिसलाई परेको दुःखबाट प्रभावित भएका सुनिलले पुरानो दिन सम्झदैं भने ‘अनि स्वयंसेविको रुपमा त्यहाँ पुगे ।’
स्वयंसेविको रुपमा उडिसामा कार्यरत रहँदा एक अमेरीकी चिकित्सक संगको सम्पर्कले उनलाई समिलंगीका बारेमा थप जानकारी दिएछ । ‘उ पनि बुद्ध दर्शन मन पराउने बुद्ध दर्शनबारेमा धेरै कुरा उसलेनै सिकायो’ काठमाडौंको एक गुम्बामा बुद्ध दर्शनको अध्ययन गरेका अमेरीकी चिकित्सकको बारेमा जानकारी दिदै सुनिलले भने ‘हाम्रो धेरै कुरामा मन मिलेपछि उ संग पनि राम्रो सम्बन्ध भयो ।’ दस महिना उडिसामा बसेपछि नेपाल फर्केका सुनिलले तेस्रो िलंगी र समिलंगीले भोगिरहेको पिडा र दुब्र्यवहारविरुद्ध लड्न सामुहिक प्रयासको खाँचो अनुभव गरेछन् र निलहिरा समाजको स्थापना गरेछन् ।
सन् २००१ मा समाजको स्थापना पछि तेस्रो िलंगी र समिलंगीको हकहितकालागि लड्दै आएका सुनिलाई घर परिवारलाई बुझाउन पनि कठिन भएन । घर परिवारले कसरी स्विकार्नु भयो कुनै विरोध भएन ‘विरोधको अवस्थानै आएन समाजको स्थापना पछि पत्रपत्रिकामा अन्तवार्ता दिन थाले मेरो मुखबाट नभई पत्रिकाबाटै उहाँहरुले थाहा पाउनु भएछ’ परिवारले सहजै स्विकारेको कुरा बताउँदै चार दीदी र एक दाईका कान्छा भाई सुनिल भन्छन् -’तर प्रहरीले समात्ने समाचार पढेपछि आमा चिन्तित भने हुनु भएको थियो ।’ पाँच बर्ष देखी आफ्नो केटा साथिसँगै बसिरहेका सुनिललाई घरबाट विवाह गर्नकालागि भने भनिएको रहेछ । ‘तर मैले गर्दिन भनेँ, ‘परिवारको भनाई नमाने पनि आफुलाई माया गर्न भने नछोडेको बताउँछन्- ‘परिवारले गर्ने मायामा कुनै कमि आएको छैन ।’
Posted by Diness Acharya at 13:13:19 | Permalink | Comments (1) »

Friday, December 21, 2007

सौन्दर्यशास्त्रको नयाँ मानक

बुह्रान, सारी सोल्जर र पाथेर पाचाली
-यज्ञश
२०१८ साल तिरको दाङ । एउटा थारु वस्ती छ । वस्तीमा विभिन्न उमेरका थारु आदिवासीहरु देखिन्छन् । यीनमा आधा शरिरमात्र ढाक्ने लंगौटी लगाएका पुरुषदेखि पालैपालो कपडा खोलेर खोलामा हेलिने स्त्रिसम्म छन् । वस्तीमा मान्छे जति नै काला संगुरका पाठा र विरहरु पनि देखिन्छन् । वस्तीको छेउमा एउटा पक्की घर छ । वस्तीका मान्छेसँग न यीनको रंग मिल्छ न रुप र भाषा । तर यो पक्कि घरको केटो र झुपडीकी एउटी केटीको भने सुटुक्क मन मिल्छ । कसैले थाहै नपाई परालको टौवामुनि गोठमा बाधिएका भैसीका आखा अगाडि यीनको डेटिङ सुरु हुन्छ । एकैपटक थारु नेताकी यी किशोरीको शरिर अस्वभाविक तरिकाले बढ्न थालेपछि बल्ल पधेर्नीहरुले मेसो पाउँछन् । र यो मेसोसँगै पक्कि घरको लामो कपाल पालेको युवाले पनि डाडो काट्छ ।
काठमाडौं माउन्टेन फिल्म फेष्टिवलमा देखाइएको थारु भाषाको फिल्म ‘बुह्रान’को कथा हो यो । पछिल्ला केही बर्षदेखि बर्षेनी राजधानीमा हुँदै आएको महोत्वसवमा देखाइएका केही राम्रा फिल्ममा यो पनि सामेल थियो । दाङका युवा अजित लामिछानेले बनाएको यो फिल्म धेरै अर्थमा समाजिक देखियो । चल्तीका मुलधारका फिल्मको तुलनामा कुनै अर्कै प्रदेशको जस्तो लाग्ने यो फिल्ममा २०१८ सालतिरको एउटा सानो थारु वस्तीको पलायनको कथा भनिएको छ । तीस बर्षकी भाउजुसँग विवाह गर्ने तेह्र बर्षको फुच्चे देवरमात्र होइन फिल्ममा जमिन्दारका छोरी ज्वाई बोक्न पहाडमा डोली लिएर जाने वयस्क थारु पनि छन् । छोरालाई कमैया र छोरीलाई कमलरी पठाएर पैसा कमाउने सपना देख्ने बाबु पनि फिल्ममा छन् । र, छ जमिन्दारको ऋण र छोरीको शरिर एउटै रपुतारमा बढ्न थालेपछि बसाई सर्ने मुखियाको विजोगकको कथा ।
यस्तै एउटा गाउँको विजोगको कथा साठी बर्षअघि भारतीय पर्दामा पनि सल्बलाएको थियो । एशियाका सबैभन्दा चर्चित निर्देशक सत्यजित रेले बनाएको पहिलो फिल्म ‘पाथेर पाचाली’मा । नियमितरुपमा चर्चित फिल्म देखाउदै आएको मार्टिन चौतारीले यो साता यो फिल्म देखायो । स्वतन्त्र भारतमा जमिन्दारीको विघटनपछि प्रतिष्ठाको मानक जमिनको सट्टा नोट हुनथाल्यो । र थुप्रै ‘िहंग बाँधेका टालाहरु’ मजदुरीका लागि  बनारसका बजारमा ओर्लिन थाले । एउटा यस्तै अधबैसेंको गरिबिको गाथा यो फिल्ममा थियो । थारु भाषाको ‘बुह्रान’मा जस्तै बंगाली भाषाको ‘पाथेर पाचाली’ मा पनि एउटा परिवारको पलायनको कथा थियो । विश्वभर तहल्का मच्चाएको यो फिल्मको जस्तो कथा भन्ने निर्देशकको आपुनो शैली ‘बुह्रान’मा पाइदैन । तर उधारो लिएकै शैलीमा भएपनि यो फिल्म देशको एउटा कथा भन्छ । आपुनै पिता पुर्खाले ज्यान जोखिममा हालेर खेतीयोग्य बनाएको जमिनमा सय बर्ष नपुग्दै अर्कैलाई जमिन्दार थापना गर्नुपरेको थारु समाजको पीडाको गहिराईसम्म यो फिल्म पुग्दैन । राजनीतिक दृष्टिलाई पाखामा थन्काएको भएपनि फिल्मले कम्तिमा इतिहासको एउटा कालखण्डको एउटा जातिमाथिको शोषणको कथा भने अवश्य भन्छ ।
यी दुई फिल्मको विपरित अर्को एउटा फिल्म पनि यसपाली माउन्टेन फिल्म फेष्टिवलमा देखाइयो । वर्तमान समयका केही प्रतिनिधी महिलाहरुले युद्धमा खेपेको पीडा र त्यसले जन्माएको साहसको कथा समेटीएको डकुमेन्ट्री ‘सारी सोल्जर’ महोत्सवको सबैभन्दा चर्चित फिल्म थियो । पचास बर्ष अगाडिको समाजको कथा ‘बुह्रान’को तुलनामा यो फिल्मको संवेदना बढी तिखो थियो । दश बर्षे जनयुद्धको उत्कर्षमा भिन्न-भिन्न स्थानमा बसेर युद्धको अनुभूति गरेका छ महिला पात्रको मनोदशा फिल्ममा कैद गरिएको छ । निकै लामो सयम लगाएर एक अमेरिकी महिलाले बनाएको यो फिल्मले जनयुद्धको राजनीतिक पाटोलाई सुन्दर ढंगले उजागर गर्दछ ।
पामुकको कवितामा वर्णन गरिएकी ‘सलक्क कपाल कोरेकी सहिद जन्माउने आइमाई’ जस्तै लाग्नेगरि कपाल कोरिरहेकी देवि सुनुवार असनको एउटा साँघुरो गल्लीको भुयालमा प्रकट हुन्छिन् । र सुरु हुन्छ उनको अनन्त दुखले भरिएको वेपत्ता छोरी खोज्ने पीडा यात्रा । उनका साथमा संवेदना बाँधिएका श्रीमान् र अधिवक्ता मन्दिरा शर्मा देखिन्छन् । सेनाले अपहरण गरेर हत्या गरेकी किशोरी मैना सुनावारकी आमा हुन् देवी । यीनका विषयमा कवि श्यामलले कवितासमेत लेखिसकेका छन् । छोरी हराएको खबरदेखि कंकाल पत्ता लाग्दासम्मको अध्यारा दिनको वर्णन फिल्ममा छ । टन्टलापुर घाममा पनि कसैका आखामा अध्यारोमात्र देख्छन् भन्ने उदाहरण देविका आखाले दिन्छन् । 
यीनका साथमा काठमाडौंकी अर्की एक युवति पनि फिल्ममा छन्- रजनी अधिकारी । सेनामा रहेका दाजुको युद्धमा मृत्यु भएपछि उनी शाही सेनाको पहिलो लटको महिला अफिसरको भर्तीमा लामबद्ध छिन् । ‘देशका लागि केही गर्ने’ जोशमा उनी बन्दुक समाउदै छिन् । र खरिपाटीमा ठड्याइएका डमी माओवादीलाई गोलीले उडाएर दाजुको बदला लिइरहेकी छिन् । यस्तै बन्दुक बोकेकी अर्की महिलाको कथा भने बेग्लै छ । कमला रोक्काबाट क. क्रान्तिमा रुपान्तिरित भएकी यी रोल्पाकी महिला अहिले देशकी सांसद् भइसकेकी छन् । तर ‘क्रान्तिकाल’ की कमलाको कथा बेग्लै छ । दुस्मनको घेरो तोड्दै अघि बढेका उनका सनसनीपूर्ण कथाले फिल्मलाई मोफसलतिर लैजान्छ ।
मोफसलको एउटा कुनो दैलेखको दुल्लुमा छिन् - कृष्णा शाह । राजाको सरकारको समर्थनमा गठन गरिएको पहिलो नागरिक समाज वा प्रतिकार समितिकी यी संयोजक राजाको सत्ता ढलिसक्दा पनि आशा मार्दिनन् । बरु भन्छिन्- ‘राजा विनाको सरकार र टाउको विनाको हात्तिजस्तो हुन्छु । जुलुस गर्न निस्किएका पार्टीका कार्यकर्तालाई उनी केरकार गर्छिन्- ‘यत्रो समय कहाँ हराएका थियौ अहिले एक्कासी जुलुस लगाउन सरम लाग्दैन, यता काठमाडौंमा दैनिक जुलुस गर्ने राम l’ (लेखक नया पत्रिकामा कार्यरत छन, प्रस्तुत लेख सोही पत्रिकामा प्रकाशित भैसकेको हो )
Posted by Diness Acharya at 13:49:00 | Permalink | Comments (2)

अक्षय कुमार बनेका राजिव भाटिया

अक्षय कुमार बलिउडमा साथी कलाकारको रोल काट्ने स्टारका रुपमा बद्नाम छन् । उनको यो बानीको सबैभन्दा बढी मार खेपॆको छन् सुनिल सेटिट्टले
कुनै बेला यीनको नाम राजीव भाटिया थियो । भारतीय सैनिकका रिटायर्ड अफिसरका छोरा राजीव बैंककको एक रेष्टुरेण्टमा वेटरको काम गर्थे । तेक्वान्दोका खेलाडी छरितो जिउ भएका यीनले थुप्रै ग्राहकको ध्यान खिच्थे । केही बर्षको थाइल्याण्ड बसाइपछि यी मुम्बई फर्किए र हिन्दी फिल्ममा भाग्य परिक्षण सुरु गरे । कुनैबेलाका ‘डन’ निर्देशक प्रकाश मेहराले नयाँ कलाकारका साथ फिल्म बनाउने योजना बनाइरहेको बेला यी भाटीया तिनको नजरमा पुगे । केही समयपछि मेहराले नयाँ फिल्मको घोषणा गरे । ‘दिदार’ नामको यो फिल्मका नयाँ नायक थिए तिनै भाटीया र यीनलाई नयाँ नाम दिइयो- अक्षय कुमार ।
१९८९ मा आएको यीनको यो फिल्मले खासै सफलता पाएन । त्यसको दुई तिन बर्षसम्म यीनले आपुनो कसरती शरिर र नयाँ किकको प्रदर्शन जारी राखे । तर सफलता हात लागेन । यस्तैमा १९९० मा यीनले अब्बास मस्तानको नयाँ फिल्म ‘खेलाडी’ पाए । यो फिल्मको सफलताले उनलाई स्टारको हैसियतमात्र दिएन एउटा ब्रान्ड पनि दियो- खॆलाडी । त्यसको दश बर्षसम्म यीनले खेलाडी नाम गरेका आधा दर्जन फिल्ममा अभियन गरे- सबसे बडा खिलाडी खिलाडीयोंका खेलाडी मै खिलाडी तु अनाडी इन्टरनेशनल खिलाडी आदि । खिलाडी मार्का फिल्मले उनलाई सफलता पनि दिलाए ।


अक्षययले पहिलो सफलता चाखेको एक बर्षपछि बलिउडमा एउटा अर्को नयाँ हिरोका साथमा एक्शन फिल्म आयो । ‘वलवान’ नामक यो फिल्मले एउटा हेर्दै वलवान साइजको हिरो शुनिल सेट्टी बलिउडलाई दियो । यसै बर्षको अर्को फिल्म ‘पुल और काँटे’ बाट अर्को पनि एक्शन स्टार अजय देवगन बलिउड छिरेका थिए । तर यहाँ तिनको सफलता र असफलताको कुरा गरिने छैन । एक्शन स्टारका रुपमा दश बर्षसम्म सँगै फिल्म खेलेका अक्षय कुमार र सुनिल सेट्टीको सम्बन्धको कथा हो यो ।
यश चोपडाका रोमान्टीक फिल्मको जगजगीको समयमा भ्यान डम र आर्नोल्ड स्वार्जनेगरका भारतीय संस्करण अक्षय र सुनिलले बलिउडमा एक्शनलाई हिट बनाउने काम गरे । किक ब_िक्सङले भरिएका थुप्रै फिल्ममा यीनले आपुनो कमाल देखाए । सुरुवाती समयदेखि नै यी दुईको जोडी पनि बन्यो । हम है वेमिसाल वक्त हमारा है मोहरा सपुत हेराफेरि आवारा पागल दिवाना दिवाने हुए पागल धडकन लगायत दर्जनभन्दा बढी फिल्ममा सँगै अभिनय गरे । सँगै अभिनय गर्न थालेपछि यीनको आपसमा प्रतिष्पर्धामा पनि सुरु भयो । सुरुवाती बर्षमा एक्शनमा मात्रै केन्द्रित यीनको होडवाजी पछि कमेडी र लभस्टोरीमा पनि सुरु भयो ।
अक्षय कुमार बलिउडमा साथी कलाकारको रोल काट्ने स्टारका रुपमा बद्नाम छन् । र उनको यो बानीको सबैभन्दा बढी मार यदि कसैले खेपॆको छ भने त्यो सुनिल सेटिट्टले भोगेका छन् । अक्षयको यो क्षमताको सिकार सलमान खानजस्तो सुपरस्टार समेत भइसकेका छन् । सोझो मिजासका दिलदार मुम्बैया सिनल पछिल्लो समयमा अक्षयका अगाडि निकै कमजोर भूमिकामा पनि देखिन थाले । तर यीमध्ये धेरैजसो फिल्ममा अक्षयको समानान्तर भूमिका भएकोमा अक्षयले उनको भूमिका काटिदिन्थे । सुरुवाती समयका ‘हम है वेमिसाल’, ‘सपुत’ र ‘वक्त हमारा है’ मा यी दुवैको भूमिका उस्तै थियो । हरेक फिल्ममा यी दुईका बीच कम्तिमा एउटा फाइट हुन्थ्यो र त्यो नै सबैभन्दा चर्चित पनि हुन्थ्यो । १९९५ को राजिव रायको फिल्म ‘मोहरा’ ले भने यीनको सम्बन्धमा एउटा मोड ल्यायो । भ्रष्ट राज्ययन्त्रका विरुद्ध विद्रोह गरेको एउटा युवाको भूमिकामा सुनिल शेट्टी फिल्मको नायक थिए । र चतुर प्रहरी इन्स्पेक्टरको सहायक भूमिकामा अक्षय कुमार पनि फिल्ममा थिए । फिल्ममा अक्षयकी त्यतिबेलाकी प्रेमिका रविना टन्डन र अर्का ठूला अभिनेता नसिरुद्धिन शाह खलनायकको भूमिकामा थिए । फिल्म रिलिज भयो र ठूलो हिट सावित भयो । यो फिल्मको सफलताको लगभग सबै श्रेय सुनिलले प्रँप्त गरे । निकै महत्वाकांक्षी अक्षयलाई यसले ठूलै झट्का दियो ।
‘मोहरा’ पछि केही बर्ष यीनको सम्बन्ध सामान्य रहेन । यसको छ बर्षपछि फेरि यी दुवै एउटै फिल्ममा देखिए । धर्मेश दर्शनले बनाएको ‘धडकन’ मा अक्षय नायक थिए र सुनिल शेट्टी खलनायकको थिए । प्रेमकथामा आधारित यो फिल्म सफल पनि भयो । तर अर्वाड पाउने बेलामा अक्षय रित्तै भए भने सुनिलले खलनायकको फिल्मफेयर अवार्ड प्राप्त गरे । यो फिल्मले यी दुवैको एक्शन हिरोको छविलाई धुमिल बनाउने काम गरे र पि्रयदर्शन टाइपका कमेडी निर्देशकका पि्रय नायक बनाइदिए ।
करिब धडकनकै समयमा पि्रयर्दशनले यी दुवैलाई ‘हेराफेरि’ मा लिए । फिल्म पुरै कमेडी थियो र यी दुईका साथमा परेश रावलको पनि प्रमूख भूमिका थियो । फिल्मले राम्रै सफलता पायो । यो फिल्मले खास फरक के पर्यो भने यसमा सुनिलका अगाडी अक्षय प्रभावकारी देखिए । यसपछिका यी दुईले सँगै अभिनय गरेका सबै फिल्म कमेडी छन् र सबैमा अक्षय मूख्य भूमिकामा देखिएका छन् ।
अक्षय कुमार बलिउडका नामुद प्लेव्वाइ हुन् । विपासा वसूदेखि रविना टंडन र सिल्पा सेट्टीसम्म कुनैबेला उनका प्रेमिका थिए । तर यो मामिलामा सुनिल शेट्टी भने पूर्णत पत्नीभक्त देखिए । उमेरका हिसाबले यी दुवै एउटै उमेरका हुन् तर अक्षय नयाँ-नयाँ नायीकाको जोडी भइरहेका छन् भने सुनिल चाहिँ नायक-नायीकाको दाजुको भूमिकामा बढी देखिन्छन् ।
सुनिल सेट्टी फिल्ममा मात्र सिमित छैनन् । मुम्बैया सुनिलले देशभर थुप्रै रेष्टुरेण्ट खोलेका छन् । उनको यो व्यापार निकै सफल छ । बलिउडमा सुनिललाई धरैले ‘ठुल्दाई’ भन्दछन् । ‘अन्ना’ को उपनाम पाएका सुनिलका भाइहरुको सुचीमा शाहरुख खानदेखि संजय दत्तसम्म सामेल छन् । कि्रकेटका उग्रा पुयान सुनिलका गतिविधि धेरै क्षँेत्रमा फैलिएका छन् । यीनको विपरित अक्षयको सारा ध्यान फिल्ममा छ । चालीस पार गरिसक्दा पनि उनी अझै एक्शनमा पछि परेका छैनन् । निखिल आडवाणीको आगामी फिल्म ‘मेड इन चाइना’ मा उनी कुनैबेलाको आपुनो वास्तविक जीवनको काम गदैै्र देखिनेछन् । झुक्कीएर कुक ठानीने एउटा कराते खेलाडीको भूमिका उनले यसमा गर्दैछन् । पछिल्ला बर्षमा अक्षय सबैभन्दा सफल कलाकारको रुपमा प्रकट भइरहेका छन् भने सुनिल सेट्टी सहायक भूमिकामा सिमित छन् । जसका कारण यीनको पुरानो बिगि्रएको सम्बन्ध पनि अहिले विस्तारै सहज बन्दै गएको छ । जब कुनै प्रतिष्पर्धा छैन भने दुस्मनी हुने पनि कुरा भएन ।

Posted by Diness Acharya at 13:08:14 | Permalink | Comments (1) »

Monday, December 17, 2007

मेरो एक दिनको रामकहानी

लोकल कुखुराको मासु र घैयाको भात
शनिवार बिहानै सिन्धुपाल्चोकको चौतारा जाने निम्तो आयो । पिताजीो मित्र एवं सिन्धुपाल्चोकका काग्रेस नेता राजेन्द्र ताल्चाभडेलले फोन गरेर चौतारा जान बोलाए तर जान सकिन । कृतज्ञतापूर्वक उनको आग्रह नकार्ने धृष्टता गरेपछि आफ्नै गृह जिल्लाको एक गाउ जाने मेसोतर्फ लागियो । काग्रेस नेता डा प्रकाशशरण महतले अघिल्लो दिन नै नुवाकोट जानुपर्छ है भनेर फोन गरेका थिए । शनिवारको रमाइलो ककनीको घमाइलो वातावरणमा मनाइन्छ भनेर ुभैहाल्छु न जवाफ थियो मेरो । शुरुमा सात दलको बैठक र संसदको रिपोर्टिङ गर्नुछ भनेर इन्कार गर्दा डा महतले म पनि त जानुपर्छ नि चाडो फर्कने हो भन्ने जवाफ दिए । त्यसपछि जाने भइयो ।
त्यसदिन ककनीमा ३२ वटा पिकनिक टोलि पुगेछन । डाडैभरी पिकनिक खाने र नाचगान गर्नेको धुइरो । कान्तिपुर पब्लिकेशनदेखि चौघडा गाउको स्कुलसम्म । पिकनिक जाने थुप्रै निम्तो पाए पनि ककनीको डाडोबाट १० किलोमिटर ओर्लेर तामाङ गाउमा लोकल कुखुराको मासु र घैयाको भात खाने योजना बन्यो ।

मोटरसाइकलको कन्डिसन ठिक नभएकोले वाइपासमा तीन राउन्ड चिया खाएर दुइृ घन्टा गफिएपछि सवा नौ तिर उकालो लागियो । १४ ओटा मोटरसाइकल ३ वटा गाडिमा हामी ककनी पुग्यौ साथीहरु ककनीमा मुस्ताङ्गे कफि पिएर ओर्लने कुरा गर्दैथे । तर खालि पेट गइयो । चियाको भरमा लामो समय कुदेपछि नुवाकोटको थानापति चैजु घर भएका जुडो खेलमा नेपाल च्याम्पियन राजेन्द्र तामाङको घरमा कुखुराको मासु र भात खाइयो । स्थानिय नेताहरुको भाषण सुनियो । फर्केर आएपछि ककनीमा रमाइलो गरियो । ककनीमै काभ्रे पोष्टका सम्पादक प्रकाशक मित्र बिष्णु चौलागाइको फोन आयो- आज मेरो घरमा साथीहरु बोलाएको छु जसरी पनि आउनुपर्यो । नागार्जुन कट्न नपाउदै फेरी फोन आयो । त्यसपछी म सरासर चाबेल गए । काभ्रे पोष्टको पं्रकाशन तयारी हुदै थियो । अनलाइनमा केहीतिस च्याट गरियो रेड लेबलसित टाइम पास भयो ।
घर फर्कन लागेको थिए एभिन्युजका प्रेम बानिया र अर्का मित्र आए । नेपाली आज तक च्यानलझै ठान्ने उनीहरुको पारा पनि गज्जबकै । लामो समयको गफ र खुवाइपछि उनीहरु हिडे म आफ्नै सुरमा । त्यतिखेर मध्यरातको साढे १२ बजेको थियो । उनीहरु बानेश्वर जाने भनेर हिडेपछि अर्को लफडामा परेछन । एउटा मोटरसाइकलमा ३ जना आएको देखेर पुलिसले रोक्दा उसैले झापड भेटेछ । ‘उत्साही पत्रकारहरुको महान कार्य’ । त्यसपछि के चाहियो र - पुलिस भ्यान आयो, उनीहरुलाई कोच्यो अनि मोटरसाइकलको साचो पनि लिएर गयो ।
त्यसपछिका लफडा चाही अहिले नलेखौं । तपाइहरुलाई सुटुक्क मेल गर्छु नि ल बरु अहिलेलाई त्यस दिनको केही फोटोहरु राखेको छु हेर्नुस ।

 

Posted by Diness Acharya at 07:47:53 | Permalink | Comments (1) »