मार्क्सका दारीभित्र माधव नेपालको अनुहारको कल्पना
तपाईंलाई माधव नेपालका कुन-कुन कुरा मन पर्दैन ?’ तु“वालो लागेको एउटा चिसो अपराह्नमा एउटा चिसो संवादको सुरुवात यही चिसो प्रश्नबाट भयो । ‘मलाई…’ उनका हात जु“गातिर गए तर उनले ‘जु“गा’ भनेनन्, बरु अडिई-अडिई भने, ‘बेलाबखत झोक चल्छ, रिस उठेपछि चरममा पुग्छ । पछि फेरि अलि बढी रिसाएछु कि जस्तो लाग्छ । अनि म अलि अव्यावहारिक पनि छु ।’
‘कहा“ -’ मैले सोधें, ‘घरमा - पार्टर्ीी -’ ‘बाहिरभन्दा बढी घरमा ।’ भनिन्छ, मान्छेलाई खासमा उसका रुचिहरूले शासन गर्छन् । यसको अर्थ अरुचिहरूले पनि त शासन नै गर्छन् † माधव नेपाललाई शासन गर्ने ती अरुचि के होलान् - माधव नेपाल कहिल्यै दारीमा देखिएनन् । के उनलाई दारी मन पर्दैन - अनि उनी सधैं जुगा पाल्छन् । के उनलाई आफ्ना जुगासग कुनै गुनासो छैन ? ‘जु“गा त ठीकै छ जस्तो लाग्छ,’ उनका हात फेरि एकपटक जु“गामा गए, ‘दारी पनि मनै नपर्ने चाहि“ होइन । ०३८ सालतिर मेरो गजबको दारी थियो ।’ ‘मार्क्सको जस्तो -’ मैले मार्क्सका दारीभित्र माधव नेपालको अनुहारको कल्पना गरे“ । बसेर दास क्यापिटल लेखिरहेका दाह्रीवाल माधव नेपाल !
यसपटक उनी हा“से । शायद उनले पनि त्यस्तै केही सोचे कि † ‘त्यस्तो त के हुन्थ्यो † तर, तपाईंले भनेजस्तो अर्थोडक्स थिङ्किङ थियो एकताका, तर मेरो दारी मेरैजस्तो थियो । स्टालिनकट, लेलिनकट, मार्क्सकट दारीतिर म लागिन“ ।’ आफ्नो पोसाकमा भने त्यति सन्तुष्ट रहेनछन् उनी । ‘चेन्ज गरौं कि जस्तो लागेको छ । आज मात्र रघु पन्त भन्दै हुनुहुन्थ्यो- अलि टिपटप हुनुपथ्र्यो’ उनी केहीबेर फेसनप्रतिको आफ्नो अज्ञानतालाई सराप्नतिर लागे, ‘लुगाको सेटिङ मिलेन भन्छन् । थाहा छैन, मलाई केमा के म्याच गर्छ । फेरि यस मामिलामा म अलि लापरवाह छु ।’ मदन भण्डारीका उत्तराधिकारी भएर पनि उनी राम्रा वक्ता होइनन् । यो कमजोरी उनलाई कति बिझाउ“छ ?
‘हो, वक्तृत्वकलामा म सामान्य हु“,’ निर्विकार भावमा उनको जवाफ आयो, ‘कहिलेकाही“ राम्रै बोले“ जस्तो लाग्छ, कहिले रद्दी लाग्छ, कहिले कामचलाउ ।’ ‘अनि, कम्युनिस्टहरू । तिनका कुन-कुन कुरा मन पर्दैन, तपाईंलाई -’ ‘कि वर्ग धरातलै बिर्सने कि त ग्रन्थमा अडिने, अल्भिmने, टाक्सिने’ उनले भने, ‘उग्रसोच भएकाहरूमा सहिष्णुता र धर्ैयको अभाव छ, आफूलाई र्सवज्ञाता भन्ने प्रवृत्ति छ ।’ हामी उनको बैठक कोठामा छौं । मैले अचानक सोधे“, ‘यो सोफाको सेटिङ मिलेको छ -’ ‘टेबुलपोस बांगो छ,’ उनी दिल खोलेर हा“से, ‘चारैतिर साइज मिल्नुपर्ने, मिलेको छैन ।’ ‘यस कोठामा अरू के-के मिलेको छैन ?’ ‘मनमोहनको तस्बिर उता थियो, किला टुट्यो र यता राखियो । यही मिलेन l
‘कहिलेकाही“ श्रीमतीलाई सुझावसम्म दिन्छु,’ उनले भने, ‘आफू केही नगर्ने भएपछि यो भएन भनेर उपदेश दिन त गाह्रो हुन्छ नि ।’ म कपालतिर लागे“ । टोपी बढी लगाउने भएर ख्याल हुन्न कि, उनलाई ? जवाफ आयो, उनले कपाललाई त्यति महत्त्व दिएका छैनन् । ‘समय कहा“ छ - एक हप्तादेखि हर्ेर्दै छु, नङ बढिरहेको छ तर काट्न समय छैन,’ उनले बेलिबिस्तार लगाए, ‘बल्ल हिजो नेलकटर बोकेर गए“ अनि अफिस जा“दै गर्दा गाडीभित्र काटे“ ।’ तरकारीमा चाहि“ उनलाई मन नपर्ने केही रहेनछ । ‘लौका नि -’ मैले धराप थापे“ तर धराप फेल भयो । त्यो त सबैभन्दा बढी मनपर्दो रहेछ । ‘बरु मलाई मन नपर्ने चाउचाउ हो,’ उनको मुख बिग्रियो, ‘त्यो मलाई कत्ति मन पर्दैन ।’ कार्यकर्ताहरू हो † कृपया महासचिवलाई चाउचाउ नख्वाउनुहोला ।
‘अनि त्यो के रे…’ उनी सिलिङतिर फर्के, दिमागमा जोड लगाउ“दै । उनी केही सम्भ“mदै थिए । ‘पुरानो अचार क्या’ विचार-प्रशव समाप्त भयो, ‘हो, त्यो मलाई मन पर्दैन ।’ म फेरि पहिरनतिर फर्कें । सधैं र्सट-पाइन्टमा भेटिने उनलाई मन नपर्ने लुगा के होला - ‘त्यो इस्टकोट’ उनी हा“से, हामी पनि हा“स्यौं, ‘कहिलेकाही“ लगाउ“m कि जस्तो लाग्छ तर हरमा हाल्न मन लाग्दैन ।’ संगीतका पारखी न सही, प्रशंसक त रहेछन् उनी । तर, पपगीतको प्रसंग उठ्नेबित्तिकै उनी भड्किए, ‘सबभन्दा मन नपर्ने त्यही हो । बेकारको हिप्पी कल्चर । हिप्पी कल्चर अपनाएका मान्छेलाई पनि राम्रो मान्दिन“ म । कान छेडेको, आ“खा छेडेको, टालेको पाइन्ट लगाएको मान्छे भद्र होला जस्तो लाग्दै लाग्दैन ।’
नेताहरूमा भेटिने अहंकारी मपाईंपन मन पर्दैन भने उनले । अनि नेताहरू पनि मानिस हुन्, यिनले पनि परिवारस“ग समय दिनर्ुपर्छ, मनोरञ्जन चाहिन्छ, भोक लाग्छ भन्ने नसोच्नेहरूस“ग पनि उत्तिकै गुनासो छ उनलाई । ‘मैले १४/१५ औं बैठकमा प्रस्ताव नै राखे“- नेताहरूल्ााई पनि अब होलिडे दिनर्ुपर्छ- वर्षा कम्तीमा १५ दिन,’ उनले भने, ‘अझ मलाई त कम्तीमा एक महिना भनौं जस्तो लागेको थियो तर अलि बढी हुन्छ कि जस्तो लाग्यो ।’ भिडबिना नेताहरू के गर्लान् - ती सा“च्चै एक्लै एक महिना कतै हराउन सक्लान् - ‘किन सक्दैनन् -’ उनी अलि आवेशमा आए, ‘नेता मान्छे होइनन् - तिनले परिवारस“ग समय बिताउनुपर्दैन - तिनलाई अध्ययनका लागि समय चाहिन्न - कोठामा बसेर केही पढ्दै छु भने मान्छे झ्याप्प पस्छन् र ‘ए, तपाईं त फुसदिलो पो हुनुहु“दोरहेछ’ भन्छन् । के पढ्नु काम होइन ?’
यस मामिलामा एउटा ठूलो घाउ रहेछ, उनीस“ग- आफ्नी आमाको अन्तिम क्षणमा स“गै नभएको घाउ । ‘सन्तानमध्ये मलाई सबैभन्दा बढी माया गर्नुहुन्थ्यो, उहा“’ उनको स्वर भावुक हु“दै गयो, ‘उता उहा“को सास जा“दै थियो, म भने स्थायी कमिटी बैठकमा थिए“ । जीवनमा मलाई सबैभन्दा ठूलो थकथकी यही कुरामा छ ।’ पत्रकारका मन नपर्ने कुरा पनि धेरै छन्, उनलाई । ‘बोलेको भन्दा उल्टो छाप्छन्’ उनले भने, ‘फलानाले यस्तो भन्नुभयो तपाईंको के टिप्पणी छ भनेर सोध्छन् । अब फलानाले त्यो भनेको हो कि होइन, कसरी थाहा पाउने - अर्को कुरा, जतिखेर पनि फोन गरेर हैरान पार्छन् ।’
केही कार्यकर्ता ‘नेता पनि मान्छे हो, भोक लागेको होला, आराम चाहिन्छ’ भनेर सोच्दैनन् भन्छन् उनी । ‘कुनैकुनै ठाउ“मा त म आफैं भन्छु- भोक लागेर मर्न लागियो, कति जोताएको -’ उनी हा“से, ‘तर एकपटक वीरगन्जमा यति चिल्लो ख्वाए कि टिचिङमा आइसियुमा भर्ना हुनुपर्यो ।’ सानो काममा पनि पार्टर्ीीयानलबाट नआई सोझै महासचिव भेट्न आउने कार्यकर्ता पनि मन पर्दैनन्, उनलाई । सधैं छालाको जुत्ता लगाउने उनलाई स्पोर्टस् जुत्ता त्यति मन पर्दैनन् । ‘एकजोर त छ तर लगाइन्न ।’ ‘एउटा समय थियो- कपडाको जुत्ता मात्रै लगाइन्थ्यो । ओहो छालाको जुत्ता † भन्ने हुन्थ्यो तर आजकल स्पोर्टस् त्यति लगाइन्न,’ स्मृति र वर्तमानको घोल बनाउ“दै उनले भावी योजना सुनाए, ‘एकजोर स्पोर्टस् जुत्ता छ, त्यो लगाएर अब बिहानबिहान आधा घन्टा ब्याडमिन्टन खेल्ने
योजनामा छु ।’ ‘गिरिजाप्रसाद कति मन पर्छन् -’ ‘होइन, होइन’ उनी र्सतर्क भए, ‘व्यक्तिका बारेमा नजाऔं । कसैको पनि ।’ अब देउवा, ओली, वामदेव, प्रचण्ड कसैका बारेमा पनि सोध्नुको अर्थ थिएन । गाडीबारे उनका रुचि र अरुचि दुवै रहेनछन् । अब तीन सय ६० ड्रि्री फन्को मारेर अर्कै प्रश्न सोधियो, ‘कस्ता पुस्तक मन पर्दैनन् - माने, कुन विधाका -’ ‘साहित्यका अन्य विधाका तुलनामा कवितामा मेरो रुचि कम छ, त्यसपछि कथा,’ जवाफ आयो, ‘म जीवनी र इतिहास बढी मन पराउ“छु ।’ के उनले कविता लेखेनन् - ‘स्कुल पढ्दा केही कविता लेखियो तर पछि छोडियो । फेरि आजकल कतिखेर हुन्छ- पढाइलेखाइ -’ दिग्दार मानेझैं उनले भने, ‘आजकल पढ्ने भनेको बिरामी ह“ुदा, जेल पर्दा हो ।’
संसारकै इतिहासमा सबैभन्दा मन नपर्ने पात्रमा बोकासो, इदि अमिन, पिनोसेको नाम लिए उनले । ‘अनि के रे त्यो…’ केहीबेर सम्झेरै उनले अर्को नाम थपे, ‘मान्छेलाई ग्यास चेम्बरमा राखेर मार्ने …… हिटलर । त्यो क्रूर र नृशंस ।’ नेपालको इतिहासमा मन नपर्ने पात्रचाहि“ देशभक्तहरूलाई मार्ने जंगबहादुर, लम्पट राजाहरू राजेन्द्रविक्रम र सुरेन्द्रविक्रम रहेछन् । अनि मन नपरेको राजनीतिक निर्ण्र्ाााहि“ के होला - ‘०५४ सालको फागुनमा पार्टर्ीीवभाजनको सर्न्दर्भमा जोडिएका घटना’ उनको जवाफ थियो, ‘पार्टर्ीी बाध्यताहरूले गर्दा केही साथीलाई पार्टर्ीीट निष्कासनसम्म गर्नुपर्ने स्थिति आयो ।’ सबभन्दा मन नपर्ने प्रश्नचाहि“ अरूका बारेमा सोधिने व्यक्तिगत प्रश्न रहेछन्, उनलाई ।
पार्टीीुख्यालयको भवनको लोकेसन मिलेन भन्ने लाग्दो रहेछ, उनलाई । ‘उत्तर-दक्षिण लोकेसनमा हुनुपथ्र्यो र पर्ूव-पश्चिमतिरबाट उज्यालोको हिसाबले मूल ढोका हुनुपथ्र्यो,’ उनले भने । मौसममा मन पर्ने कुनै ‘अति’ छ कि उनलाई - अर्थात् मन नपर्ने मौसम - ‘मलाई कुनै अति मन पर्दैन । न अति गर्मी, न अति जाडो’
केही सम्झेझैं उनले भने, ‘मलाई मन पर्ने एउटै ‘अति’ छ ।’ ‘अपराधी छ भने त्यसलाई खुब कुटेको मन पर्छ तर मानवीयताको सीमा ननाघ्ने गरी । बलात्कारी, गरिबको बस्तीमा आगो लगाउने र राष्ट्रद्रोहीहरूलाई खूब कुट्नर्ुपर्छ ।’ नेपाली समाजका मन नपर्ने कुरामा छुवाछूत र सामन्ती ठालुपनको नाम लिए उनले । नेपाली समाजको सबैभन्दा ठूलो रोग अल्छी र अनुशासनहीन प्रवृत्ति हो भन्ने लाग्दो रहेछ उनलाई । ‘माओको मन नपर्ने कुरा के हो -’ ‘सांस्कृतिक क्रान्तिताका उहा“ले पार्टर्ीीमिटी प्रणालीलाई बेवास्ता गरेर, वर्षौं पुराना सहयोगीलाई अपमानित गर्दै जसरी रेड गार्ड उचाल्नुभयो, त्यो अति भयो । स्टालिनको व्यक्तिपूजाको विरोधी हुदाहुदै माओ आफैं त्यो प्रवृत्तिको सिकार हुनुभयो ।’ ‘अनि, लेनिनको ?’
‘कम उमेरमै देहावसान भयो, उहा“को ऊर्जाको सम्पर्ूण्ा प्रयोग हुन पाएन । तर, उहा“मा बढी आक्रामकता देखियो, स्टालिनका पालामा त्यो आक्रामकता असहिष्णुतामा परिणत भयो । रुसी समाजमा भाषणबाजहरूको वर्चस्व थियो, तीस“ग प्रतिस्पर्धा गर्न उहा“ले बेग्लै अभ्यास गर्नुभयो । चर्का र कडा शब्द लेनिनका विशेषता थिए ।’ ‘बाण जस्ता ?’ ‘एकदम । तर, उहा“स“ग लचकता पनि थियो ।’ ‘अनि मार्क्सको मन नपर्ने कुरा -’ ‘उहा“ बौद्धिक आलोचनामै केन्द्रित हुनुहुन्थ्यो । व्यक्तिगत तहमा कटु, तीतो भएजस्तो लाग्दैन ।’ अबको प्रश्न सबैभन्दा मन नपर्ने टेलिभिजन कार्यक्रमबारे थियो । ‘त्यो पोप -पप) संगीत छ नि, त्यो मन पर्दैन ।’ उनले भने । हरर सिनेमा मनपर्दो रहेनछ, उनलाई । ‘अन्धाकानुन जस्तो सिनेमा मन पर्छ मलाई , या मानवीय भावनामा आधारित ‘दोस्ती’ वा ‘तिसरी कसम’ ।’ उनले भने, ‘खासमा मलाई ऐतिहासिक विषयमा आधारित फिल्म मन पर्छ ।’
हास्यव्यंग्य मिसिएको कविता रमाइलो लाग्छ भन्ने उनले अर्थ न बर्थका कविता लेख्ने कविस“ग झि“जो लाग्ने बताए । ‘अनि आर्ट नि -’ प्रश्न भुइ“मा झर्दानझर्दै उनको जवाफ आयो, ‘यो बुझ्दै नबुझिने हुन्छ नि, अमूत कला । त्यसमा कति दिमाग खेलाउने -’ कार्टुुउनलाई रमाइलै लाग्छ, आफ्नै बारेमा बनेका पनि । ‘कहिलेकाही“ मजा लाग्छ, विषय समात्न सकेझैं लाग्छ,’ उनले भने, ‘तर बेलाबखतमा सही ढंगले प्रिजेन्ट गरिएन भन्ने लाग्छ ।’ फोटोग्राफीका भने सौखिन रहेछन् माधव नेपाल । भने, ‘फोटो खिच्ने र राख्ने सोख छ मेरो ।’ बेलाबखत आफ्नो फोटो नराम्रो छापे भनेर गुनासो गर्छन् उनी । ‘केही छन् पर्ूवाग्रही, जसले फोटोमा ममाथि पर्ूवाग्रह राखेका छन्,’ पीडाको पेटारो खोल्दै उनले भने, ‘मिल्दै-नमिलेको, आ“ मुख बाएको, जिंग्रिङ्ग परेको फोटो छाप्छन् मेरो । त्यो एक्स्िट्रम बायसनेस् हो ।’ पार्टरf मिटिङहरूमा मोबाइल बजेपछि झोक चल्दो रहेछ, उनको । ‘घन्टी बजेपछि म त बोल्दाबोल्दै रोकिदिन्छु,’ उनले भने, ‘मिटिङमा मन नपर्ने अर्को कुरा- लामालामा गन्थन । भाषणको कला प्रदर्शन गरेर लम्बेतान बनाउ“छन्, साथीहरू । विषय एकातिर छ, अर्कैतिर तन्काउ“छन् ।’ ‘यस घरमा के-के मन परेको छैन -’ ‘यो घर अलि मिलेको छैन । भर्याङ त झन् मिलेकै छैन, बीचमा बनाउन पाएको भए राम्रो हुन्थ्यो । सलाईको बट्टाजस्तो घर भयो, भन्छन्, कोही ।’
उनले विषयान्तर गरे, ‘अ“, तपाईंलाई भन्नुपर्ने । हिजो म र श्रीमती सोफासेट हर्ेन गयौं, बा“सबारीमा । वामदेव कमरेडले सिफारिस गर्नुभएको थियो । एकसेट सोफा ठीकठीकै लाग्यो र मूल्य सोधेको, एक लाख चालीस हजार रे † त्यस्तो सोफाले मेरो इज्जत बढ्छ - यो सोफा तीन हजार कि पा“च हजारमा किनेको, अहिले एक लाख ४० हजार रे † जा“दै गलत ठाउ“मा गइएछ ।’
मधेस आन्दोलनको देश टुक्रयाउने प्रवृत्ति मन परेको छैन, उनलाई । ‘त्यो विषाक्त र राष्ट्रघाती छ,’ उनी विशेषणमा उत्रे, ‘अनि, एउटा सेक्सनमा साम्प्रदायिक प्रवृत्ति छ, त्यो हानिकारक, हिंसात्मक र आपराधिक प्रवृत्ति हो ।’ माओवादीको कुरो एउटा, काम अर्को छ भन्छन्, उनी । ‘दोहोरो चरित्र, उपयोगितावाद, सैन्य-उन्माद, बन्दुक-मोह’ उनले भने, ‘आलोचनाहरूप्रति असहिष्णुता र अधिनायकवादी प्रवृत्ति ।’ कांग्रेस यथास्थितिवाद, एकाधिकारवाद, भ्रष्टाचारवादमा जकडिएको आरोप लगाए, उनले । ‘कांग्रेस कुनै पनि काम व्यवस्थित र योजनाबद्ध ढंगले गर्दैन,’ उनले भने, ‘आफ्ना निम्ति लोकतन्त्र, अरूका निम्ति उही दमनतन्त्र । दमनतन्त्र पनि नभनौं ल, एकाधिकारवादी । उनीहरू रहे लोकतन्त्र रे, नत्र छैन रे †’ साना वामपार्टf स-साना पसल थापेर आत्मकेन्द्रित समूह चलाइरहेको र तिनको मानसिकता गुटवादी भएको उनको विश्लेषण छ ।
‘श्रीमतीको मन नपर्ने कुरा के हो ?’ ‘घरझगडा गराउनुहुने भयो, तपाईंले,’ हा“स्दै उनले आग्रह गरे, ‘बरु, के मन पर्छ भन्ने सोध्नुस् न ।’ ‘के मन पर्छ त -’ ‘असाध्यै मिहिनेती, घर-व्यवहार सम्हाल्न सक्षम । नत्र, मेरो त बेहाल हुन्थ्यो ।’ ‘अब मन नपर्ने कुरा भन्नुस् न त । डिस्काउन्ट हुनुपर्यो नि ।’ ‘क्विक् रियाक्सन्, हाहाहा’ उनी हासे ।