अक्षय कुमार बनेका राजिव भाटिया
कुनै बेला यीनको नाम राजीव भाटिया थियो । भारतीय सैनिकका रिटायर्ड अफिसरका छोरा राजीव बैंककको एक रेष्टुरेण्टमा वेटरको काम गर्थे । तेक्वान्दोका खेलाडी छरितो जिउ भएका यीनले थुप्रै ग्राहकको ध्यान खिच्थे । केही बर्षको थाइल्याण्ड बसाइपछि यी मुम्बई फर्किए र हिन्दी फिल्ममा भाग्य परिक्षण सुरु गरे । कुनैबेलाका ‘डन’ निर्देशक प्रकाश मेहराले नयाँ कलाकारका साथ फिल्म बनाउने योजना बनाइरहेको बेला यी भाटीया तिनको नजरमा पुगे । केही समयपछि मेहराले नयाँ फिल्मको घोषणा गरे । ‘दिदार’ नामको यो फिल्मका नयाँ नायक थिए तिनै भाटीया र यीनलाई नयाँ नाम दिइयो- अक्षय कुमार ।१९८९ मा आएको यीनको यो फिल्मले खासै सफलता पाएन । त्यसको दुई तिन बर्षसम्म यीनले आपुनो कसरती शरिर र नयाँ किकको प्रदर्शन जारी राखे । तर सफलता हात लागेन । यस्तैमा १९९० मा यीनले अब्बास मस्तानको नयाँ फिल्म ‘खेलाडी’ पाए । यो फिल्मको सफलताले उनलाई स्टारको हैसियतमात्र दिएन एउटा ब्रान्ड पनि दियो- खॆलाडी । त्यसको दश बर्षसम्म यीनले खेलाडी नाम गरेका आधा दर्जन फिल्ममा अभियन गरे- सबसे बडा खिलाडी खिलाडीयोंका खेलाडी मै खिलाडी तु अनाडी इन्टरनेशनल खिलाडी आदि । खिलाडी मार्का फिल्मले उनलाई सफलता पनि दिलाए ।
अक्षययले पहिलो सफलता चाखेको एक बर्षपछि बलिउडमा एउटा अर्को नयाँ हिरोका साथमा एक्शन फिल्म आयो । ‘वलवान’ नामक यो फिल्मले एउटा हेर्दै वलवान साइजको हिरो शुनिल सेट्टी बलिउडलाई दियो । यसै बर्षको अर्को फिल्म ‘पुल और काँटे’ बाट अर्को पनि एक्शन स्टार अजय देवगन बलिउड छिरेका थिए । तर यहाँ तिनको सफलता र असफलताको कुरा गरिने छैन । एक्शन स्टारका रुपमा दश बर्षसम्म सँगै फिल्म खेलेका अक्षय कुमार र सुनिल सेट्टीको सम्बन्धको कथा हो यो ।
यश चोपडाका रोमान्टीक फिल्मको जगजगीको समयमा भ्यान डम र आर्नोल्ड स्वार्जनेगरका भारतीय संस्करण अक्षय र सुनिलले बलिउडमा एक्शनलाई हिट बनाउने काम गरे । किक ब_िक्सङले भरिएका थुप्रै फिल्ममा यीनले आपुनो कमाल देखाए । सुरुवाती समयदेखि नै यी दुईको जोडी पनि बन्यो । हम है वेमिसाल वक्त हमारा है मोहरा सपुत हेराफेरि आवारा पागल दिवाना दिवाने हुए पागल धडकन लगायत दर्जनभन्दा बढी फिल्ममा सँगै अभिनय गरे । सँगै अभिनय गर्न थालेपछि यीनको आपसमा प्रतिष्पर्धामा पनि सुरु भयो । सुरुवाती बर्षमा एक्शनमा मात्रै केन्द्रित यीनको होडवाजी पछि कमेडी र लभस्टोरीमा पनि सुरु भयो ।
अक्षय कुमार बलिउडमा साथी कलाकारको रोल काट्ने स्टारका रुपमा बद्नाम छन् । र उनको यो बानीको सबैभन्दा बढी मार यदि कसैले खेपॆको छ भने त्यो सुनिल सेटिट्टले भोगेका छन् । अक्षयको यो क्षमताको सिकार सलमान खानजस्तो सुपरस्टार समेत भइसकेका छन् । सोझो मिजासका दिलदार मुम्बैया सिनल पछिल्लो समयमा अक्षयका अगाडि निकै कमजोर भूमिकामा पनि देखिन थाले । तर यीमध्ये धेरैजसो फिल्ममा अक्षयको समानान्तर भूमिका भएकोमा अक्षयले उनको भूमिका काटिदिन्थे । सुरुवाती समयका ‘हम है वेमिसाल’, ‘सपुत’ र ‘वक्त हमारा है’ मा यी दुवैको भूमिका उस्तै थियो । हरेक फिल्ममा यी दुईका बीच कम्तिमा एउटा फाइट हुन्थ्यो र त्यो नै सबैभन्दा चर्चित पनि हुन्थ्यो । १९९५ को राजिव रायको फिल्म ‘मोहरा’ ले भने यीनको सम्बन्धमा एउटा मोड ल्यायो । भ्रष्ट राज्ययन्त्रका विरुद्ध विद्रोह गरेको एउटा युवाको भूमिकामा सुनिल शेट्टी फिल्मको नायक थिए । र चतुर प्रहरी इन्स्पेक्टरको सहायक भूमिकामा अक्षय कुमार पनि फिल्ममा थिए । फिल्ममा अक्षयकी त्यतिबेलाकी प्रेमिका रविना टन्डन र अर्का ठूला अभिनेता नसिरुद्धिन शाह खलनायकको भूमिकामा थिए । फिल्म रिलिज भयो र ठूलो हिट सावित भयो । यो फिल्मको सफलताको लगभग सबै श्रेय सुनिलले प्रँप्त गरे । निकै महत्वाकांक्षी अक्षयलाई यसले ठूलै झट्का दियो ।
‘मोहरा’ पछि केही बर्ष यीनको सम्बन्ध सामान्य रहेन । यसको छ बर्षपछि फेरि यी दुवै एउटै फिल्ममा देखिए । धर्मेश दर्शनले बनाएको ‘धडकन’ मा अक्षय नायक थिए र सुनिल शेट्टी खलनायकको थिए । प्रेमकथामा आधारित यो फिल्म सफल पनि भयो । तर अर्वाड पाउने बेलामा अक्षय रित्तै भए भने सुनिलले खलनायकको फिल्मफेयर अवार्ड प्राप्त गरे । यो फिल्मले यी दुवैको एक्शन हिरोको छविलाई धुमिल बनाउने काम गरे र पि्रयदर्शन टाइपका कमेडी निर्देशकका पि्रय नायक बनाइदिए ।
करिब धडकनकै समयमा पि्रयर्दशनले यी दुवैलाई ‘हेराफेरि’ मा लिए । फिल्म पुरै कमेडी थियो र यी दुईका साथमा परेश रावलको पनि प्रमूख भूमिका थियो । फिल्मले राम्रै सफलता पायो । यो फिल्मले खास फरक के पर्यो भने यसमा सुनिलका अगाडी अक्षय प्रभावकारी देखिए । यसपछिका यी दुईले सँगै अभिनय गरेका सबै फिल्म कमेडी छन् र सबैमा अक्षय मूख्य भूमिकामा देखिएका छन् ।
अक्षय कुमार बलिउडका नामुद प्लेव्वाइ हुन् । विपासा वसूदेखि रविना टंडन र सिल्पा सेट्टीसम्म कुनैबेला उनका प्रेमिका थिए । तर यो मामिलामा सुनिल शेट्टी भने पूर्णत पत्नीभक्त देखिए । उमेरका हिसाबले यी दुवै एउटै उमेरका हुन् तर अक्षय नयाँ-नयाँ नायीकाको जोडी भइरहेका छन् भने सुनिल चाहिँ नायक-नायीकाको दाजुको भूमिकामा बढी देखिन्छन् ।
सुनिल सेट्टी फिल्ममा मात्र सिमित छैनन् । मुम्बैया सुनिलले देशभर थुप्रै रेष्टुरेण्ट खोलेका छन् । उनको यो व्यापार निकै सफल छ । बलिउडमा सुनिललाई धरैले ‘ठुल्दाई’ भन्दछन् । ‘अन्ना’ को उपनाम पाएका सुनिलका भाइहरुको सुचीमा शाहरुख खानदेखि संजय दत्तसम्म सामेल छन् । कि्रकेटका उग्रा पुयान सुनिलका गतिविधि धेरै क्षँेत्रमा फैलिएका छन् । यीनको विपरित अक्षयको सारा ध्यान फिल्ममा छ । चालीस पार गरिसक्दा पनि उनी अझै एक्शनमा पछि परेका छैनन् । निखिल आडवाणीको आगामी फिल्म ‘मेड इन चाइना’ मा उनी कुनैबेलाको आपुनो वास्तविक जीवनको काम गदैै्र देखिनेछन् । झुक्कीएर कुक ठानीने एउटा कराते खेलाडीको भूमिका उनले यसमा गर्दैछन् । पछिल्ला बर्षमा अक्षय सबैभन्दा सफल कलाकारको रुपमा प्रकट भइरहेका छन् भने सुनिल सेट्टी सहायक भूमिकामा सिमित छन् । जसका कारण यीनको पुरानो बिगि्रएको सम्बन्ध पनि अहिले विस्तारै सहज बन्दै गएको छ । जब कुनै प्रतिष्पर्धा छैन भने दुस्मनी हुने पनि कुरा भएन ।
don’t paste other article. log on to http://www.navinkoblo.blog.com
Navin Rayamajhi