मेरो एक दिनको रामकहानी
लोकल कुखुराको मासु र घैयाको भात
शनिवार बिहानै सिन्धुपाल्चोकको चौतारा जाने निम्तो आयो । पिताजीो मित्र एवं सिन्धुपाल्चोकका काग्रेस नेता राजेन्द्र ताल्चाभडेलले फोन गरेर चौतारा जान बोलाए तर जान सकिन । कृतज्ञतापूर्वक उनको आग्रह नकार्ने धृष्टता गरेपछि आफ्नै गृह जिल्लाको एक गाउ जाने मेसोतर्फ लागियो । काग्रेस नेता डा प्रकाशशरण महतले अघिल्लो दिन नै नुवाकोट जानुपर्छ है भनेर फोन गरेका थिए । शनिवारको रमाइलो ककनीको घमाइलो वातावरणमा मनाइन्छ भनेर ुभैहाल्छु न जवाफ थियो मेरो । शुरुमा सात दलको बैठक र संसदको रिपोर्टिङ गर्नुछ भनेर इन्कार गर्दा डा महतले म पनि त जानुपर्छ नि चाडो फर्कने हो भन्ने जवाफ दिए । त्यसपछि जाने भइयो ।
त्यसदिन ककनीमा ३२ वटा पिकनिक टोलि पुगेछन । डाडैभरी पिकनिक खाने र नाचगान गर्नेको धुइरो । कान्तिपुर पब्लिकेशनदेखि चौघडा गाउको स्कुलसम्म । पिकनिक जाने थुप्रै निम्तो पाए पनि ककनीको डाडोबाट १० किलोमिटर ओर्लेर तामाङ गाउमा लोकल कुखुराको मासु र घैयाको भात खाने योजना बन्यो ।
शनिवार बिहानै सिन्धुपाल्चोकको चौतारा जाने निम्तो आयो । पिताजीो मित्र एवं सिन्धुपाल्चोकका काग्रेस नेता राजेन्द्र ताल्चाभडेलले फोन गरेर चौतारा जान बोलाए तर जान सकिन । कृतज्ञतापूर्वक उनको आग्रह नकार्ने धृष्टता गरेपछि आफ्नै गृह जिल्लाको एक गाउ जाने मेसोतर्फ लागियो । काग्रेस नेता डा प्रकाशशरण महतले अघिल्लो दिन नै नुवाकोट जानुपर्छ है भनेर फोन गरेका थिए । शनिवारको रमाइलो ककनीको घमाइलो वातावरणमा मनाइन्छ भनेर ुभैहाल्छु न जवाफ थियो मेरो । शुरुमा सात दलको बैठक र संसदको रिपोर्टिङ गर्नुछ भनेर इन्कार गर्दा डा महतले म पनि त जानुपर्छ नि चाडो फर्कने हो भन्ने जवाफ दिए । त्यसपछि जाने भइयो ।त्यसदिन ककनीमा ३२ वटा पिकनिक टोलि पुगेछन । डाडैभरी पिकनिक खाने र नाचगान गर्नेको धुइरो । कान्तिपुर पब्लिकेशनदेखि चौघडा गाउको स्कुलसम्म । पिकनिक जाने थुप्रै निम्तो पाए पनि ककनीको डाडोबाट १० किलोमिटर ओर्लेर तामाङ गाउमा लोकल कुखुराको मासु र घैयाको भात खाने योजना बन्यो ।
मोटरसाइकलको कन्डिसन ठिक नभएकोले वाइपासमा तीन राउन्ड चिया खाएर दुइृ घन्टा गफिएपछि सवा नौ तिर उकालो लागियो । १४ ओटा मोटरसाइकल ३ वटा गाडिमा हामी ककनी पुग्यौ साथीहरु ककनीमा मुस्ताङ्गे कफि पिएर ओर्लने कुरा गर्दैथे । तर खालि पेट गइयो । चियाको भरमा लामो समय कुदेपछि नुवाकोटको थानापति चैजु घर भएका जुडो खेलमा नेपाल च्याम्पियन राजेन्द्र तामाङको घरमा कुखुराको मासु र भात खाइयो । स्थानिय नेताहरुको भाषण सुनियो । फर्केर आएपछि ककनीमा रमाइलो गरियो । ककनीमै काभ्रे पोष्टका सम्पादक प्रकाशक मित्र बिष्णु चौलागाइको फोन आयो- आज मेरो घरमा साथीहरु बोलाएको छु जसरी पनि आउनुपर्यो । नागार्जुन कट्न नपाउदै फेरी फोन आयो । त्यसपछी म सरासर चाबेल गए । काभ्रे पोष्टको पं्रकाशन तयारी हुदै थियो । अनलाइनमा केहीतिस च्याट गरियो रेड लेबलसित टाइम पास भयो ।
घर फर्कन लागेको थिए एभिन्युजका प्रेम बानिया र अर्का मित्र आए । नेपाली आज तक च्यानलझै ठान्ने उनीहरुको पारा पनि गज्जबकै । लामो समयको गफ र खुवाइपछि उनीहरु हिडे म आफ्नै सुरमा । त्यतिखेर मध्यरातको साढे १२ बजेको थियो । उनीहरु बानेश्वर जाने भनेर हिडेपछि अर्को लफडामा परेछन । एउटा मोटरसाइकलमा ३ जना आएको देखेर पुलिसले रोक्दा उसैले झापड भेटेछ । ‘उत्साही पत्रकारहरुको महान कार्य’ । त्यसपछि के चाहियो र - पुलिस भ्यान आयो, उनीहरुलाई कोच्यो अनि मोटरसाइकलको साचो पनि लिएर गयो ।त्यसपछिका लफडा चाही अहिले नलेखौं । तपाइहरुलाई सुटुक्क मेल गर्छु नि ल बरु अहिलेलाई त्यस दिनको केही फोटोहरु राखेको छु हेर्नुस ।

Posted by
at
07:47:53
your Eak Din Ko Ramkhani is so good. Please keep it up. Navin Rayamajhi