सबैभन्दा निकट साथि
तपाईको लागि इन्टरनेटको महत्व कत्तिको छ के तपाईको लागि इन्टरनेट सबैभन्दा निकट साथि अथवा साथि नभएको बेलामा बैकल्पीक साथि बन्न सक्छ तपाईको जीवनको बारेमा त त्यत्ति थाहा भएन तर अमेरिकीहरुको जीवनका इन्टरनेटको महहत्व एक असल मित्रको रहेको एक सर्वेक्षणले देखाएको छ । चार जना अमेरिकीमध्ये एक जनाको असल मित्र हो इन्टरनेट । निकट साथि नभएको अवस्थामा आफुलाई एक्लो भएको महसुस हुनवाट जोगिन होस् या नयां साथिको खोजिका लागि हो अमेरीकीहरुको पि्रय माध्ययम बनेको छ इन्टरनेट ।
सर्वेक्षणको नतिजाले साथिको खोजिका लागी सबैभन्दा उत्तम माध्ययम बनेको देखाएको छ । बुधवार सार्वजनिक भएको सर्वेक्षण इन्टरनेटको मानिसको दैनिक जिवनमा खेलेको भुमिकाको विषयमा केन्द्रित थियो । सर्वेक्षण जोग्वाइ इन्टरनेशनल र कम्युनिकेशन कन्सल्टेन्सले गरेको थियो । सर्वेक्षणमा २४ प्रतिशत अमेरीकीले इन्टरनेटले केही समय आफ्नो निकट साथिलाई समेत विस्थापन गर्ने गरेको अनुभव बाडेका छन् । यस्तो धारणा ब्यक्त गर्नेहरुमध्ये धेरै एक्ला थिए । ३१ प्रतिशतले साथिको अभावमा मात्र इन्टरनेट विकल्प रहेको बताए । यस्ता विचार ब्यक्त गर्नेहरुमा महिला र पुरुषको संख्या बराबर नै थियो । सर्वेक्षणकर्ताहरुका अनुसार यो सर्वेक्षणमा नौ हजार सात सय ४३ जनासंग अनलाइन सर्वेक्षण गरिएको थियो ।
युवाहरुका लागि इन्टरनेट मिल्ने नयां साथिको नै रहेछ । उनीहरुले इन्टरनेटलाई आफ्नो पि्रय नयाँ मित्रको रुपमा ब्याख्या गरेका छन् । चार जना अमेरिकीमध्ये एक जनाको माइस्पेस फेस बुक जस्ता सोसियल नेटवर्किग साइटमा ब्यक्तिगत विवरण रहेको सर्वेक्षणमा उल्लेख छ । यस्ता ब्यक्तिहरु १८ देखी २४ वर्ष उमेर समुहभित्रका छन् । कम्प्यूटर संसारको नेटवर्किगं भित्र छिरेकाहरुको राजनीतिक विचार पनि बुझिहालौ न हैन । सर्वेक्षणको नतिजा अनुसार यसरी साथिको रुपमा इन्टरनेटलाई ब्यख्या गर्नेहरुमा डेमोक्र्याटहरुको बाहुल्यता रहेको छ । उनीहरुको संख्या छ ३२ प्रतिशत । रिब्लीकन पनि हुँदै नभएका भने हैननै । उनीहरुको संख्या चै रहेछ २२ प्रतिशत ।
यो कुनै सपना होइन
३० वर्षअगाडिसम्म प्रतिमहिना ५० अमेरिकी डलर तलब खाने व्यक्ति अहिले विश्वकै पाचौं धनी व्यक्ति हुन् भन्दा जोकसैलाई पत्यार नलाग्न सक्छ । त्यतिवेला उनी एउटा पुरानो सेकेन्ड ह्यान्ड अस्टे्रलियाली कार चलाउँथे र इन्डोनेसियाको मझौलास्तरको एक कारखानामा म्यानेजरको तहमा काम गर्थे । तर अब उनीसँग झन्डै २० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ र विश्वका विभिन्न मुलुकमा करोडौं डलर लगानी गरिएका स्टिल कारखाना छन् । यी ५८ वर्षीय मेधावी पुरुष हुन्- लक्ष्मी मित्तल ।
राजस्थानको एउटा मध्यमवर्गीय परिवेशबाट आफ्नो जीवन सुरु गरेका मित्तल त्यतिवेला पानीको चरम असुविधा भएको एउटा साधारण घरमा बस्थे । उनका पिताको धानसम्बन्धी कारोबार थियो । तर उनी पिताले सुरु गरेको कारोबारलाई पछ्याउन चाहन्नथे । उनी आफ्नै बुतामा केही नयाँ र चुनौतीपूर्ण व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्थे । उनका पिताले पनि एकपटक स्टिल कारखाना स्थापना गर्ने पहल गरेका थिए । तर भारतीय नोकरसाहीको ढिलासुस्ती र अवरोधका कारण उनको योजना त्यसै ध्वस्त भएको थियो । मित्तललाई पिताको यो नयाँ व्यवसायको सोच खुब मन परेको थियो । त्यसैले उनी स्टिल तथा रडको मूल्य बुझ्न पटकपटक बजार घुमे ।
यस व्यवसायमा गजब नाफा छ भन्ने उनलाई लाग्यो । उनी सन् १९७५ तिर भारतबाट मेसिन आयात गरी इन्डोनेसियामा कारखाना स्थापना गर्ने टुंगोमा पुगे । त्यतिवेलाको इन्डोनेसियाली स्टिल बजार जापानी कम्पनीहरुको कब्जामा थियो । परम्परागत उत्पादन शैलीलाई बदल्दै नयाँ र वैज्ञानिक ढंगले स्टिल उत्पादन गर्दा ५० प्रतिशतभन्दा बढी नाफा हुन्छ भन्ने उनलाई लाग्यो । उनले उद्योग मन्त्रालयबाट आवश्यक अनुमति लिए । उनलाई बिजुली आपूर्ति प्राप्त गर्न पनि कठिनाइ भएन । आफ्ना पितालाई त्यहीँबाट फोन गरेर भने- ‘म अब यतै कारखाना बनाउँछु ।’ पत्नी उषा छोरा आदित्य तथा छोरी बनिसाका साथ उनी इन्डोनेसिया लागे जहाँ उनी आफ्नो उत्पादन संयन्त्र सफल बनाउन चाहन्थे । सुरुको वर्ष मित्तलले ३० हजार टन स्टिल उत्पादन गरे । झन्डै १३ वर्षपछि उनले यहीँबाट वार्षिक तीन लाख ३० हजार टन स्टिल उत्पादन गर्न पुगे । उनी आफ्नो कारखाना विस्तार गर्न चाहन्थे । तर उनलाई थाहा थियो विस्तार गर्न लामो समय लाग्छ । त्यसैले उनी अरुले स्थापित गरेका कलकारखाना भटाभट किन्ने मनसायमा पुगे ।
सन् १९८९ मा उनले टि्रनिडाड र टोबागोको ुआयरन एन्ड स्टिल कम्पनी खरिद गरे । त्यहाँ उनले वार्षिक एक अर्ब २० करोड रुपैयाँ लिने ६० जर्मन म्यानेजरलाई बिदा दिई ६० भारतीय म्यानेजर राखे जो १२ करोड रुपैयाँमा उत्कृष्ट काम गर्थे । सन् १९९२ मा उनले मे_िक्सकोमा अर्को कम्पनी किने । पूर्वी युरोपका पुराना र सरकारी अक्षमताले टाट पल्टिएका विभिन्न कम्पनी पनि यसै समयतिर खरिद गरे । लागत कम गर्दै जानु र उत्पादनको गुणस्तर बढाउँदै जानु उनको आदर्श थियो । स्टिल कारखाना किन्ने उनको सिलसिला रोकिएन । अमेरिकामा त उनी स्टिलका सबैभन्दा ठूला उत्पादक हुन पुगे ।
बिस्तारै उनी पश्चिम युरोपभित्र पनि प्रवेश गरे । काम गराइको उनको तरिका आँट र सुझबुझ देखेर पश्चिम युरोपका कम्पनी मालिकहरु जिब्रो काढ्न थाले । गत वर्ष आफ्नो निकटतम प्रतिद्वन्द्वी आस्रलर खरिद गर्ने ऐतिहासिक कानुनी लडाइँमा विजयी भएपछि उनी अब विश्वकै सबभन्दा ठूला निर्माता भएका छन् । उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन गुणा बढी स्टिल उत्पादन गर्छन् । विश्वभरिका उनका कारखानामा झन्डै तीन लाख २० हजार व्यक्ति काम गर्छन् । मुलुकबाहिरै आफ्नो भाग्य भेट्ने उनी सम्भवतः पहिलो भारतीय हुन् ।
सन् १९९५ मा उनले लन्डनस्थित केनसिङटन प्यालेसनजिक एक बंगला पाँच करोड ७० लाख अमेरिकी डलरमा किने । यो भव्य महलमा एउटा बलरुम १२ शयनकक्ष टर्किस बाथ तालस्तम्भ थिएटर तथा रत्नजडित स्विमिङ पुल छन् । हरेक बिहान आफ्नो सानदार गल्फस्ट्रिम नौकामा चढ्नुअगाडि मित्तल स्विमिङ पुलमा मजाले पौडन्छन् । उनी ब्रेकफास्ट प्रायः घरमै लिन्छन् । शाकाहारी भोजनका हिमायती मित्तल आवश्यक शारीरिक व्यायम पनि गर्न छुटाउन्नन् । दिनदिनैजसो सुट फेर्ने मित्तल कहिलेकाहीँ चार÷पाँचवटा देशमा मिटिङ गर्छन् र आवश्यक निर्देशन दिन्छन् । भनिन्छ मित्तलको यो निवास विश्वकै सबैभन्दा महँगो निजी आवास हो । आफ्ना छोराछोरीसँग पनि मित्तल खुब सन्तुष्ट छन् । आफ्ना छोरा आदित्यबारे उनी भन्छन्- ‘उसलाई मेरो पदचिह्नमा हिँड्न कुनै हिच्किचाहट छैन । तर म नै उसको पदचिह्न पछ्याउन चाहन्छु । किनकि म अतीत हुँ भने ऊ भविष्य हो ।’ आफ्नी २६ वर्षीया छोरी बानिसाप्रति पनि उनी उत्तिकै गर्व गर्छन् । वानिसा उनका कैयौं कम्पनीको बोर्डमा छिन् । यिनै छोरीको विवाहमा तीन वर्षअगाडि उनले प्रुान्समा तीन सय ४० लाख डलर खर्च गरेका थिए । वानिसाको विवाह दिल्लीमा जन्मेका बैंकर अमित भाटियासँग भएको थियो । पाँच दिन लामो विवाहमा विश्वका गन्यमान्य अतिथि मात्र एक हजारको संख्यामा उपस्थित थिए । स्वयंवरको पार्टी भसे्रइलसको दरबारमा बाक्स विकाम्टे प्रुान्सको सबभन्दा सुन्दर महल मा विवाह समारोह वानिसा र अमितको प्रेमकथामा आधारित एक घन्टा लामो नाटक कलकत्ताका सेफद्वारा तयार परिकार तथा बलिउडका हस्तीहरुको नाचगान कार्यक्रमले सजाइएको सो विवाह पृथ्वीकै महँगामध्ये एक मानिन्छ ।
अधिकांश समय आफ्नो निजी जेटमा ‘क्याल्कुलेसन प्लानिङ र डिरेक्सन’ को मुडमा भेटिने मित्तल नातिनी सनाया भनेपछि मरिहत्ते गर्छन् । सप्ताहान्त उनी सधैं परिवारका साथ बिताउँछन् । हरेक सप्ताह उनी परिवारका सबै सदस्यका लागि केही न केही उपहार बोकेर आउँछन् । कहिलेकाहीँ उनी व्यापारिक झमेलामा अल्झिएका वेला छोरा बुहारी र पत्नीसँग भिडियो वार्ता गर्छन् ।
परिवारकी सबैभन्दा महŒवपूर्ण सदस्य पत्नी उषा भएको उनी स्विकार्छन् । जब उनी यायावरजस्तै विश्वभरिका कम्पनी खरिद गर्दै हिँडिरहेका हुन्थे उषा इन्डोनेसियामा कम्पनी चलाइरहेकी हुन्थिन् । ‘उषा हाम्रो व्यवसायबारे राम्रो जानकारी राख्छिन् म उनलाई धेरै सम्मान गर्छु ।’ उषाका अनुसार मित्तल निकै रोमान्टिक छन् । मित्तल अझै पनि प्रेमपूर्ण हस्तलिखित पत्र लेख्छन् । कहिले एक लाइनका कहिले दुई÷चार लाइनका ।
पेपर क्लिपदेखि सस्पेन्सन बि्रज केवलसम्म जहाज निर्माणदेखि कारका बडीसम्म तेल तथा ग्यास पाइपदेखि टावर निर्माणसम्म उनको स्टिल जहाँतहीँ हाबी भएको छ । अमेरिकी बजारको ५० प्रतिशत स्टिल मित्तलका कम्पनीले निर्माण गर्छन् । अहिले मित्तलका लागि गणनायोग्य दुई प्रतिस्पर्धी कम्पनी जापानको निप्पन स्टिल र कोरियाको पोस्को नै हुन् । पोस्को पहिलेदेखि नै रक्षात्मक शैलीमा अघि बढिरहेको छ । तर निप्पोन भने आफ्नो गुणस्तर र ब्रान्डका कारण अहिले पनि निरन्तर अगाडि बढिरहेको छ ।
आम मिडियासँग सधैं टाढा रहन रुचाउने मित्तल प्रेसका लागि कमै मात्र समय निकाल्छन् । उनी पारिवारिक विषय प्रेसमा लैजान चाहन्नन् । अहिले युरोपेली मिडिया उनी ‘बर्मिङ्घम सिटी’ फुटबल क्लब खरिद गर्दै छन् भन्ने हल्लाले भरिएको छ । तर उनको त्यस्तो महŒवाकांक्षा छैन । उनी केही नयाँ त पक्कै गर्दै छन् तर त्यो के हुनेछ भन्ने सम्भवतः केही दिनभित्रै उनका छोरा आदित्यले सार्वजनिक गर्नेछन् ।