सबैभन्दा बढी पत्रकारको हत्या २००७ मा
समाचार सङ्कलनमा खटिएका कम्तीमा एक हजार २०० पत्रकारहरुको इहलीला समाप्त
सन् २००७ को वर्ष विश्वभर आफ्नो काममा खटिएका कम्तीमा १७१ जना पत्रकार तथा अन्य साचारकर्मीहरुको मृत्युसँगै साचार जगतका लागि सबैभन्दा रक्तपातपूर्ण रहन पुग्यो । सेनाले श्रीलङ्काको एक रेडियो स्टेसनमा गरेको हवाई हमला तीन सम्पादन कर्मचारीहरु मारिएपछि वर्ष पूरा हुन अझै एक महिना बाँकी हुँदा सन् २००६ को सबैभन्दा उच्च १६८ मृत्युलाई यो वर्षको आँकडाले उछिन्न पुगेको छ ।
यो त्रासदपूर्ण आँकडाले साचार जगतमा कार्यथलोमा सुरक्षा र कल्याणकारी कार्यक्रम तल्लो विन्दुमा रहेको दर्शाउँछ । आइएनएसआईको हताहत अभिलेख अनुसार जनवरी १ देखि नोभेम्बर २८ बीच ३५ मुलुकमा १४२ पत्रकार र चालक अनुवादक र प्राविधिज्ञजस्ता २९ सहयोगी कर्मचारीहरुको मृत्यु भएको छ । त्यसमध्ये साचार पेशाकै कारण निसाना बनेका पत्रकारहरुको सङ्ख्या अधिक छ । यसरी हत्या हुन पुगेका साचारकर्मीहरुको सङ्ख्या १२१ छ । दोहोरो मुठभेडमा वा अन्य छिटफुट हमलामा ज्यान गुम्नेहरुको सङ्ख्या १५ छ भने सडक र हवाई दुर्घटनामा मारिनेको सङ्ख्या ३४ छ । एक पत्रकारको मृत्युको कारण भने खुल्न सकेको छैन । पत्रकारहरुको हत्याका घटना भएका मुलुकहरुमध्ये फेरि पनि इराक अग्रपङ्क्तिमा देखा परेको छ जहाँ यो वर्ष ६४ पत्रकारको हत्या भएका छन् । इराक युद्ध सुरु भए यता इराकमा मारिने पत्रकारहरुको सङ्ख्या जम्माजम्मी २३५ पुगेको छ ।
सन् २००७ को वर्ष विश्वभर आफ्नो काममा खटिएका कम्तीमा १७१ जना पत्रकार तथा अन्य साचारकर्मीहरुको मृत्युसँगै साचार जगतका लागि सबैभन्दा रक्तपातपूर्ण रहन पुग्यो । सेनाले श्रीलङ्काको एक रेडियो स्टेसनमा गरेको हवाई हमला तीन सम्पादन कर्मचारीहरु मारिएपछि वर्ष पूरा हुन अझै एक महिना बाँकी हुँदा सन् २००६ को सबैभन्दा उच्च १६८ मृत्युलाई यो वर्षको आँकडाले उछिन्न पुगेको छ ।यो त्रासदपूर्ण आँकडाले साचार जगतमा कार्यथलोमा सुरक्षा र कल्याणकारी कार्यक्रम तल्लो विन्दुमा रहेको दर्शाउँछ । आइएनएसआईको हताहत अभिलेख अनुसार जनवरी १ देखि नोभेम्बर २८ बीच ३५ मुलुकमा १४२ पत्रकार र चालक अनुवादक र प्राविधिज्ञजस्ता २९ सहयोगी कर्मचारीहरुको मृत्यु भएको छ । त्यसमध्ये साचार पेशाकै कारण निसाना बनेका पत्रकारहरुको सङ्ख्या अधिक छ । यसरी हत्या हुन पुगेका साचारकर्मीहरुको सङ्ख्या १२१ छ । दोहोरो मुठभेडमा वा अन्य छिटफुट हमलामा ज्यान गुम्नेहरुको सङ्ख्या १५ छ भने सडक र हवाई दुर्घटनामा मारिनेको सङ्ख्या ३४ छ । एक पत्रकारको मृत्युको कारण भने खुल्न सकेको छैन । पत्रकारहरुको हत्याका घटना भएका मुलुकहरुमध्ये फेरि पनि इराक अग्रपङ्क्तिमा देखा परेको छ जहाँ यो वर्ष ६४ पत्रकारको हत्या भएका छन् । इराक युद्ध सुरु भए यता इराकमा मारिने पत्रकारहरुको सङ्ख्या जम्माजम्मी २३५ पुगेको छ ।
इराकपछि दोस्रो नम्बरमा श्रीलङ्का छ जहाँ छ वटा हत्याका घटना भएका छन् । अफगानिस्तान मे_िक्सको भारत र फिलिपिन्स हरेक मुलुकमा पाँच-पाँचवटा हत्या भएका छन् । हैटी पाकिस्त्ाान र सोमालिया प्रत्येक मुलुकमा चार-चारवटा हत्याका घटना भएका छन् । साचार प्रतिष्ठान साचालनका लागि श्रीलङ्काको स्थिति अति नै खतरापूर्ण भएको पुष्टुई भएको छ । त्यहाँको वायु सेनाले उत्तरी वान्नी प्रान्तमा विद्रोही एलटिटिईको आधिकारिक रेडियो स्टेसन भ्वाइस अफ टाइगस्रमा बम खसाल्दा तीन सम्पादन कर्मचारीसहित नौ व्यक्तिको मृत्यु भयो । मारिने सबै सर्वसाधारण नागरिक थिए । जेनेभा महासन्धि मुताबिक युद्धग्रस्त क्षेत्रमा पत्रकारहरुलाई सर्वसाधारण नागरिकको रुपमा संरक्षण दिइनुपर्दछ र द्वन्द्वमा प्रत्यक्षतः सहभागी नहुने नागरिकहरुलाई जानाजानी निसाना बनाउनु युद्ध अपराध मानिन्छ ।
यो वर्ष समाचार सङ्कलनमा खटिएका पत्रकारहरुको मृत्यु बढी सङ्ख्यामा भएको मुलुकमा इराकपछि संयुक्त राज्य अमेरिका देखा परेको छ । यो सहस्राब्दीको प्रारम्भदेखि नै प्रत्येक वर्ष विश्वभर साचारकर्मीहरुको हत्याका घटनाहरु बढेर गइरहेका छन् । हरेक वर्ष अघिल्लो वर्षभन्दा खराब बन्दै गएको छ । पत्रकार र साचारकर्मीहरुको हत्या नगर्न र हत्यारालाई दण्डित नगर्ने प्रथा अन्त्य गर्न अन्तरराष्ट्रिय आह्वान हुँदाहुँदै पनि यसो भएको छ । विश्वका राष्ट्रहरु र अन्तरराष्ट्रिय समुदायले यी आह्वानहरुलाई व्यवहार उत्तार्न ढिलो भइसकेको छ ।
आइएनएसआईको हताहत आँकडाको विश्लेषणले सन् १९९६ देखि २००७ को मध्यसम्म विश्वभर समाचार सङ्कलनमा खटिएका कम्तीमा एक हजार २०० साचारकर्मीहरुको इहलीला समाप्त भएको देखाउँछ । यसमध्ये दुई तिहाईको हत्या गरिएको छ र १० वटा मृत्युमध्ये नौ वटामा दोषीमाथि कार्वाही गरिएको भेटिँदैन ।
Posted by in 15:09:15