Friday, December 7, 2007

खास्टोले छोपेको बिरोलोको ङ्यार्र

     ‘माओवादीहरु  कमल थापालाई सांसद बनाउने अभियानमा’

यतिखेर कमल थापाका लागि ठुलो वकालत गरिरहेका छन् माओवाद अध्यक्ष प्रचण्ड । हिजो राजधानीमा भएको पत्रकारहरुको सम्मेलनमा उनले सिधै भनिदिए-राजाका वरिपरी पनि ठुला राष्ट्रवादीहरु छन् । उनीहरुसित हामी सहकार्य गर्देछौं । माधव नेपालको सामुन्ने बोलेको प्रचण्डको कुराले नेपालि राजनीतिमा भुइचालो गयो ।
‘आखिर बिरालोले आफ्नो रुप देखायो’, बुधवार संसदको बैठकमा जनमोर्चाका चित्रबहादुर केसीले भने । राजा विरेन्द्रकै पालामा अघोषित कार्यगत एकता छ भनेर भन्ने माओवादी अब राजा ज्ञानेन्द्रका दलालहरुतिस पनि सहकार्य गर्दैछ । उनको यो कथनमा एमाले र कागे्रसका सांसदहरुले तालि पड्काए । उखान टुक्काहरुमार्फत चर्को ब्यग्य हान्न खपीस केसीले भने ‘खास्टोले छोपेको बिरालो जुनसुकै बेला पनि खास्टोले छोपेको बिरालो जुनसुकै बेला पनि ङ्यार्र गरीहाल्छ’- उनले गणतन्त्रको खास्तोमा माओवादीले आफ्नो दरवारिया रुप देखाएको आरोप पनि लगाए ।

सभामुखको चेम्बरनजिक रहेको संसदीय मामिला पत्रकार समाजको कोठामा हामी उनको भाषण सुनेर हास्दैछौं । मैले भने ‘माओवादीहरु त राजावादीलाई सांसद बनाउने अभियान त छन् नि ।’ प्रत्यक्ष चुनाव हुँदा २ सय ४० मध्ये कुनै पनि क्षेत्रमा चुनाव नजित्ने कमल थापा समानुातक चुनावमा जसरी पनि संसद छिर्छन् । देशैभर उमेदवार उठाउदा उनको पार्टीले दुइ  जना संासद आउने भोट त ल्याइहाल्छ अनि हुदैनन् राजावादी सांसद । कमल थापा मात्र हैन तुल्सी गिरी र टक ढकालहरु पनि माओवादी प्रयासमै सांसद बन्दैछन् ।


मर्मभेदी छ केसीको ब्यग्यात्मक प्रस्तुति । संसदभित्रको परिबेशमा जनमोर्चाका दुईजना सांसद निकै चर्चित छन् । तीन टुक्रा भएको जनमोर्चाभित्र अहिले पनि केसीकै पक्षमा रहेका डिलाराम आचार्य र उनी । माओवादीले बोलाएको यसअघिको बिशेष अधिबेशनमा आचार्यले एक घन्टा बोले तर कसैले हाइ काढेनन् । सबैले कान ठाडो पारेर सुनेको उनको तर्कको खन्डन गर्ने आट माओवादी नेताहश्रुमा पनि देखिएन ।
ुजुन दिन काग्रेसले महासमितिबाट गणतन्त्रको प्रस्ताव पारित गर् यो त्यसैदिन प्रचण्डले खुलामन्चबाट चुनाव जसरी पनि भाड्ने घोषणा गरे ।ु उनले थपे-चुनाव भाडेर ढोकामा आइपुगेको गणतन्त्रलाई रछानमा फालेका छन् माओवादीले अनि झ्यालबाट तान भनेर भन्दैछ । माओवादीले ससदमा राखेको गणतन्त्र घोषणाको प्रस्तावप्रति जनमोर्चाकधो धारणा थियो यो । यसको जवाफ त्यसबेला पनि कोहीसित थिएन अहिले पनि छैन ।
ुमाओवादीले घीउको भर् याङ हालेको छु नचढु भने पनि नहुने चढेपछि लड्ने ।ु डिलारामको यो कथन अहिले सत्य सावीत भएको छ । गणतन्त्रमा जानैपर्छ सबैलाइृ तर कुनै दल र ब्यक्तिको स्वार्थसिद्धिका लागि च्याखे थापेको गणतन्त्र कसरी स्विकार हुन्थ्यो र ।
बुधवारको संसदमा चत्रबहादुर केसीले लामो मन्तब्य दिए । बिशेष समयमा बोलेका उनले माओवादी दरवारले खास्टोमा छोपेर जगल पठाएको बिरालो भएको ठहर गरे । संसद आउदा आफुलाइृ लाज भएको र घरपेटीले समेत गिज्याउन थालेकोमा उनले गुनासो गरे । उनका कुरा धेरै छन् । उनले जति बोले पनि कुनै गुनासो गर्दैनन् सांसदहरु । सभामुखले उनलाई समय छाट्याउन आग्रह गरेको पनि कुनै उदाहरण छैन । ग्रामिण पारामा हरेक प्यारामा उखान मिसाएर बोल्ने चित्रबहादुर एक चर्चित पात्र हुन् । साइन्समा बिएससी गरेका उनको मन्तब्य सुन्ने हो भने जो कसैले पनि उनको अध्ययनबारे शंका गर्छन् । नितान्त गाउले लवजमा एउटा अनपढले गरेको कुराकानजस्तो भए पनि अकाट्य तर्क गर्न सक्ने उनको शैली नेपाली नेताहरुका लागि एउटा अनुकरणीय मसला बनेको छ ।
जनताका लागि बोल्नेले आधा अग्रेजी मिसाएर दुनियादार बिदेशी लेखकको नाम र कोट दोहोर् याउदै भाषण दिनु उनका लाथि वाहियात जस्तो लाग्छ । उनको अध्ययनको सिमाले त्यसलाई गलत भन्छ रे । पहिले पहले उन पनि माक्स्र र माओका कोटेशन मसाएर भाषण गर्थे रे । तर उनका नेता मोहनबिक्रम िसंहले आम जनताका लागि उनकै भाषामा बोल्ने सनर्देशन अनुसार उनले आफ्नै शैली बिकास गरेछन् ।

मैतिदेबीको गल्लिभित्र धोबी खोलाको किनारमा दुइवटा कोठा भाडामा लिएर १० बर्षदेखि बसेका उनको कोठामा १ वटा खाट र एउटा सानो टेबुल छ । भुइमा परालको गुन्द्र अनि खाटमा मक्कीएर बिचमा प्वाल परेको तन्ना । ुमेरो त पारा नै यस्तो छ नेपाल जनताकै हैसियतमा बसेको छु ।ु दुइृचार महिनाअघि उनको कोठामा पुगेको मसित भनेका थिए उनले ।
उनको प्रसङगमा अर्को कुरा सम्झन्छु । हिउदे अधिबेशनको पहिलो दिन उनी बेलायतबाट भर्खरै फर्किएका रहेछन् । एउटा साघुरो कोठामा सिमित पारीएको उनको पार्टीको ससदीय दलको कोठा अगाडि घरको पेटीमा घाम तोर बसिरहेका रहेछन् । इमेज च्यानलका प्रकाश गिरी र नेपाल साप्ताहिकका माधव ढुगेललाई मैले ‘चित्रबहादुरका रमाइला गफ सुनौं’ भनेर लगे मैले । उनी उनको टोपी लगाएर घाम तापिरहेका थिए । मैले झट्ट देखे-उनको टोपीमा त एडिडस लेखेको छ अनि बेलायतको झन्डा पो छ । कालो कोटमा सांसदको लोगो भिरेका उनी बेलायतको झन्डा निधारमाथि टल्काउदै बसिरहेका छन् । तुरुन्तै मैले भने ‘के हो कमरेड बेलायतको झन्डा शीरमा राखेर हिड्न हुन्छ’, त्यसको जवाफ फर्काए उनले- ‘के गर्नु तपाइले पनि त बिदेशी लुगा नै लगाउनुभएको छ नि ।’ मैले फेरी भने- ‘हेर्नुस कमरेड मेरो फोटोगाफर आउदैछ तपाइको शीरमा बेलायतको झन्डा देख्छन अहिले सुंसदभित्र फोटो खिचे भने साम्राज्यवादीको दलाल भन्लान् ।’ त्यसपछि उनी लाइनमा आए । आफु झुक्कएको भन्दै टोली काले अनि झन्डा भित्र पारेर पट्याएर लगाए । त्यसदिनदेखि उनले त्यो उनको नया टोपी मिल्काए झै लाग्यो । लगाएर आएका छैनन् । अहले पनि हामी जिस्काउछौ- खोइ त कमरेड तपाइको उनी टोपी उनी हासेर टार्छन् । हिजो ससदको बिशेष समयमा बोलेका उनको रबाफले त्यो टोपीको झल्को देखायो । आधा घन्टाका लागि स+सद स्थगित हुदा सबै सांसदहरु उनकै चर्चागर्दै चौरमा घाम तापिरहेका छन् l

Posted by Diness Acharya in 14:38:56
Comments

Leave a Reply