मज्जा आएन केटीसितको सेक्सुअल रिलेसन
नेपालमा समिलंगी अधिकारका लागि चर्चित नाम बनेका सुनिलबाबु पन्त पुरुषलाई नै बिवाह गर्ने उसैसित सेक्स गर्ने खुल्लम खुल्ला घोषणा गरेक ब्यक्ति हुन । यसै अभियानमा अन्तराष्टिय पुरस्कार समेत पाइसकेका पन्तले पहिलो पटक यस पंक्तिकारसित तीन जना महिलासित यौन सम्पर्क राखेको खुलाशा गरेका छन् । तर उनलाई मज्जा आएन रे केटीसितको सेक्सुअल रिलेसन । हाम्रा मित्र बालमुकुन्द नेपालले उनीसित गरेको भलाकुसारीमा उनले धेरै कुरा खोलेका छन् यस्तै यस्र्तै : -
महिला र पुरुष बिचको विवाह सामान्य कुरा भयो । तर पुरुष र पुरुष अनि महिला र महिलाबिचको सम्बन्ध समाजले अझै पचाइसकेको छैन । अल्पसंख्यक यी मानिसका सम्बन्ध समाजका अन्यलाई भने रहस्यात्मक र कोतुहलताको विषयनै रहेको छ अहिले सम्म पनि । पुरुष समिलंगी (गे) सुनिलबाबु पन्तको अनुभवबाट केही बुझ्न् प्रयास गरौं न त ।‘राम्रो विद्यार्थी भएकाले स्कुले जिवनमा शिक्षक साथिभाई सवैले माया गर्थे तर समिलंगी रहेको अनुभवनै भएन’, आफ्नो पुराना दिनमा फर्कर्दै प्रुेन्च कट दारी पालेका यी समिलंगीले भने ुएसएलसी पछि कलेज पिपल्स क्याम्पस पढ्दा पनि मैले यसबारे थाहा नै पाइन ।’ १८ बर्षको उमेरमा कलेज पढ्दा कुनै केटी संग रोमान्स पनि गरेनछन् गोरखा गाइखुरका यी समिलंगीले । ‘केटी साथिहरु त थिए तर रोमान्स भने भएन’ उनि भन्छन् ।
१९९२मा रसियामा कम्प्युटर पढ्न गएपछि ३५ बर्षेहाल सुनिलले गे लेस्बियन समुदाएको बारेमा थोरै जानकारी पाएछन्- ‘केटाहरुलाई छुँदा झसंग हुन्थे’, रसियामा बस्दाको अनुभव बताउँदै पन्तले भने- ‘लेस्बियन र गे को पनि कम्युनिटी हुँदो रहेछ भन्ने जानकारी त्यर्ही पाएँ ।’
कम्युनिटी र अल्पसंख्यको जानकारी पाएपनि आफ्नो बारेमा भने उनले अझै जानकारी पाएनछन् । त्यसो भए रसियन ठिटीहरु त पटाइयो होलानी ‘रसियन त हैन विदेशी केटी साथिहरु थिए मेरा गहिरो सम्बन्ध थियो ।’ रसियामा उनले विदेशी महिलाशंग सारीरीक सम्बन्ध पनि गांसेका रहेछन् । ‘छ बर्ष बस्दा दुई तीन महिला संग सम्बध भयो’ खुलासा गर्छन उनि । ‘पढ्न मलाई खुब मन पथ्र्यो बुद्ध दर्शन विज्ञानका जेनवादका किताब खुब पढ्थे’ रसियामा समिलंगी सम्बन्ध नराख्नुको कारण बताउँछन् उनि ‘पढेरै समय विताइन्थ्यो अनि त्यसतर्फ ध्याननै गएन ।’
त्यसो भए समान िलंगीसंग कहिले सम्पर्क राखेत उनले अध्ययनलाई नै निरन्तरता दिन जापान पुगेको थिए उनि । इन्टरनेटको ब्यापक प्रयोगबाट समिलंगी र त्यो समुदाएको बारेमा निकै जानकारी हासिल गरेको बताउँछन् उनि । ‘समान िलंगी संगको पहिलो शारीरीक सम्बन्धको अनुभव पनि त्यही भएको हो’ पहिलो अनुभव निरासाजनक रहेको बताउँदै उनले भने-’उनिहरु लामो समय सम्म सम्बन्ध राख्नु भन्दा पनि ‘सेक्सुका लागि मात्र नजिकंदा रहेछन्’ । त्यसले पनि मलाई दिक्क बनायो । ।
पहिलो सम्बन्ध सुखद नहुनुको कारण ज्ञानसमिलंगीबारेको कमि हुनसक्ने ठान्छन् उनि । जापान पछि सन् १९९९मा हङकङ पुग्दा उनले समिलंगी सम्बन्धको बारेमा पर्याप्त जानकारी पाएछन् । ‘रसियामा पढेको विषयकम्युटरलाई अझै अप डेट गरौं भनेर हङकङ गएको थिएँ त्यहाँ मैले समिलंगी सम्बन्धका बारेमा राम्ररी बुझें तर जापानमा जस्तै सेक्सकालागि मात्र सम्बन्ध राख्ने कुरा मलाई मन परेन’ पुरानो अनुभव बाँड्दै सुनिलले भने । त्यसपछि भारतमा स्वयंसेवाकालागि पुगेका पन्तले त्यहांबाटनै आफुलाई राम्ररी चिन्ने र हिडने नयाँ बाटो पहिल्याएछन् ।
‘भारतको उडिसामा सुपर साइक्लोन आएको थियो’ साइक्लोनले त्यहाँका मानिसलाई परेको दुःखबाट प्रभावित भएका सुनिलले पुरानो दिन सम्झदैं भने ‘अनि स्वयंसेविको रुपमा त्यहाँ पुगे ।’
स्वयंसेविको रुपमा उडिसामा कार्यरत रहँदा एक अमेरीकी चिकित्सक संगको सम्पर्कले उनलाई समिलंगीका बारेमा थप
जानकारी दिएछ । ‘उ पनि बुद्ध दर्शन मन पराउने बुद्ध दर्शनबारेमा धेरै कुरा उसलेनै सिकायो’ काठमाडौंको एक गुम्बामा बुद्ध दर्शनको अध्ययन गरेका अमेरीकी चिकित्सकको बारेमा जानकारी दिदै सुनिलले भने ‘हाम्रो धेरै कुरामा मन मिलेपछि उ संग पनि राम्रो सम्बन्ध भयो ।’ दस महिना उडिसामा बसेपछि नेपाल फर्केका सुनिलले तेस्रो िलंगी र समिलंगीले भोगिरहेको पिडा र दुब्र्यवहारविरुद्ध लड्न सामुहिक प्रयासको खाँचो अनुभव गरेछन् र निलहिरा समाजको स्थापना गरेछन् ।सन् २००१ मा समाजको स्थापना पछि तेस्रो िलंगी र समिलंगीको हकहितकालागि लड्दै आएका सुनिलाई घर परिवारलाई बुझाउन पनि कठिन भएन । घर परिवारले कसरी स्विकार्नु भयो कुनै विरोध भएन ‘विरोधको अवस्थानै आएन समाजको स्थापना पछि पत्रपत्रिकामा अन्तवार्ता दिन थाले मेरो मुखबाट नभई पत्रिकाबाटै उहाँहरुले थाहा पाउनु भएछ’ परिवारले सहजै स्विकारेको कुरा बताउँदै चार दीदी र एक दाईका कान्छा भाई सुनिल भन्छन् -’तर प्रहरीले समात्ने समाचार पढेपछि आमा चिन्तित भने हुनु भएको थियो ।’ पाँच बर्ष देखी आफ्नो केटा साथिसँगै बसिरहेका सुनिललाई घरबाट विवाह गर्नकालागि भने भनिएको रहेछ । ‘तर मैले गर्दिन भनेँ, ‘परिवारको भनाई नमाने पनि आफुलाई माया गर्न भने नछोडेको बताउँछन्- ‘परिवारले गर्ने मायामा कुनै कमि आएको छैन ।’
-यज्ञश
‘पाथेर पाचाली’ मा पनि एउटा परिवारको पलायनको कथा थियो । विश्वभर तहल्का मच्चाएको यो फिल्मको जस्तो कथा भन्ने निर्देशकको आपुनो शैली ‘बुह्रान’मा पाइदैन । तर उधारो लिएकै शैलीमा भएपनि यो फिल्म देशको एउटा कथा भन्छ । आपुनै पिता पुर्खाले ज्यान जोखिममा हालेर खेतीयोग्य बनाएको जमिनमा सय बर्ष नपुग्दै अर्कैलाई जमिन्दार थापना गर्नुपरेको थारु समाजको पीडाको गहिराईसम्म यो फिल्म पुग्दैन । राजनीतिक दृष्टिलाई पाखामा थन्काएको भएपनि फिल्मले कम्तिमा इतिहासको एउटा कालखण्डको एउटा जातिमाथिको शोषणको कथा भने अवश्य भन्छ ।
पामुकको कवितामा वर्णन गरिएकी ‘सलक्क कपाल कोरेकी सहिद जन्माउने आइमाई’ जस्तै लाग्नेगरि कपाल कोरिरहेकी देवि सुनुवार असनको एउटा साँघुरो गल्लीको भुयालमा प्रकट हुन्छिन् । र सुरु हुन्छ उनको अनन्त दुखले भरिएको वेपत्ता छोरी खोज्ने पीडा यात्रा । उनका साथमा संवेदना बाँधिएका श्रीमान् र अधिवक्ता मन्दिरा शर्मा देखिन्छन् । सेनाले अपहरण गरेर हत्या गरेकी किशोरी मैना सुनावारकी आमा हुन् देवी । यीनका विषयमा कवि श्यामलले कवितासमेत लेखिसकेका छन् । छोरी हराएको खबरदेखि कंकाल पत्ता लाग्दासम्मको अध्यारा दिनको वर्णन फिल्ममा छ । टन्टलापुर घाममा पनि कसैका आखामा अध्यारोमात्र देख्छन् भन्ने उदाहरण देविका आखाले दिन्छन् ।
कुनै बेला यीनको नाम राजीव भाटिया थियो । भारतीय सैनिकका रिटायर्ड अफिसरका छोरा राजीव बैंककको एक रेष्टुरेण्टमा वेटरको काम गर्थे । तेक्वान्दोका खेलाडी छरितो जिउ भएका यीनले थुप्रै ग्राहकको ध्यान खिच्थे । केही बर्षको थाइल्याण्ड बसाइपछि यी मुम्बई फर्किए र हिन्दी फिल्ममा भाग्य परिक्षण सुरु गरे । कुनैबेलाका ‘डन’ निर्देशक प्रकाश मेहराले नयाँ कलाकारका साथ फिल्म बनाउने योजना बनाइरहेको बेला यी भाटीया तिनको नजरमा पुगे । केही समयपछि मेहराले नयाँ फिल्मको घोषणा गरे । ‘दिदार’ नामको यो फिल्मका नयाँ नायक थिए तिनै भाटीया र यीनलाई नयाँ नाम दिइयो- अक्षय कुमार ।
अक्षय कुमार बलिउडमा साथी कलाकारको रोल काट्ने स्टारका रुपमा बद्नाम छन् । र उनको यो बानीको सबैभन्दा बढी मार यदि कसैले खेपॆको छ भने त्यो सुनिल सेटिट्टले भोगेका छन् । अक्षयको यो क्षमताको सिकार सलमान खानजस्तो सुपरस्टार समेत भइसकेका छन् । सोझो मिजासका दिलदार मुम्बैया सिनल पछिल्लो समयमा अक्षयका अगाडि निकै कमजोर भूमिकामा पनि देखिन थाले । तर यीमध्ये धेरैजसो फिल्ममा अक्षयको समानान्तर भूमिका भएकोमा अक्षयले उनको भूमिका काटिदिन्थे । सुरुवाती समयका ‘हम है वेमिसाल’, ‘सपुत’ र ‘वक्त हमारा है’ मा यी दुवैको भूमिका उस्तै थियो । हरेक फिल्ममा यी दुईका बीच कम्तिमा एउटा फाइट हुन्थ्यो र त्यो नै सबैभन्दा चर्चित पनि हुन्थ्यो । १९९५ को राजिव रायको फिल्म ‘मोहरा’ ले भने यीनको सम्बन्धमा एउटा मोड ल्यायो । भ्रष्ट राज्ययन्त्रका विरुद्ध विद्रोह गरेको एउटा युवाको भूमिकामा सुनिल शेट्टी फिल्मको नायक थिए । र चतुर प्रहरी इन्स्पेक्टरको सहायक भूमिकामा अक्षय कुमार पनि फिल्ममा थिए । फिल्ममा अक्षयकी त्यतिबेलाकी प्रेमिका रविना टन्डन र अर्का ठूला अभिनेता नसिरुद्धिन शाह खलनायकको भूमिकामा थिए । फिल्म रिलिज भयो र ठूलो हिट सावित भयो । यो फिल्मको सफलताको लगभग सबै श्रेय सुनिलले प्रँप्त गरे । निकै महत्वाकांक्षी अक्षयलाई यसले ठूलै झट्का दियो ।
शनिवार बिहानै सिन्धुपाल्चोकको चौतारा जाने निम्तो आयो । पिताजीो मित्र एवं सिन्धुपाल्चोकका काग्रेस नेता राजेन्द्र ताल्चाभडेलले फोन गरेर चौतारा जान बोलाए तर जान सकिन । कृतज्ञतापूर्वक उनको आग्रह नकार्ने धृष्टता गरेपछि आफ्नै गृह जिल्लाको एक गाउ जाने मेसोतर्फ लागियो । काग्रेस नेता डा प्रकाशशरण महतले अघिल्लो दिन नै नुवाकोट जानुपर्छ है भनेर फोन गरेका थिए । शनिवारको रमाइलो ककनीको घमाइलो वातावरणमा मनाइन्छ भनेर ुभैहाल्छु न जवाफ थियो मेरो । शुरुमा सात दलको बैठक र संसदको रिपोर्टिङ गर्नुछ भनेर इन्कार गर्दा डा महतले म पनि त जानुपर्छ नि चाडो फर्कने हो भन्ने जवाफ दिए । त्यसपछि जाने भइयो ।
मोटरसाइकलको कन्डिसन ठिक नभएकोले वाइपासमा तीन राउन्ड चिया खाएर दुइृ घन्टा गफिएपछि सवा नौ तिर उकालो लागियो । १४ ओटा मोटरसाइकल ३ वटा गाडिमा हामी ककनी पुग्यौ साथीहरु ककनीमा मुस्ताङ्गे कफि पिएर ओर्लने कुरा गर्दैथे । तर खालि पेट गइयो । चियाको भरमा लामो समय कुदेपछि नुवाकोटको थानापति चैजु घर भएका जुडो खेलमा नेपाल च्याम्पियन राजेन्द्र तामाङको घरमा कुखुराको मासु र भात खाइयो । स्थानिय नेताहरुको भाषण सुनियो । फर्केर आएपछि ककनीमा रमाइलो गरियो । ककनीमै काभ्रे पोष्टका सम्पादक प्रकाशक मित्र बिष्णु चौलागाइको फोन आयो- आज मेरो घरमा साथीहरु बोलाएको छु जसरी पनि आउनुपर्यो । नागार्जुन कट्न नपाउदै फेरी फोन आयो । त्यसपछी म सरासर चाबेल गए । काभ्रे पोष्टको पं्रकाशन तयारी हुदै थियो । अनलाइनमा केहीतिस च्याट गरियो रेड लेबलसित टाइम पास भयो ।
घर फर्कन लागेको थिए एभिन्युजका प्रेम बानिया र अर्का मित्र आए । नेपाली आज तक च्यानलझै ठान्ने उनीहरुको पारा पनि गज्जबकै । लामो समयको गफ र खुवाइपछि उनीहरु हिडे म आफ्नै सुरमा । त्यतिखेर मध्यरातको साढे १२ बजेको थियो । उनीहरु बानेश्वर जाने भनेर हिडेपछि अर्को लफडामा परेछन । एउटा मोटरसाइकलमा ३ जना आएको देखेर पुलिसले रोक्दा उसैले झापड भेटेछ । ‘उत्साही पत्रकारहरुको महान कार्य’ । त्यसपछि के चाहियो र - पुलिस भ्यान आयो, उनीहरुलाई कोच्यो अनि मोटरसाइकलको साचो पनि लिएर गयो ।
सबैभन्दा निकट साथि
यो कुनै सपना होइन
पत्नी उषा छोरा आदित्य तथा छोरी बनिसाका साथ उनी इन्डोनेसिया लागे जहाँ उनी आफ्नो उत्पादन संयन्त्र सफल बनाउन चाहन्थे । सुरुको वर्ष मित्तलले ३० हजार टन स्टिल उत्पादन गरे । झन्डै १३ वर्षपछि उनले यहीँबाट वार्षिक तीन लाख ३० हजार टन स्टिल उत्पादन गर्न पुगे । उनी आफ्नो कारखाना विस्तार गर्न चाहन्थे । तर उनलाई थाहा थियो विस्तार गर्न लामो समय लाग्छ । त्यसैले उनी अरुले स्थापित गरेका कलकारखाना भटाभट किन्ने मनसायमा पुगे ।
आफ्नी २६ वर्षीया छोरी बानिसाप्रति पनि उनी उत्तिकै गर्व गर्छन् । वानिसा उनका कैयौं कम्पनीको बोर्डमा छिन् । यिनै छोरीको विवाहमा तीन वर्षअगाडि उनले प्रुान्समा तीन सय ४० लाख डलर खर्च गरेका थिए । वानिसाको विवाह दिल्लीमा जन्मेका बैंकर अमित भाटियासँग भएको थियो । पाँच दिन लामो विवाहमा विश्वका गन्यमान्य अतिथि मात्र एक हजारको संख्यामा उपस्थित थिए । स्वयंवरको पार्टी भसे्रइलसको दरबारमा बाक्स विकाम्टे प्रुान्सको सबभन्दा सुन्दर महल मा विवाह समारोह वानिसा र अमितको प्रेमकथामा आधारित एक घन्टा लामो नाटक कलकत्ताका सेफद्वारा तयार परिकार तथा बलिउडका हस्तीहरुको नाचगान कार्यक्रमले सजाइएको सो विवाह पृथ्वीकै महँगामध्ये एक मानिन्छ ।
यसैसाता एउटा मिटिङमा सहभागि हुन नुवाकोट जाँदा फर्कन आपत पर्यो । फर्केर काठमाडौ आइनपुग्दै साथीले बेस्सरी हसायो- ‘अब त त्रिशुलीको पानीले पनि मोटरसाइकल चल्ने भएछ ।’ प्रसङ्ग थियो त्रिशुलीमा हालेको पेट्रोलको । बल्ल बल्ल पावर लाएर हालेको ५ लिटर नाम मात्रको पेट्रोलमा वास्तबिक पेट्रोलको मात्राभन्दा मट्टीतेलको मात्रा धेरै थियो । त्यस्तै मट्टीतेलको मात्रा मात्रा भन्दा पानीको मात्र बढी । काठमाडौंमा ३ घन्टा लाइन बसेर हालेको पेट्रोल तादीको पुल नकट्दै सकिएपछि नुवाकोट पुगेलगत्तै इन्धनकै खोजी गर्नु पहिलो बाध्यता बन्यो । नत्र फर्कन नपाउने समस्या छदैथियो । तेल पाउने छाटकाट नदेखिएपछि उद्योग बाणिज्य संघका अध्यक्षको चाकडी गरियो । उनले पनि सिडिओको पावर लगाएर आफुले तेल पाएको गुनासो गरे । तर आफ्नै जिल्लाको सिडिओ मैले चिनेको छैन । तर पैसा तिरेर तेल हाल्न पनि भनसुन गराउनुपर्ने यो बिडम्बना म जस्तो स्वाभिमानिका लागि सैह्य थिएन ।
सन् २००७ को वर्ष विश्वभर आफ्नो काममा खटिएका कम्तीमा १७१ जना पत्रकार तथा अन्य साचारकर्मीहरुको मृत्युसँगै साचार जगतका लागि सबैभन्दा रक्तपातपूर्ण रहन पुग्यो । सेनाले श्रीलङ्काको एक रेडियो स्टेसनमा गरेको हवाई हमला तीन सम्पादन कर्मचारीहरु मारिएपछि वर्ष पूरा हुन अझै एक महिना बाँकी हुँदा सन् २००६ को सबैभन्दा उच्च १६८ मृत्युलाई यो वर्षको आँकडाले उछिन्न पुगेको छ ।
बालाजु औद्योगिक क्षेत्रभित्र माओवादीको पाचौ बिस्तारित बैठकको निम्तो आएपछि नुवाकोटका माओवादीको बैठक बस्यो । सिन्धुली घर भएका कमरेड बिजय उर्फ कुमार दाहालको नेतृत्वमा बालाजु जाने टिममा जिल्ला पार्टी कमिटीका सेक्रेटरियट सदस्यहरु सबै जाने सहमति भए पनि त्यहा केही विवाद पर्यो ।