Wednesday, November 7, 2007

इजराएलको देह ब्यापारको एक झलक

‘बलत्कार पीडाले यौनाङ्ग क्षतबिक्षत भैसकेको थियो तैपनि पिपासुले छाडेनन्’
 उनी भुमिगत जीवन बिताउछिन् । सकभर आफु बसेको कोठाबाट निस्कदिनन् । उनलाई इजरायाली प्रहरीले गिरफ्तार गर्न खोजिरहेकोछ । ‘मेरिना’ यो उनको सक्कली नाम चाही होइन l उनलाई एक अपराधिक समुहले काम दिने  प्रलोभन देखाएर इजरायलको वेस्यालय बेचेका हुन् । पत्रिकामा विदेश पढ्न जाने विज्ञापनमा मार्फत उनी मानव बेच विखन गर्ने समुहको फन्दामा परेकी हुन् । मेरिनाको युक्रेनकी नागरिक हुन् ।
इजरायलमा १९९० को दशक देखी २००० सम्म मेरिना जस्ता तीन हजार महिलालाई राम्रो काम लगायत राम्रो जीवनको प्रलोभनमा इजरायल ल्याइयो । मेरिनाले पत्रिकामा विदेश अध्ययन गर्न जाने आकर्षक विज्ञापन देखिन् । युक्रेनमा आर्थिक अभावपुर्ण जिवन बाच्दै आएकी मेरीनाले अध्ययन गर्नुका सार्थै अलि अलि दाम पनि कमाउने सुरमा इजरायलमा गइन् । उनलाई के थाहा  इजरायल पुर्याउने एजेन्टले उनलाई विश्वविद्यालय नपुराई इजरायलको कोठीमा लैजान्छ भन्नेबारे । उनीलाई एजकेलन एर्पाटमेन्टमा लगियो । एर्पाटमेन्टका महिलाहरुले वेश्यालयमा आइपुगेको बताएपछि मात्र मेरिना छाँगाबाट खसिन् । उनी त्यहाँबाट निस्कन चिच्याउन थालिन् । तर उनलाई त्यहाँ रहेका केही पुरुषहरुले हिर्काउन थाले । त्यही नै उनलाई कैयौंले पटकपटक बलत्कार

पनि गरे । उनको केही लागेन । बलत्कारको पीडाले उनको यौनाङग क्षतबिक्षत भैसकेको थियो तर पिपासु पुरुषहरुले तै पनि छाडेनन् ।

मेरिनालाई झ्याल नभएको कोठोमा एक एक महिनासम्म थुनेर राखियो । उनलाई खाना पानी केही पनि दिइएन । उनले ट्वाइलेटको धाराको पानी खाएर बाचिन् । बिभिन्न साइजका र जातका पुरुषहरुको बलत्कारबाट पीडित मेरिनाको यौन अङ्गका घाउ भएर पाक्न थालिसकेको थियो तर पनि बलत्कार दिनहु जारी थियो । अन्तमा हरेक उपाय लगाएर मेरिना ती िहंस्रकहरुको पन्जाबाट उम्कन सफल भइन् तर अझैसम्म उनले भोगेको शारिरीक र मानसिक घाउ मेटीएको छैन । उनी पलपलमा तसर्िने र चिच्याउने गर्छिन् ।
इजरायलमा देह ब्यापारका लागी महिलाहरुलाई मुख्य रसिया मालडोभा युक्रेन उज्वेकिस्तान र बेलारुसबाट दलालहरुले विभिन्न प्रलोभन देखाएर ल्याउने गरेका छन् । सयुक्त राष्ट्रसघंले गत वर्ष महिला बेचविखनका लागि इजरायल मुख्य गन्तब्यस्थल भएको बताएको थियो । इजरायलमा वेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । तर कोठी राख्न र बेश्याबृत्तिका दलाललाई भने कानुनी छुट छैन । तर  कानुनको पुर्ण पालना भएको छैन । थोरै वेस्यालयहरु मात्र बन्द गरिएका छन् । 
इजरायलको टेलएभिज नेभसानन जिल्लाको चारतारे टुरिष्ट होटेलहरुबाट दुई चार पाइला हिड्ने बित्तिकै मसाज पार्लर सौना वाथ र इन्टरनेट क्याफेका नाममा छ्याप्ती छ्याप्ती बेश्यालयहरु भेटिन्छन् । साइबर क्याफे मसाज पार्लर नाम दिएको एउटा वेश्यालय त पुलिस स्टेसन पछाडी नै सन्चालन भइरहेकोछ । तर कुनै कारवाही हुदैन । प्रहरीको संरक्षणमा नै इजरायलमा बेश्यालय धन्दा फस्टाउदै छ । नेपालजस्ता मुलुकबाट समेत केयर गिभर घरेलु श्रमिक का नाममा बेयाबृत्तिका लागि राम्रो प्रलोभन दिएर महिलाहरु झिकाउने कार्य जारी छ ।
संयुक्त राष्ट्रसघंको लगातरको दबाब र गैर सरकारी सस्थांको विरोधका कारण वेश्याबृत्ति अपराधका सम्बन्धको कानुन सरकारले २०००मा ल्यायो । २००४ मा सरकारले टेल भिज नेभसाननमा यौन कार्यका लागी बेचिएका महिलाको लागी आबास गृहको स्थापना गर्यो । महिलालाई ओसार पोसार गर्ने नाकाहरु बन्द गरिए । दलालहरुलाई कडा सजाय तोकियो । सम्भािवंत दलालहरुको सरकारले खोजि गर्न थाल्यो । तर पनि स्थितीमा खासै परिवर्तन आएको छैन । प्रहरीका अनुसार यौनकार्यका लागी इजरायल ल्याइने महिलाको सख्यामा निकै कमी आएकोछ । तर बेश्याबृत्ति फस्टाएको बिदेशबाट महिला ल्याउने क्रम भने रोकिएको छैन । २००३ मा प्रहरीले  महिलाहरु बलत्कार हिसंा र यौनबन्दीको शिकार भएका पाइएको थियो

। यो क्रम अझै जारी छ । हामी अनुमान मात्र गर्न सक्छौं राम्रो रोजगारीका लागि त्यहा पुगेका नेपाली दीदीबहीनीहरुको अवस्था कस्तो होला ?

Posted by Diness Acharya at 13:10:25 | Permalink | No Comments »

Tuesday, November 6, 2007

सगरमाथामा कि्रकेट

पाचँ हजार एक सय चौरासी मिटर उचाईमा कि्रकेट मैदान
बेलायतको एक समुहले सर्वेच्च

शिखर सगरमाथामा कि्रकेट खेलेर  रेर्कड राख्ने भएकाछन् । ब्यवशाहिक र शिकारु १८ कि्रकेट खेलाडीको समुहले  सर्वेच्च स्थानमा कि्रकेट खेलको रेर्कड राख्न सगरमाथाको पाचँ हजार एक सय चौरासी मिटर उचाईमा कि्रकेट मैदान बनाएकाछन् । यो बेस क्याम्पबाट अलिकति मात्र तल छ ।
हिउँलाई सम्मयाएर पिच बनाइसकिएकोछ । सर्वच्च स्थानमा हुने कि्रकेट खेलमा एक टिममा छ खेलाडी रहनुका साथै पाचँ ओभरको एक पाली हुने ब्यवशाहिक कि्रकेटस्  एसोसियसनका प्रवता एन्डिउर बडले बताए । कि्रकेट बल धेरै तल खस्न भएकाले ४० कि्रकेट बल लगिएको पनि उनले बताए ।
यस समुहमा पाचँ जना बेलायतको ब्यवशाहिक टिमका खेलाडी छन् । खेलबाट  उनीहरुले कि्रकेट खेलाडीको

सहयोगार्थ  रकम सकंलन गर्ने बताएका छन् ।

Posted by Diness Acharya at 15:08:54 | Permalink | No Comments »

एस्टार्डाले सम्पत्ति जफ्त गर्न दिन मानेन

यी सम्पत्तिका लागि मैले पसीना चुहाएको छु : एस्टार्डा
पूर्व फिलिपिनो राष्ट्रपति जोसेफ एस्टार्डाले आफूलाई भ्रष्टाचारको अभियोगबाट आम माफी र थुना मुक्त गरिएको १३ दिन पछि आफ्नो सम्पत्ति जफत गर्ने अदालती कदमबिरुद्ध पाइला चालेका छन् । ‘यी सम्पत्ति मेरा आफ्नै हुन् । म सिने अभिनेता छँदा यी सम्पत्तिहरु जोडेको थिए ।’ - मनिलास्थित एस्टार्डाको निवासमा सम्पत्ति जफ्तको आदेश लिएर पुगेका एक अदालतका अधिकारीलाई एस्टार्डाले भने ।
ती अधिकारीसँग भएको एस्टार्डाको विवादलाई स्थानिय रेडियोले हुबहु प्रसारण गरेको थियो । आजिवन कारावासबाट राष्टपति ग्लोरियो अरोयोले आममाफी दिएपछि अरोयोको समर्थनमा लागेका एस्टार्डा भन्दैथिए- ‘यी सम्पत्तिका लागि मैले पसीना चुहाएको छु । यी सम्पत्ति मैले सरकारबाट चोरेको होइन ।’
‘आफ्नो सम्पत्ति लगानी कहाँ र कसरी गर्नु पर्छ भन्ने ज्ञान मलाई हुनु मेरो दोष हो र जुन कुरा आधिकारिक रुपमा मेरा हुन् र तपाइलाई ती कुराहरु छिन्न कहिल्यै दिन्नँ ।’ एस्टार्डालाई ६ वर्ष भन्दा बढी कारावास सजाय भोगेपछि अक्टुवर २६ मा राष्ट्रपति ग्लोरिया अरोयोले आममाफी दिएकी थिइन । सन् २००१ मा खडा गरिएको भ्रष्टाचार मामिला हेर्ने अदालतले आममाफीले सम्पत्ति जफ्त गर्ने कुरालाई छुट नदिएको जिकीर गरेको छ ।

Posted by Diness Acharya at 14:59:52 | Permalink | No Comments »

Monday, November 5, 2007

शुभकामना

    प्रज्वलित प्रकाशहरुको पर्व दीपावलीमा सबैलाई शुभकामना

            अक्षरको शुभकामनाबाहेक अरु के नै  

Posted by Diness Acharya at 13:52:06 | Permalink | No Comments »

यौन सम्पर्कलाई सन्तुष्टिदायक बनाउन भाइब्रेटिङ बेड

सेक्स जीवनमा महिला पुरुष समान सहभागिता : भाइब्रेटिङ बेड
जापानका होटलले आफ्ना ग्राहकका लागि भाइब्रेटिङ वेड उपलब्ध गराउन थालेका छन् । जोडीका लागि अत्यन्त सुरक्षित र आरामदायी मानिने यस्ता होटलको संख्या जापानमा २५ हजारभन्दा बढी छ । काराओके मेसिन अर्थात भाइब्रेटिङ बेड भनिने ती वेडले जोडीको यौन सम्पर्कलाई बढी सुललित र सन्तुष्टिदायक बनाउने बताइन्छ ।
लामो विदाका लागि उपयुक्त मानिने त्यस्ता होटलको बाहिरी नाम सामान्य हुनछ तर भित्री सुविधा फकर हुने एक निर्देशक बताउँछन् ।’सामान्य र दैनिक बसोबासलगायत असामान्य आवस्यकता पनि हामीकहाँ पुरा हुनछन’ । असामान्य आवयकता भन्नाले भौतिक सुविधा बुझ्नुहोला जुनातो होटलका निर्देशक ताकुओची मिकिअबा भन्छन् । पारम्परिक सेक्स जीवनमा महिलाभन्दा पुरुष बढी सकृय हुने तर भाइब्रेटिङ बेडका कारण हुदैन । सहभागिता समान रहन्छ ।
Posted by Diness Acharya at 13:23:44 | Permalink | No Comments »

कर्णेल करुणा लण्डनमा समातिए

हत्याको बदला व्यवहारले दिइने
लिट्टेबाट फुटेको विद्रोही समूहका नेता कर्णेल करुणा शुक्रबार बिहान लण्डनमा समातिएका छन् । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मार्च २००४ मा लिट्टेबाट छुट्टिएपछि उनी माथि लिट्टेका नेता कार्यकर्ता विरुद्ध आक्रमण गरेको आरोप लाग्दै आएको छ ।
लिट्टे नेताले सरकारी षड्यन्त्रमा सामेल भई तमिलका कि्रयाकलाप ध्वस्त गर्न लागेको आरोप करुणा माथि लगाएका छन् । उनीहरुले सरकारले नै करुणालाई संरक्षण प्रदान गरेको र उनका वफादारलाई आफू विरुद्ध कारवाहीमा लगाएको आरोप लगाएका छन् l यसबीच तमिल विद्रोहीले आफ्ना दोस्रो वरियताका नेता मारिएकोमा सरकारसँग हत्याकेा वदला लिइ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एसपी थामलसेल्भनलाई श्रीलंकाली हवाइ सेनाले शुक्रबाट हत्या गरेको थियो ।
अहिले श्रीलंकामा विद्रोहीहरु कडा प्रतिकारमा उत्रनेभय व्याप्त छ । अल्पसंख्यक तमिलका लागि छुट्टै राज्यमाग गर्दै २५ वर्षदेखि सशस्त्र संघर्ष संचालन गर्दै आएका छन् । श्रीलंका सरकारले धमिलसेभनको मृत्यु सरकारी सेनाकेा उल्लेख्य विजय भएको दावी गरेको छ । विरलै मात्र मिडियlमा आउने लिट्टेको सुपि्रमो भेलुपिल्लाई प्रभाकरणले थमिलसेभन प्रति अन्तिम श्रद्धान्जली दिएका छन् । तमिलका प्रवक्ता रसिया इलान्थिरियनले हत्याको बदला शबदले नभै व्यवहारले दिइने बताएका छन् ।
तर उनीहरुले तत्कालै िहंसात्मक कारवाही सुरु नगर्ने बताएका छन् । ‘हामी आश्चर्यजनक ढंगले काम गर्ने छौं’, रसियाको भनाइ छ । एसपी धमिलसेतमन विद्रोहीका राजनीतिक प्रमुख थिए । विद्रोही स्रोतका अनुसार वरियताक्रममा उनी दोस्रो पंक्तिका नेता हुन् । आफ्नो प्रभाव क्षेत्रमा विद्रोहीले तीन दिने शोक मनाउँदैछन् । थमिलसेमनलगायत अन्य पाँच वम हमलामा मारिएका हुन् । एसपी थमिलसेमनको मत्यु विद्रोहीका अर्का प्रभावशाली प्रवक्ता एन्टोन वालािसंघमको मृत्युको एक वर्ष नपुग्दै भएको छ ।
श्रीलंकाली रक्षामन्त्री गोतावाया राजापाक्ने भन्छन् ुहामीले चाहने हो भने हामी उनीहरुलाई एक एक गर्दा सेल्टरबाट थुप्न सक्छौं । उनीहरु कहाँ वस्छन् हामीलाई थाहा छ । शुक्रबारै बिद्रोहीले धमिलसेल्भनको ठाउँमा उनीहरुका प्रहरी प्रमुख नादेसनलाई नियुक्त गरेका छन् । उनी प्रहरीको जिम्मेवारीमा यथावत रहनेछन् । विद्रोहीको वेभसाइट तामलनेटमा उल्लेख भएअनुसार बमबारी उनीहरुको उत्तरी पकड क्षेत्र कलिनोच्चीमा भएकेा थियो । गत हप्ता अनुराधापुरको विद्रोही आक्रमणमा चार श्रीलंकाली सिपाही मारिएपछि सेनाले सो कारवाही गरेको थियो । विद्रोहीले आक्रमण आठ जहाज ध्वस्त पारेका थिए ।
२५ वर्ष युद्धमा श्रीलंकामा झण्डै सत्तरी हजार व्यक्ति मारिइसकेका छन् ।
Posted by Diness Acharya at 13:11:51 | Permalink | No Comments »