Thursday, October 4, 2007

गुणलक्ष्मीलाई राजदुत बनाउन िहंसाको समर्थन ?

.

 -बर्मामा सैनिक तानाशाहको िहंसाले चरम रुप लिइरहेछ । यता पोहोर भर्खर जनआन्दोलनको बलमा सत्तारोहण गरेको नेपाल सरकार कानमा तेल हालेर बसेको छ । छिमेकमा अहिसाका संबाहक भिक्ष्;हरुमाथि गोली बसा्रउदा पनि उनीहरु कम्भकर्ण निद्रामा छन । 
-
बर्मामा दुई तिहाइ जनताले चुनेर पठाएको महिला २० बर्षदेखि नजरबन्दमा छिन । नेपालमा राजधानीकै चुनाव क्षेत्रबाट जनताले हराएक महिला परराष्ट्र मन्त्री छिन । तर पनि उनी केहि बोल्दीनन ।
- बर्मामा जनताको नाममा जे पनि गर्ने तानाशाक थान श्वे महलमा जनबिद्रोह हेरेर रिसले मुर्मुरिदै छ । नेपालमा जनताले आफ्नो सत्ता खोसेपछि धर्मकर्ममा समेत लाग्न नदिएकोमा झोकमा एउटा तानाशाह नाराणहिटीभित्र मुर्मुरिदै छ ।
- बर्मामा नोबेल पुरस्कार जितेकी एउटी महिलालाई भ्यालबाट बाहिर हेर्न समेत बन्दैज लगाइएको छ । यता नेपालको परराष्ट मन्त्रालय सम्हालेकी एउटी महिला अर्की महिलालाई राजदुत बनाउन नपाइएलाकी भन्ने डरमा बर्मेली िहंसाको समर्थन गरीरहेकी छिन ।

प्रसंग यति मात्र छैन अरु धेरै हुनसक्छ । धर्म सकृति रहनसहन र पुरातन सबन्धका कारणले पनि नेपाल र बर्माबिचको सम्बन्ध जिजुबाको पालादेखिकै हो । अहिले पनि बर्माको लडाइमा बहादुरी देखाएको कहानी सुनाएर हामीलाई रोमााचक युगमा लैजाने बुढाबाहरु ज्यूदै छन् । दोस्रो बिश्वयुद्धमा जापानी सेनाको मार खेप्न नसकेर टाँगा चढेर सिक्कीम र नेपाल पुगेकाहरुको संख्या पनि हजारौं छन । 
बुद्ध नेपाली भाषा र क्षेत्रीयता आदी आदी कारणहरु छन । बर्मामा बौद्धमार्गीहरु सेनाको गोलीबाट मारिरहदा हामी नेपाली मौन बस्न मिल्दैन । बर्मेली दुतावास घेर्नुपर्छ । राष्टसंघलाई दवाब दिनुपर्छ । चीन भारत र अमेरिकालाई पेल्नुपर्छ । बर्मा सिक्कीम दार्जलिङ र भुटान सबै नेपाली दाजुभाइका लागि हामी एकजुट हुनुपर्छ । त्यसभन्दा पनि बढी प्रजातन्त्र र स्वतन्त्रताका लागि नेपालीले पटक पटक बगाएको रगतको अपमान हुन दिनु हुदैन । फेरी एकपटक लड्नुपर्छ ।
नेपाल सरकार अझै मौन छ । परराष्ट्र मन्त्रालयका प्रबक्ता अर्जुनबहादुर थापासित नेपालले किन प्रतिकि्रया जनाएन रु भनेर प्रश्न गर्ने हो भने उनी झन मौन बस्छन । ‘क्याबिनेटमा छलफल भएको छैन, हामीले केही भन्न मिल्दैन ।’  उनको यो जवाफको कारण खोज्न धरै टाढा जान पर्देन । जीवनभर संघर्ष गरेका । एउटा देशमा क्रान्ति सकेर अर्को देशमा छापामार जन्माउन दौडिरहने चे ग्वेभाराका चेला ठान्ने एमालेका नेताहरु बर्मा बिद्रोहबारे सरकारलाई केही नबोलन दवाब दिइरहेका छन ।
एमालेको भागमा परेको परराष्ट्र मन्त्रालयले क्याबिनेटमा बर्माको विषय लैजादैन । लामो समयदेखि अमेरिकामा रहेकी परराष्ट्रमन्त्री सहाना प्रधान उता जानुअघि बर्मेली राजदुतसित भेटेको थिइन । के कुरा भयो थाहा भएन तर उनले मौन बस्ने नीति लिएर हिडेकी छिन । न्युयोर्कमा ३ चोटी भाषण गरिन तर बर्मा र प्रजातन्त्रको विषयमा केही बोलिनन । अब यो प्रश्न जनताले उनलाई किन नसोध्ने ? 
एमालेको कोटामा परेकी गुणलक्ष्मी बिश्कर्मा जो आफ्नो थरको अगाडि शर्मा पनि लेख्छिन । दोलखाकी बिश्वकर्माले जागिर खाएर जनस्वास्थ्य अधिकृत बनेपछि छलफल साप्ताहिकको गोपाल थपलियाको आखा लाग्यो । कालो हिस्सी नपरेको र अधबैशे छोराछोरीको बाउ बुढा पत्रकारले उनलाई फकाए र बुढेशकालको रखौटी बनाए । त्यही रोजाइमा उनले आफ्नो शर्मा थर पनि उनलाई दिए । रुसमा प्रस्ताव गरिए पनि पछिल्लो पटक उनलाई बर्माको राजदुतमा शिफारिश गरिएको छ । बर्मा सरकारले उनलाई एग्रीमो नदिने डरले परराष्ट्र मन्त्रालय अहिलेसम्म बोल्न सकेको छैन । छिमेकमा यत्रो बिद्रोह हुदा पनि नबोल्नु जस्तो निकृष्टता अरु कुनै होला र  !
आफ्नो कार्यकर्तालाई राजदुत बनाउन एमाले मन्त्री नबोले पनि सत्ता साझेदार अरु दल किन नबोलेका  हिजो उनीहरु सडकमा हुदा चाँही सबै अन्तराष्ट्रिय जगत बोल्नुपर्ने आज उनीहरु चाही किन यतिबिधी कृतज्ञ्न  यी दलहरु त यस्तै भए हामी पनि अझै नबोल्ने ? 
 

Posted by Diness Acharya in 09:38:30 | Permalink | Comments (1) »

मेरो सकारात्मक बिद्रोह

आऔं मिलाऔ हातहरु 

बर्मामा अहिसाका पुजारी बौद्धमार्गी भिक्ष्;हरुमाथि जुन्ता सरकारले गोल बसा्रइरहेको छ । नेपालभन्दा जनसख्याको हिसाबले दोब्बरभन्दा पनि ठुलो रहेको बर्माको तानाशाह सैनिक शाशनका बिरुद्ध हाम्रो सरकार कानमा तेल हालेर बसेको छ । कारण एउटै छ- एकजना एमाले पत्रकारको ‘गोप्य’ श्रीमतीलाई बर्माको राजदुत बनाउनु पो रहेछ ।

आज अक्टोबर ४ का दिन बिश्वभरका ब्लगरहरुले आफ्नो बिरोध स्वरुप एकदिन ब्लग पोस्टिङ बन्द गर्ने भएका छन । उमेशको माइसन्सारले यो सुचना दिएलगत्तै मेरो दिमागमा अर्को बिद्रोह उब्जियो । किन ब्लगपोस्टिङ नगर्ने ? यस्तो बेलामा त झन धेरै पोष्ट पो गर्नुपर्छ । कुनचाही ब्लगरको शैतानी दिमागमा आएको यो आइडियाले बर्मेली स्वतन्त्रता आन्दोलनलाई सहयोग होइन झन निरुत्साहित पो पार्दैछ ।

 सानो देश भए पनि बर्मा सुचना प्रबधीको युगबाट निकै पर छ । सन १९८८ मा बर्मामा भएको स्वतन्त्रता सग्राममा ३ हजार मान्छे मारिए । जनताले चुनेको सरकारले शाशन चलाउन पाएन । उल्टो त्यही पार्टीका नेताहरु आजिवन कारावासमा गए । जुन नियति अद्यापी कायम छ । बर्माका जम्मा ३ हजार इमेल आइडी छन् । त्यहाका मान्छेहरुलाई बिदेश जान दिदैन । जसोतसो लन्डन पढ्न पुगेका एकजना बर्मेलीले ब्लग चलाएर आफ्नो देशको लोकतान्त्रिक आन्दोलनलाई सघाउदैछ । तर हामी आफ्नो देशमा आन्दोलन चल्दा सारा बिश्वभर- ‘लौ न तिमीहरुको साइटमा पनि लेखिदेओ न’ भन्नेहरु आज बिरोधको नाममा आफ्नो खुट्टामा बन्चरो हान्दैछौं ।

यो आन्दोलनप्रति मेरो पूर्ण समर्थन छ तर जुन पकि्रया अपनाइएको छ । त्यसको म बिरोध गर्छु । यो बिश्वभरका ब्लगरहरुका तर्फबाट भनिएको आन्दोलनमा मेरो सकारात्मक हस्तक्षेप वा बिद्रोह हो । बरु यसको साटो आजको एक दिन सारा बिश्वका ब्लगरहरुले बर्माको बिषयमा मात्र ब्लग लेख्ने र बर्मेली सरकारलाई दवाब दिन अन्तराष्ट्रिय समुदाय वा बिश्वभरका जनतालाई जागरुक गराउने हुन सक्थ्यो ।
त्यसैले यो सकारात्मक बिद्रोह स्वरुप आजको दिन म बर्माको बिषयमा मात्र ब्लग पोष्ट गर्ने घोषणा गर्दछु । यतिखेर हामी बिरोधको नाममा हात बाधेर बस्ने होइन कि झन पहिलेभन्दा बढी संघर्ष गर्नुपर्ने बेला आएको छ ।
बर्माको सैनिक शाशक थान श्वेको भव्य महलबाहिर जम्मा गरिएको २० हजार सैनिकले रातो लुगा अर्थात भिक्ष; पोशाकमा बाटो हिड्ने जो कोहिलाई समातेर जेल कोचेको घट्ना सामान्य हो । हिजोका दिनमा त्यसको परिमाण सानो थियो । हामीसम्म त्यो खबर अइपुग्थेन । आज ठुलो परिमाणमा मान्छेहरु पीडित छन्  आन्दोलन चर्किएको छ । हामीलाई पनि त्यही आन्दोलनको एउटा पाटो बन्ने मौका प्राप्त भएको छ ।
२० बर्षदेखि बन्धक बनाइएकी जनताले चुनेको बर्माकl राष्ट्रपति आङ साङ सुकीलाई बरन्डामा निस्कन समेत बन्देज लगाइएको थियो । तर आन्दोलन चकिएको खबर पाएको दिन सुकि अचानक बाहिर निस्कीन । हजारौं भिक्ष्ा र सर्बसाधारणको जुलुसतिर हेरिन । उत्साहको हात हल्लाइन् । त्यतिखेर उनको आखाबाट बलिन्द्रधारा आशु बगिरहेको थियो । हेर्दा साधारण र भर्खरको अधबैशे लाग्ने नोबेल शान्ति पुरस्कार बिजेता ५९ बर्षिय सुकीको पक्षमा आम बर्मेली स्वतन्त्रताप्रेमीको पक्षमा र बिश्वब्यापी लोकतन्त्रको पक्षमा आवाज उठाऔं । आऔं मिलाऔ हातहरु l आऔं मिलाऔं कांधहरु l आऔ मिलाऔं स्वरहरु । कलमहरु र अक्षरहरु … !!!

Posted by Diness Acharya in 07:38:22 | Permalink | Comments (2)