Wednesday, October 17, 2007

Happy Bada-Dashain-2064

तपाइलाई बडादशैंको हार्दिक शुभकामना है ।


अनि औपचारिक भए पनि उत्तरोत्तर प्रगतिको कामना पनि ।


- दिनेश आचार्य
www.janatako.blog
.com

Posted by Diness Acharya at 10:31:11 | Permalink | No Comments »

वक्षस्थल ‘मसाज’ गर्छन् डाक्टर

महिला बिरामीको स्तन नाप्ने दन्तचिकित्सक

सर्त्ताईस जना महिला बिरामीको स्तन माडेका एक दन्तचिकित्सकले कुनै-कुनै उपचार प्रक्रियामा छातीको मालिस अत्यावश्यक रहेको तर्क दिई आफ्नो बचाऊ गर्न कोसिस गरेका छन् । मार्क एन्डरसन नामका ती चिकित्सकका वकिलले बंगाराको समस्या निदान गर्न ‘पेक्टोरल मसल’मा मालिस गर्नुपर्ने केही डेन्टल जर्नलले लेखेको दलित अदालतमा दिएका हुन् । प्रहरीका अनुसार ‘टेम्पोरो-म्यान्डिबुलर जोइन्ट डिर्सअर्डर’का बिरामीलाई निको पार्न एन्डरसनले नियमित रूपमा छाती मालिस गर्थे । ‘पहिले उनी कम्मरमाथिका सम्पूण् कपडा खोल्न लगाउथे, विभिन्नथरिका नाप्ने स्केल लिएर स्तनका आकार प्रकार नाप्थे, सुगन्धित तेल दल्थे र पहिले हल्का र पछि कडा ढंगले मालिस गर्थे’, प्रहरी एकाइ प्रमुख क्रिस्फोटर मार्लोले भने ।
‘उनीहरू सामान्यतया दा“त दुख्ने समस्या लिएर मकहा“ आउ“थे । म पहिले मालिस गथेे औषधि तथा अप्रेसनको तर्क लाद्थे । मालिसले दातसग जोडिएका मांशपेसीलाई लचकदार बनाउथ्यो । उनीहरूलाई राहत मिल्थ्यो भने मलाई पनि काम गर्न सजिलो हुन्थ्यो,’ एन्डरसनलाई उद्धृत गर्दै मार्लोले भने । ‘मसग यसबारे कसैले गुनासो गरेनन् । यही पद्धतिका कारण मलाई कतिपय बिरामीले डिनरको निम्तो दिएका छन् र अन्तरंग सम्बन्धका लागि अनुरोध गरेका छन् ।
‘अहिले जसले मविरुद्ध उजुरी दिएका छन्, तिनीहरू नै बढी समयसम्म मालिस चाहन्थे । उनीहरूलाई बढी समय मालिस गरिदिएबापत मैले सेवाशुल्क डबलसमेत लिएको छु । अहिले यो सब के नखरा हो -’ उनलाई उद्धृत गर्दै प्रहरीले थप्यो । न्यायाधीश जोनाथन लिडलाई महान्यायाधिवक्ता रोर्ट जारोले एन्डरसनको इजाजतपत्र रद्द गर्नुपर्ने सल्लाह दिएका छन् । तर, लिउले तत्काल कुनै निर्ण्र्ाभने गरेनन् । जारोका अनुसार अब एन्डरसनका साथमा २ सहयोगी हमेसा रहनेछन् । यस अगाडि उनको कोठा छुट्टै थियो । पर्दा लगाइएको आफ्नो कोठाभित्र उनी वक्षमर्दन गरिरहेका हुन्थे । अब कुनै पनि बहानामा वक्षमर्दन नगर्न जाराले एन्डरसनलाई सल्लाह दिएका छन् । दर्ुइ दर्जनभन्दा बढी महिलाले उनीविरुद्ध संयुक्त रिट दायर गरेका हुन् । एन्डरसनको सात छोराछोरी उनको आश्रयमा बा“चेका छन् । ‘कपडा छोडाउन लगाउदा नै मलाई शंका लागेको थियो । तर, होला कुनै उपचारको विधि भनेर म चुप लागे । तर, पछि जब उनले ‘मेरो देब्रे स्तनको मुन्टा घरी स्तनभित्र लुकाउने घरी माथि तान्ने’ गर्न थाल्यो, यो डेन्टिस froud रहेछ भन्ने लाग्यो मलाई,’ एक पीडितले भनिन् । उनका अनुसार उनका दुवै स्तनमा उच्च कोटीको सुगन्धित तेल दलिएको थियो र एउटा स्टिलको चिम्टाले मुन्टा घरिघरी निचोरिएको थियो ।
अर्की एक किशोरीले पनि आफूलाई एन्डरसनले झुक्याएको दाबी गर्छिन् । कीरा लागेको दा“त उक्काउन उनी एन्डरसनकहा“ गएकी थिइन् । एन्डरसनले पहिले सुत्न भने । मेरो कपडा असाध्य टाइट थियो । त्यसैले सुत्न पनि अलि अप्ठ्यारो भयो । उनी त मलाई कर्र्सीमा  बसाएर मेरो टिर्सट र ब्रातिर पो लागे’ उनले भनिन् । पीडित सबै महिलाको नाम ठेगाना गोप्य राखिएको छ । उनीहरू सबैले आफूलाई कति समयसम्म कुन-कुन किसिमले यौनशोषण गरिएको थियो भन्ने लामो बयान दिएका छन् । तर, एउटी महिलाले भने आफू त्यस्तो उपचार पद्धतिबाट सा“च्चीकै प्रभावित रहेको बताएकी छन् । उनी पटक-पटक त्यस्तो सेवा लिन एन्डरसनकहा“ जाने गर्थिन् । एन्डरसन पनि उनको दुःख बुझेर मन लगाएर उपचार गर्थे । उनले रिटबाट आफ्नो नाम पनि उल्लेख नहुने गरी फिर्ता लिएकी छन् ।
Posted by Diness Acharya at 08:00:29 | Permalink | Comments (1) »

‘हामी एक पटक फेरी अमेरिकालाई पुराना गल्तीहरु सच्याउन भन्दैछौँ ‘

बुशलाई चिनको धम्कि
दलाइ लामालाई सम्मान गर्न लागेपछि चीन सरकारले अमेरिकी राजदुत जर्ज बुसलाई धम्कि दिएको छ । चीनले दलाइ लामालाइृ अमेरिकाी राष्टपतिले नभेट्न र उसलाई सम्मान गनै कार्यक्रम पनि रद्द गर्न आग्रह गर्दै पत्र लेखेको छ । चिनले अमेरिकी राजदुतको ब्यक्तिगत भेटघाटमा समेत प्रतिबन्ध लगाउने गरि यो पहिलोपटक पत्र लेखेको हो । यो पत्रलाई चिनले बुसालाई दिएको धम्किको रप्मा दिएको छ ।

तिब्बतेली बौद्ध धर्मगुरु दलाई लामासँग भेटघाट गर्ने पूर्व निर्धारित योजनालाई रद्द गर्न चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशसँग आग्रह गरेको हो  साथै उसले तिब्बतेली धर्मगुरुको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई रोक्न पनि संयुक्त राज्य अमेरिकालाई भनेको हामीले यसअघि थुप्रै पटक अमेरिकी पक्षसँग यो कुरा राखिसकेका छौँ हामी एक पटक फेरी अमेरिकालाई पुराना गल्तीहरु सच्याउन धर्मगुरुका लागि तय गरिएका व्यवस्थाहरु रद्द गर्न भन्दैछौँ - चिनिया विदेश मन्त्रालयका प्रवक्ता लियू जियानचाओले भने

Posted by Diness Acharya at 07:30:40 | Permalink | No Comments »

म्यान्मारमाथि अन्तरराष्ट्रिय दबाब

‘विशेष बर्मा कोष’ मा छ लाख डलर
अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले म्यान्मारको जुन्ता सरकारलाई अन्तरराष्ट्रिय समुदायले व्यापक दबाब दिनुपर्नेमा जोड दिएका छन् । म्यान्मारका प्रजातन्त्रवादीहरुलाई आर्थिक सहयोग गर्ने सम्बन्धमा वासिङटनले आफ्नो योजना सार्वजनिक गरिरहँदा राष्ट्रपति बुसको उक्त भनाइ प्रकाशमा आएको हो । सैनिक जनरलहरुलाई अन्तरराष्ट्रिय जगतले पूर्ण रुपमा नएक्ल्याएसम्म जुन्ता प्रशासनले प्रजातान्त्रिक आन्दोलनका समर्थकहरुमाथि दबाब जारी राख्ने उल्लेख गर्दै राष्ट्रपति बुसले अन्तरराष्ट्रिय समुदायको व्यापक दबाब अपरिहार्य भएको बताए । अमेरिकाले म्यान्मारका केही व्यक्तिहरुमाथि नाकाबन्दी लगाइसकेको तथा राष्ट्रविरुद्ध पनि नाकाबन्दी लाग्ने प्रबल सम्भावना रहेको बताउँदै अमेरिकाको एक्लो नाकाबन्दीबाट म्यान्मारलाई खासै प्रभाव नपर्ने भएकाले विश्वका सबै राष्ट्रको ऐक्यबद्धता जरुरी भएको राष्ट्रपति बुसको भनाइ थियो ।


यसैबीच संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएकाहरुविरुद्ध जुन्ता सरकारले गरेको एवं धर दमन पकडको विरोध गर्दै सहिष्णुताका साथ विपक्षी दलकी नेत्री आङसान सुकीसँग वार्ता गर्न आह्वान गरेको छ । अमेरिकी विदेश मन्त्रालयले गत साता म्यान्मारको प्रजातान्त्रिक आन्दोलन एवं मानवअधिकारको रक्षाका लागि स्थापित ‘विशेष बर्मा कोष’ मा छ लाख अमेरिकी डलर जम्मा गर्ने सरकारको योजना रहेको जनाएको थियो ।
मानवअधिकारवादी अन्तरराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले म्यान्मारको बिग्रँदो मानवअधिकारको स्थितिप्रति चिन्ता जनाउँदै थप अमेरिकी सहयोग आवश्यक भएको सन्दर्भलाई दृष्टिगत गरी विदेश मन्त्रालयले उक्त रकम निकासाको योजना सार्वजनिक गरेको हो । एम्नेस्टीले म्यान्मारका निष्कासित मानवअधिकारवादी नेताहरुलाई राष्ट्रपति बुसले भेटी म्यान्मारप्रति अमेरिका संवेदनशील रहेको बुझाउनुपर्नेमा जोड दिँदै आएको छ ।
अमेरिकाले म्यान्मारमा उत्पादित सामग्री अमेरिका आयातमा प्रतिबन्ध लगाएको छ भने त्यहाँ अमेरिकी लगानी नगर्न आफ्नो नागरिक एवं सङ्घसंस्थालाई निर्देशन दिएको छ । उता दुईजना अमेरिकी विधायकले अमेरिकाले झैँ युरोपेली मुलुकहरुले पनि म्यान्मारविरुद्ध नाकाबन्दी लगाउनुपर्नेमा जोड दिँदै त्यहाँ प्रजातन्त्र स्थापना गर्न युरोपका सबै देशको एकीकृत कूटनीतिक प्रयास हुनुपर्ने बताएका छन् । उनीहरुले म्यान्मारका वरिष्ठ सरकारी अधिकारी उनीहरुका परिवार र सैनिक सरकार निकट व्यक्तिहरुको बैङ्क खाता रोक्का गर्नुपर्ने तथा जुन्ता प्रशासनलाई दबाब दिन चीन भारत र दक्षिण पूर्वी एसियाली मुलुकहरुको सङ्गठन आसियान को प्रमुख भूमिकामा ती विधायकको जोड दिएका छन् ।यसैगरी चीनले म्यान्मारमा जारी सङ्कट समाधान गर्न सकारात्मक भूमिका निर्वाह गर्ने जनाएको छ ।
चिनियाँ विदेशमन्त्री याङ ज्याचाईले सबैको सामूहिक प्रयास एवं कठिन परिश्रमबाट म्यान्मारको पछिल्लो अवस्थामा सुधार आएको बताउँदै म्यान्मारले आफ्ना जनताको चाहना परिपूर्ति र विकासलाई उच्च प्राथमिकता दिएर काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । विदेशमन्त्री याङले आज यहाँ संवाददाताहरुसँगको कुराकानीमा चीनले संयुक्त राष्ट्रसङ्रघका महासचिव र उनका विशेषदूत इब्राहिम गाम्बारीलाई समर्थन गर्छ भने पनि कस्तो समर्थन हो त्यसबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन् । म्यान्मारका प्रजातन्त्रवादी समूहसँग सैनिक सरकारको मेलमिलाप र मैत्री स्थापना गर्न विशेषदूत गाम्बारी छवटा एसियाली मुलुकहरुको सहयोग जुटाउने क्रममा हाल मलेसियामा छन् । यसपछि उनी इन्डोनेसिया जापान चीन र भारतको भ्रमणमा निस्कने
बताइएको छ ।


जापानद्वारा म्यान्मारलाई सहायता रद्द
म्यान्मारमा हालैका दिन सरकारविरुद्ध भएका जनप्रदर्शनहरुमा रक्तपातपूर्ण दमन भई एक जापानी पत्रकार मारिएपछि जापानले त्यसको विरोधस्वरुप मङ्गलबार म्यान्मारलाई दिन लागिएको ५० लाख अमेरिकी डलर सहायता रद्द गरेको छ । यद्यपि जापानले सबै प्रकारका सहायता बन्द गरिहाल्ने कुरा बताएको छैन । विदेश मन्त्री मासाहिको कोमुराले करिव ४७ लाख डलर अनुदान सहायता रद्द गरेको जानकारी दिनुभयो । टोकियोले गत वर्ष म्यान्मारलाई उपलब्ध गराएको कुल अनुदान तथा प्राविधिक सहायताको यो १८ प्रतिशत हुन आउँदछ ।
‘जापान सरकारले आफ्नो अडान देखाउन जरुरी भएको छ । यतिखेर सैन्य सरकारलाई सघाउ पुगिहाल्ने कुनै पनि कदम हामी चाल्न सक्दैनौं’ मुराले भने। संयुक्त राज्य अमेरिका र यूरोपेली सङ्घको भन्दा पृथक नीति अख्तियार गर्दै जापान म्यान्मारको एक ठूलो दाता राष्ट्रको रुपमा  रहँदै आएको छ । प्रजातन्त्रवादी नेत्री आङ सान सु किलाई नजरबन्दमा राखेको विरोधस्वरुप जापानले सन् २००३ मा सहुलियत ब्याजदरको एउटा ऋण पनि रोकेको थियो ।

Posted by Diness Acharya at 07:05:37 | Permalink | No Comments »

Tuesday, October 9, 2007

डा. हर्क गुरुङलाई सम्झिँदै

गुरुङलाई सम्झिँदै बालसखा चुरे दमाई

गएको असोजमा ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दर्ुघटनामा परेर निधन भएका भूगोलविद् डा. हर्क गुरुङको जन्मथलो लमजुङ, ङादीका बासिन्दाले गाउँमै उनको प्रथम पुण्यतिथि मनाए  असोजमा एउटा कार्यक्रम गरेर गुरुङलाई यसरी सम्झिँदा उनका बालसखा, ७० वषर्ीय चुरे दमाई समाधिस्थल छेउ बसेर रोइरहेका थिए 

 चुरेका बाबु गाउँका कटवाल थिए भने हर्कका बाबु मुद्दामामिला छिनोफानो गर्ने मुली‘  हर्कलाई गाउँमा सबैले ठूला भनेर बोलाउँथे  चार वर्षो उमेरदेखिको मित्रता सम्झिँदै आँखाभरि आँसु लिएर चुरेले भने, “ठूलाबाबुको घर नजिकै थियो  बिहान उठ्नासाथ बज्यैले दिएको बासीभात छ्याङ खाएर हामी बाख्रा चराउन जान्थ्यौँ  हर्क चुरे दिनभर खेल्ने, ठूलाबडाले शिकार खेलेको सिको गर्दै गुलेली बोकेर चरा मार्न जाने गर्दथे  एकदिन हामीलाई छाडेर ठूला शहरतिर गयो, पछि पढेर, संसार घुमेर राजा समानको मान्छे बनेर पो गाउँ फर्कियो !” ती दिन सम्झिँदै उनले भने 

७२ वर्षघि लमजुङको ङादी, तराँचेमा जन्मिएका डा. हर्क गुरुङ -ठूला) नौ वर्षो उमेरमा जिल्लामा पाठशाला नभएकोले पाठशाला भएको ठाउँमा गएर पढ्छु भनी बाबुसँग जिद्दी गर्दै १२८ किलोमिटर हिँडेर सात दिनमा काठमाडौँ पुगेका थिए  काठमाडौँको दरबार स्कूल भारतको देहरादून-जालन्धर, काठमाडौँकै त्रि-चन्द्र कलेज भारतको पटना विश्वविद्यालयमा पढ्दै स्कटल्याण्डको एडिनबरा विश्वविद्यालयबाट पोखराको भौगोलिक र्सर्वेक्षणमा विद्यावारिधि गरेका गुरुङ नेपालका गाउँ-ठाउँको बढी माया गर्दथे  गाउँ आएका बेला आत्मीयता देखाउँदै घरैमा आएर बोलाउने, केही गर्न रुपैयाँ-पैसा समेत दिने गरेको सम्झँदै चुरे भन्छन्, “ दमाइको छोरा भनेर अलिपर बस्न खोज्थेँ, तर उनी नै जातपात नभनी, घरैमा लिएर जान्थे आफूसगै बसाउँथे ! ढ्न नपाएर हामी लाटाको लाटै रहृयौँ, उनले अरूलाई पनि बाठा बनाए 

पढे लेखेर, देशविदेश गरेर ठूलो मान्छे बने पनि डा. गुरुङले आफ्नो गाउँ बिर्सर्ेे थिएनन्  बरोबर गाउँ आइरहने गाउँमा विकास गर्न तथा शिक्षाको उज्यालो फैलाउन सधैँ केही केही गरी नै रहन्थे  त्यसैले गाउँवासीहरूले उनको थलो ङादी, गुरुङ गाउँको ताक्लीचोकमा समाधिस्थल बनाए  गुरुङको तराँचेस्थित जन्मघर पहिरोले लगेपछि उनको परिवार नजिकैको ताक्लीचोकमा बसाइँ सरेको थियो 

वाषिर्कीका अवसरमा स्थानीय बासिन्दा विद्यार्थीहरूले गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको प्लेकार्ड ब्यानर बोकेर जुलुस पर््रदर्शन गरे  उनीहरूले उनको परिवारलाई गुरुङ परम्पराअनुसार दुःख परेका बेला आफन्तजनले सहानुभूति सौहार्दता जनाउन फूलमाला पहिर्याएर सगुन खुवाउँदै गरिने स्याईस्याई समेत गरेका थिए  कार्यक्रममा गुरुङका पत्नी सरोजा, छोरीहरू हिमालचुली मनासलु, छोराहरू सगरमाथा विकाससहित पूरै परिवार उपस्थित थियो  गाउँबाट १४ किलोमिटरको दूरीमा रहेका मनासलु -,१२५ मिटर) हिमालचुली -,८९३ मिटर) को काखमा हर्ुर्किएका उनले आफ्नी दर्ुइ छोरीको नाम पनि यिनै हिमालका नामबाट राखेका थिए 

वाषिर्कीमा डा. गुरुङका पोखरा, काठमाडौँ विदेशदेखिका आफन एवं मित्रहरूको सहभागिता थियो  भदौमा समाधिस्थलमा गुरुङ परम्परा अनुसार वाषिर्क कर्म गरिँदा उनका ८३ वषर्ीय जापानी साथी तात्सु कामारा श्रीमतीसहित उपस्थित थिए  हिमाल किताबले प्रकाशन गरेको गुरुङको मैले देखेको नेपाल भन्ने किताब पनि उनैले विमोचन गरे  किताबमा ४७ वर्षघि कामारा उनकी श्रीमती नाओकोलाई लिएर पोखराबाट हिँड्दै गाउँ आइपुगेको कुरा पनि रोचक ढङ्गमा उल्लेख गरिएको  ।   २७ वर्षघि अङ्ग्रेजीमा प्रकाशित भिन्येत्स अफ नेपाल को नेपाली संस्करणको रूपमा निस्किएको यो किताबको सम्पादन बसन्त थापाले गरेका हुन्  नेपालक भूगोल, जनसङ्ख्या, पर्वतारोहण, जनजाति, लाहुरे इतिहास आदिका ज्ञाता गुरुङले चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद् प्रशासकका रूपमा समेत ख्याति कमाएका थिए  हिमाल एशोसिएशनका अध्यक्ष बसन्त थापा भन्छन्, “डा. गुरुङ देशकै नाडी छाम्ने डाक्टर हुनुहुन्थ्यो  नेपालको भूगोल, समाज, जातजाति तिनका समस्या पहिल्याएर त्यसको उपचार गर्न अग्रसर रहनुहुन्थ्यो 

डम्बरकृष्ण श्रेष्ठ, ङादी, लमजुङम

Posted by Diness Acharya at 17:01:49 | Permalink | No Comments »

Monday, October 8, 2007

म्यानमारमा मारिएका जापानी पत्रकारको अन्त्यष्टि

 अलबिदा नागाइ
म्यानमारमा विरोध प्रदर्शनको समाचार लिन खटिएका बेला मारिएका जापानी भिडियो पत्रकार केन्जी नागाइको सोमबार टोकियोमा अन्त्येष्टि गरियो ।
क्योदो समाचार एजेन्सीका अन’सार वेदीमा राखिएको नागाइको जोर्डनमा खटिएको बेलाको तस्वीरलाई सोता फूलहरुले ढाकिएको थियो । टोकियोस्थित मिनाटो वार्डस्थित आयोयामा सोगिसो अन्त्येष्टि कक्षमा नागाइको पार्थिव शरीरप्रति उनका अभिभावक र शोकाकुल शुभेच्छुकजनले अन्तिम श्रदााजली अर्पण गरेका थिए । करिव एक हजार शोकाकुल जनताले उसको तस्वीर राखिएको वेदीमा अत्तरबत्ती चढाएका थिए । श्रदााजली दिन जापानमा बस्दै आएका ७० प्रतिशत भन्दा बढी प्रजातन्त्र समर्थक म्यान्मारका नागरिक र मान्मार दुतावासका प्रतिनिधिहरु उपस्थित भएका थिए ।
Posted by Diness Acharya at 16:43:09 | Permalink | No Comments »

झन्डै सम्बन्धविच्छेद गरेका क्लिन्टनले

सेक्सुअल अन्तक्रिर्या नगरेको कागजसमेत गराए

प्रेम, सेक्स र महिलाका मामिलामा उदार छवि बनाएका प;र्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले आफ्नी अर्की एक प्रेमिकास“ग एकाकार हुन श्रीमती हिलारीस“ग झन्डै सम्बन्धविच्छेद गरेको एक पुस्तकमा खुलाइएको छ । केहीअगाडि प्रकाशित ‘अ वुमन इन चार्ज’ मा क्लिन्टनले आफ्नी प्रेमिका मार्लिन जो जेन्किन्सस“ग सधै“का लागि साथ रहन सन् १९८९ मा हिलारीस“ग छुट्नि\ पूरा मानसिकता बनाएको बताइएको छ ।
पुस्तककी लेखिका कार्ल बर्नस्टेइनका अनुसार त्यतिबेलाकी उनकी प्रेमिका एउटा व्यापारिक निकायकी कार्यकारी निर्देशक थिइन् । मार्लिन जेन्किन्स नामकी ती सुन्दरीको बिलको जीवनमा यति ठूलो प्रभाव थियो कि उनी आफ्नी पत्नीलाई समेत पारपाचुके दिने मनोदशामा पुगेका थिए । सन् १९९२ मा ह्वाइटहाउस प्राप्तिका लागि चुनावमा जाने मनसायसमेत क्लिन्टनले जेन्किन्सकै सल्लाह, सुझाव र सिफारिसमा तय गरेको पुस्तकमा उल्लेख छ । तर, चुनावमा जान सम्बन्धविच्छेदले नकारात्मक असर गर्ने सल्लाह पनि बिललाई जेन्किन्सले दिएकी थिइन् । बिलले पनि त्यतिबेलाको राजनीतिक गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धविच्छेद गरिहाल्ने मनस्थिति बनाएनन् ।
ह्वाइटहाउसप्रतिको आकर्षा र प्रेमिकास“गको सम्भावित विच्छेदले बिल मानसिक रूपमा यति कमजोर साबित भएका थिए कि उनका चिफ स्टाफले उनलाई एउटा थेरापिस्टकहा“ नै लानुपरेको थियो । उनका चिफ स्टाफ बेट्सी राइटले क्लिन्टन र हिलारीलाई धेरै सम्झाए l श्रीमती क्लिन्टनले पछि आफ्नी मित्र डायना ब्लेयरलाई भनेकी थिइन्, ‘बिल राष्ट्रपति चुनिए वैवाहिक जीवन सुध्रला भन्ने मेरो अपेक्षा छ । मेरा पतिको सेक्सुअल विवशता ह्वाइटहासको चमकधमकले ओझेल पार्ला भन्ने मेरो अनुमान छ ।’

६ सय चालीस पृष्ठ लामो सो पुस्तकमा हिलारीकी सहयोगी बब बुरस्टिनले बिलको प्रेम-प्रकरणले उनकी पत्नीको राजनीतिक यात्रासमेत खतरामा परेको उल्लेख गरेकी छन् । सन् ९० को दशकका अन्तिम वर्षरूमा बिल फेरि अर्की प्रेमिका मोनिका लेविन्स्कीस“ग जोडिएपछि अमेरिकी स्वास्थ्य सेवाको पर्ुनर्संरचनाका लागि काम गरिरहेकी हिलारीले आप;नो सम्पर्ण् काम रद्द गरेकी थिइन् । ‘ती जति असल र सहृदयी मान्छे मैले अहिलेसम्म देखेकी छैन“ । असल हृदय उनको ठूलो कमजोरी हो,’ बुरस्टिनले हिलारीमाथि टिप्पणी गरेकी छिन् ।

ह्वाइटहाउसका लागि क्लिन्टन दम्पतीका सल्लाहकार मार्क काबियानीका अनुसार पति बिलको लगातारको प्रेम प्रकरणले उनी यति धेरै आत्तिएकी थिइन् कि सो स्थितिबाट मुक्त हुन जे गर्न पनि तयार देखिन्थिन् । त्यस्तै अर्को एक पुस्तक ‘हर वे’ का अनुसार बिलको चियो गर्न हिलारीले व्यक्तिगत जासुससमेत खटाएकी थिइन् । न्युयोर्क टाइम्सका रिपोर्टरद्वय जेफ गर्थ र डन मान नाटाले लेखेको सो पुस्तकमा बिलकी अर्की प्रेमिका जेनिफर फ्लावरलाई पूरै ध्वस्त नपारेसम्म आराम नगर्न आफूले नियुक्त गरेको जासुसलाई निर्देशन दिएकी थिइन् । यो घटना सन् १९९२ मा क्लिन्टन राष्ट्रपति चुनावमा लडिरह“दा घटेको थियो ।
एक पटक हिलारीले आफ्ना पतिका केही प्रेमिकालाई आफैंले भेटी ‘बिलस“ग सेक्सुअल अन्तक्रिर्या’ नगरेको कागजसमेत गराएको ‘हर वे’ पुस्तकमा उल्लेख छ । तर, श्रीमती क्लिन्टनको सिनेट कार्यालयले दुइटै पुस्तक ‘बकबास’ भएको प्रतिक्रिया दिएको छ । ‘पैसा कमाउने थुप्रै उपाय छन् नि धर्तीमा । जा“डभट्टी खोले, यसो व्यापार स्यापारमा हात हाले, कतै ठेक्कापट्टा गरे पनि पैसा कमाउन सकिन्छ नि । सेलेब्रिटीको मुखमा हिलो छ्यापेर आफू हिरो हुने चलन राम्रो होइन,’ उसले भनेको छ । एक दशक लगाएर तयार पारिएका पुस्तकका लेखकलाई कटाक्ष गर्दै हिलारीका चुनाव अभियानका प्रवक्ता होवार्ड ओल्फसनले डेली मेललाई भने, ‘तीन थान लेखक मिलेर एक दशक खट्दा गजबको पुस्तक छपाएछन्, विवेकहीन कुण्ठाको थैलो ।’

Posted by Diness Acharya at 16:00:50 | Permalink | No Comments »

Saturday, October 6, 2007

MISSION FREE BURMA

 यो चित्र हेर्नुस र बर्माको स्वतन्त्रता आन्दोलनका लागि केही शब्द लेख्नुस

 

 

Posted by Diness Acharya at 16:34:41 | Permalink | No Comments »

पत्र लेख्नुस र भन्नुस : FREE BURMA

इमेल आन्दोलनको सुरुवात गरौं
बर्माको आन्दोलनमा अमेरिकाले सहयोग गर्यो । यसका कतिपय स्वार्थहरु होलान तर स्वतन्त्रताको लडाइमा सहयोग गर्नुलाई बिना हिचकिचाहट मेरो पनि धन्यवाद । यतिखेरसम्म चीन मौन छ । नेपालमा संबिधानसभा चुनाव अनिश्चीत बन्दा सबैले निराशा र चिन्ता ब्यक्त गरे तर चीन बोलेको छैन आजको दिनसम्म । नेपालमा शाही कु हुदा पनि आन्तरिक मामीला भनेकै हो । राजाको कदमलाई साथ दिने पनि उही हो । बर्मामा भिक्ष्ाहरु मारिएका छन । बिश्वकै ठुलो बौद्ध राष्ट चीन मौन छ । कतै यो मौनताले िहंसाको समर्थन गरेको त छैन ? बर्मा आन्दोलनलाई सहयोग गर्नु नाइल नदीमा मर्न लागेका जीवजन्तुको अधिकारको बारेमा बोलेजस्तो हैन । बर्मेली जनताको अधिकार र हिसाको बिरोध हाम्रो सरोकारको विषय पक्कै हो l आ-आफ्ना क्षेत्रबाट आवाज उठाउनुपर्छ ।
त्यसैले पत्र लेखौं । बर्मा सरकारलाई । नेपाल सरकारलाई । चीन सरकारलाई । तपाइलाई इच्छा छ भने मेरो ब्लगमा स्पेस सुरक्षित छ। आन्दोलन गरौं । इमेलहरु पठाउ-हजारौं लाखौं । बर्मेली जनताको हौसला बढाउ । मानवअधिकार र लोकतन्त्रका लागि ऐक्यद्धता जनाऊ:

Posted by Diness Acharya at 16:13:48 | Permalink | No Comments »

बनेपा हुँदै बाह्रबिसे मोडैमा

धुलिखेल बजारको पुरानो बस्ती काटेर ऐतिहासिक मोड सकिनासाथै चिप्लेटी खेल्न मिल्ने बाटोमा भिडभाडयुक्त थोत्रे बसमा यात्रारत रहँदा मैले मेरै गाउ जाने बाटोलाई सम्झिए ।
काठमाडौंको अष्टनारायण सिनेमा हल हुँदै नागार्जुनको जंगल छेउबाट त्रिशुली जाँदा बाटोमा देखिने रोमााचक र उत्तेजित दृष्यले धेरैपटक म दुर्घटनाबाट जोगिएको छु । यो गोप्य सत्यलाई पहिलोपटक यहा पोख्दै गर्दा धुलिखेल हुदै बाह्रबिसे जाने बाटोको रोमान्चकताले यदाकदा यही बाटो पहिल्याएझैं लाग्यो ।
कुरो गतसाताको हो । बनेपाको दुई घन्टा सुस्ताएर बाह्रबिसे जाने सुरमा थिएँ म । बनेपा पुगेपछि काठमाडौंका पत्रकारहरुले नछुटाई लिने नामहरु दुई चारवटा छन् । जसमा इश्वरी वाग्ले बिष्णु चौलागाई मधुसुदन गुरागाईलगायत केही छ ।
काभ्रे पोष्टका सम्पादक बिष्णु चौलागाइलाई फोन गरेँ । उनी सानेपाको काग्रेस कार्यालयमा रहेछन् । फोन उठाउनासाथ उनले भने-’दुई काग्रेस मिलाएर संबिधानसभा चुनाव सफल पार्न परेन ?’ त्यसो त उनी काभ्रे काग्रेसका दुई विवादास्पद हस्तीहरु शिव हुमागाई र मधु आचार्यलाई मिलाएर एक बनाउने अभियानमा पनि लागेको छु भनेर भन्थे कुनैबेला ।

पत्रकारले नेतालाई मिलाउने भए यो देशमा कहिल्यै विवाद हुन्थेन । उनका यी कुरामा मैले जहिले पनि दिने जवाफ एउटै हुन्छ- ‘कुकुरको काम गधाले गर्नुहुदैन । हामीले त जनतालाई सुचना पो दिने हो । कुनै लमीको काम गर्ने हैन ।’
मधु आचार्य र शिव हुमागाइको हानाथापीमा राजेन्द्र खरेलहरु मिसिन आइपुगेपछि घट्नाक्रमले कस्तो मोड लिन्छ । त्यो त हेर्न बांकी नै छ । काभ्रेको छिमेकी भएको नाताले पनि मेरा लागि यो जिज्ञाशाको विषय नै हो ।
त्यसदिन काभ्रे पोष्टको अफीस जाने सात जुरेन । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान किन सार्थक हुन्थ्यो र † माथिल्लो बनेपा बजारमा प्रुटी किन्न खोजेको सबै होलसेल पसल पो रहेछ । कसैले बेच्न मानेनन् । अचम्म लाग्यो भौतिकवादीहरुले पैसालाई महत्व दिनु बेकार रहेछ । पैसा खान मिलेन ।
त्यसो त बनेपाको साइबरमा महंगो इन्टरनेट पनि चलाइयो । कुनै बेला त्रिशुलीमा नेपाल बंैकका लामो समय मेनेजर भएका कृष्णबहादुर थापा अहिले बनेपाको एक सहकारीमा काम गर्दारहेछन । उनीसित भेट्न खोजेको थिएँ । तर साथीहरुलाई बाह्रबिसे पुग्न हतार भैदियो ।
नागार्जुन जंगलको सिमसार मोडहरुमा जस्तै छेउमा मोटरसाइकल रोकेर माकुर-माकुर गरिरहेका जोडीहरुका चर्तिकला नियाल्नु कम्ती मज्जाको हुदैन । धुलिखेल पारीको त्यो एरियामा यदाकदा त्यही दृष्यको याद आयो । केही बेर पनि भएको थिएन । दुई तीन मोड काट्नासाथ दुई्र युवाजोडि उक्लिए अरनिको यातायातको थोत्रे बसभित्र ।
एकजनाले स्कुलको युनिफर्म लगाएका थिए । टाइसहित झोला बोकेका । दुई जना होचा कदका किशोरी थिइन । एउटी अलिकति बाक्लो ज्यानको अर्को पातली । अर्का एक गोरो बर्णका भर्खरै दारी सेभ गरेका युवा भने खैरो झोलामा थिए । उमेर त्यति फरक नदेखिए पनि ति युवालाई अरु तीन जनाले ुसरु भनेर सम्बोधन गरिरहेका थिए । उनीहरु एक एक वटा केटी च्यापेर बसमा उभिए । किनभने सिट त थियो तर सबै भरिएको ।
उनीहरु दोलालघाट जादैथिए जस्तो लाग्छ । कुराकानी मायालु जोडिको जस्तै थियो । फर्कन भ्याइदैन के गर्ने होला पातली केटी अध्यारो मुख लगाएर नजाउ भन्ने कुरामा बल गरिरहेकी थिइ । सर सम्बोधन पाउने केटा उस्लाई बिद्यार्थीलाई झै गाली गरिरहेको थियो । अर्की डल्ली तर मोटी खालकी केटी भने उसको आडमा चुपचाप थिइ ।
उनीहरुले बिवादबिच बसका कन्डक्टरलाई फर्कने गाडि पाउछ कि पाउदैन भनेर सोधे । उसले पनि आफ्नो ग्राहक फिर्ता जाला भन्ने डरले खै अन्तिम गाडि पाउछ होला भन्दीयो । त्यसपछि त गाडि रोकिएन कुदीहाल्यो । गाडि हिडेपछि केटाहरु भन्दैथिए- ‘फर्कन गाडि नपाए उतै बस्ने नि ।’ तर केटीहरु घरमा केही नभनि आएको भनेर चिन्ता मान्दैथिए । आखिर यो कुरा त्यतिकै सेलायो ।
म थिएँ उनीहरुको आडैमा मित्र प्रल्हाल पन्तको साथमा । कुनै प्लस टु कलेजको युनिफर्ममा रहेका केटा र पातली केटी मेरै सिटको आडमा टास्सिएर बसे । उनीहरुको हात बिस्तारै मिलाउदै पछि त अगांलोमा बाधिन थाल्यो । दिउसोको समय बसभित्र टन्न मान्छे छन् । तर खोइ आधुनिकताले गाँजेको यो समय चुप लाग्नु शिवाय कुनै उपचार थिएन । बुढाहरुले त्यसै उखान बनाएका रहेनछन । मैले सम्झे- ‘कुन्नि के गर्नेलाई भन्दा देख्ने लाई लाज ।’
बाटोमा धेरै अनुमान गर्यौ । यात्राको बोझिलो र निरश समय काट्नु थियो । मोबाइलमा एफएम बजाउदा कुनै टिपेन । नमो बुद्ध भन्ने एफएम टिप्यो तर त्यो तामाङ भाषामा भएकाले केही बुझिएन ।
उनीहरु के नियतले बसमा चढे कता जादैछन् हाम्रा लागि ठुलो क्युरोसिटीको विषय बन्यो । पत्रकारको दिमाग त्यसमाथि टाइम पासको मेसो । बिकल्पहरु धेरै सुझे । आखिर ठ्याक्कै यही हो भन्न नसके पनि उनीहरुको एकतर्फी सम्वाद सुनिरहँदा उद्देश्य हो कि नियत बुझ्न गाह्रो पर्दैनथ्यो । त्यसो त जगातीबाट उकालो लाग्दा धुलिखेलसम्मका हाइवे बेसक्याम्पभित्रका कथाब्यथा पनि कसैबाट छिपेको छैन । त्यसैले बसभित्रको यो कहानीलाई मैले ठुलो रहस्य मानेर यहा लेखेको पनि हैन ।
कोही रक्सी बेचेर फर्किएका थिए कोही अम्बा बेलौती । बसभित्रको दुनिया एउटा छुट्टै बिश्वको भान दिदै थियो । कोही खासाबाट पोके सामान ल्याउने धुनमा थिए कोही छोरीलाई क्याम्पस भर्ना गरेर फर्केका । काठमाडौंस्थित मेरो डेरामा थोत्रे रेडियोमा एफएमको पि्रुक्वेन्सी जुधेको जस्तै अनुभव भैरहेको थियो । सबै आआफ्ना धुनमा आआफ्नै बिषयमा मग्न । म भने अर्धनिद्रामा उनीहरुको अलि अलि मात्र बुझ्ने संवाद सुन्दै काठमाडौंको सस्मरणमा हराउदै थिए ।
लैनचौरस्थित स्काउटले हालै बनाएको सपिङ क्म्प्लेक्सको दोस्रो तल्लामा खुलेको सेकुवा कर्नरमा काभ्रेकी एक युवती वेटरको काम गर्छिन । उनी माओवादीको भुतपूर्व छापामार पनि रहिछन् । यदायदा साथीभाइसित खाजा खान जादा उनका दुःखद अनुभवहरुसित साक्षात्कार गर्न पाएको छु मैले पनि ।
तामाङ थरका ति युवती माओवादीमा जबर्जस्ती लागेर पाएको दुःख सम्झेर भक्कानिदै रुन्छिन । केटीमाथि आखा लगाएको आरोपमा आफैले जनकारवाही गरेको सम्झदै गर्दा छेवैमा बसेको रक्स्याहा ग्राहकले नितम्बमा चिमोटेको चुपचाप सहन्छिन ।
एकपटक यस्तै भयो । काठमाडौ मिडियाका किरण पन्त शेयर मार्केटका हरिश्चन्द्र खड्कासित म त्यही थिए । मित्र हरिले उनी पूर्व छापामार भएको परिचय मलाइ दिए । म उनलाई छेउको कुसर्ीमा राखेर केही प्रश्न राख्दैथिएँ । त्यही बाटोबाट हिड्दै गरेको एक केटाले उनको स्तनमा बेस्सरी चिमोटेर हिड्यो । उनले ऐया भनिन तर कुनै प्रतिवाद गर्न सकिनन । मैले भने- ‘तिमी माओवादी नै भैरहेको भए भए अहिले वाइसिएलमा हुन्थ्यौं यो केटालाई भौतिक कारवाही गथ्र्यो होला है ?’ ऊ नाजबाफ भई र भनी- ‘भैगो छाडिदिनुस यो कुरा त्यहाभित्रको कथा योभन्दा झनै पीडादायी छ ।’ यसपछि मैले कुनै कुरा सोध्ने आँट गरिन ।

Posted by Diness Acharya at 10:45:52 | Permalink | No Comments »