Sunday, September 30, 2007

बाबासित बिश्वमणी

मैले अनुभव गरेको रामदेब

काठमाडोंमा बिवादास्पद ६ दिने योग शिबिर सकेर पतन्जली योग पीठ फर्कन लागेका बाबा रामदेबलाई भेट्न एअरपोर्ट पुगेका मित्र बिश्वमणी सुबेदीको अनुभवलाई समे्टेकाछौं अतिथी कलममा ।-

योजनाबिना नै म अफिस छिरेको थिएँ । स्वामी रामदेवको काठमाडौं एयरपोर्टबाट फदैछन् भन्ने खबर अफिसमा आएको रहेछ । लाग्यो न आफ्नो बिट न चासोकै विषय । उनका सुरक्षुसम्बन्धी समाचार जो हो त्यसका लागि मेरा सूत्रहरु चौवीसैं घण्टा परिचालित भएपछि उनैलाई भेट्ने काम पनि परेन ।
तर अफिस छिर्दा कोही साथीको सरकारी प्रेसपास नभएको कारण विमानस्थलको अतिविशिष्ट कक्षमा बसेका रामदेव भेट्न नसक्ने भन्दै थिए । ती साथीको विकल्पका रुपमा अर्का साथीको नाम आयो । मेरो काम त सुन्ने मात्रै न हो सुनिरहेको थिए । झट्ट सम्पादक कृष्णज्वाला सरले ‘ल विश्वमणि सर तपाईं गर्नुस्’ भन्नुभयो । मेरो नराम्रो बानी के हो भने सम्पादकले भनेपछि नसक्ने काम पनि गरेरै देखाउनुपर्छ ।

समस्या थियो प्रेस पास नभएको । मसँग पनि नवीकरण गरेको प्रेस पासको अभाव थियो । प्रश्न उठ्यो अरु साथीहरुले नसकेको काम मैले कसरी गर्ने  एयरपोर्टका एसएसपी ढकबहादुर कार्कीलाई फोन गरें र सोधें- ‘सर स्वामीसँग मैले नभेटी नहुने भयो के गरौं ?’ उनले एयरपोर्ट आउनुभयो भने तपाईको सुरक्षा र सुविधाका लागि जे जे सक्छु मेरो जिम्मा भयो स्वामीले बोल्ने नबोल्नेबारे म केही भन्न सक्दिनँ ।’ उनको यस्तो जवाफ आएपछि साथी यज्ञस र म अफिसबाट ओर्लियौं । नयाँ पत्रिकामा काम गर्न थालेको ६ महिनापछि त्यही दिन हो म अफिसको गाडी चढेर रिपोर्टिङमा निस्किरहेको । 
एयरपोर्ट पुगियो । तर एसएसपीको फोन लागेन । एक महिला प्रहरीलाई एसएसपी साब कता हुनुहुन्छ भनेर सोधें । ‘ऊ पर जानुस् सेट बोकेको पुलिसलाई सोध्नुस् उहाँले भन्नुहुन्छु’- जवाफ यस्तो आयो । गाडीलाई पार्किङ्गमा पठाएर यज्ञश र म लुरुलुरु हिँड्दै सेटवाला पुलिसलाई भेट्न पुग्यो । ‘एसएसपी साुबलाई एउटा मान्छे आएको खबर पठाइदिनुपर्ने भयो’- यो मेरो आग्रह थियो । उनी सई साुब थिए । ‘तपाईको शुभनाम ? उनले सोधे । ‘म विश्वमणि’ जवाफ सकिएकै थिएन ‘नमस्कार हजुर यता सवारी होइबिक्सयोस्’ स्वतःस्फुर्त रुपमा उनले मलाई स्वागत गरे ।

तीनजना पुलिस लाम लागेका थिए । तर एउटा प्रहरी जवानले प्याच्च मुख खाले- ‘एकजनालाई मात्रै जान दिनु भन्ने आदेश छ हजुर…।’ यसो भनेपछि यज्ञश र म मुखामुख गर्यौं । हामी यज्ञशकै टेपरेकर्डर र क्यामेरा प्रयोग गर्ने योजनामा थियौं तर स्वागतमा ममात्रै परिरहेको थिएँ । मैले यज्ञशलाई ‘तपाईं स्वामीलाई भेटेर आउनुस् म यतै पर्खिन्छु भनें । उनले ‘हैन तपाईं जानुस् म पर्खिराख्छु भने । हतारमा दोहोरो सम्बाद कति गर्ने भनेर म गएँ स्वामीलाई भेट्न । अति विशिष्ट कक्षमा छिर्दाछिर्दै एसपी सर्वेन्द्र खनाललाई देखें । मैले उनलाई नमस्कार गरें । ‘ढिला भएन र ? जब सर्वेन्द्र सरले यसरी सोध्नुभयो बितेछ क्यार भन्दै हतार हतार स्वामीतिर लम्किएँ । पहिलोचोटी म ती स्वामीलाई भेट्दै थिएँ । अनि पहिलो भेटमा के भन्ने के भन्ने भयो मैले ‘गुरु प्रणामु’ भने । यति भनिनसक्दै एसएसपी ढकबहादुर कार्कीले आफू भएतिर मलाई बोलाए । चिया अफर गरे । कहाँ स्वामीको अन्तर्वार्ता लिन आएको कहाँ चियाको अफर । ‘होइन सर यो स्वामीलाई च्याप्प पारेर अन्तर्वार्ता लिऊँ अनि चिया पिउँला’… मैले यति भनेपछि ढकबहादुर जुरुक्क उठेर मलाई फेरि स्वामीतिर लगे । उनले स्वामीलाई हिन्दीमै भने- ‘अहिलेको मार्केटमा सबैभन्दा बढी सर्कुलेशन भएको नयाँ पत्रिकाको रिपोर्टर हो, मेरो भाइजस्तै हो कुरा गर्नुपर्यो भन्नुहुन्छ’ स्वामीले ‘हाँ भाइसाब क्वेस्चन किजिए’ भन्दै स्वीकारोक्ति दिए । केही प्रश्न गरें प्रश्न गरेपछि आफैं फोटो खिचें ।
स्वामीलाई भेटेपछि उनीसँग एउटा फोटो खिच्न मन लाग्यो । उनका एक सहयोगीलाई क्यामेरा दिएँ अनि स्वामीको छेउमा गएँ । फोटो खिच्न लागेको थाहा पाएपछि स्वामीले अनौपचारिक शैलीमा मलाई अंगालो हाले । अनि सोधे ‘कैसा है आपका न्युजपेपर॥’ मैले आफ्नै पत्रिकालाई नराम्रो भनुँला त ? अच्छा है भने । ‘अच्छा सा कभरेज किजिए’, उनले अनुरोध गरे । यतिाजेलमा एउटा फोटो खिचिसकिएको थियो । यसपछि स्वामीसँग बिदा मागें र आफूलाई भाग्यमानी सम्झिएर फर्किएँ ।
साँझ नगरकोटमा वैदेशिक रोजगार व्यवसायी संघको कार्यक्रममा सहकर्मी नारायण सापकोटा र म सँगै जानुपर्ने । नारायणजीको बाइकमा तेल सकिएको । जाँदा २० र आउँदा २० गरी ४० किलोमीटरका लागि तेल चाहिने । तेल कतै नपाइने । नारायणजीलाई फोन गरेर प्रहरी प्रधानकार्यालयस्थित महानिरीक्षकको निवासअगाडि बोलाएँ । निवासभित्र गएर इन्स्पेक्टर दीपक खरेललाई भने । नपाइने तेल बल्ल पाइयो भनेर ढुक्क भइयो । नारायणजी आउनुभयो । एउटा प्रहरी जवानको साथ लगाएर इन्स्पेक्टर खरेलले नारायणजीलाई प्रधान कार्यालयको कम्पाउण्डभित्र तेल हालिदिने व्यवस्था मिलाए । बिचरा नारायणजी ! नपाइने तेल बल्ल बल्ल पाइयो ट्यांकी खोलेर तेल हाल्नमात्र लागेको झयाप्प बत्ति गयो तीन लिटरभन्दा बढी तेल खसेन ।
मैले एक दुई लिटर तेल जोगाड गर्ने बचन दिएपछि नारायणजी फर्किनुभयो । रामदेवलाई भेटेका दिन साइत पर्ला भनेर हामी साँझ ६ बजे नगरकोटका लागि निस्कियौं । भक्तपुर औद्योगिक क्षेत्र पुगेको मात्रै थियौं मुसलधारे पानी दर्केर आयो । रेनकोर्ट छैन । भक्तपुरका एसपी पंकज श्रेष्ठलाई फोन गरे । प्रहरीको स्टोरमा थन्क्याएको रेनकोर्ट दिएर उनले गुन लगाए । त्यहाँबाट हुँइकिएर हामी खरिपाटीबाट नगरकोट उकालो लाग्यो ।
यति बेुा साढे सात बजेको छ । उकालो मात्रै के शुरु भएको थियो मोटरसाइकलको पछाडिको टायर पन्चेड भयो । हेर दशा रामदेव भेटेका दिन ! दुई भाइ त्यो अनकन्टार साँझ मोटरसाइकल घचेट्दै जसोतसो अगाडि बढ्यौं । बनाउने ठाउँ कतै छैन । खरिपाटी बजार सुनसान थियो । अलि अगाडि लागेपछि पुलिस चौकी भेटियो । यतिाजेलमा हामीले काठमाडौं फर्कने र मोटरसाइकल कतै थन्क्याउने निर्णय गरिसकेका थियौं । चौकीमा असई तपेन्द्र रहेछन् । मैले आफ्नो परिचय दिएँ उनले ‘दाई नमस्कारु’ भनेर स्वागत गरे । मोटरसाइकल राख्नेबारे कुरा भयो ।
काठमाडौं फर्कनुअघि नगरकोटमाथि पुगिसकेका व्यवसायी संघका उपाध्यक्षँ मदन महतलाई फर्कनेबारे नारायणजीले जानकारी दिनुभयो । तर उनले आफ्नै गाडी खरिपाटी पठाएर हामीलाई माथि पुग्ने व्यवस्था मिलाए । यसरी रामदेव भेटेका दिन एउटा दशाको शिकार बन्नुपर्दा म साइत पर्ने अन्धविश्वासबाट सदाका लागि मुक्त भएको छु । -bishwamani.subedi@gmail.com
 

 

Posted by Diness Acharya in 13:17:56
Comments

2 Responses

  1. Anonymous says:

    रामदेवलाई भेटे साइत पर्छ भन्ने भ्रम तपाईलाई कस्ले सुनाएको? रामदेव एक योगी हुन्, कुनै भगवान होईनन्। उनी पौराणीक बिज्ञानका आधुनीक प्रयोगकर्ता हुन्। उनी साधारण मानिस हुन र तपस हुन, योगा उनको साधना हो, बस त्यती हो!

    युवराज

  2. Anonymous says:

    के हो बिश्वमणीजी ? एउटा मधिशेको भक्त बनेर पाउ छुदैमा आफुलाई भाग्यमानि ठान्ने ? तपाइले त हामी सबै नेपालीलाई नै इन्डियन ननसेन्सको पिछलग्गु बनाइदिनुभो । यस्तो पनि हुन्छर ? त्यो रामदेब भन्ने को हो र ? ओशोको fकताब पढेर त्यसलाई योग अनि ध्यान गर्ने भन्दै दुनियालाई मुर्ख बनाउन पfल्कएको त हो नि । त्यसमाथि हामीले त्यसको यो शिबिरमा जानको लागि त्यति धेरै पैसा तिर्नुपर्ने भएपछि हामी किन त्यसको पछि लाग्ने ?। एअरपोर्टमा फोटो खिच्ने बेलामा अगालो मारिदियो भन्दैमा बिश्वमणीलाई त्यति ठुलो गर्ब गर्नुपर्ने कारण पनि केही छैन । यो त जो कोहीले पनि गर्छ ।
    रामदेब नेपालमा सेवा गर्न आएको हो र र? उ त ब्यापार गर्न पो आएको । उसले नेपालको कति पैसा उठाएर लग्यो हिसाव गरेर लेख्नुस ! उसको सुरक्षाका नेपाल सरकारको कति पैसा खर्च भयो ? कति नेपाली दाजुभाइले दुःख पाए ? यो सब चाही नलेख्ने l पुलिसको हेडक्वाटरमा गएर सित्तैमा पेटोल हालेको अनि । नगरकोटमा मान्छे दलालहरुको जाड खान गएको कुरा लेख्ने ? बिश्वमणीजसतो जनआस्थाको पत्रकारले त खोजि खोजि लेख्नुपरयो । रामदेब नेपाल आउदा नेपाललाई कति घाटा भयो भनेर । अरको fदन म यही आशा गरिरहेको हुनेछु
    तपाइको असल सुभचिन्तक पाठक

Leave a Reply