यस्तो छ माओवादीको निर्णय
माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु आज बाहिर आएका छन । मेरो इमेल ठेगानामा पनि पठाइएको सो बक्तब्यको पूर्ण पाठ मैले यस पटक जताको तस्तै राखेको छु । यो जनताको ब्लगको पहिलो परिक्षण पोस्टिङ हो । केही दिनमा यस ब्लगको सुधारिएको रुप देख्नुहुनेछ । धन्यबाद ।
यही २०६४ श्रावण १५ गतेदेखि ३० गतेसम्म विभिन्न चरणमा केन्द्रीय समितिका बैठकहरु सम्पन्न भएका छन् । केन्द्रीय समितिको विस्तारित बैठकमा लिइएको निर्णयहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भैसकेका छन् । अहिले यो प्रेस विज्ञप्तिमार्फत् विस्तारित बैठकपश्चात् सम्पन्न केन्द्रीय समितिको बैठकमा लिइएका निर्णयहरुलाई निम्न अनुसार सार्वजनिक गरिएको छ ।
१. माओवादी केन्द्रीय समितिको पाँचौं विस्तारित बैठकमा लिइएका निर्णयहरुको मर्म र भावनाअनुरुप अध्यक्ष क. प्रचण्डद्वारा नयाँ सांगठनिक संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भयो र आवश्यक छलफल थपघट तथा परिमार्जनसहित सो प्रस्ताव एकमतले पारित गरियो ।
२. सबै केन्द्रीय कमाण्ड र क्षेत्रीय संगठन ब्यूरो भंग गर्ने निर्णय गरिएको छ ।
३. नयाँ केन्द्रीय ब्यूरोहरुको निर्माण गर्ने व्यवस्थाअनुरुप निम्न अनुसार केन्द्रीय ब्यूरोहरु बनाइएका छन्
- अध्यक्ष क.प्रचण्डको इाचार्जसिपमा नन्दकिशोर पुन, जनार्दन शर्मा, प्रभाकर र चन्द्र खनाल (बलदेव) रहनु भएको केन्दीय सैन्य ब्यूरोको निर्माण गरिएको छ र वाइसीएले जिम्मा पनि यसै व्यूरोलाई दिइएको छ ।
- रामबहादुर थापा क।बादल को इाचार्जसिपमा चन्द्रप्रसाद गजुरेलक (गौरव) पोष्टबहादुर बोगटी (दिवाकर) नेत्रविक्रम चन्द (विप्लव) टोपबहादुर रायमाझी (अनिल) र वर्षमान पुन (अनन्त) रहनु भएको केन्द्रीय संगठन ब्यूरोको निर्माण गरिएको छ । अनुगमन विभाग र अर्थ विभागको जिम्मेवारी पनि यसै व्यूरोलाई दिइएको छ ।
- क.बाबुरामको इाचार्जसिपमा कृष्णबहादुर महरा, देव गुरु&, वर्षमान पुन (अनन्त), दीनानाथ शर्मा पम्फा भुषाल (विद्युत) र लोकेन्द्र विष्ट रहनु भएको केन्द्रीय मोर्चा ब्यूरोको निर्माण गरिएको छ । जातीय तथा क्षेत्रीय मोर्चा जनवर्गीय मोर्चा जनपरिषद जनआन्दोलनको परिचालनलगायतका कामहरुको जिम्मा यसै व्यूरोलाई दिइएको छ ।
- क.गौरवको इाचार्जसिपमा चन्द्रमोहन सिग्देल (वसन्त) र राम कार्की (पार्थ) रहनु भएको अन्तराष्ट्रिय ब्यूरोको निर्माण गरिएको छ ।
- मोहन बैद्यको इाचार्जसिपमा बाबुराम भट्टराई, नारायण शर्मा (कमलप्रसाद), जनार्दन शर्मा(प्रभाकर), र अग्नी सापकोटा (क.चन) रहनु भएको केन्द्रीय प्रचार प्रकाशन र प्रशिक्षण व्यूरोको निर्माण गरिएको छ ।
४ जातीय स्वायत्तताअनुरुप राज्यको पुनःसंरचनाको मान्यतामाथि ध्यान िदंदै तथा देशका विभिन्न भूभागहरुलाई समेट्न निम्न अनुसारका राज्य समितिहरुको गठन गरिएको छ ः
क- दार्चुला बैतडी डडेलधुरा बझाङ बाजुरा अछाम र डोटी जिल्लाहरुलाई समावेश गरी सेती-महाकाली राज्यसमिति निर्माण गरिएको छ र यो समितिको इाचार्ज कूलप्रसाद के.सी.(सोनाम) र सेक्रेटरी खगराज भट्ट (बिनोद) रहनु भएको छ ।
ख- दाङ बाँके बर्दिया कैलाली र काचनपुर जिल्लाहरुलाई समावेश गरी थारुवान राज्य समिति बनाइएको छ र यसको इाचार्ज शक्ति बस्नेत (सुरेश िसंह) तथा सेक्रेटरी रामचरण चौधरी (सागर) रहनु भएको छ ।
ग- हुम्ला जुम्ला मुगु कालीकोट डोल्पा जाजरकोट दैलेख र सुर्खेत जिल्लालाई समावेश गरी भेरी-कर्णाली राज्य समिति बनाइएको छ । यो समितिको इाचार्ज खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र सेक्रेटरी उद्धव रहनु भएको छ ।
घ- रुकुम रोल्पा सल्यान प्युठान अर्घाखाँची गुल्मी पाल्पा बाग्लु&, म्याग्दी र मुस्ताङ जिल्ला समावेश गरी मगरात राज्यसमिति बनाइएको छ । यो समितिको इाचार्ज हेमन्तप्रकाश ओली (सुर्दशन) र सेक्रेटरी सन्तोष बुढा मगर (सन्तोष) रहनु भएको छ ।
ङ- धौलागिरि अंचलको पर्वत र गण्डकी अंचलका सबै जिल्लाहरुलाई समावेश गरी तमुवान राज्य समिति बनाइएको छ । यो समितिको इाचार्ज हितराज पाण्डे (उत्तम) र सेक्रेटरीमा हरि अधिकारी (कुमार) रहनु भएको छ ।
च- चितवन मकवानपुर सिन्धुली रामेछाप दोलखा सिन्धुपाल्चोक काभ्रे रसुवा नुवाकोट र धािद& जिल्लालाई समावेश गरी ताम्बाशालिङ राज्यसमिति गठन गरिएको छ र यसको इाचार्ज अग्नी सापकोटा (कचन) तथा सेक्रेटरी हितबहादुर तामा& (शम्शेर) रहनु भएको छ ।
छ- काठमाडौं ललितपुर र भक्तपुर जिल्लाहरुलाई समावेश गरी नेवा राज्यसमिति बनाइएको छ र यसको इाचार्ज हितमान शाक्य (सुमन) सहइाचार्ज हिसिला यमि (राहुल) तथा सेक्रेटरी झक्कुप्रसाद सुवेदी (अधिकार) रहनु भएको छ ।
ज- मिथिला भोजपुरा र अवध क्षेत्रका जिल्लाहरुलाई समेटी मधेश राज्यसमितिको निर्माण गरिएको छ र यो समितिको इाचार्जमा पोष्टबहादुर बोगटी (दिवाकर) रहनु भएको छ l साथै यो राज्य समितिलाई निम्न उपसमितिहरुमा विभाजित गरिएको छ ः
प्तरी सिराहा धनुषा महोत्तरी र सर्लाही जिल्लालाई समावेश गरी मिथिला उपसमिति बनाइएको छ । यो समितिको इाचार्ज मातृकाप्रसाद यादव र सेक्रेटरी महेन्द्र पासवान रहनु भएको छ ।
ड्डरौतहट बारा र पसा्र जिल्लाहरुलाई समावेश गरी भोजपुरा उपसमिति बनाइएको छ र यो उपसमितिको इाचार्ज हरिभक्त कंडेल (प्रतीक) तथा सेक्रेटरी प्रभु साह क।मुक्ति रहनु भएको छ ।
नवलपरासी रुपन्देही र कपिलवस्तु जिल्लाहरुलाई समावेश गरी अवध उप-समिति बनाइएको छ र यो उप-समितिमा इाचार्ज देवेन्द्र पौडेल (सुनिल) तथा सेक्रेटरी निर्मल रहनु भएको छ ।
झ- सोलु ओखलढुंगा उदयपुर खोटाङ भोजपुर र संखुवासभा जिल्लाहरुलाई समावेश गरी किराँत राज्य समितिको निर्माण गरिएको छ र यो समितिको इाचार्जमा गोपाल किराँती र सेक्रेटरीमा दिनेश शर्मा (सागर) रहनु भएको छ ।
ताप्लेजुङ्ग पाँचथर इलाम तेह्रथुम र धनकुटा जिल्लाहरुलाई समावेश गरी लिम्बुवान राज्य समिति निर्माण गरिएको छ । सो समितिमा इाचार्ज राम कार्की र सेक्रेटरी आ; लिम्बु (प्रभात) रहनु भएको छ ।
ट- सुनसरी मोरंग र झापा जिल्लाहरुलाई समावेश गरी कोचिला राज्य समिति बनाइएको छ र यो समितिमा इाचार्ज हरिबोल गजुरेल (शीतल कुमार) तथा सेक्रेटरी क. अपार रहनु भएको छ ।
५, उपरोक्त राज्यहरुको व्यवस्थित र वैज्ञानिक भौगोलिक सिमाङ्कनका लागि देव प्रसाद गुरुङ्गको इाचार्जसिपमा मातृकाप्रसाद यादव, हितमान शाक्य, लेखराज भट्ट र गोपाल किराँती रहनु भएको पाँच सदस्यीय राज्य पुनःसंरचना सुझाव आयेग गठन गरिएको छ । यो आयोगले आफ्नो प्रतिवेदन तीन महिनाभित्र केन्द्रीय कार्यालयमा बुझउनु पर्नेछ ।
६- सहमति कार्यान्वयन र संविधानसभाको निर्वाचन सुनिश्चित गर्नका लागि गणतन्त्र घोषणा समानुपातिक निर्वाचनलगायतका विषयहरुलाई लिएर योजनाबद्ध रुपमा आन्दोलन उठाउने निर्णय गरिएको छ ।
अन्तमा वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको कुरामाथि प्रकाश पार्दै तथा पार्टी मोर्चा सहित सबै क्रान्तिको एउटै लक्ष्यप्रति एकताबद्ध भई अगाडि बढेमा नयाँ इतिहास रच्न समर्थ हुने उद्गार व्यक्त गर्दै अध्यक्ष क।प्रचण्डले बैठकको समापन गर्नुभयो ।
मिति ः- ३१ श्रावण २०६४
प्रचण्ड
अध्यक्ष