Friday, August 31, 2007

कति आयो डलर, कार्यकर्ता पाल्न ?

संबिधान सभाको चुनाव हुने नहुने ठेगान छैन । तर यही चुनावमा नाममा जागिर खाने डलर पचाउने र हिरो बन्ने क्रम बेस्सरी शुरु भएको छ । राजनीतिक दलहरुलाई पनि धेरै आइएनजिओले थुपै्र डलर कार्यकर्ता परिचालन र संबिधानसभा चुनावको माहोल तयार पार्न भनेर दिइसकेका छन रे ।
एनजिओहरु संबिधानसभाको पसल थापेर बसेका छन । ग्राहकको ओइरो छ । यतिखेर आठै दलका नेताहरु आइएनजिओले दिएको बजेटमा रिसोर्ट घुम्दै रामरमाइलो गर्नमा ब्यस्त छन । यस्तै एउटा कार्यक्रम भएको थियो मेरो जिल्ला नुवाकोटमा केही समय पहिले । नेपाली काग्रेस प्रजातान्त्रिक १ नम्बर क्षेत्रीय समितिको नाममा भएको सो गोष्ठिमा कति खर्च भयो मेरो सरोकारको विषय भएन । सहजकर्ताहरु त राम्रै खालका थिए रे । एडिइ नामक अमेरिकी आइएनजिओको प्रोजेक्टले सो रकम बेहोरेको थियो रे । ककनी स्थित स्काउटको रिसोर्टमा भएको सो कार्यक्रममा नुवाकोटका तान्त्रिक काग्रेसका कार्यकर्ताहरु थिए रे । महिला वर्गको पनि राम्रै सहभागिता भएको सो कार्यक्रममा राम्रै रमाइलो गरियो भनेर सुनाउदैथे केटाहरु ।
Posted by Diness Acharya at 14:29:18 | Permalink | No Comments »

गाउँ जादा हिमाल हासेको

मेरो आत्मिय दाजु प्रल्हाद पन्तले केही समयअघि गाँउ घुम्दा खिचेको फोटो मैले इमेलमा पाएँ । काठमाडौंको शिवपुरी डाडो हुदै महाकालि गाविस जादै गर्दा गुर्जे भन्ज्याङको बाटोमा अचानक हिमाल हासेको देखेपछि उनले मन थाम्न सकेनन । आखिर हिमाली पुत्र न परे । डा। प्रकाशशरण महतसित गाउ जागरण अभियानमा जादा खिचेको यो दृष्य मेरो मातृ जिल्लाको भएको कारण मैले तपाईहरुलाई पनि शेयर गर्ने बिचार गरे । यसैले यो तस्विर तपाईहरुको माझमा आइपुगेको छ । यसबारे कुरा सोध्न मन लागे नेपाल मानवअधिकार संगठन नुवाकोटका अध्यक्ष समेत रहनुभएका प्रल्हाद दाईलाई  huronnuwakot@gmail.com मा मेल गर्नुहोला ।
Posted by Diness Acharya at 14:06:37 | Permalink | No Comments »

Thursday, August 30, 2007

पूर्व पतिको लिङ्गमा आगो

रुसकी एक महिलाले आफ्ना पूर्व पतिको लिङ्गमा आगो लगाइदिएकी छिन् । ती पूर्व पतिले नाङ्गै टेलिभिजन हेरेर भोड्का खाएको रिसमा ती महिलाले उनको लिङ्गमा आगो लगाइदिएको रोयर्टसले जनाएको छ । ती पुरुषको लिङ्गमा सल्काइएको आगोका कारण उनको यौनजीवनमा केही फरक पार्छ कि भन्ने रोयर्टसको जिज्ञासामा चिकित्सकहरुले यसै भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।

तीन वर्षअघि नै यी दुवैको पारपाचुके भइसकेको भए पनि सानो फ्ल्याटमा यी दुवैले आफ्नो जीवन व्यतित गर्दै आइरहेका थिए । रुसमा घर या फ्ल्याट लिनु निकै महङ्गो भएका कारण महिला तथा पुरुषबीच फ्ल्याट साटासाट गर्नु नौलो कुरा मानिदैन । तीन वर्षको फ्ल्याट साटासाटको क्रममा निकै नै तँ तँ र म म भइसक्दा पनि उनीहरु छुट्टिएर जान सकेका थिएनन् । “ओहो, त्यो दुखाईको त कुरै नगर्नुस्” स्थानीय भोई देन पत्रिकालाई प्रतिक्रिया दिँदै लिङ्ग जलाइएका व्यक्तिले भने- “म नाङ्गो त थिएँ, अरु त्यस्तो उनलाई के गरेँ र यो उपहार पाएँ, हँ ?”
केही व्यक्तिहरुले ती पुरुष यौन असन्तुष्टीका कारण आफ्नी पूर्वपत्नीलाई यौनिक रुपमा भड्काउन चाहन्थे भनी बताएका छन् । तर त्यसलाई ती पूर्व पतिले अस्वीकार गरे ।

Posted by Diness Acharya at 09:44:23 | Permalink | No Comments »

लुगा भित्र को नांगों छेँन र ?

शालीन नग्नतालाई मेरो सलाम

- सुधा त्रिपाठी

जीवनमा मलाई पहिलोपटक अर्धनग्न महिला देख्दा लज्जाबोध भएन । बरु उल्टै त्यस नग्नतामा आत्मसम्मानको गौरवबोध भयो । म यसलाई शालीन नग्नताको संज्ञा दिन्छु । बाफ रे, त्यो साहस ! त्यो पनि चौबीसै घन्टा सुरक्ष्ााकर्मी तैनाथ रहने सिंहदरबारको गेटमा । ‘छोयौ भने यो पनि फालिदिन्छु’ भन्दै बचेखुचेका कपडातर्फ संकेत । अनि जसले नाङ्गनि विवश पारेको छ, उसैले यो नाङ्गोपनविरुद्ध प्रहार गर्ने ? यो दृश्य देखेपछि मलाई हिजोको प्रजातन्त्र र आजको लोकतन्त्रको पूरा अर्थ प्रकट भएजस्तो लाग्यो ।

महेन्द्र भवनमा पढ्दा विद्यालयको पोसाकमा समेत सुरुवाल लगाउँथेँ म । पत्रपत्रिकामा ब्रा र पेन्टीमात्रै लगाएका केटीको तस्वीर राखेर गरिएको डान्सबारको विज्ञापन, कथाले मागेजति भन्दै अभिनेतृहरूले गरेको छाती-तिघ्राको प्रदर्शन, काठमाडौंका सडकमा प्रदर्शित अर्धनग्नता देख्दा सधैंभरि मेरा हातहरू आफ्ना कपडा तानतुन पार्न थालिहाल्थे । जहिले पनि महिला नै व्यापारी रहेका पसलमा मात्र आफ्ना भित्री कपडा खरिद गर्ने र सधैंभरि महिला स्त्रीरोग विशेषज्ञलाई मात्र आफ्नो शरीर परीक्ष्ाण गराउने मलाई यसपटक ब्रा र पेटीकोटमात्रै लगाएकी महिलाको फोटो देख्दा अत्यन्त हर्ष लाग्यो । वादी दिदीबहिनीहरू हो, तिमीहरूको यो सुकार्यलाई मेरो सलाम !

हो, वादी महिलाहरूले राज्यलाई यसरी नै हो चुनौती दिने । लुगै लगाएर पनि उनीहरू सावरण त कहाँ छन् र ? सामन्ती संस्कृतिले उनीहरूलाई सधैंभरि नङ्ग्याइरह्यो । अब उनीहरूको पालो हो सामन्तवादलाई नङ्ग्याउने । उनीहरू राजीखुसीले वेश्यावृत्तिमा लागेका होइनन् भन्ने कुराको बोध अब त सारा राष्ट्रवासीलाई सिंहदरबारका ढोकामा भएको त्यो अर्धनग्न प्रदर्शनले भयो नै होला । त्यो आक्रोश सित्तिमित्ती जन्मेकै होइन, जीवनलाई नारकीयता भोग्न बाध्य पार्ने विसंगतिलाई चिर्नका लागि, नागरिक अधिकारको सम्बर्द्धनका लागि हो ।

के लोकतन्त्रमा पनि नागरिकले आफूलाई अरुचिकर भएको जीवनशैली त्याग्ने चाहना व्यक्त गर्न नहुने ? कसैगरे पनि आफ्ना पीडाहरूको सुनुवाइ नभएपछि उनीहरूले त्यो प्रदर्शन गरेका हुन् । अझ त्यसमाथि धरपकड ! यस्तो क्रियाकलापले त राज्य र कानुन हुनेखाने र सत्ताशक्ति सम्पन्नहरूकै लागि हो भन्ने पुष्टि हुँदैन र ? त्यस्ता सत्ताशक्ति सम्पन्नहरूले देशको कानुनलाई तिनै वादी महिलालाई झैं वेश्या बनाएनन् र ? लाटो र अन्धो कानुन वेश्या भयो भन्दैमा पलपलमा जीवनको अर्थ खोजिरहेका ती वादी महिलाले अझै पनि त्यसको हुकुम किन मानिरहने ? हो, यसरी नै हो त्यसलाई चुनौती दिने ।

संविधानसभाका नाममा उनीहरूलाई कुण्ठित गर्न पाइन्न । यस्ता उत्पीडनको मर्म नबुझ्नेहरूको झुन्डले कुन नयाँ संविधानको निर्माण गर्ला र नयाँ नेपाल बन्ला भनेर आशावादी हुने ? यो आन्दोलन संविधानसभाको चुनाव र त्यसपछिको संविधान निर्माणका लागि मार्गदर्शन हो । जीवनको जरासँगै कलमी गरेर उमार्नुपर्छ, अबको संविधान भन्ने कुराको संकेत हो यो ।

भावी नेपाल कस्तो बन्छ भन्ने कुरा आज यी वादी महिलाका समस्यालाई राज्यले कसरी सम्बोधन गर्छ भन्ने कुराले छर्लङ्ग पारिदिन्छ । उनीहरूको समस्यालाई राज्यले यथोचित सम्बोधन गरेन भने अब हामीले व्यर्थै किन संविधानसभाका लागि टाउको दुखाइरहनुपर्‍यो ? के त्यस्तै हो भने त के नै पो गर्छ र त्यो संविधानसभाले ? यो सरकारको र सम्पूर्ण नेताहरूको परीक्षाको घडी हो । कुनै परीक्ष्ाामा उत्तीर्ण र कुनैमा अनुत्तीर्ण हुने गरेका नेताहरू यसपालीचाहिँ के हुँदारहेछन्, हेर्न पर्खिबसेका छौं ।

हामीले आ-आफ्ना वर्गीय मुखुण्डा र तथाकथित आदर्शको खोल च्यातेर आन्दोलन गर्न सकेनौं, उनीहरूले गरे । पुरुष त पितृसत्ताका कारिन्दा भइहाले, कम्तीमा विधायिका-संसदका महिला सांसदले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने थियो, त्यो पनि सकेनन् । आमनेपाली स्वाभिमानप्रेमी महिलाका तर्फबाट वादी महिलाहरूलाई धन्यवाद, उनीहरूको शालीन नग्नतालाई धन्यवाद । हिजो छाक जुटाउन नाङ्गनिेहरू आज नागरिक अधिकार प्राप्तिका लागि नाङ्गइिरहेछन् । यसमा उनीहरू दोषी छैनन् । नाङ्गनि बाध्य पार्नेहरू दोषी छन्, राज्य दोषी छ । उनीहरू नाङ्गो हुनु नपरोस् भनेर नाङ्गएिका हुन्, राज्यसत्ताका ठेकेदार पुरुषहरूको नाङ्गोपन आमजनताका अगाडि पस्किएका हुन् । साँच्चै उनीहरूले पूर्ण नग्न जुलुस गरे भने पनि मलाई विष्मात् लाग्ने छैन । समय र स्थान थाहा पाएँ भने म दर्शक बनेर उनीहरूको समर्थनमा ताली बजाउने थिएँ । आफ्नो शरीरसँग खेल्नेहरूको नामावली समय आएपछि सार्वजनिक गर्छाैं भन्छन् । समय आइसक्यो, अब किन पर्खनुपर्‍यो ? त्यति गर्दा पनि अझ तिनैले ठूला कुरा गरे भने डीएनए परीक्षण गराए हुन्छ । कम्तीमा पनि त्यस्ता व्यभिचारीलाई हामी हाम्रा नेता र समाजका प्रतिष्ठित व्यक्तिका रूपमा सम्मान गरिरहन त बाध्य हुने छैनौं ? वादी महिलाहरूसँगै यो आमनेपालीको समेत मुक्ति हुनेछ, किनभने यो मुक्ति सामाजिक मुक्तिकै एउटा अङ्ग हो । -महिलाबादी सुधा को यो लेख आजको कान्तिपुर मा प्रकाशित छ

Posted by Diness Acharya at 08:54:14 | Permalink | Comments (2)

Monday, August 27, 2007

जाउँ कि क्या हो म पनि जिमखाना

वाइसिएलसित भिड्न ज्यान बनाउँदै

गगन थापा यतिखेर बडी बिल्डिङतिर लागेका छन । वाइसिएलसित भिड्ने घोषणi गरेर नेबिसंघका बिद्यार्थीहरुको तालि खान पल्किएका गगन हरेक दिन जिमखाना धाउँछन l प्रकाश ओझाको गित ‘जाउँ कि क्या हो म पनि जिमखाना’ गाउँदै ।  लोकतन्त्र आएपछि बिहे गर्न सोच बनाएका गगनले सलमान खानको जस्तो ज्यान बनाएपछि मिस्टर नेपाल प्रतियोगितामा भाग लिने सोच राखेका छन रे । गत साता उनीसित भेट हुँदा मैले यो प्रसंग स;नाए l लगत्तै उनले भने- ‘अब आदोलन सकियो ज्यान बनाउन पटि लागेको ।’ धेरै गन्थन के लेख; जिमखानामा ब्यस्त गगनको यो फोटो हेरेर नै तपाइहरुले थाहा पाइ हाल्नहुँनेछ ।  

 

Posted by Diness Acharya at 11:31:43 | Permalink | No Comments »

माकुनेको कम्मर मर्काइ र सहानाको फरीया सर्काइ

नेता नाचेर भोट तान्ने एमाले निर्णय

 

एमाले नेताहरुको नाच हेर्ने एमालेले हिजोबाट चुनाबी अभियान शुरु गर्यो च्याप्लिन जुङा हल्लाउदै माधब नेपालदेखि मन्त्री पदको सारी लर्काउँदै सहाना प्रधानसम्मले चुनाबी नाच नाचे नाच हेर्न गएका पत्रकारहरु रनभुल्ल परे उनीहरुले संबिधानसभाको चुनावमा एमालेले बहुमत ल्याउने घोषणा गरे त्यसको मुल आधार चाही नेताहरुको नाच नै भएको दाबी पनि
ग्त महिना बसेको एमाले केन्द्रीय समितिको बैठकको कुरा गरौं सो बैठकम एमाले महासचिबले संबिधानसभा चुनावका लागि एमालेले सांस्कृतिक फाटलाई बलियो बनाउनु जरुरी भएको प्रस्ताव राखे त्यसपछि केही युवा नेताहरुले सांस्कृतिक टोलीहरुको गठन गर्ने त्यसलाई पार्टीले उपकरणहरु किनिदिने प्रस्ताब राखे त्यति नै बेला गौथल गुँडका मालिक मोदन प्रश्रीतले सांस्कृतिक टोलीमा बुढाहरुको टोली बनाउने उनीहरुलाई भजन गाउन लगाउने प्रस्ताब राखेछन् उनले अहिले धर्म निरपेक्ष राज्य घोषणा गरेकोमा गाउलेहरु बिरोधी भएको बताउँदै भजन टोलीले एमालेलाई भोट दिलाउने दावी गरे
त्यही छलफलमा फलस्वरुप एमालेले गित चबाट भोट तान्ने उपाय गरे उनीहरुले हरेक जिल्लामा एक एक जना केन्द्रीय नेता गएर नाच्नुपर्ने प्रस्ताब पनि पारित गरेका छन रे अब हेरौं एमालेका नेताहरु म्ाधव नेपाल सिद्धिलाल िसंह इश्वर पोखरेल बामदेव गौतम सहाना प्रधानहरु कसरी नाच्दा रहेछन यहा रहेको बामदेव तमको फोटोचाही यसअघि नै किसान संघको कार्यक्रममा खिचिएको हो । मस्तीले नाचि।हृका यी नेताहरुको हाउभाउ देखेर यीनिहरु को को हुन लौ चिन्न;स ।

 

 

Posted by Diness Acharya at 10:51:40 | Permalink | No Comments »

Sunday, August 26, 2007

बोलि फेरे प्रचण्डले

लौ हेर्नुस प्रचण्डको काइते बक्तब्य
मंसिरमा हुने संबिधानसभा निर्वाचनलाई पन्चायति चुनावको सज्ञा दिदै बैशाखमा सार्नुपर्ने बताएका माओवादी अध्यक्ष प्रचण्डले दुई दिनपछ आफ्नो भनाई फिर्ता लिएका छन् । नारामा मात्र संबिधानसभा चाहेको आरोप लागेपछि प्रचण्डले आज बिज्ञप्त जारी गर्दै चुनाव जसरी पनि हुनुपर्ने बताए । उनको काइते भाषा र शैली कस्तो छ तपाइ आफै हेर्नुस । मेरो इमेल dineshac@gmail.com मा आएको उनको बक्तब्य जस्ताको तस्तै:

नेपाल कम्युनिष्ट पार्टी माओवादी

केन्द्रीय समिित

प्रेस वक्तव्य

हालै केही संचार माध्यमहरुमा हाम्रो पार्टी ने.क.पा. माओवादी संविधानसभाको निर्वाचन आगामी मंसिर ६ गतेभन्दा पर सार्ने पक्षमा रहेको भन्ने आशयको समाचारहरु संम्प्रेषण भएकोप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । खासगरी जुन तŒवहरुले विभिन्न बहानाबाजी गरेर वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको सहमति विपरीत गत जेठमा नै हुनुपर्ने निर्वाचनलाई मंसिरमा धकेल्ने प्रयत्न गरेर अहिले पनि निर्वाचनका अत्यावश्यक पूर्वाधार निर्माण गर्न कुनै चासो देखाइरहेका छैनन् तिनै तŒवहरुले ुजो चोर उसैको ठूलो स्वरु को शैलीमा हाम्रो पार्टीलाई चुनाव पर सार्न चाहेको मनगढन्ते फत्तुर लगाएर जनसमुदायलाई भ्रमित पार्न बढी कसरत गरिरहेको देख्दा हामी निकै गंभीर र अचम्भित भएका छौं । एक अन्तकिर््रया कार्यक्रममा नितान्त भिन्न प्रसंगमा निर्वाचनको नाटक होइन वास्तविक संविधानसभाको निर्वाचनमा जोड दिन गरिएको तर्कलाई कुतर्कद्वारा निर्वाचन सार्न खोजेको प्रचारबाजी हुनुलाई हाम्रो पार्टीले खेदजनक प्रचार ठानेको छ । पार्टी केन्द्रीय कार्यालयको तर्फब्ााट हामी आम जनसमुदाय पार्टी कार्यकर्ता र समर्थक शुभचिन्तक सबैलाई त्यस्ता नियोजित दुष्प्रचारको भ्रममा नपर्न र संविधानसभा निर्वाचन यथाशिघ्र सुनिश्चित गर्न हालै पार्टीद्वारा प्रस्तुत २२-बुँदे पूर्वाधार निर्माणको निम्ति सबै मोर्चाहरुमा संघर्षको निम्ति तयारी गर्न हार्दिक आग्रह गर्दछौं ।
मिति ः- २०६४ भाद्र ०९

प्रचण्ड
अध्यक्ष
नेकपा माओवादी

Posted by Diness Acharya at 16:26:48 | Permalink | No Comments »

Saturday, August 25, 2007

हुस्सुले ढाकेको पासाङको मार्ग

 The Name of Kathmandu Trishuli Road

आज त्रिशुलीबाट काठमाडौं आउँदा बाटोमा सारो गारो भयो । अस्ति जादाको पनि धेरै कुरा नगरौं त्यही पुरानो १८ सालमा बनेको थोत्रो र अति घुमाउरो बाटो । अहिले यसलाई पासाङ ल्हामु मार्ग नाम दिइएको छ । उही आबड खुबड र उही घुम्तिहरुमा बेस्सरी ठोक्किन आइपुग्ने माइक्रो र ठुला बसको प्रतिस्पर्धा ।
सिमसिमे झरीमा मोटरसाइकलमा काठमाडौ छिटो आइपुग्ने हतारेामा बेस्सरी हुइकिदा आज धेरै पटक गोसाइकुण्डका तीर्थयात्रुहरुसित झन्डै जुधिएन । गोस्इकुन्ड मेलाको अवसर पारेर गाडि रिजर्भ गर्दै धर्म गर्न जान लागेकाहरुले सबैजसो नयाँ डाइभर लगेका थिए । राजमार्गमा दौडिरहेका गाडि चालकहरु काठमाडौं त्रिशुलीको बाटोमा मुटु हत्केलामा राखेर कुदाउदा पनि हामीजस्तो हरेक मोडको नापो लिएकाहरुसित ठोक्किन आइपुग्थे ।
बेलकोटबाट माथितिर लागेपछि शुरु भएको सिमसिमे पानीको रफ्तार जति बढ्थ्यो हुस्सुको बाक्लो आबरणले बाटो देख्न मुश्किल पथ्र्यो । तस्बिरमा हेर्नुसन हुस्सुले ढाकेको नुवाकोटको डाडो l काठमाडौको हिमालय होटलमा पूर्व सांसद क्लबको कार्यक्रम भ्याउन हतारिएर काठमाडों आइपुगेको म यस बाटोमा कथाब्यथा अर्को कुनै दिन प्रस्तुत गर्नेछु । आजलाई यत्ति नै ।

 

Posted by Diness Acharya at 15:06:24 | Permalink | No Comments »

MY NUWAKOT MY PRIDE

मेरो नुवाकोटबारे

The historical palace area of Nuwakot located at 76 km far west-north of Kathmandu has been regarded as an important place since ancient time. Before 1744 AD, nepal was devided into numerous tiny States. In order to build a single strong nation, Kind Prithvi Narayan Shah of Gorkha led the unification campaign from this region. During that time, Nuwakot as a colony of Kantipur ( Kathmandu ) was regarded as the western main gate to enter the valley. This place was also popular as the main route for trade with Tibet .

 

Making the Nuwakot hill as the main fort including other eight forts- Belkot, Bhairabkot, Kalikot, Malakot, Dhuwankot, Pyaskot, Simalkot and Salyankot in its sourrounding area, collectively was named as ‘Nawakotta’ (nine forts). So it is believed that ‘Nuwakot’ was derived from Nawakotta. Due to the influence of Kantipur, different places, rest houses, dabalis, temples and stupas of archeological significance were built and various cultural customs were practised in Nuwakot during Malla and Shah periods which still have been observed with pride.

 

Most popular Saat Tale Darbar (Seven storey palace) was built by Prithvi Narayan Shah by evicting labourers from Lalitpur in 1762 and still it is regarded as a model of architecture. This used to be tropical place and it is notable that the King Rana Bahadur Shah met the British representative Mr. William Kirkpatric at this place in 1793 just after the war between Nepal and China . Just east-southern side of Saat Tale Darbar, here is a west facing palace made of oily bricks, called Rangamahal. It was built as a recreational spot for the three Malla Kings of Kantipur Valley. There are may dabalis and Resthouses which were built with religious and social purposes.

 

Cultural practices of Malla period continues to be the main attraction for tourists in this area. Some of the cultural festivals observed even today are Bhairabi Jatra or Sindure Jatra, Narayan Jatra, Gai Jatra, Shipai Jatra, Devi Jatra, Lakhe dance, Fulpati and Krishna Janmastami etc.   - BY rajesh kc www.falano.com

 

Posted by Diness Acharya at 14:23:28 | Permalink | No Comments »

Wednesday, August 22, 2007

बादीहरुको नाङ्गो जुलुस

िसंह दरवार अगाडि पेटिकोट र ब्रा लगाएर सांसदलाई निम्तो

आज नेपालमा यौन ब्यवशाय गर्दै आइरहेका बादी समुदायका महिलाहरुले िसंहदरवारुमा नाङ्गो जुलुस गरे । िसंहदरवारको गेटमाथि चढेर बादी महिलाहरुले की यौन पेशालाई कानुनी मान्यता दिनुपर्ने की बैकल्पिक पेशा देखाइदिनुपर्ने माग गरे । यसअघि हिजो बादी पुरुषहरुले शरिरको माथिल्लो भाग नाङ्गो राखेर नग्न जुलुस देखाएका थिए भने आज बादी महिलाहरुले शरिरको माथिल्लो भागमा ब्रा र तल्लो भागमा पेटीकोट मात्र लगाएर प्रदर्शन गरे । पेटिकोटभित्र पेन्टि थियो कि थिएन कसैले याद गरेन l
बादी महिलाहरुले नाङ्गो जुलुस प्रर्दशन भन्ने थाहा थाहा पाएर नेपाल बन्दको दिन भए पनि फोटो पत्रकारहरुको धुइरो लागेको थियो । उनीहरु ननस्टप रुपमा क्यामेराका फ्ल्यास बालिरहेका देखिन्थे । बादी महिलाहरुले नारा लगाउदै शरिरको कपडा खोल्न थालेपछि फोटो पत्रकाहरु उत्साहित भएका दृष्य भने मैले अचम्म मानेर हेरे । (बिदेशमा भए त पेन्टि मात्र लगाउथे होलान)
मेरो सहकर्मी फोटोपत्रकार सागर श्रेष्ठले कार्यक्रम सकिएपछि सुनाए ‘यार मैले मात्र आज २ हजार स्न्याप खिचे हुँला’ उनको यो भनाईले पनि पाठकहरुलाई कति रोमान्चित पार्दो हो ।
बिदेशमा बिरोधका लागि अति चरम रुपमा लिइने यस किसिमको बिरोध नेपालमा भने पहिलो हो । यसले नेपालीहरु समेत कतिसम्म आधुनिक बिरोध शैली प्रति सजग भैसकेका छन भन्ने पुष्टि हुन्छ ।
यौन पेशा अपनाउन पाउनुपर्छ भन्दै नाङ्गो जुलुस निकाल्ने बादी महिलाहरुको यो कर्मलाई मेरो धिक्कार भए पनि यसले नेपालमा बिरोध शैलीको नौलो प्रयोग पनि गरेको छ । एउटा कुरा भनिहालु । बादीहरुलाई यस्तो बिरोध गर्ने बाताबरण बनाउने र त्यसका लागि पैसा समेत दिलाउने चाही अमेरिकी सस्था ‘एक्सन एडु’ नामक आइएनजिओ रहेछ । उसले यसअघ मुक्त कमैयालाई ल्याएर तिनकुनेको जग्गा कब्जा गर्न लगाएको थियो । बादी हरुलाई पनि २ लाख रुपैया दएको छ रे यसपाली । थप अर्को कुरा पनि बादी महिलाहरुका लागि बस्ने ब्यबस्था पशुपति क्षेत्र भित्र छ । यौन पेशा अनि महादेवको लिङ्गको पुजा गर्ने स्थल । बनकालिमा बस्ने गजेडी युवाहरुले राम्रै रोजगारी पाएछन् । उनीहरु बेस्सरी गांजा तानेपछि वादी महिलासित २० देख ५० रुपैंयामा बार्गेनिङ गर्दै यौन आनन्दमा रमाउछन् । वा क्या गजबको मज्जा । नेपालगन्ज र दाङमा ग्राहक नपाएका बादीहरु काठमाडौंमा मालामाल ।
बरु एउटा डर छ । काठमाडौंमा खुला नभईकन यौन पेशा अपनाइरहेका गोप्य बादी ‘नगरबधु’ हरुले यो कुरा थाहा पाए भने उनीहरुको झन ठुलो जुलुस निस्किएर उनीहरुलाई खेद्ने पक्का छ । नत्र उनीहरुको पेशा खत्तम हुने भैसक्यो । ग्राहकहरु सबै गौशालातिर अलमलिन थाले । क्याबिन रेष्टुरा त सुकिहाल्यो नि ।
हाम्रो ब्लगका मित्र केपी ढुंगाना बादी महिलाहरुको अन्तवार्ता लिने जाने कुरा गर्दैथ्यो । उसले मृगस्थलीका ट्यापे हरुसित पनि अन्तवार्ता लिने भन्दैथ्यो । मैले टेप रेकर्डर दिएर पठाएको छु । फर्केपछि उसले आफ्नो रोचक अनुभव सुनाउला नि । त्यसपछि शेयर गर्छु है, भ्युअस्र ।  
 

Posted by Diness Acharya at 15:45:40 | Permalink | Comments (1) »